Friday 5 Baishak, 2071 |
Menu

शुक्रबार

काली दमिनीदेखि रूपासम्म

  • बिहीबार २ जेष्ठ, २०७०
  • धनबहादुर खड्का
  • DISQUS_COMMENTS
(1 Vote)
काली दमिनीदेखि रूपासम्म
ललितपुरको झम्सिखेलस्थित मोक्ष रेस्टुरेन्टमा सोमवार दिया मास्के आँखामा कालो चस्मा, बुट्टेदार सर्ट्स र कालो पारदर्शी लेगिंग्समा प्रकट भइन्। 'म काली दमिनीलाई भेट्न आएको!' उनको गेटअप हेरेर ठट्यौलो शैलीमा मैले भनेँ। उनले मुसुक्क हाँस्दै उत्तर दिइन्, 'यो पर्वतको खौलागाउँ होइन, ललितपुरको झम्सिखेल हो। यहाँ त रूपामात्रै भेट्नुहुन्छ।' झन् कन्फ्युज्ड बनाइदिइन् उनले। 
रेस्टुरेन्टमा एक्ली केटी मान्छे देखिन्छिन् उनी। सोध्नैपर्ने भयो, 'रूपा भनेको चाहिँ को नि?' पहिल्यै 'पात्र संवादगर्ने तय भएकाले उनी पात्रमा प्रवेश गरिसकिछिन्। 'उसलाई तपाईंले चिन्ने बेला भएको छैन र मलाई चिनाउने अधिकार पनि प्राप्त छैन। छोटोमा भन्दा यो शहरकी एउटा आधुनिक युवती होत्यो। फिल्म 'फिट्किरी'मा छे।'

'यो पहिरन रूपाको सिको होला?'

उनले अब्जेक्सन जनाइन्, 'होइनसी इज मोर द्यान मोडर्न। माथि क्लिभेज देखिने र तल छोटो स्कर्ट  लगाउने मोडर्न होइन। चालढंग मोडर्न भएकी युवती हो रूपा। उसलाई मोडर्न हुने बाध्यता छ। मसँग उमेरमात्रै मिल्छ।'

'टेलिफिल्म 'दलन'की काली दमिनी चाहिँ आमा उमेरकी होली!

तुरुन्तै जवाफ फर्काइन्, 'अहिले भइहोली ! मैले छाड्दा ४० वर्षकी थिई।पर्वतको खौलागाउँमा दिया युवती कालीदेखि ४० वर्षे कालीसम्म भइन्। चार महिनामा २५ वर्ष काट्नुउमेरको वृद्धिसँग हाउभाउ परिवर्तन गर्दै लैजानु र काठमाडौँको नेवार युवतीले पश्चिमी लबजमा बोल्नु कम्ता गाह्रो थिएन। पात्रसँग नजिकिन उनले त्यो गाउँमा अनेक थोक गरिन्। त्यहाँका महिलासँग सँगै हिँडिन्खाइन्बसिन् र अनुहारसमेत डढाएर कालै पारिन्। 'पात्रको हाउभाउ आएन भन्ने लाग्नेबित्तिकै पानी खाने निहँुले घरघर चहार्थें,' उनले स्मरण गरिन्। लामो कार्यशालाअभिनय गुरुसँगको अभिनय र पात्रमा ढाल्ने टि्रकले उनलाई काली हुन गाह्रो भएन। काली भएपछि गाह्रो भयो।  'सबैभन्दा गाह्रो?' उनले भनिन्, 'लभ गर्न।हल गोरुसँगै उकालो लागिरहेको श्रीमान्सँग भारी बोकेकै अवस्थामा आँखा जुधाउनुपर्ने दृश्य दिन गाह्रो परेछ उनलाई। 'पात्रमा डुब्दै श्रीमान्सँग आँखा जुधाउँ्क भनेको मैले त गुरु अनुप बराल पो देखेँलाज लाग्यो। आँखा जुधाउनै सकिनँ। कति बेला यो सिन सकिएला जस्तो भयो,' उनले भनिन्। 

भर्खर ब्याचलर लेभलको पढाइ सकेर फुर्सदलाई उपयोग गर्न काली दमिनी भएकी थिइन् उनी। त्योभन्दा अघि एउटा सिरियलमा काम गरेकी थिइन्, 'सुखदुःखका कथा।त्यो सिरियलले उनलाई यति दुःखी बनायो कि 'यो अभिनय भन्ने कुरा जिन्दगीमा गर्दिनँभनेर भागेकी थिइन्। तरकाली दमिनीले उनलाई छाडिन। डोटीमा पुग्दा त्यहाँका महिलाले आफ्नै दिदीबहिनी सम्झेर अँगालो हालेर रोए। उनलाई लाग्यो, 'अब अभिनयबाहेक केही गर्दिनँ।'

त्यो टेलिसिरियल सकिनेबित्तिकै फिल्म 'कागबेनी'मा तारा थकाली बन्ने अफर आयो। 'दलन'मा दलिएको अनुभव र एक्टर्स स्टुडियोमा अभिनय सिक्न थालिसकेकाले सहजै स्विकारिन्। मुस्ताङको मार्फामा गएर त्यहाँ ३० वर्षे युवती हेरिन्। तिनै युवतीभित्र आफूलाई समाहित गरिन्। 'रूपरङ र हाउभाउले थकाली युवती तारा त भएँ। नक्कली ताराले 'सक्कली जाडोधान्न सकिनँ। मकलमा अँगालो हालेर बस्ने गर्थें। आफ्नो पालो आएपछि मात्रै सेटमा जान्थेँ,' उनले भनिन्। फिल्ममा 'तारा'को भूमिकामा उनी चम्किइन्। 'कागबेनी'ले उनलाई चम्कायो। 'मलाई एउटै कुराको डर थियोकतै 'तारा'  र 'कालीमिले कि?'

 एक दिन ललितपुरकै सानेपामा एकजना दर्शकले साथीलाई देखाएर भनिदिए, 'ओई हेर तत्यो 'काली'जस्तै देखिने र 'तारा'जस्तै देखिने केटी त योङ रहिछ।उनी ढुक्क भइन्। 

केही समयअघि फेरि उनी समलिंगीको भूमिकामा देखिइन्। दिया नामकी समलिंगीमा पनि उनी दुरुस्तै भेटेपछि चर्चा चल्यो, 'दिया त समलिंगी नै हो जस्तो छ।पत्रकारले प्रश्नै गरे, 'स्वर पनि हस्की छनाम पनि दिया र अभिनय झन् दुरुस्त छ?' उनलाई स्पष्टीकरण दिँदै हैरान! 'भारतकी माधुरी र रेखाको पनि स्वर हस्की छ। म त्यो होइन कतिलाई भन्नु?'  उनलाई गर्व लाग्यो, 'जसले जेसुके भने पनि यहाँ पनि पास भइछु।

अहिले मान्छेले उनलाई शहरको मध्यमवर्गीय परिवारमा काम गर्ने केटी 'कमलादेखिरहेका छन्। फिल्म 'साँघुरो'मा त्यो भूमिकामा देखेपछि धेरैले उनलाई 'गजबको कामभनेका छन्। उनलाई नदेखेरै अरूले 'दिया त्यो पात्रमा कस्तो सुहाएकोभनेको पनि उनले लुकीलुकी सुनेकी छिन्। टोलकै एउटा दिदीको घरमा आउजाउ गर्नुले उनलाई कमला बन्न मद्दत गरेको हो। गाउँकी युवती शहरमा कसरी प्रस्तुत भइरहेकी छे भन्ने कुरा उनले त्यहाँ काम गर्नेबाटै जानिन्। 'फिल्ममा 'फिल्म हेर्न जाँदालगाएको कुर्ता पनि तिनै दिदीको हो,' उनले भनिन्, 'हाउभाउ मात्रै होइनलुगाको कलर छनोट पनि उनीबाटै सिकेकी हुँ।'

फरक स्वभावका पात्रमा समाहित भएकी दियालाई अब कस्तो पात्र भएर अभिनय गर्ने रहर छ त?

'फिल्मको सामान्य सूत्रअनुसार बन्ने फिल्ममा हिरोसँग हात जोडेर डाँडामा नाँच्ने रहर छ,' दियाले आफ्नो इच्छा प्रकट गरिन्। अभिनय विविधतामा प्रज्ज्वलित भइरहेकी दिया यस्ता फिल्ममा कस्ती देखिएलिन्?
बालुवामा फेसन

बालुवामा फेसन

अमेरिकी फेसन डिजाइनर कोर्ट्नी कारदासियन गएको वर्ष आमा बनिन्। आमा बनेपछि उनको सुन्दरता र फेसन डिजाइनप्रतिको लगावमा कमी आएको हुनसक्ने अनुमान कतिपयले गरेका थिए। तर, अमेरिकी राज्य फ्लोरिडाको समुद्री किनारमा...

'म पनि सेलिब्रिटी भइसकिछु!'

'म पनि सेलिब्रिटी भइसकिछु!'

उपत्यकाबाहिरको यात्रा कस्तो रह्यो?असाध्यै रमाइलो। धेरै नयाँ ठाउँमा घुमियो। फरक सोच भएका मान्छेहरूसँग भेटियो। यसअघि काठमाडौँ बाहिर गइएको थिएन?पश्चिममा त एकचोटि प्रोग्राम टुरमा गएकी थिएँ, साल्सा डान्स देखाउन। तर, पूर्वका...

घाइते फिल्म

घाइते फिल्म

नेपाली फिल्मको उमेर ५० वर्ष भयो। यत्रो समय खाइसकेको फिल्मले फुल्न र फल्न भने जानेन। वर्षमा सय वटासम्म फिल्म बन्छन् तर चारपाँच वटाले पनि लगानी उठाउन सक्दैनन्। पुरानादेखि नयाँसम्म सबै...

माइक्रो दादा

माइक्रोबसको दादागिरीबाट आतंकित छ शहर। उसको रफ्तार। उसको रबैया। उसको बल मिचाइँ। उसको कसैलाई नगन्ने अहंकार। मानौँ, सडक उसले मात्रै भोगचलन गर्न पाउने उसको पुर्ख्यौली विरासत हो। मानौँ, सडक ऊ...

सौता लागिन् रीमा

सौता लागिन् रीमा

सुन्दरी अभिनेत्री रीमा विश्वकर्माका लागि मरिहत्ते गर्ने 'कुमार' केटाको संख्या कम हुने कुरा भएन। तर, रीमा भने सौता लाग्न गएकी छिन्। उनलाई मनकी रानी बनाउन खोज्नेले आत्तिहाल्नु चाहिँ पर्दैन किनभने...

एड्भान्स्ड सेक्सबजार

एड्भान्स्ड सेक्सबजार

अचेल होटल, लज, क्याबिन रेस्टुरेन्ट, मसाज सेन्टरमा यौनकर्मी र ग्राहक 'रंगेहात पक्राउ' परेका समाचार त्यति आउँदैनन्। भ्रम नपरोस्, राजधानीको यौनबजार सुकेको छैन। यो झन् 'एड्भान्स्ड' भएको छ। घर या फ्ल्याट...

गर्भसँग खेलाँची

गर्भसँग खेलाँची

जोसमा होस नपुर्यारएपछि बित्यास पर्छ नै। एकछिनको देहसुखले प्रेमिका गर्भवती हुन पुग्छिन्। समाज, लोकलाज र नैतिकताको भयले उनी गर्भपतन गराउन पुग्छिन्। नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको ११ वर्ष भयो। शहरी...

झन् बोल्ड विनिता

झन् बोल्ड विनिता

बोल्ड विनिताको कुरा गर्दा पुरानो कुनै तस्बिर दिमागमा आउँछ भने त्यसलाई बिर्सिदिनुहोस्। नेपाली फिल्ममा जम्ने सुरसार गर्दै गरेकी विनिता घिमिरेको कुरा हो यो। बाटो भने यी विनिताले पनि उस्तै समातेकी...