14 Bhadra, 2071 |
Menu

शुक्रबार

तपस्यामा तन्नेरी

(1 Vote)
तपस्यामा तन्नेरी
तन्नेरी भन्दैमा सबै कहाँ मोजमस्ती र रमाइलोमा मात्रै भुलेका छन् र? अचाक्ली भागदौड र चर्काे प्रतिस्पर्धाले जीवनलाई तनावहरूको भकारी बनाएका छन्। तन्नेरीलाई झन् धेरै टेन्सन छ। पढाइको टेन्सन, करिअरको टेन्सन, प्रेमको टेन्सन...। सबै अशान्त छन्। छटपटी, उकुसमुकुस र ग्लानिले जर्जर भएका युवा मनहरू अचेल ध्यान, योग र विपश्यना केन्द्र धाइरहेका छन्। लागुऔषध दुर्व्यसनीहरू पनि ध्यानबाट लाभान्वित भएका छन्। तन्नेरी पुस्ताको ध्यान, योग र अध्यात्मप्रतिको यो लगावलाई सजना बरालले एकाग्र भएर नियाल्न खोजेकी छिन्। 
...  

  


साँझको ५ बजेको थियो। सिमसिम पानीले वातावरण शीतल बनेकोे थियो। हलभित्रका मान्छे एकाग्र भएर सत्संग सुनिरहेका थिए। गलामा ओशोको चित्रअंकित माला लगाएका र रातो वस्त्रमा सजिएका युवायुवती पलेटी मारेर ध्यानमग्न अवस्थामा बसेका थिए। एकैछिनपछि हलभित्रको शान्त माहोल बिथोलियो। सबैजना यथास्थानबाट जुरुक्क उठे। ब्याकग्राउन्डमा 'गोविन्द बोलो हरि गोपाल बोलोबोलको भजन घन्किन थाल्यो। उनीहरू नाच्न थाले। माहोल डिस्कोको भन्दा कम तातो थिएन। भजनको बिट जति जति तीव्र हुँदै गयोनाच्नेहरू उति जोसिँदै थिए। त्यसपछि कोही चिच्याउन थालेकोही रुनकराउनहाँस्न र उफ्रिन थाले। केही बेरको नृत्यपछि उनीहरू पुनः भुइँमा बसे र जमिनमा लम्पसार परे। 

काठमाडौँको नागार्जुनस्थित 'ओशो तपोवनमा शनिवार साँझ देखिएको दृश्य हो यो। यहाँ प्रत्येक दिन ध्यान र योगासनका यस्ता विधि चलिरहन्छन्। यी विधिलाई स्वामी आनन्द अरुण 'वास्तविकतासँग परिचित हुने माध्यमभन्छन्। 'तिनले हामीलाई कामपढाइटेन्सनप्रेसर सबै गन्जागोलबाट मुक्त गराइदिन्छन्,' ध्यानबाट उठेपछि २३ वर्षीया सन्जु महर्जनले अनुभव सुनाइन्, 'दिमाग शान्त हुन्छरिल्याक्स्ड फिल हुन्छ। संसारै अर्को लाग्छ।

उपत्यकामा विभिन्न संघसंस्थाकेन्द्रआश्रम र धार्मिक संगठन आदिले ध्यान र योग कक्षा तथा शिविर सञ्चालन गरिरहेका छन्। नेपाल विपश्यना सेन्टरमनोक्रान्तिओशोधाराओशो तपोवनब्रह्मकुमारी राजयोग सेवा केन्द्रजीवन विज्ञानविश्व जागरण अभियानपतञ्जलि योग सेन्टरहिमालयन बुद्धिस्ट मेडिटेसन सेन्टर आदिले ध्यानयोग र प्राणायामका कक्षातालिम र शिविर चलाइरहेका छन्। ती स्थानमा बालबालिकावृद्धवृद्धायुवायुवतीस्वदेशीविदेशी सबैको बराबर उपस्थिति हुन्छ। त्यसमा पनि युवा वर्गको संख्या अलि बढी हुने ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बताए। 'हामीकहाँ आउनेमध्ये ९० प्रतिशत व्यक्ति ३० वर्षभन्दा मुनिका युवा छन्,' उनले भने। 

साँझबिहानदिउँसोजाडोगर्मी जुनसुकै प्रहर र मौसममा पनि युवा वर्ग ध्यानका लागि तम्तयार बन्न थालेको छ। कोही एकाबिहानै ध्यानकेन्द्रमा पुगी गुरुले सिकाएबमोजिम एकाग्र हुनेलामो सास फेर्नेछोड्नेओमकार जप्नेलगायत ध्यानका अनेक तौरतरिका अपनाइरहेका हुन्छन्। कतिपय केटाकेटी हप्तौँ दिनको शिविरमा सामेल भई तपस्यामा मुग्ध हुन्छन्। कतिले त साधनाकै लागि बिहानको पढाइलाई साँझमा 'सिफ्टगरेको पनि बताए। होहल्लामोजमस्तीघुमफिर र नानाभाँती गर्ने उमेरका युवायुवती आखिर किन ध्यानतपस्याएकाग्रता वा मेडिटेसनप्रति आकर्षित भएका हुन्

'बिहान ध्यान गरेपछि दिनभरि फ्रेस भइन्छ,' बानेश्वर क्याम्पसकी २१ वर्षीया मिथिला विष्ट भन्छिन्, 'पहिलापहिला जति पढे पनि यादै हुँदैनथ्यो। सानोसानो कुरामा रिस उठ्थ्योकाम गर्न मरिगए जाँगर नचल्ने! जतिबेला पनि टेन्सनमात्रै हुन्थ्यो। तरध्यान गर्न थालेपछि मेरो आनीबानी पूरै परिवर्तन भयो।उनी भीमसेनगोलास्थित जीवन विज्ञान नामक ध्यान केन्द्रमा प्रत्येक बिहान ध्यान गर्न पुग्छिन्। केन्द्रले साधकहरूलाई ध्यानका अनेक अभ्यास– जीवन अमृतऐश्वर्य विज्ञानतनाव विसर्जनकथार्सिस आदि सिकाउने गरेको छ।

ध्यानले एकाग्रता बढाउने मात्रै होइनकाम गर्न जोसजाँगर र स्फूर्ति पनि दिने कुलेश्वरस्थित जनमैत्री कलेजकी रञ्जिता सुवेदीले बताइन्। लगभग एक वर्षदेखि मध्यबानेश्वरस्थित विश्व जागरण अभियानको सदस्य बनेकी रञ्जिता ध्यानले आफूमा आश्चर्यजनक परिवर्तन ल्याएको बताउँछिन्। 'म त्यतिबेला फ्रस्टे्रटेड थिएँ,' उनी भन्छिन्, 'परिवारमा  समस्यैसमस्या थियो। जिन्दगीमा केही गर्न नसक्ने भएँ भनेर साह्रै टेन्सन हुन्थ्यो । तरजब मैले ध्यान गर्न थालेँ१५ दिनभित्रमै ममा परिवर्तन आयो। मेरो सोच बदलियोआत्मविश्वास बढ्यो। अहिले पढाइजागिरपरिवार सबैलाई ब्यालेन्स्ड गर्न सक्ने भएकी छु।ध्यानकै कारणले यो सम्भव भएको उनको अनुभव छ। 

युवायुवतीहरू विशेषगरी फ्रस्ट्रेसनस्ट्रेसरहरउत्सुकतापरिवारको करबललहैलहै आदि कारणले ध्यान र योगमा लाग्ने गरेका छन्। दुर्व्यसनबाट मुक्त हुन र फिटनेसका लागि पनि कतिपयले ध्यान गर्छन्। प्रेममा धोका खाएर विक्षिप्त बनेकाहरू पनि ध्यानको शरणमा पुग्ने गरेको पाइयो। 

ध्यान गरेपछि शरीरछाला र कपाल आकर्षक हुने पनि धेरैको विश्वास छ। बालाजुकाठमाडौँका १८ वर्षीय रविन ढकालले मोटोपन घटाउन बालुवाटारको ओशोधारा जाने गरेको बताए। 'जे चाहेको थिएँत्योभन्दा बढी पाएँ,'  तीन महिनामा १५ किलो तौल घटेको बताउँदै उनले भने, 'फिजिकल फिटनेसको लागि गएको थिएँ। मेन्टल फिटनेस पनि पाएँ। मुख्य कुरामैले टेन्सन ह्यान्डल गर्ने तरिका थाहा पाएँ।

ध्यान भन्नासाथ बुढापाका वा साधुसन्तले गर्छन् भन्ने आम बुझाइ छ। तरविश्व जागरण अभियानका सञ्चालक स्वामी आनन्द विनोदका अनुसार १०१२ वर्षको उमेरदेखि नै मानिसले ध्यानमा लाग्नुपर्छ। 'यसको अर्थ बुद्धले झैँ पीपलको बोटमुनि हातपाउ जोडेरखानपिन र भोकप्यास नै भुलेर ध्यान गर्नुपर्छ भन्ने होइन,' उनले भने, 'ध्यानलाई व्यायामका रूपमा नाच्दैगाउँदै र विभिन्न आसनमा पनि गर्न सकिन्छ।उनका अनुसार जसरी हुन्छ शरिर र मनलाई विश्रान्ति दिनु नै ध्यान हो। ध्यानले मानिसलाई आन्तरिक र बाह्य दुवै रुपमा स्वच्छ र स्वस्थ बनाउने उनको धारणा छ। 

'तरमानिस साह्र्रै स्वार्थी र अल्छी छ,' उनले गुनासो गरे, 'ऊ आफूलाई रोग लागेपछि वा तनावग्रस्त भएपछिमात्रै धामीझाँक्रीवैद्य वा डाक्टर खोज्न थाल्छ। 'प्रिभेन्सन इज बेटर द्यान क्योरभन्ने थाहा हुँदाहुँदै पनि ऊ खानपिन र आचरणमा ध्यान दिँदैन।प्राकृतिक चिकित्सक समेत रहेका स्वामी विनोदले भने, 'ध्यान गर्न आउने ७५ प्रतिशत युवा डिप्रेसनका रोगी हुन्छन्। रोग लागेपछि वा समस्या उत्पन्न भएपछि मात्रै ध्यान गर्न आउँछन् प्रायः युवायुवती।'  

तपोवनका स्वामी आनन्द अरुणले पनि ध्यान र अध्यात्म रोज्ने अधिकांश युवा  तनावग्रस्त भएको फेला पारेका छन्। 'अहिले मानिसलाई सुख चाहिएको छ,' उनले भने, 'चाहेको कुरा नपाएपछि मानिस अशान्त र दिक्क हुन्छ। त्यो अशान्तिबाट टाढिने एउटै उपाय छ– आइदर वाइन अर डिभाइन। व्यक्ति थोरैमात्र पनि बुद्धिमान छ भने ऊ डिभाइन रोज्छ। हामीकहाँ आउँछ र ध्यान गर्न थाल्छ। होइन भने ऊ नशालाई अँगालेर आफू र आफूलाई घेर्ने पिरमर्का र तनावलाई भुल्न खोज्छ। प्रायः युवा पछिल्लो विकल्प रोज्ने गर्छन्।'

काठमाडौँका २१ वर्षीय शिव पाखि्रन (नाम परिवर्तन) लाई १२ दिनसम्म मौन बस्नु ठूलो कुरा लागेको थिएन। तरनमरी स्वर्ग देखिन्न भनेझैँ विपश्यनामा बसेपछि मात्रै उनले त्यहाँको तपस्याबारे चाल पाए। 'हातखुट्टा कटकटी खानेढाड दुख्नेछट्पटी हुने केके भयोकेके?' उनले भने, 'त्यहाँ (नेपाल विपश्यना सेन्टर) बसेको तीनचार दिनपछि मलाई फ्ल्यासब्याकमा गएझैँ लाग्यो। गिल्टी फिल हुन थाल्यो। मैले के गरेछुकिन गरेछुभन्ने रियलाइज्ड भयो।विपश्यनाको अनुभव शब्दमा अभिव्यक्त गर्न नसकिने उनले बताए। 'जे होस्१२ दिन त्यहाँ बसेपछि म अर्कै भएर निस्किएँ,' उनले सारांशमा भने, 'चुरोट र गाँजा खाने मेरो बानी हट्यो।'

के छ ध्यानमा?
ध्यानले मानिसलाई वर्तमान वा यथार्थसँग परिचित गराउने स्वामी आनन्द अरुणको भनाइ छ। 'यसले साधकलाई अनरियलबाट रियलमा ल्याउँछ,' उनले भने, 'जे सत्य र वास्तविक हो त्यसको बोध गराउँछ। जसले गर्दा ऊ स्वेच्छाले आफूमा परिवर्तन ल्याउन सक्छजुन दिगो हुन्छ।

जिन्दगीमा कसरी अगाडि बढ्ने भन्नेबारे युवा वर्ग अन्योलमा हुने जीवन विज्ञानका प्रवचनकर्ता रमेश नेपालको बुझाइ छ।  'उनीहरूलाई ध्यानले सही मार्ग देखाउन सक्छ,' उनले भने। शारीरिक र मानसिक दुर्बलता कम हुने भएकाले हिजोआज धेरैको ध्यान ध्यानतर्फ मोडिएको उनले पाएका छन्।

स्वामी आनन्द विनोदले भने ध्यानको वैज्ञानिक पक्षबारे जानकारी दिए। 'ध्यान वा प्राणायामले इन्टक्सिकेटेड ब्लड( प्रदूषित रगत) लाई शुद्धीकरण गर्छ,' उनले भने, 'रगत इन्टक्सिकेटेड छ भने तलतल लाग्नेछटपटी आदि हुन्छ। तररगत सफा भइसकेपछि  मान्छेलाई फ्रेस महसुस हुन्छ। उसलाई गाँजाचुरोटरक्सी आदिको तलतल लाग्दैन। रबिस्तारै कुलतबाट छुट्दै जान्छ।'

ध्यानको अुनभव लिइसकेका केही युवा भने ध्यानमा चमत्कार नै हुने बताउँछन्। 'एक किसिमको इनर्जी हुन्छ ध्यानमा,' केही वर्षअघि 'हिमालयन बुद्धिस्ट मेडिटेसन सेन्टर'मा एक हप्ता बिताएका पाल्देन गुरुङ भन्छन्, 'मलाई ध्यानमा बस्दा अचम्मै भएको थियो। रिंगटा लागेर ढल्न आँटेको थिएँ। जमिन रोटेपिङजस्तो फनफनी घुम्यो। डरले हत्त न पत्त आँखा उघार्छु त मलाई केही भएकै रहेनछ! न जमिन घुमेको थियोन मलाई रिंगटा लागेको थियो। म त्यसै रन्थनिएछु।'

ध्यानको आकर्षण 

विद्यार्थीलाई अनुशासन र नैतिकताको पाठ सिकाउन भन्दै कतिपय क्याम्पस तथा स्कुलले ध्यान कक्षा सञ्चालन गर्न थालेका छन्। ध्यान केन्द्र र प्रशिक्षकहरूलाई पनि स्कुल/कलेजका लागि समय छुट्याउन भ्याई नभ्याई भएको पाइयो। जीवन विज्ञानको सहयोगमा ग्लोबल इन्टरनेसनल कलेजएपेक्स कलेजनेपाल कमर्स क्याम्पसलगायतले विद्यार्थीलाई ध्यानको ज्ञान र तालिम दिने गरेका छन्। जीवन अमृत ध्यानबाट प्रेरित भएका ग्लोबल कलेजका प्रोग्राम कोअर्डिनेटर राजन खतिवडाले  कलेजमा पनि यसको अभ्यास थालेका छन्। विद्यार्थीलाई अनुशासित बनाउनउनीहरूको आत्मबल बढाउन र निर्णय गर्ने क्षमताको विकास गराउन ध्यानले निकै मद्दत पुग्ने रहेछ,' उनले भने, 'त्यसकारण हामीले ध्यानलाई बढी जोड दिइरहेका छौँ।

ध्यानमा लागेका धेरेजसो केटाकेटी उत्साहित र ध्यानको प्रतिफलबाट सन्तुष्ट भएको पाइयो। विश्व जागरणमा भेटिएकी रञ्जिताओशोधाराका रविनजीवन विज्ञानकी मिथिलातपोवनकी सञ्जुलगायत सबैले आफूजस्ता युवालाई ध्यान गर्ने सल्लाह दिएका छन्। 'ध्यानले मनभित्रको उकुसमुकुसग्लानिभाव र मानसिक तनाव हटाउन धेरै सहयोग गर्छ,' रञ्जिता भन्छिन्।

ध्यानलाई धेरैले धर्म ठानेको साधकहरू बताउँछन्। 'ध्यान भनेको शरीर र मनलाई स्वस्थ बनाउँदै आत्मबोध गराउने प्रक्रिया हो,' स्वामी आनन्द विनोद प्रस्ट्याउँछन्, 'यो कुनै धर्म होइन।

बानेश्वरकी मिथिलालाई सुरुसुरुमा ध्यानमा लाग्न साह्रै मुस्किल परेको थियो।  ‘'बुढाबुढीले गर्ने काममा लागीबच्चामै बुढी हुन आँटीपागलै भई’ भन्थे मान्छेहरू,' उनले ध्यानमा लाग्दाका दिनहरू सम्भि्कइन्, 'कलेजमा साथीहरूले पनि खुब उडाउँथे मलाई। घरमा सबैले गाली गर्थे। पछि कुरा मिल्दै गयो।

ध्यान वा तपस्याप्रति सबै युवा सकारात्मक छन् भन्ने चाहिँ होइन। उपत्यकाभित्र खुलेका ध्यान केन्द्र र प्रशिक्षकहरूप्रति कतिपय तन्नेरी आक्रोशित पनि रहेछन्। 'त्यसरी आनन्दले ध्यान गर्न त ढुकुटीभरि सुनका सिक्का हुनुपर्छ,' शंकरदेव क्याम्पसको स्तानक तेस्रो वर्षमा अध्ययनरत अमित चापागाईं 'अनन्तभन्छन्, 'ध्यानकेन्द्रले सित्तैमा प्याकेज दिने होइनन्। ध्यान गर्न पनि खनखनी पैसा गन्नुपर्छ। ध्यान गर्ने समयमा काम गर्ने वा टुप्पी कसेर पढ्ने हो भने तनावसनाब केही पनि हुँदैन।
(अम्मर जिसीको सहयोगमा) 

ध्यानले आवाद भएँ : सुरज भट्ट

म पहिला ड्रगिस्ट थिएँ। गाँजाहेरोइनलगायत धेरै ड्रग्स सेवन गर्थें। इन्जेक्सन पनि हान्थेँ। मेरो कारणले घरका सबैजना चिन्तित थिए। मेरो बानीबेहोरा डरलाग्दो थियो। झनक्क रिसाउनेझगडा गर्नेअगाडि जे छ त्यो फुटाइदिने! अचाक्ली गर्थें म। 

सुरुसुरुमा मलाई म के गर्दै छु थाहै भएन। जे भइरा'छ ठीकै भइरा'छ जस्तो लाग्थ्यो। म आफ्नै संसारमा मग्न थिएँ। अरूले 'यसो गर्उसो नगरभन्यो भने सुन्नै अल्छी लाग्थ्यो। एक कानले सुनेर अर्कोले उडाइदिन्थेँ। लगभग पाँच वर्ष मैले ड्रग्समय जीवन बिताएँ। बीचमा थुप्रै पटक रिह्याब (सुधार केन्द्र) पनि पुगेँ। तरत्यहाँ बसुन्जेल केही नखाए पनि बाहिर आउनासाथ म अड्डामा पुगिहाल्थेँ। मलाई सुधार्न मुस्किल थियो। 

बिस्तारै म आफैँलाई ड्रग छोड्नुपर्छ भन्ने लाग्न थाल्यो। धेरै कोसिस पनि गरेँ। तरगढिसकेको बानी जति गरे पनि हटेन। मलाई ड्रग्स लिए पनि तनावनलिए झनै तनाव हुन थाल्यो। त्यही बेला म काकाकोमा गएँ। उहाँ ओशोका किताब पढ्नु हुँदो रहेछ। मैले पनि दुईतीनटा किताब पढेँ। म्यागजिनहरू हेरेँ। मलाई ओशोका विचार निकै चित्त बुझे। रएकदिन यहाँ (ओशो तपोवन) आएँ। 

तपोवनमा गराइने ध्यान र अभ्यासले मेरो ड्रगको तलतल मेटाइदियो। मेरो बानीबेहोरा पनि चेन्ज भयो र टेन्सन कम भयो। मलाई जीवन अर्कै रहेछम यतिञ्जेल सपनामा बाँचेको रहेछु भन्ने आभास भयो। मेरो आँखाको पट्टि खुलेझैँ भयो। बर्बाद भइसकेको मलाई ध्यानले आवाद बनायो। 

बर्बादीको बाटोमा युवती

एक्काइस वर्षीया मनिता ड्रग्स लतमा छिन्। हरेक क्षण उनको एकमात्र चाहना हुन्छ– ड्रग्स। तर, उनी सधैँ यस्ती थिइनन्। 'मेरा ग्रुपका सबै साथी स्लिम थिए। गु्रपमा ममात्रै मोटी थिएँ। सबै साथीले...

ब्राजिलमा 'सुन्दरी भेला'

क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी, जेरार्ड पिकेलगायत चर्चित खेलाडीका श्रीमती वा प्रेमिका ब्राजिल पुगेका छन्। उनीहरू आफ्ना पति वा प्रेमीका साथै आफ्नो टिमको समर्थन गर्दै हौसला बढाउन ब्राजिल पुगेका हुन्। टिमको...

'मेरा पात्र पो सेलिब्रिटी भए'

'मेरा पात्र पो सेलिब्रिटी भए'

बालकलाकार, तेस्रो लिंगी, कोरियन फर्सी, तक्मे बुढा हुँदै विल्सनविक्रम राई फिल्म 'प्रोड्युसर'मार्फत 'पप्पु प्रोडक्सन'का रूपमा देखिँदै छन्। जुनसुकै पात्रमा आफूलाई दुरुस्त उतार्ने विल्सनभन्दा उनका पात्र सेलिब्रिटी छन्। धनबहादुर खड्कासँग उनले...

कस्तो करामत?

कस्तो करामत?

प्रदर्शनको पालो पर्खेको फिल्म 'करामत'ले हलमा लागेपछि करामत देखाउला/नदेखाउला, फिल्म रिलिज नभई त्यो भन्न सकिने कुरा होइन। तर, फिल्ममा केही न केही 'करामत' देखाइएकै छ भन्नेमा विश्वास गर्ने आधार देखिएका...

हलिउड सपनाका पछिपछि

हलिउड सपनाका पछिपछि

नेपालमा सफल कलाकारका लागि बलिउड सपनाको अर्को केन्द्रबिन्दु हो। हलिउडको सपना भने नेपाली कलाकारले त्यति देख्दैनन्। तर, भर्खरै १५ वर्ष टेकेकी आश्मा गिरीको सपना, लक्ष्य र भविष्य जे भने पनि...

शिव–पार्वतीलाई फापेका गीत

शिव–पार्वतीलाई फापेका गीत

तीज भगवान् शिवको पर्व हो। पार्वतीले शिवलाई पति पाउँ कि भनेर निराहार व्रत बसेको मिथकका आधारमा तीज मनाइने भएकाले यो शिव–पार्वतीकै पर्व हो। यो 'सत्य युग'को कुरा हो। तर, कलि...

प्रशान्तको सुरमा झुम्यो पोखरा

प्रशान्तको सुरमा झुम्यो पोखरा

आइतवार पोखरा रंगशाला खचाखच भरिएको थियो। सन्दर्भ थियो– 'ल्होछार म्युजिकल फेस्टिभल।' हजारौँ पोखरेली संगीतमा झुम्न तम्तयार थिए। जब इन्डियन आइडल प्रशान्त तामाङ स्टेजमा देखापरे, तालीको गडगडाहटले उनको स्वागत गरियो।

सभापति हिरो

सभापति हिरो

‘बलिष्ठ ज्यानमाथि टाइट टिसर्ट लगाएको देखे/भेटेकै एकजना भाइ भेट्न आएका थिए। मैले सोधेँ, ‘भाइ, कसलाई जेलबाट छुटाउनुपर्‍यो?' सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले केही दिनअघि आयोजित फिल्म ‘सम्बोधन'को ट्रेलर रिलिज...