Tuesday 17 Bhadra, 2071 |
Menu

समयकै योजनामा मर्नुपर्छ

  • बिहीबार १४ कार्तिक, २०७०
  • जगदीश घिमिरे
  • DISQUS_COMMENTS
(0 votes)
समयकै योजनामा मर्नुपर्छ
जीवनमा सबभन्दा महत्वपूर्ण 'आफ्नो कुरा' के हुन्छ ? जन्म र मृत्यु । तर यी दुवै स्तरभन्दा महत्वपूर्ण हुन्छ यी दुईलाई जोडेर जीवनको म्याद जनाउने त्यो सानु धर्को, जसले जीवनलाई आकार दिन्छ। अन्ततः सबैको समस्त जीवन समेटिएर त्यही धर्कोमा टुङ्गिन्छ- महामानव, महादानव, अल्पायु, दीर्घायु, असल, खराब, धनी, गरिब- सबैको। अन्ततः जीवन त्यही धर्को हो।
जीवन सधैँ ज्ञेय-अज्ञेय, दृश्य-अदृश्य योजनाहरुबीच पिङ खेलिरहेको हुन्छ। सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो। त्यो बिरलै हुन्छ जीवन समयको योजना हो, आफ्नो होइन। मान्छेले अन्ततः समयकै योजनामा जिउनु र मर्नुपर्छ। मेरो 'आफ्नो कुरा' भनेको मेरो मनको र समयको योजनाको मिलान र अमिलान हो।

अपवादबाहेक सबै मान्छे उस्तैउस्तै हुन्छन्, तर दुरुस्तै उस्तै हुँदैनन्। सबैमान्छे फरक हुन्छन् तर पूरै फरक हुँदैनन्।

सबै अलिअलि सज्जन, अलिअलि दुर्जन, अलिअलि उदार, अलिअलि अनुदार, अलिअलि कृतज्ञ, अलिअलि कृतघ्न, अलिअलि भद्र, अलिअलि क्षुद्र, अलिअलि लोभी, अलिअलि दानी, अलीअली पापी, अलिअलि धर्माती, अलिअलि गुनी, अलिअलि बैगुनी, अलिअलि स्वार्थी, अलिअलि पराथी, अलिअलि निरासक्त, अलिअलि अनुरक्त, अलिअलि विरक्त, अलिअलि सहज बौलाहा र अलिअलि सहज सद्दे हुन्छन्।

सद्देपन र पागलपना मात्राभेद वा दृष्टिभेद मात्र हो। मनोविद युङ्ग भन्छन्- मलाई यौटै सद्दे मान्छे देखाइदेउ म त्यसलाई 'निको' पारिदिन्छु। अर्थात् सद्दे हुनु रोग हो कोही पनि पूरा 'सद्दे' हुँदैनन्।

सबैले आफ्नो जीवनमा धेरथोर असल, उपकारी, सुखी, दामी, नामी, ठूलो, बलियो हुने लौकिक वा निर्माणजस्ता पारलौकिक लक्ष्य प्राप्त गर्न चाहन्छन्। कसैले त्यसैको सपनामा जुनी बिताउँछन्। कसैले बिपनामा धेरथोर पाउँछन् पनि। कोही अलि माथि पुग्छन्; धेरै तलै टुङ्गिन्छन्। सबैमा अलिअलि भए पनि केही न केही असमान्य प्रतिभा लुकेको हुन्छ, जुन मल, जल र मौका पायो भने टुसाउँछ।

सबैले अलि अलि भए पनि पश्चाताप गर्ने पाप र धाक लगाउने पुण्य गरेका हुन्छन्। कोही अलि देखिने गरी धनका धनी, मनका गरिब वा तनका सुखी, मनका दुःखी वा मुखका जाती मनका छुच्छा हुन्छन्। कोही त्यसको उल्टो। जस्तो भए पनि सबैजसोले आफू नै जान्ने, असल, गुणी, सुशील, हँसिलो, रसिलो ठान्छन्। सबैले अरुकै कुकर्म देख्छन् अरुकै बैगुन देख्छन्। अरुकै कमजोरी देख्छन्। आफ्नो सबै राम्रैराम्रो र गुनैगुन मात्र देख्छन्।

कोही हँसिलारसिला हुन्छन् कहिलै नछुट्टिउन जस्ता। कोही सधैँ ठस्केका, कहिलै नटाँसिउन जस्ता। कोही आउँदा रमाइलो आउँछ, कोही जाँदा।

तर कसैमा पनि कुनै एकै प्रकृति वा प्रवृत्ति मात्र हुँदैन। सबैमा सबै गुनहरु हुन्छन्। सबै बैगुनहरु हुन्छन्। सबैमा सबै किसिमका भावहरु हुन्छन्। अभावहरु हुन्छन्। फरक मात्राको मात्रै हो र मान्छेको व्यक्तित्व, चरित्रमा र अस्तित्वमा फरक भनेकै त्यै मात्राको फरक हो। त्यो फरक उम्लेको र नउम्लेको पानी जस्तै हो।

पानी उनान्सय डिग्री सेल्सियससम्म उम्लिँदैन एक सय डिग्रीमा उम्लन्छ। उम्लेको पानीको बाफले रेलको इन्जिन चलाउँछ; अनेकौं चमात्कार गर्छ। त्यो उमाल्ने त्यही अन्तिम एक डिग्री हो। अहिंसा, सत्य, अस्तेय, ब्रह्मचार्य, अपरिग्रह, क्षमाशीलता, प्रतिबद्धता, सहनशीलता, सत्‌व्यवहार, दया, माया, सेवा, करुणा, विवेक, लगनशीलता, नम्रता लगायत काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, रिस, राग, अनुराग, बैराग, प्रेम, घृणा, सुख, दुःख, स्वार्थ, परार्थ, इहलोक, परलोक आदि भावहरु सबैमा हुन्छन्। पानीलाई उमाल्न थप १ डिग्री फरक पारेजस्तै मान्छेको व्यक्तित्व रचित्रका सबै भाव र अभावमा त्यही एक डिग्री अन्तिम फरक पार्छ। औषत मान्छेको फरक त्यही एक डिग्रीको अथवा त्यो भन्दा पनि कमको फरक हो।

अनुवंशशास्त्र भन्छ- मान्छे र चिञ्पान्जीको डिएनएमा करिब ९९ प्रतिशत समानता हुन्छ। मान्छे र चिञ्पान्जीमा त्यति झिनो फरक छ भने मान्छे-मान्छेमा नै कति पो फरक होला? एक डिग्री पनि नहोला। अनुवंश बाहेक वातावरण र सिकोले केही अरु फरक पार्ला। सानै भए पनि त्यो फरकले हरेक मान्छेको स्ववास्तविकतामा ठूलो फरक पारेको हुन्छ, जुन उसको पहिचान हुन्छ र त्यही सानो धर्काले नै लुकाएको हुन्छ।

यहाँ म आफ्नो जीवन-धर्कोको डोरीका पोयाहरु फुकाउँदैछु। पोयाका बाबियाहरु फुकाउँदैछु। बाबियाका त्यान्द्राहरु केलाउँदैछु। सेक्सपियरले- द अब्जेक्ट अफ आर्ट इज टु गिभ लाइफ अ सेप भने झैँ। कलाको उद्देश्य जीवनलाई आकार दिनु हो भने यहाँ म आफ्नो जीवन- धर्कोको आकार कुँद्दै छु।

जीवनमा मैले शब्द-साधना बाहेक केही गरिनँ, अरुका र आफ्ना शब्दहरुमा रमाउने काम। कलाकारको जस्तै मेरो जीवन पनि ३ चरणबाट गुज्रियो। मैले पहिलै आफ्नो बाहिरी ल्यान्डस्केप-दृश्य जगत लेखेँ, अनि भित्री ल्यान्डस्केप। अब म आफूलाई लेख्दैछु। अन्तर्मनको यात्रा सर्वश्रेष्ठ यात्रा हो। म त्यही यात्रामा छु। सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो। म त्यस आनन्दको खोजीमा छु। यहाँ म त्यो यात्रा र त्यो खोजीको मिलान गर्दैछु।

जसले गाउँछ, त्यसले गीत पाउँछ। म जीवनको त्यही गीत गाउँदै छु। विषाद गीत सबभन्दा मीठो हुन्छ रे। म मेरो जीवनको त्यही विषाद गीत गाउँदै छु।

(बिहीबार निधन भएका जगदशीश घिमिरेको पुस्तक अन्तर्मनको यात्राबाट)
अवैध क्रसर उद्योग पुससम्म फुक्का

अवैध क्रसर उद्योग पुससम्म फुक्का

काठमाडौं- सरकारले मापदण्ड पालना नगरेका अवैध क्रसर उद्योगप्रति लचिलो बन्दै पुस मसान्तसम्म सञ्चालन म्याद थपेको छ। २०७० चैत मसान्तभित्रै त्यस्ता उद्योग बन्द गर्नुपर्ने मन्त्रिपरिषदको पुरानो निर्णय लत्याउँदै पुनः म्याद थपिएको...

फेरियो कोइराला कोटरी

फेरियो कोइराला कोटरी

काठमाडौं- नेपाली कांग्रेस सभापति सुशील कोइरालाले २०४६ को राजनीतिक परिर्वतनदेखि प्रधानमन्त्रीको कुर्सीमा आसीन गराउन भूमिका खेलेका सारथिलाई पाखा लगाउँदै नयाँ कोटरी बनाएका छन्।

गौशाला–चाबहिलमा फ्लाई ओभर

गौशाला–चाबहिलमा फ्लाई ओभर

काठमाडौं- चीन सरकारको सहयोगमा विस्तार भइरहेको ८ लेन चौडा चक्रपथ सडकको गौशालादेखि चाबहिल खण्डमा फ्लाई ओभर (सवारी चल्ने सडक) बन्ने भएको छ। आगामी आठ वर्षभित्र चक्रपथको पूरा लम्बाइ २७ दसमलव...

आवरण कथा : बाढीपहिरोमा दोब्बर

आवरण कथा : बाढीपहिरोमा दोब्बर

काठमाडौं- तीन दशकयताको अनुपातमा बाढीपहिरोले यो वर्ष दोब्बर मानवीय क्षति पुर्याोएको छ। ३० वर्षको तथ्यांक जोड्दा बर्सेनि नेपालमा बाढीपहिरोका कारण ३ सयजतिले मृत्युवरण गरेका छन्। यो तथ्यांक यस वर्ष ६...

डाक्टरको शुल्कमा सीमा

डाक्टरको शुल्कमा सीमा

काठमाडौं- मुश्किलले पाँच मिनेट बिरामीका कुरा सुन्ने डाक्टरले नाडी छामेको भरमा हजार रुपैयाँभन्दा बढी शुल्क लिने गरेका उदाहरण प्रशस्तै छन्। यही मनपर्दी शुल्क लिने र बिरामीसँग पर्याप्त अन्तर्क्रिया नगर्ने प्रवृत्ति...

बाढीपहिरोको पीडा : आँसुले बगायो तीज

बाढीपहिरोको पीडा : आँसुले बगायो तीज

सुर्खेत- घरभरि छोरी–ज्वाईं र नातिनातिना। बिहानदेखि साँझसम्म दर खुवाउँदै व्यस्त। बरु ऋण नै किन नलागोस्– लोकल कुखुराको मासु, खाने–पिउने व्यवस्था। साँझ ढल्किएपछि आँगनमा तीजको छुट्टै रौनक। विगतका यी तीज ६५...

तीनकुने पार्क अझै अन्योलमा

तीनकुने पार्क अझै अन्योलमा

काठमाडौं-सरकारले ४० वर्षअघि पार्क बनाउन तीनकुने जग्गा अधिकरण गरे पनि कहिले बन्छ, टुंगो छैन। पटकपटक पार्कका नमुना कोरिने र योजना बने पनि मुआब्जा वितरण गर्न नसक्दा सरकारको योजना तुहिएको हो। २०३१...

ढुंगागिट्टीमा सरकार कसिलो

ढुंगागिट्टीमा सरकार कसिलो

काठमाडौं-सरकारले चुरे क्षेत्र संरक्षण अभियानमा भाँजो हाल्ने गरी ढुंगागिट्टीको कृत्रिम अभाव सिर्जना, आपूर्तिमा अवरोध र मूल्यवृद्धि गरी कालोबजारी गर्ने व्यवसायीलाई तत्काल हदैसम्म कारबाही गर्न निर्देशन दिएको छ। मुख्यसचिव लीलामणी पौडेलको अध्यक्षतामा...