Wednesday 12 Jestha, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

कुमारी पाठी डुबाएर मारियो (साथमा फोटो फिचर)

  • ८ भाद्र, २०७०
  • उपेन्द्र लामिछाने
  • Be the first to comment!
(0 votes)
कुमारी पाठी डुबाएर मारियो (साथमा फोटो फिचर)
खोकना(ललितपुर) - ललितपुरको दक्षिणी भेगमा पर्ने ऐतिहासिक गाउँ खोकनामा शुक्रबार जिउँदो पाठीलाई पोखरीमा डुबाएर जात्रा मनाइएको छ। रुद्रायणी देवी मन्दिर अगाडि रहेको पोखरीमा फालिएको जिउँदो पाठीलाई युवाहरुको समूहले डुबाएर मारेसँगै द्योपुखु जात्रा (देव पोखरी जात्रा) सम्पन्न भएको छ। दिउँसो ५ बजेतिर पोखरीमा फालिएको पाठीलाई पानीमा डुबाएर मारेलगत्तै करिब डेढ घण्टासम्म खोसाखोस गरियो। पोखरीमा पसेका डेढ दर्जन युवाहरुले पाठीको लागी गरेको खोसाखोस हेर्न पोखरी वरीपरी हजारौँ सर्वसाधरणको भीड थियो।
nepali-patro-may

'यो हाम्रो सस्कृति हो,' स्वयम्भूराम डंगोलले भने, 'संस्कृति जोगाउन यो जात्रा जारी राखेका हौ।' १२ औं शताब्दीतिर पोखरीमा बालबालिका डुबेर मर्न थालेपछि दैवीशक्तिका कारण त्यस्तो भएको विश्वासमा यो जात्रा सुरु गरिएको स्थानीयवासीको भनाइ छ।

जिउँदो पाठीलाई पानीमा डुबाएर मार्ने परम्परा जारी राख्नेकी हटाउने भन्ने विवाद यहाँ रहँदै आएको छ । कतिपयले यसलाई 'खोकनाको गौरव' भन्दै जारी राख्नु पर्ने अडान लिएका छन् भने कतिपयले खोकनालाई 'निर्दयी गाउँ'को संज्ञा पाएकोले हटाउनु पर्ने बताउँदै आएका छन्। 'परम्परावादी सोच र नविन सोचवीच यो द्वन्द्वमा अहिलेसम्म परम्पराले नै जित्दै आएको छ,' ४० वर्षीय सिद्धिचरण महर्जनले भने, 'यसको विकल्पमा अन्य कुरा अघि सारेपनि त्यो लागू हुन सकेको छैन।' 

केही वर्षअघि रुद्रायणी मन्दिरबाट ल्याएको फर्सी मात्रै पोखरीमा डुबाएर जात्रा मनाउने प्रयास गरिएपनि त्यो पुरा हुन सकेको छैन।' 

बाख्रा मारेको हेर्न मन लाग्दैन,' ७८ वर्षीय अष्टबहादुर डंगोलले भने, 'धर्मको कुरामा विरोध गर्न पनि मिल्दैन त्यही भएर चुप लागेर बसेका छौँ।'

सबै तस्बिरहरु : उपेन्द्र लामिछाने

प्रतिक्रिया

बलात्कृतलाई निरन्तर 'पीडा'

बलात्कृतलाई निरन्तर 'पीडा'

दोलखा- मेलुङकी १४ वर्षीया किशोरी गत माघको एक साँझ गाउँकै एउटा विवाह भोजबाट घर फर्कदै थिइन्। पाँचजना केटाले उनलाई घेरा हाली कुलोछेउको गहुँबारीमा लगेर जबर्जस्ती गरे। अर्धचेत उनलाई त्यहीँ छाडेर...

दाइजो नदिँदा छोरी 'गायब'

दाइजो नदिँदा छोरी 'गायब'

वीरगन्ज- दाइजोको माग आफूहरुले पूरा गर्न नसकेपछि छोरीलाई बिहेको पाँच वर्षपछि उसका ससुराल पक्षले गायब पारेेको भन्दै पर्सा, घोडदौरा पिपराकी चम्पा देवी प्रहरीकहाँ धाउन थालेको वर्ष पुग्न लागेको छ। लिखित जाहेरी...

यौन जिज्ञासा मेट्न बलात्कार

यौन जिज्ञासा मेट्न बलात्कार

काठमाडौं- राजधानीका बाह्रवर्षे एक बालकलाई जब वयश्क छिमेकीले मोबाइलमा अश्लील सिनेमा देखाए, उनको बालमस्तिष्कमा त्यसको गहिरो छाप पर्योर। त्यसले उनको मस्तिष्कमा जन्मिएको जिज्ञासाले अन्ततः जघन्य अपराधतिर डोहोर्यायो।

नेपाललाई प्राज्ञिक केन्द्र बनाउने उद्‍घोष

नेपाललाई प्राज्ञिक केन्द्र बनाउने उद्‍घोष

लुम्बिनी- राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गरेर समग्र लुम्बिनीक्षेत्र विकासमा अघि बढ्न सरकारलाई आग्रह गरेकी छन्। बुद्धसँग जोडिएका रूपन्देही, कपिलवस्तु र नवलपरासीका ऐतिहासिक संरचना संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरको...

बुद्धका शान्ति सूत्र

बुद्धका शान्ति सूत्र

बुद्धको जीवनकालमा कोशान्वीको संघमा एक भयंकर विवाद उत्पन्न भयो। त्यो विवादको कारण त्यति ठूलो थिएन। वास्तवमा संसारका सारा विवादको बीज सानै हुन्छ। त्यसलाई व्यक्तिगत अहंकार र अस्मिताले बढाउँदै लैजान्छ, त्यो...

कालिकोटमा भीषण पहिरो, चारको मृत्यु, तीन बेपत्ता (अपडेट)

कालिकोटमा भीषण पहिरो, चारको मृत्यु, तीन बेपत्ता (अपडेट)

कालिकोट- कोटवाडा-६ स्थित लालीघाट बजारमा बाढीपहिरो आउँदा चार जनानको मृत्यु भएको छ। प्रहरी निरिक्षक टेक जोराका अनुसार मृत्यु हुनेमा स्युना-२ निवासी धनमती टमट्टा, स्युयना-५ का हीरा तिरुवा, धौलागोहका लक्ष्मण भण्डारी...

माओवादीमा विभाजनको शृंखला

माओवादीमा विभाजनको शृंखला

काठमाडौं- सशस्त्र द्वन्द्वबाट शान्तिप्रक्रियामा आउँदा ३५ सदस्यीय रहेको माओवादी केन्द्रीय कमिटी नेकपा (माओवादी) केन्द्रको नाममा एकीकरणपछि ६ सय ९९ सदस्यीय पुगेको छ। बिहीबार औपचारिक रूपमा एकीकृत दसवटै पार्टी र समूह...

बिहीबार एकै दिन १५० बढी आरोही सगरमाथा शिखरमा

बिहीबार एकै दिन १५० बढी आरोही सगरमाथा शिखरमा

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणक्रममा बिहीबार एकै दिन १ सय ५० भन्दा बढी आरोहीले चुचुरोमा विजयी झन्डा फहर्याएका छन्।