Monday 30 Ashad, 2071 |
Menu

शुक्रबार

अक्सिजनभन्दा जरुरी पैसा

(1 Vote)
अक्सिजनभन्दा जरुरी पैसा
नेतादेखि समाजसेवीसम्मका सपनाजपना पैसा हुने देश हो यो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको पैसालाई हातको मैला ठान्ने विचार मनन गर्ने फुर्सद कसलाई छ र? 'फास्ट एन्ड फरवार्ड' तन्नेरी पुस्ता पैसाका लागि पनि उत्तिकै बेचैन छ। उसका लागि पैसा अक्सिजनभन्दा अनिवार्य चिज भइसक्यो। त्यसैले १७ वर्षकी किशोरी आफ्ना रुचि र सोखका निम्ति पैसा जुटाइदिने ६० वर्षीय वृद्धलाई ब्वाईफ्रेन्ड बनाउँछे। स्कुले केटो बाबुको खल्तीमा लामो हात गर्छ। यसपटक तन्नेरी पुस्ताको पैसाप्रेम बुझ्न खोजेकी छिन् सजना बरालले।



'केका लागि पैसा चाहिन्छ तपाईंलाई?'
'केका लागि चाहिँदैन त्यो भन्नू न,' काठमाडौँमहाराजगञ्जस्थित हेराल्ड कलेजको कक्षा ११ मा पढ्ने अमित ढकाल संवाददातासँग जंगिए, 'संसारै पैसाले चलेको छ। खान बस्नसुत्न र उठ्नदेखि पिसाब फेर्नसमेत पैसा चाहिन्छ। पैसाबिना के हुन्छबरु अक्सिजन नभए बाँच्न सकिएलापैसाबिना बाँच्न असम्भव छ।

बाँच्नका लागि चाहिने आधारभूत चिजमध्ये पैसा पनि एक हो। यो सत्य हो। तरअहिलेको पुस्ताले पैसालाई भगवान् नै ठान्न थालेको छ। पैसाबिना संसारै परचक्री हुने र भीडमा पनि एक्लो भइने धेरैको तर्क छ। उनीहरू एककाइसौँ शताब्दीलाई पैसाको शताब्दीएज अफ मनी भन्न रुचाउँछन्। 'जता जाऔँजे गरौँजे भनौँसबैथोकको मूल्य तिर्नुपर्छ,' ठमेलस्थित हिब्रू टुर्समा कार्यरत २१ वर्षीय सविन चित्रकारले 'मान्छे त पैसाको खैलौना न हो।'

संसार जतिजति आधुनिक हुँदै छनयाँ पुस्ता उति नै बिलासी बन्दै छ। प्रविधि र सञ्चारले उनीहरूका इच्छा र चाहनालाई थप तीव्र बनाइदिएका छन्। घुमघामसपिङडेटिङफिल्म हलक्लबनेट सर्फिङजमघट र खानपिन अहिलेका केटाकेटीका रुचि र आवश्यकता दुवै हुन्। आवश्यकताको सूचिमा मोबाइल र बाइक छुट्ने कुरै भएनन्। यी सबै चिजबिजको उपभोग गर्न पैसा चाहियो। 

यसरी पैसा नै सबथोक हो भन्ने शिक्षा ग्रहण गरेको पुस्ताले पैसा कमाउने अनेक उपाय पनि पत्ता लगाएको छ। कोही एसएलसी परीक्षा दिनासाथ जागिरको खोजीमा भौँतारिन्छन् भने कोही ऋण काढ्नसमेत पछि पर्दैनन्। पैसावाल पार्टनर खोज्नेदेखि बाउको खल्तीमा लामो हात गर्नेसम्मका हर्कत उनीहरूका लागि सामान्य भइसक्यो। 

भक्तपुरचांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सुशील गौतमको दैनिक खर्च कम्तीमा १५० रुपैयाँ हो। 'पेट्रोल र क्यान्टिनले सबै पैसा चिलिम पार्छन्,' उनले भने, 'साथीभाइसँग घुम्न जानुपर्‍यो भने ममीड्याडी र दाइलाई एक्लाएक्लै भेटेर खुसुक्क माग्नुपर्छ। सबै जनासँग मागेपछि धेरै पैसा जम्मा हुन्छ। त्यसपछि ढुक्कले घुम्न गइन्छ।बानेश्वरकी १८ वर्षीया आयुषा चाहिँ डान्स पार्टी भनेपछि मनै थाम्न सक्दिनन्। तरडिस्को/क्लब जान उनलाई अभिभावकले खर्च जुटाइदिने कुरै भएन। उनी कहिले कापीकहिले किताब त कहिले प्य्राक्टिसबुक किन्नुपर्‍यो भन्दै आमासँग पैसा माग्छिन्। त्यतिले नपुगे दिदीको खुत्रुकेभित्र कपाल च्याप्ने चिम्टी छिराएर हजारपाँच सय रुपैयाँ चिप्ल्याउँछिन्। 'सबै साथीहरू गएपछि आफूलाई पनि जाउँ्कजाउँ्क लागिहाल्छ,' उनले पैसाका लागि दुई नम्बर अपनाउनुको कारण सुनाइन्, 'ममड्याड वा दाइदिदीको पैसा भन्नु र मेरो पैसा भन्नु आखिर एउटै कुरा हो। फेरिमाग्दा नदिएपछि आइडिया त लगाउनैपर्‍यो नि। '

०००

अधिकांश युवायुवती आफ्ना सोख पूरा गर्न पैसा खर्चिन्छन्। केटा र केटीको खर्च गर्ने क्षेत्र भने बेग्लाबेग्लै हुन्छ। काठमाडौँगोंगबुकी २० वर्षीया पुष्पा बस्नेतको दिनमा दुई सय रुपैयाँको हाराहारीमा खर्च हुन्छ। 'स्याम्पूस्यानिटरी आइटमकस्मेटिक्स र चकलेटले धेरै पैसा सिध्याउँछन्,' उनले खर्च विवरण सुनाइन्, 'घरमा तरकारी किन्ने जिम्मा मेरो छ। त्यसबाट उबे्रको पैसा मै राख्छु। दिदीले एक्स्ट्रा पकेट मनी पनि दिन्छे।पुरुषको हकमा भने धेरैजसो रकम चुरोटचियाजमघटगेमहाउस वा डेटिङमा सकिन्छ। 'क्याफे गयोगर्लफ्रेन्डलाई बिल तिर् भन्नुभएन,' नेपालटार क्याम्पसका सुरेश उपाध्यायले मर्का पोखे, 'कलेज गयो केटाहरूले क्यान्टिन लगिहाल्छन्। छानीछानी खाजा भकुरेपछि पैसा त होम हाल्दा फ्याँक्ने चामलसरह हुन्छ।'

सवारी साधन भएका केटाकेटीलाई पैसाको महŒव र अभावबारे अझ बढी जानकारी हुन्छ। पेट्रोल र सर्भिसिङका लागि उनीहरूले अभिभावकको 'कान खाइरहनुपर्छ। 'एक लिटर तेलको एक सय २५ रुपियाँ पर्छ,' बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजकी सुप्रिया श्रेष्ठले भनिन्, 'दुईतीन लिटर हाल्नैपर्‍यो। टाढा कतै जानुछ भने ट्यांकी फुल गर्नैपर्छ। बल्लतल्ल स्कुटर किनिमागेकी थिएँ। अब पेट्रोल हाल्ने पैसा माग्दामाग्दा आफैँलाई दिक्क लागिसक्यो।

एक रक ब्यान्डका ड्रमर हिमाल थकालीलाई भने बाइकले पेट्रोलको टेन्सन होइनबरु आर्जनको बाटो खुलाएको छ। 'केटाहरू कसैको बाइक छैन,' उनले छाती फुलाउँदै भने, 'सबैजना मेरै भिआर चढेर गर्लफ्रेन्ड भेट्न जान्छन्। पेट्रोल पनि उनीहरूले नै हाल्दिन्छन्। कहिलेकाहीँ तेल हाल्नुपर्‍यो भनेर दुईचार जनासँग छसात सय रुपैयाँ उठाइन्छ। तेलको पैसा तिर्ने बेला अर्कोलाई लिएर गयोउसैलाई तिरायो। मागेको पैसा चोख्खै बच्छ। आफूलाई त फाइदैफाइदा!'

पैसाका लागि जुक्ति फुराउनुपर्ने बाध्यता विशेषतः मध्यम र निम्न वर्गीय परिवारका सन्ततिलाई हुने गरेको छ। धनाढ्य परिवारका छोराछोरीको जीवनस्तरबाट प्रभावित भई उनीहरू सिको गर्न खोज्छन्। उनीहरूले झैँ मोजमस्ती गर्न पैसाको जोहो गर्छन्। रपेटमा मुसा नाचे पनि क्लबमा कम्मर मर्काउन थाल्छन्। कतिपय केटाकेटी चाहिँ जक्सनमा गएर चुरोट र चिया खाँदै गफ चुट्न पाए अर्थोक केही चाहिँदैनझैँ गर्छन्। 'मेरो त स्नुकरपुलहाउस वा भिडियो गेम पार्लरमै दिन बित्छ,' सामाखुसीकपुरधाराको भिडियो गेम पार्लरमा भेटिएका भूपेन्द्र खड्काले आङ तान्दै भने, 'आमासँग पैसा माग्यो। नदिए पसल (आमाको लुगा पसल) बाट अलिअलि झ्याप हान्योयहाँ आयोखेल्यो। यस्तै छ जिन्दगी।

०००

देखासिकीका कारण घाँटी हेरेर हाड निल्ने उखान बिर्सिनेमा स्कुले केटाकेटी पनि पर्छन्। नर्सरी क्लासदेखि नै गर्लफ्रेन्ड र ब्वाईफ्रेन्डको चर्चा चल्ने जमाना हो यो। नौदश कक्षाका केटाहरू चुरोट तान्न थाल्छन्। रकेटीहरूलाई आईब्रो उखेल्न उमेरको कुनै हदबन्दी छैन। तेह्रचौध वर्षमै आँखीभौँ उखेल्नकपाल छोट्याउनदेखि फाउन्डेसन दल्नसम्म भ्याइसक्छन्। यी सबै कुराको सम्बन्ध पैसासँग गाँसिएको छ। ब्युटिपार्लर जानेलाई पपन्ध्र दिनमा पैसा चाहिन्छ। चुरोटखैनी खानेलाई दिनदिनै चाहियो! पार्टनर बनाएकालाई डेटिङ जान हप्तैपिच्छे रकम जुटाउनुपर्छ। तरपैसाका लागि सधैँभरि बाआमालाई अन्तरवार्ता दिन केटाकेटीहरूलाई झ्याउ लाग्छ। त्यसो भए गर्ने के तउत्तर– सर्ट कट अपनाउने। 

'अस्ति भर्खरको कुरा हो,' लिंकन कलेजकी सपना लामिछानेले एउटा किस्सा सुनाइन्, 'मेरो मामाकी छोरी (ऋचा) ले माइजूको १७ हजार रुपैयाँ पर्ने मोबाइल झ्याप हानेर बसुन्धराको एउटा पसलेलाई पाँच हजारमा बेचिछन्। मोबाइल हरायो भनेर माइजूको हंसै उडेको थियो रे। तरहराएको दुईचार दिनपछि माइजूलाई छोरीमाथि नै शंका लागेछ। ऋचा कहिले नयाँ जुत्ताकहिले वानपिस डे्रस त कहिले थरीथरीका टिसर्ट घर ल्याउन थालिछन्। साथीले दिएको भन्दै स्कुलबाट आउँदा उनी एकुन्टा नयाँ सामग्री ल्याउँथिन् रे। एकदिन त उनले कपालै स्टे्रट गरेर आइछन्। स्कुल गएकी छोरी कपाल फिजाउँदै साँझ घर आएपछि माइजूको पारो तातेछ। उहाँले ऋचालाई घिच्याउँदै स्कुल लग्नुभएछ। स्कुलमा त उनी एक हप्तादेखि एब्सेन्ट देखिइन्। मोबाइल बेचेको पैसाले दिनभरि मस्ती गर्दै हिँडेको पत्तो लागेको थियो।

कलेजकालाई भन्दा नौदश कक्षामा पढ्ने स्कुलेविद्यार्थीलाई पैसाको बढी अभाव हुन्छ। 'दिनभरि स्कुल जानेलाई किन चाहियो पैसो?' भन्दै अभिभावक सुको झार्दैनन्। फिल्म हेर्न जाने वा स्कुल बंक हान्ने प्लान बनाएकाहरूलाई त फसादै पर्छ। अन्ततः उनीहरू पैसा कमाउन छोटो बाटो रोज्छन्जुन खतरनाक पनि हुन सक्छ। 'एकदिन मलाई त्यस्तै टेन्सन भा'थ्यो,' कक्षा ९ मा पढ्ने शीताष्माले भनिन्, 'भ्यालेन्टाइन्स डे थियो। मैले ब्वाईफ्रेन्डलाई टि्रट दिन्छु भनेर एन्डिज क्याफेमा बोलाएकी थिएँ। ममीलाई डिस्ट्रिक्ट लेभल एक्जामको फर्म भर्न दुई हजार रुपैयाँ चाहिन्छ भनेकी थिएँ। दिनुहुन्छ भनेर ढुक्कै थिएँ। तरबूढीले खाजा खा भनेर २५ रुपियाँ पो दिइन्! फर्म भोलि भर्नू भनिन्! म त खङरङ्ङै परेकी थिएँ।शीताष्माले त्यतिबेला आफूलाई भाउ दिइरहेको अर्को केटासँग आमा बिरामी भएकाले तुरुन्तै हस्पिटल जानुपर्‍यो भनेर २५ सय रुपैयाँ उम्काइछन्। रत्यही पैसाले ब्वाईफ्रेन्डसँग एन्डिजमा उत्सव मनाएको बताइन्। 

०००

प्रेमका लागि गरिने त्याग र तपस्या 'उहिलेका कुरा खुइलेभइसकेका छन्। तपस्याको ठाउँ 'गाँठ'ले लिएको छ। पैसाका लागि प्रेम र प्रेमका लागि पैसा– दुवै हिजोआजका चल्तीका भनाइ हुन्। कतिले माया पाउन पैसाको रवाफ देखाउँछन्। कोही चाहिँ खल्तीको मोटाइका आधारमा पिरती लाउँछन्। मायाप्रेममा जति पैसाको खेल अन्य काममा कमै होला आजकल। पैसाका लागि १६ वर्षकी किशोरीले ६० वर्षको हजुरबालाई ब्वाईफ्रेन्ड बनाएको उदाहरण छरपष्ट भेटिन्छन्। स्कुल पढ्ने फुच्चेले दर्जनौँ केटीलाई गर्लफ्रेन्ड बनाउनुको कारण पनि पैसो नै हो। 'धेरै वटीलाई पट्यायो भने पालैपिलो खर्चपानी जुटाइदिन्छन्,' १७ वर्षीय प्रसिस रानाले अनुभव साटे, 'कहिले एउटीसँग माग्योकहिले अर्कीसँग। आफू त जहिले पनि मालामाल!'

हेराल्ड कलेजका अमितले भनेझैँ पैसा अहिले अक्सिजनभन्दा 'महŒवपूर्णभएको छ। पैसाका लागि आफैँलाई बेच्न पनि तयार छन् मान्छेहरू। हिजोआज 'सेक्रेट सेक्सभन्ने धन्दा निकै फस्टाएको हल्ला छ। पैसाका लागि अभिभावकसँग गुहार माग्न दिक्क भएका केही युवतीले सुन्धाराठमेलबसपार्क र दरबारमार्गका डान्स बारमा जागिर खाने गरेको भेटियो। सिम्रन नामकी युवतीले नर्सिङ पढ्न छोडेर सुन्धाराको एउटा डान्स बारमा नाइट ड्युटी गर्न थालेको बताइन्। 'नर्स बन्छु भनेर काठमाडौँ आएकी थिएँ,' उनले भनिन्, 'दुई वर्ष ट्राई पनि गरेँ। तरनाम निकाल्नै सकिनँ। अरू जागिर पनि कतै पाइनँ। के गर्ने भनेर टेन्सन भएको बेला मेरो एक्सब्वाईफ्रेन्डले काम भनेको सबै बराबर हुन्छ भन्दै यो धन्दामा लगाइदियो। एक वर्ष भइसक्यो नाचेको नाच्यै छु।'

हिजोआज सेल्फडिपेन्डेन्स अर्थात् आत्मनिर्भरताको पनि कुरा उठ्ने गरेको छ। युवायुवती यसै पनि अरूको खटनपटनमा बस्न रुचाउँदैनन्। स्वतन्त्रताको सबैभन्दा बढी खोजीनिती हुने उमेर नै युवा उमेर हो भन्दा फरक पर्दैन। पैसा र स्वतन्त्रता पाए युवावस्था झकास हुने धेरैको अनुमान छ। त्यसैले पनि हिजोआज युवायुवती पढाइ र जागिरलाई सँगसँगै लग्न खोज्छन्। कतिले त पढ्ने भनेकै जागिर खान हो भन्दै पढाइ नै छाडिदिएका छन्। 

'जागिर खाएपछि फ्रिडम हुन्छ,' कुमारी सेभिङ एन्ड त्रे्कडिट फाइनान्सकी कर्मचारी दुर्गा धितालले भन्छिन्, 'पैसा कमाइन्छ। त्यसपछि त जे गरे पनि भयो।कक्षा १२ मा पढ्ने उनी दिनमा दुई सय रुपैयाँ खर्च गर्छिन्। 'मेरो ब्वाईफ्रेन्ड जापानमा छ,' उनले भनिन्, 'उसँग स्काइप वा फोनमा कुरा गरिरहनुपर्छ। त्यसमै बढी खर्च हुन्छ।'

'पैसा के हो?' हामीले युवाविचार बुझ्न चाह्यौँ। धेरैले साझा जवाफ दिए– 'मनी इज एभि्रथिङ अर्थात् पैसा सबथोक हो।

पैसा (धन) लाई हातको मैला ठान्ने महाकविको विचार उनका पनाति पुस्ताले पत्याउन छोडेका छन्। 'लक्ष्मीप्रसादको पालामा हातको मैला थियो होला,' रत्नराज्य क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत ऋतु महर्जनले भनिन्, 'अहिले त हातको मैला होइननाककानघाँटीआँखाखुट्टानाडीदेखि जिउभरिकै गहना हो पैसा।

(अम्मर जिसी र अञ्जान स्वीकृतिको सहयोगमा)
साइको हत्यारा

साइको हत्यारा

अनुहार सुन्दर। बोल्न सिपालु। हेर्दा एकदम भलाद्मी। कुनै पनि कोणबाट खतरनाक नदेखिने अभिषेकराज सिंह निर्दयी 'सिरियल किलर' हुन्। उनले छ जनाको ज्यान लिएको कबुल गरिसकेका छन्। प्रहरीले 'मास्टरमाइन्ड', 'डेन्जरस' र...

ड्रग्सको विनाशमार्ग

ड्रग्सको विनाशमार्ग

एक सर्को चुरोटबाट सुरु हुन सक्छ, ड्रग्सको डरलाग्दो दलदलतिरको यात्रा। अभिभावकले छोराछोरी सातआठ कक्षामा पुग्नासाथ सजग भइहाल्नुपर्ने देखिन्छ। हजारौँ नेपाली युवाको भविष्य ड्रग्सले ध्वस्त भएको छ। विशेष बन्ने ध्याउन्न र...

ठमेलः इमेज खराब छ

ठमेलः इमेज खराब छ

हो, ठमेलको छवि खराब भइरहेको छ। साँझ पर्नेबित्तिकै यसको ढोकै अगाडि तेस्रोलिंगीहरू कटाक्ष र नखरा गरिरहेका हुन्छन्। मसाज सेन्टरका बोर्ड फेरिएका छन्, धन्दा कायमै छ। डान्सबारका गोप्य कोठामा रासलीला चलिरहेकै...

प्रशान्तको सुरमा झुम्यो पोखरा

प्रशान्तको सुरमा झुम्यो पोखरा

आइतवार पोखरा रंगशाला खचाखच भरिएको थियो। सन्दर्भ थियो– 'ल्होछार म्युजिकल फेस्टिभल।' हजारौँ पोखरेली संगीतमा झुम्न तम्तयार थिए। जब इन्डियन आइडल प्रशान्त तामाङ स्टेजमा देखापरे, तालीको गडगडाहटले उनको स्वागत गरियो।

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

दुईचार पैसा कमाएर जिन्दगीमा दुईचार सुदिन देख्ने लालसाले नेपाली चेलीहरू खाडीमा पुगेका छन्। दलालको फन्दामा परेर उनीहरू सरकारले जान नहुने भनेर तोकेका देश पनि गइरहेका छन्। लाम जानेको मात्र छैन। फर्कनेको...

राष्ट्रकविज्यू! 'गौरी' लाई 'गउरि' बनाइँदै छ!

वर्ण विन्यासका सुधार वादीहरूले गुरु प्रसाद मैनालीको 'शहिद' कथालाई 'सहिद' बनाएरै छोडे। झमककुमारी घिमिरेको प्रसिद्ध कृति 'जीवन काँडा कि फूल' अशुद्ध भइसक्यो। 'जीवन काँडा कि फुल' हुनुपर्ने अरे! राष्ट्रकवि घिमिरेको...

‘सपना फराकिलो भएको छ'

‘सपना फराकिलो भएको छ'

– प्रिन्सा श्रेष्ठ, मिस नेपाल अर्थ २०१४ ताज पहिरिएपछिको अनुभव र दैनिकी कस्तो छ? हाम्रो दैनिकी आयोजक हिडेन ट्रेजरले निर्धारण गरिरहेको छ। आयोजक अभिभावक भएको छ भने हामी ज्ञानी छोरी भएर आज्ञापालन...

मेलिनाको 'कमब्याक'

मेलिनाको 'कमब्याक'

अभिनेत्री मेलिना मानन्धर अभिनयकर्ममा फर्किएकी छिन्। विवाहपश्चात् अभिनयलाई घटाउँदै लगेकी उनी छोरी जन्मिएपछि यस क्षेत्रबाट टाढिएकी थिइन्। फिल्म 'धम्मवती' मार्फत उनको पुनरागमन भएको हो। राज शाक्य निर्देशित 'धम्मवती'मा मेलिना भिक्षुणीको...