6 Baishak, 2071 |
Menu

शुक्रबार

'म पनि सेलिब्रिटी भइसकिछु!'

(1 Vote)
नम्रता सापकोटा/अभिनेत्री नम्रता सापकोटा/अभिनेत्री
उपत्यकाबाहिरको यात्रा कस्तो रह्यो?
असाध्यै रमाइलो। धेरै नयाँ ठाउँमा घुमियो। फरक सोच भएका मान्छेहरूसँग भेटियो।
यसअघि काठमाडौँ बाहिर गइएको थिएन?
पश्चिममा त एकचोटि प्रोग्राम टुरमा गएकी थिएँ, साल्सा डान्स देखाउन। तर, पूर्वका धेरै ठाउँ गएको थिइनँ।

तपाईंप्रति त्यहाँका दर्शकको दृष्टिकोण कस्तो पाउनुभयो?
वाह! हाम्रो कामको मूल्यांकन गर्ने दर्शक त उपत्यकाबाहिरै रहेछन्। म पनि सेलिब्रिटी भइसकेछु भन्ने महसुस बल्ल भएको छ। काम गर्ने ऊर्जा पनि थपिएको छ। 
म्युजिक भिडियोमा हेरेर मात्रै पनि त्यस्तो रेस्पोन्स पाउनुभएछ। फिल्म रिलिज भएपछि कस्तो होला?
त्यही त, ६० वटा म्युजिक भिडियो खेलिसकेँ। केही उपलब्धि छैन जस्तो लागेर मन खिन्न हुन्थ्यो। काठमाडौँमा प्रशंसकले धेरै प्रशंसा गरे भने 'राम्रो छ' भन्थे। तर, बाहिर त हामीसँग तस्बिर खिचाउन पाएकैमा गर्व गर्ने दर्शक पनि रहेछन्। फिल्म रिलिज भएपछि गएको भए अझै बढ्थे होलान्।
रिलिज हुन लागेको फिल्म 'अन्तराल'मा प्रशंसक बढ्ने खालको रोल छ कि छैन?
गज्जबले छ। आफ्नै खुट्टामा उभिएकी, हेल्पफुल र सकारात्मक सोच भएकी खुला विचारकी केटीको भूमिका छ। यस्तो मान्छेलाई सबैले मन पराउँछन्। 
फिल्मकी 'त्यो केटी' र तपाईंबीच कत्तिको समानता छ?
छन्, थुप्रै समानता छन्। एक्काइसौँ शताब्दीका प्रायः केटी खुला विचारका हुन्छन्, म पनि छु। मोडलिङ र अभिनयसँगै बुटिक पनि सञ्चालन गरिरहेकी छु।
बुटिकमा बस्न भ्याइन्छ?
अहिले त्यति भ्याएकी छैन। अब समय दिने कोसिस गर्दैछु। 
यो क्षेत्रमा गरिखान गाह्रो भएर व्यवसायतिर लागेको हो?
म मोडल/हिरोइनमात्रै होइन, त्योभन्दा राम्रो साल्सा परफर्मर हो। त्यसैले मलाई त्यस्तो गाह्रो छैन। तर, भविष्यका बारेमा पनि अहिल्यै सोचिराख्नुपर्छ भनेर व्यवसाय पनि थालेकी हुँ।
नेपालमा साल्सा परफर्मरको डिमान्ड राम्रै छ त?
परफर्मरको कमी भएकाले डिमान्ड हाई छ। विशेष गरेर ठूला व्यावसायिक कम्पनीले आफ्नो उत्पादनको प्रवर्द्धनका लागि साल्सा परफर्मरलाई प्रयोग गर्न थालेका छन्। 
फिल्म र म्युजिक भिडियोमा तपाईंको त्यो कला देखिएको खोइ?
त्यो अवसर पाएकै छैन। फिल्ममा पनि साल्सा नाच्ने रोल पाएँ भने अझै बेटर गर्न सक्छु। भिडियोमा पनि आफूलाई जमाउन सक्छु जस्तो लाग्छ। 
अहिलेसम्म एउटा मात्रै फिल्ममा अफर आएको हो?
दुइटा फिल्म गरिसकेँ। यसअघि 'सिग्नेचर' भन्ने फिल्म गरेकी थिएँ। तर, दर्शमाझ आउने चाहिँ 'अन्तराल' पहिलो हो। अरू धेरै फिल्मका अफर आइसके, तर हिरोसँग लभ गर्ने, अघिपछि लाग्ने खालका रोलमात्रै छन्। त्यो त सबैले गरेकै कुरा भयो नि। त्यसैले अलि फरक, अझ नेगेटिभ क्यारेक्टरमा अभिनय गर्न मन छ। अहिलेसम्म मेरो अनुहारमात्रै देखिएको छ, त्यस्तो रोल पाए क्षमता देखाउने अवसर पनि मिल्थ्यो। 
लभ फिल्मबाहिरै गरेको राम्रो भनेर फिल्ममा गर्न मन नपरेको हो?
अहिलेको युगमा लभ गर्नु नर्मल कुरा हो।

'योङ लिडर' जन्माउने मौका

दोस्रो संविधानसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूमा उम्मेदवार छनोट र चुनावी रणनीति निर्माणको चटारो बढेको छ। सबै दलमा निर्वाचन लड्ने आकांक्षी धेरै भएपछि कसलाई टिकट दिने, को जित्न सक्ने उम्मेदवार...

माइक्रो दादा

माइक्रोबसको दादागिरीबाट आतंकित छ शहर। उसको रफ्तार। उसको रबैया। उसको बल मिचाइँ। उसको कसैलाई नगन्ने अहंकार। मानौँ, सडक उसले मात्रै भोगचलन गर्न पाउने उसको पुर्ख्यौली विरासत हो। मानौँ, सडक ऊ...

झरना 'खलअभिनेता'

झरना 'खलअभिनेता'

नायिकाका रूपमा थुप्रै अवार्ड थापेकी झरना थापा यस पटक भने फिल्म करिअरमै फरक विधामा अवार्डका लागि छानिएकी छिन्। अरू अवार्डमा सँगै प्रतिस्पर्धा गर्ने अन्य सहकर्मीले सर्वाेत्कृष्ट अभिनेत्रीको अवार्डका लागि प्रतिस्पर्धा...

काजु–बदामको पार्टी

'कमरेड एमबी आउनुभा छ,' पीएले नेताजीलाई डराई–डराई जानकारी गरायो। नेताजी अत्यन्त व्यस्त थियो। यो निभ्दो–धुवाउँदो देशको जल्दोबल्दो नेता फुर्सदमा हुनु भनेको राष्ट्रिय हितका लागि पनि त्यति प्रीतिकर कुरो होइन। प्रधानमन्त्री...

'रातारात हिट हुन खोज्नु मूर्खता हो'

'रातारात हिट हुन खोज्नु मूर्खता हो'

'मनै त हो' एल्बमले मनमा कत्तिको शान्ति दिँदै छ?दिइरा'छ। भर्खर दुई महिना भयो एल्बम निकालेको। मिडियाले खुब सपोर्ट गरेको छ। एकदम राम्रो प्रतिक्रिया पाइरहेकी छु।

मेलिनाको 'कमब्याक'

मेलिनाको 'कमब्याक'

अभिनेत्री मेलिना मानन्धर अभिनयकर्ममा फर्किएकी छिन्। विवाहपश्चात् अभिनयलाई घटाउँदै लगेकी उनी छोरी जन्मिएपछि यस क्षेत्रबाट टाढिएकी थिइन्। फिल्म 'धम्मवती' मार्फत उनको पुनरागमन भएको हो। राज शाक्य निर्देशित 'धम्मवती'मा मेलिना भिक्षुणीको...

सेक्सी फिल्म खेल्ने सोख

सेक्सी फिल्म खेल्ने सोख

फिल्म 'ढुवानी' हेर्नेले अभिनेत्री सगुन शाहीलाई सोझी युवतीका रूपमा देखे। धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सरल युवतीको भूमिका सुहाउँछ पनि। एउटा फिल्ममा देखेपछि खास उमेर पनि खाइनसकेकी उनको फिल्म...

'टिचरले प्रेमप्रस्ताव राखे'

'टिचरले प्रेमप्रस्ताव राखे'

म पहिलेदेखि नै एकदमै घमण्डी केटी ।  आफूजस्ती राम्री कोही छैन जस्तो लाग्थ्यो। सानैदेखि एकदमै चुलबुले पनि थिएँ। पढाइमा पनि एकदमै तेज थिएँ। कक्षा ५ सम्म काठमाडाँैमै पढेकी हुँ। त्यतिबेला...