Tuesday 13 Magh, 2071 |
Menu

HUB

सम्पत्ति मुद्दामा गुरुचेला एकै जेलमा

(0 votes)
सम्पत्ति मुद्दामा गुरुचेला एकै जेलमा
काठमाडौं - अवैध सम्पत्ति मुद्दामा विशेष अदतलतले मागेको धरौटी बुझाउन नसक्दा राजीव गुरुङ (दीपक मनाङे) लाई विशेष अदालतले मंगलबार डिल्लीबजार कारागार पठाएको छ। आपराधिक गतिविधिबाट १४ करोड सम्पत्ति आर्जन गरेको अभियोग लागेका मनाङेसँग अदालतले २ करोड ९० लाख रुपैयाँ धरौटी मागेको थियो।

थुनछेक बहस सकिएपछि मंगलबार विशेष  अदालतका अध्यक्ष केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासले गुरुङसँग धरौटी लिएर छाड्न आदेश दिएको थियो। धरौटी रकम जम्मा गर्न नसकेपछि उनलाई मंगलबार नै कारागार पठाइयो। मनाङेले धरौटी नबुझाएपछि कारागार पठाएको अदालतका उपसचिव केशवप्रसाद  घिमिरेले बताए।
उनकी जेठी श्रीमती पासाङ डोेमा गुरुङ भने धरौटी बुझाएर रिहा भइन्। उनीसँग अदालतले २ लाख ५० हजार धरौटी मागेको थियो। उनले नगदै बुझाएकी थिइन्। मनाङेलाई डिल्लीबजार कारागारमा राखिएको छ। कुनै समय मनाङेका 'चेला' रहेका गणेश लामा पनि एक महिनादेखि सोही कारागारमा छन्।
उनी पनि मनाङेझैँ आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोगमा विशेषले मागेको धरौटी नबुझाएपछि कारागार पठाइएका हुन्।
आपराधिक गतिविधिबाट २७ करोड रकम जोडेको अभियोग लागेका लामासँग विशेषले साउन ३ मा ३ करोड धरौटी मागेको थियो।
छ वर्षअघिसम्म गणेश रात्रिकालीन व्यापारमा मनाङेका सहयोगी थिए। रक्तचन्दन तस्करीबाट अकुत सम्पत्ति जोडेपछि उनी मनाङेसँग छुट्टिएर काभ्रेली समूहका नाइके भएका थिए।
डिल्लीबजार कारागार मनाङेको रोजाइको हो। आपराधिक अभियोगमा कारागार चलान हुँदा उनी सधैं डिल्लीबजार नै रोज्छन्। अदालतले पनि उनलाई रोजाइकै कारागार पठाउँदै आएको छ।
१४ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै सम्पत्ति शुद्धीकरण विभागले जेठमा मनाङेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अनुसन्धानमा उनको नाममा देखिएको सम्पत्तिको वैध स्रोत नदेखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको प्रतिवेदनका आधारमा मनाङेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।
जेठमा मुद्दा दायर भएर अदालतले उनलाई पटकपटक उपस्थित हुन जारी गरेको म्याद गुजारेपछि ब्युरोकै टोलीले शुक्रबार कमलपोखरीको सिटी सेन्टरमा पक्राउ गरी आइतबार अदालतमा बुझाएको थियो। मनाङेलाई अदालतमा बुझाएपछि उनकी श्रीमती आफैं हाजिर भएकी थिइन्।
आइतबार उनको नाममा देखिएको काठमाडौंको १८ आना, नुवाकोट ककनीमा ७७ रोपनी जग्गा, वेस्ट पोइन्ट ढुंगा रोडा, इच्छामाई ढुंगा रोडा, गोसाइँकुण्ड क्रसर रोडा, ढुंगा, गोगो बार, क्लब डाइजेस्टी, त्रिलोक प्लाजा, अक्टोपस ट्रेकिङ, ओमश्री ओम मल्टिपर्पोज कम्पनी, मनाङ इन्टरनेसनल ट्रेडर्समा भएको ७४ लाख लगानी लगायतको सम्पत्ति स्रोतबारे बयान लिइएको थियो।
अदालतमा बयानका क्रममा उनले जेठी पत्नी गुरुङ २०५८ मै आफूसँग सम्पत्ति लिएर छुट्टै बस्ने गरेको, र हाल कान्छी श्रीमती दिछेन लामा गुरुङसँग बस्ने गरेको बताउँदै आफ्नो सम्पत्तिको स्रोत वैध भएको र आफूले आपराधिक गतिविधिमा लागेर सम्पत्ति नजोडेको दाबी गरेका थिए।
आफू विभिन्न व्यापारमा संलग्न रहेको, विदेशमा गएर काम गरेर पैसा कमाएको, कवाडीको कारोबार गर्ने गरेको र वैदेशिक रोजगारीका लागि युवालाई कोरिया पठाएर केही रकम जोडेको भए पनि आफूसँग अहिले त्यसको प्रमाण नभएको उनले अदालतलाई बयान दिएका छन्।
मनाङले बयानमा पासाङसँग विवाह गर्दा ससुरालीबाट ४ लाख पाएको, युवाहरु लिएर हङकङ, बंगलादेश गएर सामान ल्याउने गरेको, कोरियामा कामदार पठाउने गरेको, भारतको नागाल्यान्डमा गार्मेन्ट चलाएको पनि बताएका छन्।
बयानअनुसार स्रोत खुल्ने प्रमाण पुष्टि हुन नसकेपछि सरकारी वकिलले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने माग गरे पनि विशेषले धरौटी मागेको थियो।
विशेषले मनाङेझैं आपराधिक गतिविधिबाट सम्पत्ति कमाएको दाबीसहित आएका मुद्दाका अभियुक्तसँग धरौटी नै माग्ने गरेको छ।
ययअघि, विशेषले पर्शुराम बस्नेत र चक्रे मिलन र गणेश लामासँग धरौटी मागेको थियो। बस्नेत धरौटी तिरेर रिहा भए। चक्रे अर्को अभियोगमा कारागारमै रहेकाले उनले धरौटी बुझाएनन्। सम्पत्तिको अनुसन्धान क्रममा अभिषेक गिरी र उनकी श्रीमती अनिशा गिरी भने म्याद गुजारेर बसेका छन्।
तीन चौथाइले बढ्यो प्रक्रिया, को कता?

तीन चौथाइले बढ्यो प्रक्रिया, को कता?

काठमाडौं-संविधानसभाले संविधान निर्माण प्रक्रियालाई एक कदम अघि बढाउँदै विवादित विषयमा वस्तुगत प्रश्नसहितको प्रतिवेदन तयार पार्ने प्रश्नावली प्रस्ताव समिति गठनलाई तीन चौथाइ मतका आधारमा पारित गरेको छ। एकीकृत माओवादी र मधेसवादीसहित १९...

जोखिममै छन् सुत्केरी

जोखिममै छन् सुत्केरी

काठमाडौं- साउन अन्तिम साता दाङ, घोराहीस्थित राप्ति उपक्षेत्रीय अस्पतालमा दुई सुत्केरीको ज्यान गयो। बिजौरी–४, थानागाउँकी १७ वर्षे पुष्पा चौधरी र तुलसीपुर नगरपालिकाकी ३२ वर्षे यमकुमारी थापाको सुत्केरी ब्यथाका क्रममा अत्यधिक रक्तश्रावले...

नेपाल–भारत सीमा विवाद: सीमामा चहर्‍याइरहने घाउ

नेपाल–भारत सीमा विवाद: सीमामा चहर्‍याइरहने घाउ

काठमाडौं-पाँच वर्षअघि सीमाविद् बुद्धिनारायण श्रेष्ठसहितको सीमा अवलोकन टोली कञ्चनपुरको परासन गाविसअन्तर्गत प्याराताल क्षेत्र पुग्नासाथ स्थानीयबाट घेरियो।हराइरहेको १ सय ९४ नम्बरको जंगे–पिलर धुइँधुइँती खोज्न भनेर त्यहाँ पुगेको टोलीलाई उनीहरुले र्यायख्र्यााख्ती पारे।...

दुःखले बेरेको बाल्यकाल

दुःखले बेरेको बाल्यकाल

भोजपुरको याङपाङ–६ प्युठ गाउँका मनोज गोले उमेरले १३ वर्ष पुग्दैछन्। उनका लागि यो उमेर भनेको आफ्ना अभिभावकबाट माया र हेरचाहको हो। बिडम्बना! अभिभावकबाट पाउने माया र हेरचाह उनि आफ्ना दुई...

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन-‘जनताको आशामा लागेको चोटले मर्माहत छु’

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन-‘जनताको आशामा लागेको चोटले मर्माहत छु’

काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधन गर्दै लोकतन्त्रका सहयात्री दलले मिलेर हाँसिल गरेका उपलब्धीलाई मिलेरनै संस्थागत गरौं भन्ने भावनालाई केही दलले कमजोरीको रुपमा लिएको बताए। उनले...

‘अफ्रिकी विद्रोहीसँग' सेनाका हतियार

‘अफ्रिकी विद्रोहीसँग' सेनाका हतियार

काठमाडौं-तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा नेपाली सेनाले चीनबाट मगाएको सैन्य हतियार अफ्रिकी मुलुकका विद्रोहीको हातमा फेला परेको खुलासा भएको छ। हातहतियार सुरक्षा क्षेत्रमा काम गर्ने एक बेलायती संस्थाले गरेको...

क्यानडा र अस्ट्रेलिया पठाइदिन्छु भन्दै करोड ठगी

क्यानडा र अस्ट्रेलिया पठाइदिन्छु भन्दै करोड ठगी

बाग्लुङ-भीमगिठ्ठे– २ का मनोज केसी एसएलसी पास गर्नासाथ वैदेशिक रोजगारीका लागि दुबई गए। तैपनि उनले आफ्नो थाप्लामा थुप्रिएको पूरै ऋण सल्टाउन सकेनन्। घरमा त्यत्तिकै बसिरहेका थिए, गाउँकै साथीभाइले क्यानडामा मासिक साढे...

नागरिक विशेष सम्पादकीय, अस्वीकार्य उद्दण्डता

नागरिक विशेष सम्पादकीय, अस्वीकार्य उद्दण्डता

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र मधेसवादीसहित १९ दलीय मोर्चाले माघ ६ गते मध्यरात साढे १ बजे संविधानसभा बैठकमा प्रदर्शन गरेको उद्दण्डता नेपाल र सार्वभौम नेपाली जनतालाई स्वीकार्य हुन सक्दैन।...