Monday 8 Mangshir, 2071 |
Menu

झलनाथको मोडलिङ

  • आइतबार ९ भाद्र, २०७०
  • दीपेन्द्र लामा
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
झलनाथको मोडलिङ
काठमाडौं - नेताहरू अभिनय गर्न सिपालु हुन्छन् भन्ने आरोप लाग्दै आएको थियो। एमाले अध्यक्ष झलनाथ खनालले यसको पुष्टि गरिदिएका छन्। शुक्रबार उनले अभिनय गरेका छन्, जनतासामु होइन क्यामराको अगाडि, त्यो पनि निर्देशकको 'एक्सन' र 'कट'लाई पालन गर्दै।

आफूद्वारा रचित गीत 'मातृभूमि नेपाल हाम्रो'कै म्युजिक भिडियोमा पूर्वप्रधानमन्त्री खनालले अभिनय गरेका हुन्। 'उहाँको अभिनय हामीलाई मन पर्‍यो,' भिडियो निर्देशक सुब्रत आचार्यले नागरिकसँग भने, 'टाइमिङ राम्रो रहेछ, एक्सन र कटको इशारा उहाँले सजिलै बुझ्नुभयो।'
'कस्तो सपना' नामक एल्बममा सुन्न पाइने कृष्णभक्त राईको संगीत रहेको यस गीतलाई खनालकै गृहजिल्ला इलामका मोहन राईले गाएका छन्। गायक राईकै अनुरोध र पहलकदमीमा खनाललाई भिडियोमा समेट्न सकिएको निर्देशक आचार्यले जनाए। खनालकै डल्लुस्थित निवासमा भएको सुटिङ दुई घन्टामा सकिएको थियो।
म्युजिक भिडियो र अभिनयबारे प्रश्न गर्दा नेता खनालले यसलाई त्यति ठूलो 'इस्यु' नबनाउन आग्रह गरे। 'मैले गीत लेखेर दिएको थिएँ, पछि भिडियो पनि बनाउने कुरा भएछ,' खनालले भने, 'मेरो अनुहार जसरी पनि समावेश गर्नुपर्छ भन्नुभयो, उहाँहरूको भावनाको कदर गरेर सुटिङमा सहभागी भएँ, खासमा मलाई रहर चाहिँ थिएन।'
केही समयपछि मुख्य टेलिभिजनहरूमा रिलिज हुने भिडियोमा नेता खनालमात्र होइन, इलामस्थित उनको घर पनि अटाइनेछ। गायक मोहन राईले उनको घरअगाडि उभिएर गीत गाउँदै गरेको दृश्य भिडियोमा जोड्न लागेको निर्देशक आचार्यले सुनाए।
डल्लुको खनाल निवासमा भएको सबै सुटिङ कोठाभित्रै सकाइएको थियो। खनाललाई गीत लेख्दै गर्दाको मुद्रामा अभिनय गराइएको छ। दर्शकले भिडियो हेर्दा इलामको घरभित्र बसेर खनालले गीत लेख्दै गरेको बुझ्नसक्छ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा भुवन केसीको मुख्य अभिनय छ। दुई वर्षअघि टिका लगाएर एमालेमा प्रवेश गरेका भुवनले भिडियोमा अभिनय गर्न तुरुन्तै स्विकृति जनाएको निर्देशक आचार्यले बताए।
सीमान्त उदास, सुशील क्षेत्री, निश्मा घिमिरे, साइब्रत आचार्य, सन्तोष राईलगायतले पनि भिडियोमा खेलेका छन्। खनाललाई यी कलाकारसँग एउटै फ्रेममा भने देख्न पाइनेछैन। सुकिला भेषमा खनालले गीत लेख्दै चिन्तन गर्दै गरेका दृश्य भिडियोमा बीचबीचमा समावेश गर्ने योजना भिडियो निर्देशकको छ।
अनपढको जग्गामा भूमाफियाको रजाइँ

अनपढको जग्गामा भूमाफियाको रजाइँ

काठमाडौं- काठमाडौं, मीनभवनका गणेश अवालेसँग नपुग्दो केही थिएन। राजधानीको केन्द्र मीनभवनमा पुर्खाको नासो साढे ४ रोपनी जग्गासहितको घर, दुई छोरा, श्रीमती, घरैमा चमेनापसल, अनि घरैअगाडि सरकारी जागिर। एक दशकबीच गणेशले...

'सार्क आयो अब चौपट हुनेभो'

'सार्क आयो अब चौपट हुनेभो'

काठमाडौं– विरगंजकी तारादेवी बस्नेत विगत दश वर्षदेखि राजधानीको पुरानो बर्सपार्कमा फलफुल व्यापार गर्दै आएकी थिइन् । उनका श्रीमान पनि बसपार्कभित्रको छाप्रोमा कपडा पसल गर्थे। दुई जनाको कमाईले आफ्ना दुई छोराछोरीलाई...

बाटोमै हराउँछन् राहदानी

बाटोमै हराउँछन् राहदानी

काठमाडौं— बाग्लुङ, अर्जेवाका जयश्वर आचार्यले राहदानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन बुझाएको पाँच महिना भयो। तर, राहदानी उनको हातमा अझै परेको छैन। 'धाउँदाधाउँदै यति दिन बितिसक्यो, अझै कहिले बन्छ टुंगो...

जात नमिल्दा राउटे युवा-युवतीको विहे भएन

जात नमिल्दा राउटे युवा-युवतीको विहे भएन

दैलेख-३५ वर्षीया राउटे युवा नारायण शाहीले अहिलेसम्म विवाह गरेका छैनन्। उनको विवाह गर्ने इच्छा हुँदाहुँदै पनि ३५ वर्षसम्म केटी नपाउँदा त्यत्तिकै बस्नुपर्ने बाध्यतामा परेका हुन्। नारायणकै उमेरका राउटे युवाहरु काखमा...

'स्कुलको चरम लापरबाहीले मैले छोरा गुमाएँ'

'स्कुलको चरम लापरबाहीले मैले छोरा गुमाएँ'

काठमाडौं- मेरो छोरा शान भारतको शेरउड कलेजमा कक्षा ९ मा पढ्थ्यो। गत बिहीबार बिहान करिब १० बजेतिर शानसँगै पढ्ने साथीका अभिभावकले ऊ धेरै बिरामी छ भन्दै फोन गरेका थिए। शानलाई...

पुच्छ्रे ट्रयाक्टरको मनोमानी

पुच्छ्रे ट्रयाक्टरको मनोमानी

लहान-बा१च ७१०० नम्बरको जिप गत भदौ ८ गते पूर्व–पश्चिम राजमार्गको चोहर्बानजिक बिनासंकेत रोकिएको ना१त १६४७ नम्बरको ट्र्याक्टरको ट्रलीमा ठोक्किँदा लहान– ७ का उपेन्द्र साह र पत्नी उर्मिला घाइते भए। उपेन्द्रको...

सार्क तयारी सक्न हम्मे

सार्क तयारी सक्न हम्मे

काठमाडौं- सार्क शिखर सम्मलेनअन्तर्गत पाँच दिनपछि सहसचिवस्तरीय बैठक सुरु हुँदैछ, तर सरकारले अझै तयारी पूरा गर्न सकेको छैन। सार्क तयारीमा खर्चअनुसार काम नभएको भन्दै सभासदले समेत असन्तुष्टि जनाएका छन्।

घाइतेलाई मार्नै तम्सन्छन्

घाइतेलाई मार्नै तम्सन्छन्

झापा- विपरीत दिशाबाट आइरहेको बस बिस्तारै रोकियो। पछिपछि ट्रक आइरहेको थियो। आफ्नै लेनमा बाइक चलाइरहेका उनी गति कम गर्दै अघि बढे। हुइँकिँदै आएको ट्रकले बसलाई ओभरटेक मात्र के गरेको थियो,...