9 Jestha, 2072 |
Menu

तीन दिनदेखि गर्भमा मृत शिशु

  • आइतबार २० श्रावण, २०७०
  • सुमन मल्ल
  • DISQUS_COMMENTS
(0 votes)
तीन दिनदेखि गर्भमा मृत शिशु
मुगु - सरकारले वर्षेनी सुरक्षित मातृत्व कार्यक्रमका नाममा डेढ अर्ब रुपैयाँ खर्च गर्छ, मुगु रोवा–९ की लछिमा बुढा भने आर्थिक अभावले तीन दिनदेखि गर्भमा मरेको शिशु बोकेर सदरमुकाम गमगढीमा मृत्युसँग लडिरहेकी छन्।

तीन दिनअघि गर्भमा रहेको शिशु चल्न छाडेर असजिलो भएपछि उपचारका लागि गमगढीस्थित जिल्ला अस्पताल आएकी उनको अझै उपचार सुरु भएको छैन।    
सदरमुकामबाट चार घन्टा टाढा रोवा–९, शोभागाउँकी बुढालाई बिहीबार स्वास्थ्य समस्या देखिएपछि शुक्रबार पति धनी बुढाले एक महिला आफन्तसाथ अस्पताल लिएर आए। अस्पतालले शिशु गर्भमै मरिसकेको भिडियो एक्सरेबाट पत्ता लगाए पनि उपचार सुरु गरेन, बरु अन्यत्रै रेफर गरेर झन्झट पन्छायो।
जिल्ला अस्पतालका स्वयंसेवक फिलिपिनो चिकित्सकले अवस्था गम्भीर भएकाले बिरामीलाई जुम्ला वा नेपालगन्ज अस्पताल रेफर गरिन्। गमगढीबाट बाहिर लैजान हेलिकोप्टर चार्टर गर्नुपर्छ। त्यसका लागि आफूहरूसँग रकम नभएको परिवारले जनाएका छन् । जिल्ला अस्पतालका अस्थायी र करार चिकित्सक लोकसेवा तयारीका लागि बाहिर गएकाले अस्पतालमा सरकारी चिकित्सक छैनन्।
४२ वर्षीया लछिमाको यो चौथो गर्भ हो। उनका दुई छोरा, एक छोरी छन्। पेट दुख्ने, शरीर सुन्निने समस्याले उनको अवस्था गम्भीर हुँदै गएको छ। चार दिनयता उनको मुखमा अन्नसमेत परेको छैन।
लछिमाका श्रीमान धनी बुढाले श्रीमतीको यस्तो हालत हुँदा पनि पैसा नभएर उपचारका लागि बाहिर लैजान नसकेको बताए। 'आफूसँग पैसा छैन, पैसा भए हेलिकोप्टरमा भए पनि लगिन्थ्यो होला, नेपालगन्ज त के, जुम्ला लैजाने अवस्था पनि छैन,' उनले भने।
हेलिकप्टर चार्टर गरेर उपचारमा लैजान २ लाख रुपैयाँभन्दा बढी खर्च हुने उनले बताए। सामान्य किसान बुढाको जायजेथाका नाममा पाँच रोपनी पाखो बारी छ। फुर्सदमा मजुदरी गरेर परिवारको गर्जाे टार्दै आएका उनले ऋणपान गरेर ८–१० हजार बोकेका थिए, श्रीमतीलाई अस्पताल ल्याउँदा। 'घरबाट ल्याएको सकियो, पैसाको खोजीमा छु,' बुढाले सुनाए।
जिल्ला अस्पतालले रेेफर गरेपछि उपचार भइहाल्ला कि भन्ने आशले परिवारले लछिमालाई सदरमुकाम गमगढीस्थित निजी रारा अस्पतालमा राखेको छ।
रारा अस्पतालमा पुनः भिडियो एक्सरे गर्दा शिशु मरेकै ठहर भएको छ। 'बिरामीलाई जुम्ला वा नेपालगन्ज लैजानसक्ने हैसियत छैन, यहीँ बच्चा निकालिदिनुहोस्, घरमा भन्दा बरु यहीँ मर्नु निको भनेर आफन्त भनिरहेका छन्,' रारा अस्पतालका डा. किशोर परियारले भने, 'लछिमाले तीन दिनदेखि बच्चा चल्न छाडेको भने पनि त्यसअघि नै मरेको हुनसक्छ, हामीले बाहिर लगेर तत्काल मृत शिशु निकाल्नुपर्छ भनेका छौं।' राराले उनलाई सलाइन मात्र दिएर राखेको छ।   
डा. परियारका अनुसार लछिमालाई कृत्रिम व्यथा लगाएर प्रसूति गराई मरेको बच्चा निकाल्नुपर्छ। बिरामीको रगतमा हेमोग्लोबिन मात्रा कम भएकाले जोखिम छ। चिकित्सकका अनुसार यस्तो अवस्थामा सुत्केरी गराउँदा बढी रक्तश्राव हुन्छ। जोखिम भएकैले यहाँका डाक्टरले उपचार सुरु नगरेको अस्पतालले जनाएको छ।   
'यसरी भएन भने तत्कालै शल्यक्रिया गरेर पनि बच्चा निकाल्नुपर्छ, जुन मुगुमा सम्भव छैन,' डा. परियारले भने। उनका अनुसार सामान्यतः शरीरमा १२ देखि १४ प्रतिशत रगत हुनुपर्नेमा लछिमाको शरीरमा ४ प्रतिशतमात्र छ। उनको उपचार थाल्न आवश्यक बी पोजेटिभ समूहको तीन प्वाइन्ट रगत जुट्न नसकेको परियारको भनाइ छ। 'रगत पाइहाले पनि अवस्था असामान्य भएकाले यसै होला भन्न सकिन्न। जुम्ला वा नेपालगन्ज अस्पतालजस्तो अत्याधुनिक उपकरण र सुविधा यहाँ छैन।'
नेपाल रेडक्रस सोसाइटी, मुगुले जिल्ला अस्पतालमा दुई महिनाअघि ब्लड बैंक सुरु गरिए पनि त्यहाँ रगत संकलन हुन सकेको छैन। कसैलाई रगत चाहिए दाता खोजेर तत्काल बिरामीलाई दिँदै आएको रेडक्रसका कर्मचारी शंकर ढुंगानाले बताए।
लछिमालाई जतिसक्दो चाँडो बाहिर जिल्ला लैजानुको विकल्प नरहेको चिकित्सकले बताए पनि अन्यत्र लान आर्थिक अभावका कारण परिवार विलखबन्दमा छ।
यहाँबाट नजिकै जुम्ला अस्पतालमा पुर्‍याउन दुई दिन हिँड्नुपर्छ। रारा विमानस्थल प्रतिकूल मौसमका कारण दुई महिनादेखि बन्द छ।
पालमुनि मिलेका मन

पालमुनि मिलेका मन

काठमाडौं– सहचालकले नम्र भएर 'दाइ आउनुहोस्' भने । सिटमा बसेलगत्तै सहयात्री मुस्काए । चेकिङमा सुरक्षाकर्मीले नम्र भएर जाँच गरे । ट्याक्सी चालकले मिटरमै गुड्न माने । ४५ वर्षीय लक्ष्मण मण्डलले...

विपत्तिमा ट्रमा वरदान

विपत्तिमा ट्रमा वरदान

काठमाडौं- वैशाख १२ गते विनाशकारी भूकम्प गएको केही समयपछि नै अस्पतालमा घाइते आउन थालिसकेका थिए । एकातिर सम्हालिनसक्ने गरी नयाँ घाइतेको भीड बढ्दै गयो, अर्कोतिर पटकपटकको भूकम्पको धक्काका कारण वीर...

पीडितको उपचारमा पीडित नै

पीडितको उपचारमा पीडित नै

काठमाडौं-काभ्रे, नमोबुद्धकी स्ट्रेला खड्का पेसाले नर्स हुन् । वैशाख १२ को महाभूकम्पले उनको घर बस्नै नमिल्ने गरी भत्किएको छ । भूकम्पले घरमा क्षति पुगेपछि चिन्तित खड्कालाई अहिले घरभन्दा बढी अस्पतालमा...

प्रहरीको ट्विटर र फेसबुकमा गर्लफ्रेन्ड फकाइदिने आग्रहदेखि ज्योतिषीको सूचना

प्रहरीको ट्विटर र फेसबुकमा गर्लफ्रेन्ड फकाइदिने आग्रहदेखि ज्योतिषीको सूचना

काठमाडौं-नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरीले सामाजिक सञ्जालमार्फत आएको भूकम्प पीडितलाई तराईमा स्थानान्तरण गर्न नहुने धारणालाई लिएर सोमबार धेरैले प्रहरीको टाइमलाइन व्यस्त बनाए । प्रहरीको ट्विटर ह्यान्डललाई मेन्सन गरेर धेरैले...

चमकै हरायो तातोपानीको

चमकै हरायो तातोपानीको

सिन्धुपाल्चोक-शनिबार होस् वा सार्वजनिक बिदा, नाकामा खुट्टा राख्ने ठाउँ हुन्नथ्यो । भन्सार यार्डमा चिनियाँ सामग्रीले भरिएका कन्टेनरको लाम लाग्थ्यो । कन्टेनर चालक तिब्बती बजार खासाबाट सामग्री लिएर काठमाडौं फर्कन हतारोमा...

सजिलै ब्युँतिँदैन सिन्धुपाल्चोक

सजिलै ब्युँतिँदैन सिन्धुपाल्चोक

सिन्धुपाल्चोक-महाभूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकको जनजीवन अझै सामान्य बन्न सकेको छैन । वैशाख १२ को महाभूकम्पले आतंकित स्थानीय सामान्य दिनचर्यामा फर्कन लागेकै बेला गत मंगलबार अर्को शक्तिशाली धक्काले जनधन क्षतिसँगै...

पुरानै काठपातले नयाँ घर

पुरानै काठपातले नयाँ घर

सौरपानी (गोरखा)-सौरपानी–८, झोलुंगेका ङनबहादुर गुरुङको घर वैशाख १२ को भूकम्पले ध्वस्त पार्‍यो । ढुंगामाटोको गह्रो लगाएर जस्ताले छाएको घर ढलेपछि उनी एक सातासम्म त्रिपालमा बसे । तर, अहिले उनलाई बासको...

कस्तो घरको भर?

कस्तो घरको भर?

काठमाडौं– मान्छे दुईथरी हल्लाका पछाडि छन् । एउटा भूकम्प, अर्को घर । भूकम्पबारे हल्ला छ– अझै ठूलो आउँछ ! अब आउँदैन ! नासाले यसो भन्यो ! लामाले उसो भन्यो !यस्ता...