Friday 3 Ashwin, 2071 |
Menu

शुक्रबार

जहाँ सुनिन्छन् मायाका सुस्केरा

(2 votes)
जहाँ सुनिन्छन् मायाका सुस्केरा
प्रेमीप्रेमिकाको मन उसै पनि अशान्त हुन्छ। मनको माया शरीरसँग टाँसिन खोजिहाल्छ। यस्तो बेला उनीहरू भीडभाडबाट टाढा तर शहरबाट नजिक कतै हराउन चाहन्छन्। केही समयअघिसम्म तन्नेरीहरूका लागि यस्तो गन्तव्यको अभाव थियो। शहर अचाक्ली बाक्लिन थालेपछि उपत्यकाको चारैतिर लोकल रिसोर्ट र खाजाघरहरू खुल्न थालेका छन्। यसपटक ती रिसोर्ट र खाजाघरमा सुनिएका मायाका सुस्केरा टिपेर ल्याएका छन् शिशिर वैद्यले।   
.....

काठमाडौँको छेउछाउतिर एकदुई रोपनी जग्गामा ससाना छाप्रा या कुटी बनाएर चलेका रिसोर्टहरू असंख्य छन्। शहरका भव्य रेस्टुरेन्टहरू पनि मापसे कारबाहीपछि सुकिरहेका बेला यी रिसोर्टहरू कसरी चलेका होलान् भनेर कसैले प्रश्न गरे जवाफमा भन्न सकिन्छ, 'ती चलेका मात्र होइनन्चम्केका छन्।

शहरभन्दा पर रहेका ठाउँका सडकका छेउछाउ र जंगलका आसपासमा खुलेका रेस्टुरेन्ट र रिसोर्टहरू तनको गर्मी मेटाउन चाहनेका लागि गतिलो र उपयुक्त 'रिफ्रेसमेन्ट सेन्टरभएका छन्। बालाजु बाइपासबाट ओशो तपोवनतिर लाग्दा सडककिनारामा देखिने थुप्रै रेस्टुरेन्ट तथा रिसोर्ट राजधानीवासीका मन र तन शान्त पार्न तल्लीन छन्। त्यहाँमात्र होइनराजधानीबाट बाहिरिने विभिन्न नाकामा यस्ता छाप्रे रिसोर्टले राम्रै दानापानी जुटाइरहेका छन्।  

राजधानीबाट बाहिरिने विभिन्न नाकामा खुलेका रिसोर्ट तथा रेस्टुरेन्टका संरचना गजबका हुन्छन्। रेस्टुरेन्ट भए पनि दुईचार वटा कोठा हुनैपर्छ। रिसोर्ट भनेपछि त झन् कोठा नहुने कुरै भएन। सडककिनारका पाखाभित्तामा बनाइएका यस्ता रेस्टुरेन्ट विनाकोठा चल्न सक्ने अवस्था छैन। किनभने यहाँ आउनेहरूको पहिलो प्रश्न हुन्छ, 'कोठा त छ नि?' त्यहाँका रेस्टुरेन्ट व्यवसायीहरू पनि यसलाई सहज रूपमा लिन्छन्, 'यहाँसम्म आउने भनेको रमाइलो गर्नका लागि नै हो। हाम्रो टार्गेट पनि जोडीहरू नै हुन्।रेस्टुरेन्ट सञ्चालकहरू आफ्नो व्यवसायको बचाउ गर्छन्, 'जोडी आउँछन् र रमाइलो गरेर फर्कन्छन् भन्ने त्यसमा केको आपत्ति ?' 

ग्राहक र व्यवसायीको सहज सौदा हुन्छ। 'एक घण्टाको कोठाभाडा कतिसाधन राखेको होला नि?' रेस्टुरेन्ट सञ्चालकले ग्राहकको 'जरुरतहेरी कोठाको रेट असुल्छन्। मिठोमसिनो खुवाउँछन्। तीन सय ५० देखि आठ सयसम्मका कोठा उपलब्ध गराउँछन्। यी रिसोर्टहरूको आम्दानीको मुख्य स्रोत नै कोठाको चार्ज हो। उनीहरूको भाषामा गेस्टको भीड लागेको बेलामा एउटै कोठाबाट पनि राम्रो आम्दानी हुन्छ। कोठा लिएपछि दिनभरि बसे पनि पाइन्छ र पाँचै मिनेटमा काम फत्ते गरेर निस्के पनि हुन्छ। यहाँ आउने ग्राहकहरू दिनभर बस्ने कमै हुन्छन्। एकाध घण्टाका लागि बुक हुने रेस्टुरेन्टका कोठा दिनमा तीनचार पटकसम्म बुक हुने गरेको व्यवसायीहरू बताउँछन्। 

बालाजु बाइपासदेखि मुड्खु भञ्ज्याङसम्म दर्जनभन्दा बढी रेस्टुरेन्ट छन्। भन्ज्याङ कटेपछि पाखो बारीमा जंगलको बीचमा थुप्रै रिसोर्ट देखिन्छन्। मधुवनवृन्दावनरानीवन नाममा खुलेका रेस्टुरेन्टले कोठासहितको सेवा प्रदान गरिरहेका छन्। विनाजोडी पुग्नेका लागि जोडीसमेत मिलाइदिने रेस्टुरेन्ट प्रहरीबाट सुरक्षित रहेको दाबी गर्छन्। मुड्खु भञ्ज्याङ कटेर जानेहरूका लागि भने प्रहरीले अलि बढी नै सोधपुछ गर्ने भएकाले रेस्टुरेन्टसम्म केटी बोलाउन गाह्रो हुने रेस्टुरेन्टका कर्मचारी बताउँछन्। लभ्ली रेस्टुरेन्टका कर्मचारी पुष्कर गौतमले जोडी मिलाउन नसकिने तर जोडी लिएर आउनेका लागि भने कोठा उपलब्ध गराउने गरिएको जानकारी दिए। तरप्रहरी प्रशासनले बेलाबेलामा गैरकानुनी यौनधन्दा गराएको भन्दै यस्ता रेस्टुरेन्टहरूमा छापा हान्ने गरेको छ। जोडीहरू पक्राउ पर्ने गरेका छन्। शहरभन्दा सुरक्षित स्थान भनेर जानेहरू कहिलेकाहीँ प्रहरीको फन्दामा पर्ने गरेका छन्। 'हिजोआज सेटिङ मिलाएका कारण त्यति अप्ठेरो छैन,' एक रेस्टुरेन्ट व्यवसायीले भने। 

राजधानी अहिले साँघुरो भएको छ। ठूला होटलदेखि मध्यमस्तरका सयौँ रेस्टुरेन्ट ग्राहकको सेवामा हाजिर भए पनि यहाँको भीडभाडदेखि केही घण्टा भए पनि सबै भाग्न चाहन्छन्। 'आपत्तिजनक गतिविधिभन्दै मन्दिरपार्कलगायत क्षेत्रमा डेटिङ गरिरहेका युवायुवती पनि प्रहरी फन्दामा पर्न थालेपछि उनीहरू डेटिङसँगै 'सेटिङगर्न पाइने ठाउँतिर लागेका छन्। उपत्यकाबाट १५ मिनेटदेखि एक घण्टासम्मको दूरीमा रहेका यस्ता रेस्टुरेन्टले ग्राहकको गोप्यता पनि कायम गरिदिएका छन्। 

शहरबाट अलिकति बाहिर गएर रमाइलो गर्न चाहने जोडीहरूलाई लक्ष्य गरेर उपत्यकाको विभिन्न नाकामा अहिले दर्जनौँ रिसोर्ट र रेस्टुरेन्ट खुलेका छन्। छोटो र मिठो रोमान्स चाहने जोडीहरूका यी गन्तव्य वरदान सावित भएका छन्। रानीवनको रिसोर्टमा पुगेका एक रोमान्टिक पुरुषले भने, 'मन मिलेर तनको राप शान्त पार्न खोज्नेहरू यस्तै ठाउँ खोजिरहेका हुन्छन्। यहाँका रेस्टुरेन्ट र रिसोर्ट सेफ पनि छन्।

जोडी विशेषका लागि खुलेका यी स्थान यौनप्यास मेट्नेहरूका भरपर्दा थलो भएका छन्। 'खुलमखुला रेडलाइट एरिया नै सञ्चालनमा आएको छ भन्न खोजिएको चाहिँ होइन। यहाँ रमाइलोसँग समय काट्न आउनुहोस् तर चाहिने व्यवस्था आफैँ गर्नुस्,' एक रेस्टुरेन्ट सञ्चालकले विज्ञापन गर्ने शैलीमा भने। तरयस्ता गन्तव्यमा पुग्नका लागि कुनै झन्झट बेहार्नै नपर्ने भने होइन। बालाजुदेखि लगभग छ किमी उत्तरमुड्खु चेकपोस्ट पुग्दा विशेषगरी युवा जोडीमाथि प्रश्नहरू तेर्सिने गर्छन्, 'कहाँसम्म जानेघर कतालाइसेन्स छ?' चेकपोस्टका प्रहरी युवायुवतीको जोडी देख्नेबित्तिकै विशेष सतर्कतासाथ चेकिङ गर्न थाल्छन्। 

रिपोर्टिङका क्रममा मुड्खुको एक रिसोर्टमा एक जना भलाद्मी भेटिएका थिए। गाडीमा आएका उनले भने, 'कहिलेकाहीँ रिफ्रेस हुन यता आइन्छ।अफिस सकिएपछि आएका उनी चुरोट सकाएपछि 'मेरो त मान्छे आयो क्यारेभन्दै रिसोर्टको कोठातिर लागेका थिए। उक्त रिसोर्ट व्यवसायीका अनुसार ती भलाद्मी सरकारी कर्मचारी हुन्। उनी हप्ताको एकदिन पार्टनरसहित आउने गरेका छन्। 

नागार्जुन डाँडाले ओसिलो पारेको यो क्षेत्र शान्त छ। वातावरण शीतल छ। पारिवारिक रिसोर्टरेस्ट क्याम्प जे लेखिए पनि यहाँका रेस्टुरेन्ट र रिसोर्टको करिडोर 'नाम एककाम अनेकका लागि प्रसिद्ध छन्। दर्जनौँ यस्ता रिसोर्ट र रेस्टुरेन्टका ग्राहक युवा जोडी नै हुने गरेका छन्। 'जोडीहरू आउँछन्,' लभ्ली रेस्ट क्याम्पका कर्मचारीले भने, 'कोही घण्टौँ बस्छन्कोही एक घण्टामै हिँड्छन्। खाना अर्डर गर्नुपरे फोनबाटै अर्डर गर्छन्। अब बन्द कोठामा केके गर्छन्हामीलाई के मतलब?' शनिवार प्याक हुने यी स्थानमा अन्य दिन पनि केही रुमहरू व्यस्त नै रहन्छन्। कहिलेकाहीँ रुमका लागि जोडीले घण्टौँ पनि कुर्नुपर्ने हुन्छ।

तीनदेखि आठ सय रुपैयाँसम्म तिरेपछि दिनभरिका लागि रुम आफ्नो! तरदिनभरि बस्ने गेस्ट बिरलैमात्र आउने एक रिसोर्टका कर्मचारीले बताए। यी रिसोर्टका रुम कस्टमा एकरूपता पाइँदैन। कतै चार सयकतै छ सय त कतै आठ सयसम्म पर्छ। गएगुज्रेका रुमदेखि अट्याच बाथरुमसहितका स्तरीय रुमहरूको सुविधा रहेका रिसोर्टहरू पाइन्छन्। हरेक रुममा एक डबल बेडदुई थान सिरानीएक थान सिरक अनिवार्य उपलब्ध हुने गर्छन्। रिसोर्ट भनिए पनि यहाँका कोठाहरूको अवस्था र गन्धले कस्ता रिसोर्ट हुन् भन्ने त्यसै ठम्याउन सकिन्छ। धुलिखेलनगरकोटका उच्च स्तरीय रिसोर्टमा आउजाउ गर्नेका लागि यी रिसोर्ट बिलकुल स्तरहीन र थर्डक्लासका लाग्नु स्वाभाविकै हो। तरकाठमाडौँबाट मात्र आठनौ किलोमिटरको दूरीमा शान्तशीतल र सस्तो ठाउँको आनन्द पाएपछि चञ्चल तनमनलाई शान्त पार्न अरू के चाहियो

काठमाडौँको परिधिमा यस्ता घण्टे रिसोर्टहरू फैलिएका छन्। भक्तपुरको सूर्यविनायक चोक नाघेपछि साँगा चोकसम्म दायाँबायाँ देखिने ससाना खाजा घर तथा कटेज रेस्टुरेन्टमा पनि यस्ता घण्टे रुमको सुविधा प्राप्त हुन्छ। त्यस्तै ललितपुरको भैँसेपाटीसिकालीमा रहेका रेस्टुरेन्टहरूमा पनि रुम सुविधा छ। काठमाडौँको टौदहफर्पिङ आदि ठाउँमा पनि यस्ता रिसोर्ट प्रशस्त छन्।

प्रशासनले यी ठाउँहरू र यहाँ हुने क्रियाकलापलाई गैरकानुनी भन्छ। त्यसैले बेलाबेला चेकिङ र कारबाहीका समाचारहरू सुन्ने गरिन्छ। तरपनि युवाहरू यस्ता स्थानप्रति आकर्षित हुने गरेका छन्। रिसोर्ट व्यवसायीहरूको साझा मत छ– 'व्यावसायिक रूपमा केटीहरूलाई परिचालित गरी चलाएको भए पो गैरकानुनी भन्न मिल्छ। जोडीहरू आउँछन्एकडेढ घण्टा बस्छन्रमाइलो गर्छन्आफ्नो बाटो लाग्छन्। यसलाई किन गैरकानुनी भन्ने?' 

००० 

सूर्यविनायक क्षेत्र कटेपछि राजधानी भित्रिने नाकाका विभिन्न ठाउँमा खुलेका कटेज पनि इन्ज्वय गर्ने क्षेत्रको रूपमा परिचित हुँदै छन्। प्रेमिका हुन् अथवा केही घण्टाका लागि ल्याइएका युवतीतिनीहरूलाई घुमाउने र रासलीलामा रमाउने ठाउँका रूपमा विकसित हुन थालेका छन्यस्ता कटेज। 

सूर्यविनायकदेखि साँगासम्म जोडीका लागि लक्ष्य गरेर खोलिएका थुप्रै कटेज भेटिन्छन्। राजमार्गसँग जोडिएका तर प्रशासनको पहुँच कम हुने गरेका कारण जोडीहरूको गन्तव्यको नयाँ आश्रयस्थलका रूपमा यी कटेज प्रख्यात हुन थालेका छन्। कटेजका प्रमुख ग्राहकका रुपमा राजधानीबाट घुम्ने बहानामा त्यहाँ पुग्ने जोडी नै हुन्। 'जोडी आउँछन्कटेजमा बस्छन्। गोप्य कटेजमा बस्नेहरूले के गर्छन्चिहाउने कुरा भएन,' साँगास्थित एक कटेजका कर्मचारीले भने। उनका अनुसार उनी कार्यरत कटेजमा मात्र दैनिक १२ देखि १८ जोडीसम्म आउने गरेका छन्। शनिवार र बिदाको दिन जोडी ज्यादा आउने गरेको उनले बताए। 

राजधानीमा बेरोजगारहरू बढेका छन्। राम्रो लाउनेमिठो खाने रहरले युवतीहरूलाई यौनव्यवसायतिर डोहोर्‍याउन थालेको छ। समयसँगै फेरिँदै गएको यौन व्यवसाय क्याबिनगजल रेस्टुरेन्टडान्समसाज हुँदै अहिले ओपन होटलको रूपमा मौलाइरहेको प्रहरीले पनि स्वीकार गरेको छ। नाका क्षेत्रमा पनि यस्ता महिलाहरूको सम्पर्क बढ्न थालेको छिटपुट जानकारी आउन थालेको महानगरीय प्रहरी वृत्तले जनाएको छ। 

केही वर्षअघि राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनअनुसार काठमाडौँ उपत्यकामा १२ वर्षदेखि ३० वर्षसम्मका करिब ४० हजार महिला क्याबिन रेस्टुरेन्टमसाज पार्लर र डान्स रेस्टुरेन्टमा कार्यरत थिए। अहिले त्यो संख्यामा वृद्धि भएको हुनुपर्छ। राजधानीमा यौन व्यावसायमा कडाइ गरेपछि उनीहरू राजधानी छिर्ने नाकातिर बढेका हुन्।

केही वर्षअघिसम्म शहरभित्र जतासुकै क्याबिन रेस्टुरेन्टका बोर्ड झुन्डिएका देखिन्थे। तरअहिले शहरभित्र क्याबिन रेस्टुरेन्टको संख्या घटेको छ। यस्ता रेस्टुरेन्ट रिङरोड  र आसपासका क्षेत्रमा सरेका छन्। शहरमा प्रहरीले बढी दुःख दिने र घर भाडा पनि महँगो हुने गरेका कारण क्याबिन रेस्टुरेन्टहरू शहरबाहिर खुल्न थालेका छन्। तरशहरबाहिर खुलेका अधिकांश रेस्टुरेन्टले आफूलाई रिसोर्टको रूपमा रूपान्तरण गरेका छन्। ससाना कोठा बनाएर ग्राहकलाई तनको भोक मार्ने सुविधा प्रदान गरिरहेका छन्। 

(डी विनोदको सहयोगमा) 
विमल अर्थात् आशाको फिलिङ्गो

विमल अर्थात् आशाको फिलिङ्गो

राष्ट्रिय क्रिकेट टोलीले ट्वान्टी–२० विश्वकप खेलेर दिएको उत्साह ताजै रहँदा युवा फुटबलर विमल घर्तीमगरले नेदरल्यान्ड्समा बेल्जियन टोली एन्डरलेकका लागि सनसनीपूर्ण प्रदर्शन गरेर नेपाली खेलकुदको आशा जगाएका छन्।

अन्जु पन्तका फ्यान कस्ता कस्ता ?

अन्जु पन्तका फ्यान कस्ता कस्ता ?

घरमै पुगे गुरु मेरो स्वरका पहिलो प्रशंसक गुरुहरू हुन्। फुपूले गुरु श्रीकृष्णमान डंगोलकहाँ म्युजिक सिकाउन पठाउनुभयो। गुरुलाई मेरो स्वर मन परेर अरू सिकारुभन्दा धेरै गाउन लगाउनुहुन्थ्यो। पाँचै बजे रियाजका लागि बोलाउन...

कविता आँशुको औषधि हो : रामगोपाल आशुतोष

कविता आँशुको औषधि हो : रामगोपाल आशुतोष

कवि रामगोपाल आशुतोषको कवितासंग्रह 'ईश्वर र फूलहरू' हालसालै बजारमा आएको छ। उनको कविता लेखनको सेरोफरोमा रहेर सङ्गीत श्रोताले गरेको कुराकानी :

बिहेपछिकै सेक्स उत्तम : सुपी थापा, कलाकार

बिहेपछिकै सेक्स उत्तम : सुपी थापा, कलाकार

तपाईंको बुझाइमा सेक्स?शारीरिक आवश्यकता।

बेलायतमा उत्तेजक आइटम

बेलायतमा उत्तेजक आइटम

निर्देशकलाई फिल्मको क्याप्टेन भनिन्छ। किनभने निर्देशकबिना फिल्मअघि बढ्दै सक्दैन। तर, एउटा फिल्मको १० प्रतिशत सुटिङ निर्देशकबिना नै सकिएको छ। कुरा फिल्म 'आधी बाटो'को हो। निर्देशक सविर श्रेष्ठलाई बेलायतले भिसा नदिएपछि...

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

दुईचार पैसा कमाएर जिन्दगीमा दुईचार सुदिन देख्ने लालसाले नेपाली चेलीहरू खाडीमा पुगेका छन्। दलालको फन्दामा परेर उनीहरू सरकारले जान नहुने भनेर तोकेका देश पनि गइरहेका छन्। लाम जानेको मात्र छैन। फर्कनेको...

दुरुस्तै फोटोकपी

दुरुस्तै फोटोकपी

केही साताअघि रिलिज भएको हिन्दी फिल्म 'नशा' धेरैलाई थाहा होला। फिल्म नहेरे पनि पुनम पाण्डेका हर्कत कसले बिर्सिनसक्छ र? तस्बिर हेरेपछि सबैलाई लाग्नसक्छ, यस्तो कहीँ देख्या हो। हो, त्यही फिल्मको...

कहिले कसले जिते विश्वकप?

सन् १९३०, उरुग्वे (पहिलो विश्वकप) विजेता– उरुग्वे उपविजेता– अर्जेन्टिना तेस्रो– अमेरिका चौथो– युगोस्लाभिया