Wednesday 11 Bhadra, 2071 |
Menu

शुक्रबार

निर्विकल्प अरुणिमा

(1 Vote)
निर्विकल्प अरुणिमा
दिन दुगुना, रात चौगुना भनेझैँ नेपाली फिल्ममा हिरोइन आउने क्रम बढेको बढ्यै छ। त्यसैले फिल्मका लागि कोही हिरोइन निर्विकल्प हुने कुरा भएन। तर, राजेश हमालले फिल्म 'किन किन'का लागि अरुणिमा लामा 'निर्विकल्प भएको' बताएका छन्। सुटिङ सकएपछि आफूले अभिनय गरेको फिल्मलाई फर्केर नहेर्ने हमालले उक्त फिल्मको अन्तिम प्रिन्ट हेरेपछि यस्तो प्रतिक्रिया दिएका हुन्। 
फिल्ममा हमालसँग रोमान्स गर्नुका साथै अरुणिमाले न्युड दृश्य पनि दिएकी छिन्। फिल्ममा उनको नग्न शारीरिक बनावट हेरेर हमालले पेन्टिङ गरेको देखाइएको छ। मोडलिङ र अरु फिल्ममा कतै नदेखिएकी अरुणिमा फिल्मको कथाअनुसार फिट देखिएको हमालको प्रतिक्रिया थियो। तस्बिरअनुसार शारीरिक बनावटमा 'फिटदेखिएकी उनी फिल्ममा फिट छिन् कि छैनन् भन्ने हेर्न दर्शकले भने साउन ३२ गतेमात्रै पाउनेछन्। 
'अन्तरिम सम्पादक'

'अन्तरिम सम्पादक'

चुनावी अन्तरिम मन्त्रिपरिषद्ले नेपालमा शासन गरिरहेका बेला भारतका एक शक्तिशाली पत्रकारले आफूलाई 'अन्तरिम सम्पादक' घोषणा गरेका छन्। भारतमा लोकसभाको चुनाव नजिकिँदै जाँदा फटाफट केही प्रभावशाली सम्पादकको राजीनामा आइरहेको छ। राजीनामा...

आत्मघाती ढुकुटी

आत्मघाती ढुकुटी

थकाली समुदायमा उहिले ऐँचोपैँचो गर्न र साह्रोगाह्रो टार्न ढुकुटी खेल्ने चलन थियो। अहिले खेलिने ढुकुटीमा एक जनाको कारण थुप्रैले सास्ती खेप्नुपर्छ। ढुकुटीकै कारण कतिले आत्महत्या गरेका छन्, कतिका घरबार उजाडिएका...

'तँ पनि पत्रकार!'

राम्रै अंक ल्याएकी थिएँ एसएलसीमा। राम्रो अंक ल्याउनेले 'राम्रै विषय' पढ्नुपर्छ भन्नुहुन्थ्यो मेरा आफन्तहरू। उहाँहरूले राम्रा भनेका विषय विज्ञान र व्यवस्थापन थिए। गुरुहरू मलाई 'साइन्स पढ, डाक्टर बन' भन्नुहुन्थ्यो। अभिभावकको...

कसरी चिन्ने केटा र केटी?

केटाको पक्षबाट केटी हेर्न गए। अचेल बिहे छिन्न जाँदाको लस्कर जन्तीको जत्रै हुन्छ। छोरीमान्छे र छोरामान्छे सराबरी देखिन्छन्। अझै कुरा गर्ने हो भने बिहेबारीका अन्तिम निर्णायक–शक्ति भनेकै वरपक्षका महिलाहरू हुन्।...

पात्रको सकस दीयालाई

पात्रको सकस दीयालाई

अभिनेत्री दीया मास्केलाई पर्दामा मात्रै देख्नेलाई तीन अनुहार सम्भि्कन्छन्। त्यो पनि मिल्दाजुल्दा। टेलिफिल्म 'दलन'की काली दमिनी र फिल्म 'साँघुरो'की सोझी घरेलु कामदार युवती र 'सुनगाभा'की सोझी समलिंगी युवती। आफूलाई दिइएको...

रञ्जिताको स्टन्ट

रञ्जिताको स्टन्ट

आर्षक जिउडालकी धनी छिन्, रञ्जिता लिम्बू। यसअघि राजेश पायल राईलगायत अन्य चर्चित गायक–गायिकाका म्युजिक भिडियोमा कम्मर मर्काउँदै आएकी रञ्जिता अहिले भने फिचर फिल्ममा व्यस्त छिन्। पछिल्लो समय नेपाली फिल्म 'बिग...

राष्ट्रकविज्यू! 'गौरी' लाई 'गउरि' बनाइँदै छ!

वर्ण विन्यासका सुधार वादीहरूले गुरु प्रसाद मैनालीको 'शहिद' कथालाई 'सहिद' बनाएरै छोडे। झमककुमारी घिमिरेको प्रसिद्ध कृति 'जीवन काँडा कि फूल' अशुद्ध भइसक्यो। 'जीवन काँडा कि फुल' हुनुपर्ने अरे! राष्ट्रकवि घिमिरेको...

बद्री सर, बद्रीजी र ओई बद्री

बद्री सर, बद्रीजी र ओई बद्री

बद्री पंगेनी टाठाबाठा लोकगायक मानिन्छन्। लोकगीत लेखन र गायनमा उत्तिकै क्षमता भएका उनले लेखेका/गाएका 'ससुरालीमा', 'पिएन क्याम्पस', 'ढल्के पीपल पलायो' लगायत लोकदोहोरी गीत चर्चित छन्। उनका 'अझै लोकतन्त्र आको छैन...