Friday 12 Mangshir, 2071 |
Menu

शुक्रबार

शिवांगीको मधुमास

(1 Vote)
शिवांगीको मधुमास
केही समयअघि भारतीय टेलिभिजन एमटिभीमा प्रेम खोज्दै थिइन्, शिवांगी राना। युवा जोडीले 'प्रेमको शिकार' गर्ने प्रतिस्पर्धा 'स्प्लिट्स भिल्ला'मा उनको जोडी फाइनल राउन्डमा पराजित भयो। प्रेम शिकारी विजेता हुन नपाएकी शिवांगी यतिबेला काठमाडौँमा 'मधुमास' मनाउने तयारी गर्दै छिन्। 
सुदर्शन थापाले निर्देशन गर्ने फिल्म 'मधुमास'बाट उनले नेपाली फिल्म क्षेत्रमा करिअर खोज्ने भएकी छिन्। होटल व्यवसायी बुवाको बिँडो थाम्नका लागि होटल म्यानेजमेन्ट नै अध्ययन गर्न भारत गएकी उनले किशोर नमित कपुरसँग एक वर्ष अभिनय पनि सिकेकी छिन्। यतिबेला एमटिभीबाटै उनी सहभागी 'एमटिभी रियालिटी स्टार' पनि प्रसारण भइरहेको छ। नेपालमा आएर केही विज्ञापन र फेसन सोमा सहभागी भइसकेकी उनी भन्छिन्, 'नेपाली भएपछि नेपालमै केही गरौँ भनेर फिल्म क्षेत्रमा प्रवेश गरेकी हुँ।' फ्राइडे फिल्मको ब्यानरमा निर्देशक थापा र गीतकार बाबुराम दाहालले निर्माण गर्ने फिल्ममा शिवांगीका साथै आर्यन सिग्देल, पूजा शर्मा र मनोज आरसी पनि मुख्य भूमिकामा छन्।
अलराउन्डर कंगना

अलराउन्डर कंगना

बलिउडका धेरै अभिनेत्री नकारात्मक भूमिका वा जँड्याहाको भूमिका गर्न रुचाउँदैनन्। यस्ता भूमिका गर्दा आफ्नो छवि बिग्रने कुरामा उनीहरू सचेत हुन्छन्। तर, यस्तै भूमिका गरेर अगाडि बढ्ने अभिनेत्री पनि बलिउडमा छन्।...

'एमाले' सुषमा

'एमाले' सुषमा

अचेल सेन्सर बोर्ड अलि कडा छ। विशेषगरी बेड सिन देख्नै नसक्ने सेन्सरको आँखा यो हप्ता सुषमा कार्कीको वक्षमा पर्यो ! फिल्म 'राजनीति'मा गरेको आइटम डान्समा वक्षमा खोपाएको ट्याटु आधा देखियो।...

खोरमा गुन्डा

खोरमा गुन्डा

राजधानी त्रासको जंगल भएको छ। किनभने, यहाँ चरी, बाघे र स्यालजस्ता गुन्डा–जीवहरू छन्। नागरिकका सुरक्षा, जिउधन र अमनचैन कुनै पनि बेला उनीहरूको शिकारमा पर्नसक्छन्। राजनीतिक दलका नेताहरूले गुन्डा पालिरहेका छन्,...

जसको भैँसी वर्षौंदेखि लडिरहेको छ

जसको भैँसी वर्षौंदेखि लडिरहेको छ

स्कुले उमेरमै 'भैँसी लड्यो है माया' जस्तो चर्चित गीत गाएकी डेजी बराइलीले धेरै गीत गाएकी छैनन्। थोरै गीत गाएर धेरै चर्चा पाएकी यी गायिकाले एकल एल्बम पनि निकालेकी छैनन्। दार्जीलिङकी...

तन्नेरी सिध्याउने रोग

तन्नेरी सिध्याउने रोग

धेरै पढ्थ्यो, फलानो त खुस्केछ! गाँजा खान्थ्यो, साथी त खुस्केछ! कसैले असामान्य व्यवहार देखायो भने ऊप्रति हुने केही टिप्पणी हुन् यी। तर, मानसिक रोगको परिधि विशाल छ। नेपाली समाजमा यस...

विमर्शः पिरती दिवस

खगेन्द्र संग्रौला, लेखक : 'भ्यालेन्टाइन्स डे' सुन्दा एकदमै राम्रो लाग्छ। यो नेपाली समाजको परम्परा होइन। पश्चिमी मुलुकमा चलनचल्तीमा रहेको यो दिवस त्यहीँबाट नेपालमा भित्रिएको हो। अहिले संसार साँघुरिएको छ। विश्वमा भएका...

असुरक्षित डेटिङ

असुरक्षित डेटिङ

कसैले डिस्टर्ब नगर्ने एकान्त ठाउँमा प्रेमालाप गर्न पाइयोस्– डेटिङ स्पटको न्यूनतम आवश्यकता वा विशेषता यही हो। तन्नेरी पुस्ताको चाहना पनि हो यो।

गाढा प्रचार फिक्का फिल्म

फिल्म रिलिज हुनुअघि दर्शकलाई मास्क, रुमाल र क्यालेन्डर जस्ता उपहार बाँड्न मरिहत्ते गर्छन्, निर्माता/निर्देशक। आफ्नो फिल्मप्रति दर्शकको ध्यान तान्न खोज्नु ठीकै हो। पछिल्लो प्रवृत्ति हेर्दा फिल्म बनाउनभन्दा फिल्मको प्रवर्द्धनमा धेरै...