Wednesday 7 Shrawn, 2071 |
Menu

आठ सुनचाँदी पसललाई मुद्दा दायर

(0 votes)
आठ सुनचाँदी पसललाई मुद्दा दायर
काठमाडौं -तौल र गुणस्तरमा उपभोक्ता ठगी गरेको आरोप लागेका उपत्यकाका आठ ठूला सुनचाँदी व्यवसायीविरुद्ध सरकारले मुद्दा दायर गरेको छ। वाणिज्य विभागले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
विभागले गत वैशाख र जेठमा अनुगमन गरेका पसल दोषी भएको भन्दै आठ सुनचाँदी पसलविरुद्ध मुद्दा दायर गरेको हो।
सुनचाँदीका गरगहनामा ठगिएको गुनासो बढेपछि १० सुनचाँदी गरगहना पसलमा अनुगमन गरेको विभागले ८ पसल दोषी पाइएकाले मुद्दा दायर गरेको बताएको छ। विभागले आरबी, तेजमिन, गणपति, न्यु शाक्य, न्यु कुमारी, गीताञ्जली, शालिमार र रिद्धीसिद्धी सुनचाँदी पसलविरुद्ध मुद्धा हालेको हो। यी पसललाई पालैपालो एक महिनाअघि र गत साता मुद्धा हालिएको हो।
विभागका महानिर्देशक नारायणप्रसाद बिडारीका अनुसार १० पसलमा अनुगमन गरी २१ नमुना संकलन गरिएको र त्यसमा ८ पसलका १८ कैफियत पाइएपछि कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। 'आठवटै पसलमा घोषणा गरिएको गुणस्तर र अनुगमन गर्दाको गुणस्तर फरक पाइयो, यो सिधै उपभोक्ता ठग्ने काम हो,' उनले भने, 'त्यही भएर कारबाही गर्न मुद्दा हालेका हौं।' हाल ८ मध्ये ६ पसलको बयान सकिएको र दुईको बयान बाँकी रहेको उनले बताए।
सरकारले सुनचाँदी व्यवसायीलाई पेलेरै जाने रणनीति अपनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए। गत महिना आन्दोलनपछिको वार्तामा कार्यदल निर्माण गरी कार्यविधि बनाउने र अन्योल रहेको कानुनमा अहिलेको मुद्दा पनि उठाउने सहमति भएको थियो। तर, विभागले सहमतिविपरीत मुद्दा दायर गरेको उनले दाबी गरे।  
सुनचाँदी व्यवसायीले वैशाखमै अनुगमनको विरोधमा उत्रिएर पसल बन्द गरेका थिए।  त्यसबेला मूल्य एक्कासि सस्तो हुन पुग्दा व्यापारीले कालोबजारी गरेको शंकामा वाणिज्य विभाग, उपभोक्ता अधिकारवादी संस्था र स्थानीय प्रशासनसहितको टोलीले वैशाख ९ मा  तीनवटा पसल अनुगमन गरेको थियो। त्यसको विरोधमा १० गतेदेखि व्यवसायीले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका थिए। तर, व्यवसायीले अव्यवस्थित अनुगमनको मात्र विरोध गरेको बताउँदै अनुगमन व्यवस्थित बनाउन मापदण्ड निर्धारण गर्नुपर्ने तथा सुनका गरगहनाको गुणस्तर निर्धारण गर्न सरकारले प्रविधि र संयन्त्र तयार गर्नुपर्ने माग गरेका थिए।
२४ क्यारेटको सुन भन्दै कम गुणस्तरको बेचेको, ज्याला बढी लिएको, बिक्री गर्दा जर्ती बढी काट्ने गरेको, ढक तराजु ठिक नभएको भन्दै विभागले व्यवसायीलाई दोषी बनाएको छ। व्यवसायीले अनुगमन मापदण्ड, कारोबार निर्देशिका र व्यवसायीलाई कारबाही नगर्ने मागसहित जेठ अन्तिम सातादेखि ११ दिन पसल बन्द गरेर पुनः आन्दोलनमा उत्रेका थिए।
आन्दोलनपछि असार पहिलो साता सरकार र व्यवसायीबिच अनुगमन मापदण्ड बनाउने र कार्यदलमार्फत कार्यविधि बनाउनेलगायत सम्झौता भएको थियो। त्यसपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका थिए।
वार्तामा दोषी पसल र व्यवसायीलाई कारबाही नगर्ने कुनै सम्झौता नभएको महानिर्देशक बिडारीले बताए। 'त्यो बेला कारबाहीको विषयमा केही बोलिएको छैन,' उनले भने।  कार्यविधि बनाउने भन्नेमात्र कुरा भएको बताउँदै बिडारीले कसुर गर्नेलाई कारबाही हुने जानकारी दिए।
नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले त्यसबेला कारबाही नगर्ने नै सम्झौता भएको दाबी गरे। लिखित रुपमा अरु कुरा समेटिए पनि मौखिक रुपमा कारबाही नगर्ने, कार्यदललाई कार्यविधि बनाउन सघाउने र त्यसपछिको अनुगमन प्रभावकारी बनाउने सहमति भएको बताए।
'मुद्दा लगाउने विषयमा छलफल गर्ने भनिएको थियो तर, हामी र कार्यदलका संयोजकलाई छलफल गर्ने मौकै नदिई मुद्दा दायर गरियो, यसमा हाम्रो आपत्ति छ,' उनले भने, 'सहमति भएको दुई महिना हुन लाग्दा मुद्दा लगाइयो तर, बाँकी सहमति पूरा गरिएन। यो त सरकारले व्यवसायीलाई अपराधीका रुपमा गरेको व्यवहार हो।'
खुम्बुका सरकार!

खुम्बुका सरकार!

सोलुखुम्बु-बिनास्वार्थ, एकोहोरो काम गरिरहे के हुँदैन?सोलुखुम्बु, काँकुका पासाङ शेर्पाको मिहिनेत र समर्पणपूर्ण जीवनसँग यसको सहज उत्तर छ– जे पनि सम्भव छ। हुन पनि, सिंगो जीवन बाटो निर्माणमा समर्पित गरेका उनी...

खुलमखुला प्रतिबन्धित विषादी

खुलमखुला प्रतिबन्धित विषादी

काठमाडौं- सरकारले १५ थरी घातक विषादी प्रयोगमा प्रतिबन्ध लगाए पनि खुला सीमाको फाइदा उठाउँदै एग्रोभेटहरूले भारतबाट तिनै विषादी भित्र्याएर किसानलाई बेचिरहेका छन्। जनस्वास्थ्यमा गम्भीर असर पार्ने क्लोरडेन, डाइलड्रिन, अलड्रिन, मिरेक्स,...

'विषादी हाले कीरा मर्छ, नहाले किसान'

'विषादी हाले कीरा मर्छ, नहाले किसान'

काभ्रे- पाँचखाल–३ का द्वारिका श्रेष्ठ तरकारी खेती गर्नकै लागि दस वर्षअघि यहाँ आएका हुन्। यही पेसाबाट थोरबहुत प्रगति पनि गरे। केही समययता आएर भने कीरा र रोगको प्रकोपले उनलाई आफ्नो...

सेवाग्राहीलाई थाहै छैन सित्तै उपचार सेवा

सेवाग्राहीलाई थाहै छैन सित्तै उपचार सेवा

काठमाडौं- धुम्बाराहीमा बसोबास गर्दै आइरहेका नुवाकोटका रामहरि न्यौपाने गत सोमबार ६ वर्षे छोरा निशानको ज्वरोको उपचार गर्न चाबहिलस्थित ओम अस्पताल पुगे। सामान्य ज्वरो आएका निशानको उपचार तथा औषधि खरिदका लागि...

बिपी हिँडेको बाटो

बिपी हिँडेको बाटो

काठमाडौं- यो २००३ फागुन २१ को घटना हो।विराटनगर जुल मिलमा ट्रेड युनियन अधिकार माग गर्दै मजदुर आन्दोलन भएको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक रूप लियो। तत्कालीन राणा सरकार...

'बुद्धचित्त' किन्न हेलिकोप्टर

'बुद्धचित्त' किन्न हेलिकोप्टर

बनेपा- झट्ट हेर्दा स–साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने कुफलजस्तो। मूल्यले भने सुनझैं महत्ववान। तामाङ समुदाय र विशेषगरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बोधिचित्त (बोलीचालीमा...

स्वभाव र स्वास्थ्य मुख्य चुनौती

स्वभाव र स्वास्थ्य मुख्य चुनौती

काठमाडौं-पहिलो संविधानसभामा सदस्य र आठौं पार्टी महाधिवेशनमा पार्टी अध्यक्षमा पराजय भएपछिको प्रतिकूल राजनीतिक र स्वास्थ्य अवस्थाका बाबजुद केपी शर्मा ओलीले आफूलाई राजनीतिक मूलधारमा स्थापित गरेका छन्। एमाओवादीसँग निरन्तर संघर्षमा जोड दिँदै...

'कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने?'

'कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने?'

चैनपुर (बझाङ)/दार्चुला- आँखा कमजोर भएपछि काँडा गाविस–७, बाझका ५२ वर्षीय असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे। श्रीमती र ६ छोराछोरीले टिपेर ल्याएका यार्सा बेचेरै अहिले उनको घरखर्च...