Monday 18 Shrawn, 2072 |
Menu

ist-cc

सहकर्मी पक्राउपछि विमानस्थलमा कडाइ

  • सोमबार १० भाद्र, २०७०
  • शिक्षा रिसाल
  • DISQUS_COMMENTS
(0 votes)
सहकर्मी पक्राउपछि विमानस्थलमा कडाइ
काठमाडौं — वैदेशिक रोजगार विभागले काम गर्न विदेश जाने नेपालीले अन्तिम श्रम स्वीकृति माग्न जाँदा भिसामा लेखिएको अरबी भाषाको नेपाली अनुवाद अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
विभागको अन्तिम श्रम स्वीकृति शाखाका सबै कर्मचारीलाई छानबिनका लागि भन्दै अख्तियारले पक्राउ गरेपछि विभागले यो कदम चालेको हो। गैरकानुनी लाभ लिएर फर्जी कागजात बोकेका नेपाली कामदारलाई बाहिरिन दिएको आशंकामा छानबिन गर्न अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीलाई समेत पक्राउ गरेको थियो । सहकर्मी पक्राउ परेपछि अध्यागमनका कर्मचारीले शनिबार दर्जनौं कामदारलाई कागजात नपुगेको भन्दै विमानस्थलबाट फर्काइदिएका थिए ।

आइतबार अन्तिम श्रम स्वीकृति लिन विभाग पुगेकालाई कागजातको कमी देखाउँदै कर्मचारीले फर्काए। कर्मचारीले सेवाग्राहीलाई विदेशमा रोजगारी दिने कम्पनीसँग गरेको सक्कली करारपत्र, भिसामा लेखिने अरबी भाषाको नेपाली अनुवादलगायत थप कागजातसहित आउन अह्राए।

अन्तिम श्रम स्वीकृतिका लागि विभाग पुगेका सिन्धुपाल्चोकका धनबहादुर लामा आइतबार 'बेलुकी ६ बजेको टिकट छ' भन्दै विभागका निर्देशक दिवस आचार्यसँग अनुनय गरिरहेका थिए । 'विदामा नेपाल आएको थिएँ। सक्कली करारपत्र ल्याइएन । अहिल त्यो नभई श्रम स्वीकृति नपाइने भएछ,' लामा भन्दै थिए, 'आजै साँझ ६ बजेको टिकट छ । पैसा खेर जाने भयो ।'

झापाका विजयकुमार बस्नेतले कतारी भिसामा लेखिएको अरबी भाषाको नेपाली अनुवाद नहुँदा स्वीकृति पाएनन् । उनी पनि दुईमहिने घरबिदा सकाएर कतार फर्किन लागेका थिए । झापाकी रामकुमारी नेम्वाङ पनि निर्देशकसँग श्रम स्वीकृतिको लागि अनुरोध गर्न विभाग पुगेकी थिइन् । 'सोमबार एक बजेको फ्लाइट छ, अहिले आएर सक्कली चाहिन्छ भनेर रोकियो, इमेल पठाइसकेपछि पनि सक्कली नै चाहिन्छ रे,' उनले गुनासो गरिन् ।

शनिबार अध्यागमन कार्यालयले फर्काएकामध्ये धेरैजसो बिदामा घर आएर फर्किनेहरु भएको विभागका निर्देशक आचार्यले बताए । उनका अनुसार, सक्कली करारपत्र र भिसामा भएको अरबी भाषाको अनुवाद नभएकाले ती कामदारलाई अध्यागमनले फर्काएको थियो । शनिबार फर्किनेमा अन्तिम श्रम स्वीकृतिमा उल्लिखित कम्पनीको नाम र पेसा अनलाइनमा रुजु गर्दा 'लेबर कार्ड'मा नदेखिएकाले पनि फर्काइएका हुन् । 'लेबर कार्ड'का कारण फर्किनेमा संयुक्त अरब इमिरेट्स जान लागेका कामदारसमेत थिए ।

विभागले कामका लागि खाडीबाहेक अन्य मुलुक जान खोज्नेलाई पनि कडाइ गरेको छ । युरोपमा स–साना केटाकेटीको हेरचाह र अन्य घरायसी काम (अउ पेयर)मा जान लागेकी कास्कीकी सावित्री पौडेल पनि जर्मन भाषाको करारपत्रको केही अंश अनुवाद नभएका कारण श्रम स्वीकृति नपाई फर्किनुप¥यो ।

मंगलबार उड्ने तयारीमा रहेकी उनलाई रोजगार विभागका कर्मचारीले अन्तिम श्रम स्वीकृतिपछि मात्र टिकट 'कन्फर्म' गर्न सुझाए । 'दूतावासले भिसाका लागि कन्फर्म भएको विमानको टिकट ल्याउन भन्छ । विभागले श्रमपछि मात्र टिकट काट्नू भन्छ । अलमल परेँ,' हातमा भिसा लागेको पासपोर्ट समाएकी उनले भनिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कामको लागि विदेश जाने व्यक्तिलाई श्रम स्वीकृति दिँदा अधिकार दुरुपयोग गरेको भन्दै विभाग र अध्यागमनका ४७ कर्मचारीलाई पक्राउ गरेपछि दुवै निकायले विदेश जाने कामदारमाथि कडाइ थालेका हुन् ।

ती कर्मचारीमाथि म्यानपावर कम्पनीले पेस गरेका फर्जी कागजात गैरकानुनी लाभ लिई कम्प्युटरमा इन्ट्री गरेको आरोप लगाइएको छ । साथै गलत अनुवाद र गलत कागजातलाई ठीक छ भनी फाइल पेस गर्ने गरेको आरोपसमेत उनीहरुमाथि छ । प्रोग्रेसिभ प्लेसमेन्ट, सन्ना इन्टरनेसनल र एडभान्स रिक्रुटमेन्टका व्यवसायीले विभागका कर्मचारीसँग मिलेर नक्कली कागजात बनाएको अख्तियारको आरोप छ ।

'वर्किङ भिसा'का लागि विदेश जाने जोसुकैले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई सोको निस्सा (स्टिकर) लिनुपर्छ । यसका लागि निवेदन र लाग्ने शुल्कबाहेक रोजगारदातासँगको करारपत्र, राहदानी, भिसा, मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण प्रमाणपत्र, अभिमुखीकरण तालिम प्रमाणपत्र, करार अवधीको बिमालगायत कागजात विभागमा पेस गर्नुपर्छ । करारपत्र र भिसा अंग्रेजीबाहेक अन्य भाषामा भए सोको अंग्रेजी अनुवाद पनि बुझाउनुपर्छ । विगतमा करारपत्रको प्रतिलिपि मात्र पेस गर्दा पनि श्रम स्वीकृति पाइने गरेकोमा अख्तियारको कारबाहीपछि सबै कागजात सक्कली बुझाउनुपर्ने भएको छ ।

अध्यागमन कार्यालयले शनिबार विदेश जान लागेको १७० कामदार रोकेपछि वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका अधिकारीबीच छलफल भएको छ । छलफलमा दुवै विभागबीच वातावरण सहज बनाउन प्रयास गर्ने निर्णय भएको वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसीले बताए । त्यस्तै अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलले शनिबार विमानस्थलबाट फर्काइएका कामदारलाई कागजातको थप अध्ययन गरी पुनः पठाउन सक्ने बताए । अख्तियारले सहकर्मी पक्रेको आक्रोशमा नभई विदेश जाने कामदार गलत कागजातका कारण नफसुन् भनी थप सचेत भएकोले शनिबार कामदार रोकेको उनको भनाइ छ । 'हाम्रो काम श्रम स्वीकृति हेर्ने र सामान्य सोधपुछ गर्ने हो । 'ड्राइभरको काममा जाने लागेको कसैलाई गाडी चलाउन आउँदैन भने त्यसमा निगरानी राखिएको मात्र हो,' पौडेलले भने ।

यो वर्ष साउनमा ४५ हजार नौ सय ३७ नेपाली रोजगारीका लागि विदेश गएका छन् । रोजगार विभागका अनुसार, मलेसिया जानेको संख्या सबैभन्दा बढी छ । एक महिनाको अवधिमा १६ हजार ६ सय १२ जना मलेसिया गएका छन् । कामदार धेरै जाने अन्य मुलुकमा दोस्रोमा कतार (१० हजार ७ सय ७५), तेस्रोमा साउदी अरब (५ हजार ७ सय ५२) र चौथोमा युनाइटेड अरब इमिरेट्स (५ हजार ६ सय ९१) रहेको छ । साउनमा कामका लागि विदेश जानेमध्ये ४३ हजार २८ जना पुरुष र दुई हजार नौ सय नौ महिला छन् ।

प्रतिक्रिया

नेपालमा पनि भाडाको कोख!

नेपालमा पनि भाडाको कोख!

काठमाडौं- विकृति र समस्यापछि धेरै देशमा प्रतिबन्ध लागिसकेको 'सरोगेसी' (कोख भाडामा लिएर बच्चा जन्माउने विधि) लाई नेपालमा कानुनी मान्यता दिन सरकारले गुपचुमै तयारी गरिरहेको छ। सरकारले सरोगेसीलाई स्वास्थ्य नीतिमा पारेर...

भूकम्पपछि सम्पदा : लगत नलिँदा चोरिने डर

भूकम्पपछि सम्पदा : लगत नलिँदा चोरिने डर

काठमाडौं- भूकम्पमा क्षतिग्रस्त मठमन्दिर र स्मारकका बहुमूल्य सामग्रीको लगत तीन महिना बितिसक्दा पनि संकलन गरिएको छैन। शक्तिशाली भूकम्पमा क्षतिग्रस्त पुरातात्विक र सांस्कृतिक सामग्री भण्डारण गरिए पनि लगत नउतारिँदा चोरिने डर...

खुसीको एउटा तस्बिर

खुसीको एउटा तस्बिर

तीन वर्ष भयो उनले पत्रकारिता थालेको। फोटोका सौखिन उनले विभिन्न विधाका हजारौं तस्बिर खिचे। कुनै नामका लागि कुनै दामका लागि। भक्तपुर झौखेल-८ का अमुल थापाले वैशाख १३ गते बिहान यस्तो...

३१ वर्षदेखि फरार 'हत्यारा' पक्राउ

३१ वर्षदेखि फरार 'हत्यारा' पक्राउ

काठमाडौं- भक्तपुर जिल्ला अदालतको स्रेस्तामा ट्र्याक्टरले १३ वर्षीय किशोरलाई किचेर मारी फरार उल्लेख भक्तपुर तौलाछेका भीमप्रसाद गोजाले आफ्नो बसाइ स्थान छाडेका थिएनन्। उनी नियमित रुपमै भक्तपुर नगरपालिका–१ मै बस्थे। अनि...

आस र त्रासले गुज्रिए तीन महिना

आस र त्रासले गुज्रिए तीन महिना

बनेपा- शक्तिशाली भूकम्पलगत्तै जिल्लामा आएका दाता र सहयोगी मात्र होइन, सरकारी निकायको सक्रियता देख्दा लाग्थ्यो, केही महिनामै काभ्रेले रूप फेर्नेछ, भूकम्पको पीडा भुल्नेछ।तीन महिना बित्यो, पीडाको आँसुले पीडितका आँखा ओभाएका...

हिमशृंखलाले लोभिएथे कलाम

हिमशृंखलाले लोभिएथे कलाम

बनेपा- 'चौधौं दीक्षान्त समारोह सम्बोधनपछि उहाँ (एपिजे अब्दुल कलाम) लाई लन्चका लागि चौकोटस्थित काठमाडौं विश्वविद्यालय (केयु) को मेडिकल साइन्सेज भिलेजमा लगेका थियौं। खाना खाँदै उत्तरतर्फका हिमशृंखला हेर्दै मन्त्रमुग्ध हुनुभएको थियो,'...

शान्ति फर्कियो मधेसी गाउँमा

शान्ति फर्कियो मधेसी गाउँमा

सिरहा- दुई वर्षअघिसम्म सुरक्षा दृष्टिले अति संवेदनशील थियो–सिरहाको अयोध्यानगर गाउँ। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको यो गाउँको कसरा टोलका बासिन्दा सम्साँझै ढोका बन्द गरेर बस्थे। गाउँमा अपरिचित समूह देख्दा सबै त्रस्त हुन्थे।...

मानव तस्करको नयाँ रुट : देखाउने कुर्दिस्तान, जाने दुबई

मानव तस्करको नयाँ रुट : देखाउने कुर्दिस्तान, जाने दुबई

काठमाडौं- भारतको दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलको ट्रान्जिट क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि ७ नेपाली युवतीलाई प्रहरीले नियन्त्रणमा लियो। विमानस्थलको क्लोज सर्किट टेलिभिजनबाट अनुगमन गरिरहेका भारतीय सुरक्षा अधिकारीले उनीहरूलाई सोधपुछ गरे।