Friday 9 Shrawn, 2071 |
Menu

ज्ञानेन्द्रको विषयमा भट्टराई- थापाबीच फेसबुक जुहारी

(0 votes)
ज्ञानेन्द्रको विषयमा भट्टराई- थापाबीच फेसबुक जुहारी

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्रका विषयलाई लिएर एमाओवादी नेता बाबुराम भट्टराई तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच शुक्रबार फेसबुक जुहारी चल्यो। भट्टराईले आफू प्रधानमन्त्री भए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्थेँ भन्ने अभिव्यक्ति दिएपछि थापाले राजासँग मिल्ने प्रस्ताव भट्टराई मोहन वैद्यभन्दा पहिले भट्टराईले नै ल्याएको सार्वजनिक गरेका थिए।

समाचार सार

  • मैले त्यतिबेला ज्ञानेन्द्रलाई प्रत्यक्ष भेटेर यो कुरा बताउन चाहेको थिएँ । तर उनले भेट्नै मानेनन् भन्ने कुरा उनका दूतहरुबाट आयो - बाबुराम भट्टराई
  • राजा हामीलाई सत्ता हस्तान्तरण गर्न तयार हुनु हुन्छ कि हुनु हन्न, राजालाई सम्झाई दिनु पर्‍यो' भनि उहाँले गर्नु भएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ - कमल थापा
  • पूर्ण असत्य भन्दा अर्ध-सत्य बढ़ी भ्रमपूर्ण र खतरनाक हुन्छ - बाबुराम भट्टराई
  • डा. बाबुरामको भनाई प्रति म सतप्रतिसत सहमत छु । तर, दुर्भाग्यवश उहाँ स्वयंबाट आज फेसबुक मार्फत सानो अर्ध सत्य प्रवाहित भएको छ - कमल थापा

थापाको अभिव्यक्तिलाई चुनौती दिँदै भट्टराईले शुक्रबार दिउसो फेसबुकबाट प्रतिक्रिया सार्वजनिक गरे।

दुई नेताबीचको जुहारी फेसबुकबाट जस्ताको तस्तै

मैले ज्ञानेन्द्रलाई राष्ट्रपति बनाउन सकिने प्रस्ताव गरेँ: भट्टराई

पूर्ण असत्य भन्दा अर्ध-सत्य बढ़ी भ्रमपूर्ण र खतरनाक हुन्छ । कमल थापाले अहिले त्यस्तै एउटा अर्ध-सत्यको सहाराले ठुलै पंक्तिमा भ्रम छरेको प्रतीत हुन्छ ।

२०५९-६० मा भएको दोश्रो सरकार-माओवादी वार्तामा मेरो नेतृत्वमा वार्ता टोली आएको थियो । पार्टीको बटमलाइन त्यतिबेला संविधानसभा र गणतन्त्र थियो । साथै यदि राजा त्यसमा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिको रुपमा स्वीकार्न पनि सकिन्छ भन्ने थियो । यो कुरा मैले वार्ता टोली काठमाडौंमा सार्वजनिक हुने वित्तिकै खुलै रुपमा भनेको थिएँ, जुन त्यतिबेलाको अखबार पल्टाएर हेरे पुष्टि हुन्छ ।

मैले त्यतिबेला ज्ञानेन्द्रलाई प्रत्यक्ष भेटेर यो कुरा बताउन चाहेको थिएँ । तर उनले भेट्नै मानेनन् भन्ने कुरा उनका दूतहरुबाट आयो । त्यसबखत लोकेन्द्र चन्द प्रधानमन्त्री थिए भने वार्ताकारका हर्ता़कर्ता नारायणसिंह पुन र रमेशनाथ पाण्डे थिए । पछि सुन्नमा आयो कुनै अनधिकृत मान्छेले ज्ञानेन्द्रलाई पहिल्यै हामी माओवादी संवैधानिक राजतन्त्र मान्न तयार छौं भनेकाले वार्तामा वोलाइएको रहेछ तर पछि त्यस्तो नपाए पछि उनी रिसाएर मसँग भेट्न नमानेको हामीले अनुमान गर्‍यौं । जे होस् काठमाडौंमा भएको दुई चरणको वार्तामा कुनै परिणाम आउने लक्षण नदेखे पछि हामी वार्ता भंगको मनस्थितिमा पुग्यौं ।

त्यसै वीचमा ज्ञानेन्द्रले लोकेन्द्रलाई हटाएर सूर्यबहादुरलाई प्रधानमन्त्री बनाए र सरकारी वार्ता टोलीमा कमल थापा, प्रकाशचन्द्र लोहनीलाई राखे । दाङको हापुरेमा तेश्रो र हाम्रो बुझाइमा अन्तिम चरणको वार्ता हुने भयो । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ता भन्दा पहिल्यै उनी मार्फत ज्ञानेन्द्रसमक्ष हाम्रो प्रस्ताव फेरि एकचोटि पठाउनु उपयुक्त ठान्यौं । पहिलो चरणमा नारायणसिंह पुन मार्फत विवेक शाह हुँदै हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुग्यौं कि पुगेन हामीलाई शंकै थियो । त्यसैक्रममा हाम्रै पहलमा नेपालगन्जमा धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीति अनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानूक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे । हाम्रो कुरा मिलेन । उनले हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुर्‍याए पुर्‍याएनन् थाहा भएन । पछि हापुरे वार्ता असफल भयो र हामी फेरि जनयुध्दमा फर्कियौं ।

सत्यतथ्य यत्ति हो । त्यसपछिको १२-वुँदेदेखिको इतिहास सबैलाई थाहै छ । दरबार हत्याकाण्डको दिनदेखि नेपालमा गणतन्त्रको उदय भैसकेको मान्यता राख्ने हामीले 'बेबी किंङ्ग' वा 'सांस्कृतिक राजा' वा अन्य कुनै विशेषणयुक्त राजतन्त्र मान्ने कुरा सपनामा पनि कसरी सम्भव होला र ?

थापाको जवाफ : राजा सहितको प्रजातन्त्र स्वीकार्न बाबुरामजी तयार हुनुपर्छ

'पूर्ण असत्य भन्दा अर्ध सत्य बढी भ्रमपुर्ण र खतरनाक हुन्छ' भन्ने डा. बाबुरामको भनाई प्रति म सतप्रतिसत सहमत छु । तर, दुर्भाग्यवश उहाँ स्वयंबाट आज फेसबुक मार्फत सानो अर्ध सत्य प्रवाहित भएको छ । त्यो अर्ध सत्यले पार्न सक्ने भ्रम र नकरात्मक प्रभावको निराकरणका लागि केहि स्पष्ट पार्नु आबश्यक ठानेको छु । डा. धवल शमसेर राणाको नेपालगंज स्थित निवासमा उहासँग भएको मेरो एकान्त वार्ताको क्रममा उहाँले म सँग एक पटक होइन बारम्वार राजासँग सहकार्यको आग्रह गर्नु भएको हो । 'राजा हामीलाई सत्ता हस्तान्तरण गर्न तयार हुनु हुन्छ कि हुनु हन्न, राजालाई सम्झाई दिनु पर्‍यो' भनि उहाँले गर्नु भएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ । राजा ideology free institution भएकोले राजालाई तपाईंहरुसँग सहकार्य गर्न गाह्रो पर्दैन, २०४६ सालको आन्दोलन पछि कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर आन्दोलनकारी दलहरुसँग राजाले सहकार्य गरेको तथ्यको समेत मैले उहाँलाई जानकारी गराए । तर, राजाले संसदवादी दलहरुलाई अलग गराएर तपाईंहरुलाई सत्ता सुम्पन सक्ने अवस्था नभएको हुंदा चुनावमा भाग लिनुहोस् र जितेर आए पछि तपाईंहरुलाई सत्ता सुम्पन राजालाई कुनै अप्ठेरो पर्दैन भनि मैले भन्दा उहाँले मुसुक्क हाँसेर 'राजा र हामी मिले पछि दलहरुको चिन्ता गर्नु पदैन, ती आफै ठेगान लाग्छन्' भन्नु भएको सत्यलाई स्मरण गर्न म बाबुराम जीलाई आग्रह गर्दछु ।

सत्तामा नपुगी चुनावमा भाग लिँदा विद्रोहीले नराम्रो पराजय भोग्नु परेको बारे अफ्रिकाको कुनै एक देशको नाम लिई उहाँले दिएको उदाहरण पनि म सम्झिरहेको छु । नेपालगञ्ज वार्तामा उहाँ र म दुई जना मात्र भएकोले त्यस बेला भएको कुराकानिको साक्षी हाम्रो आत्मा र विवेक मात्र हो । त्यसलाई इमान्दारिताले मात्र पुष्टि गर्दछ ।

तर, हापुरे वार्ताको क्रमामा बाबुरामजीले लामो व्याख्यासहित परोक्ष रुपमा राजसंस्थाको अस्तित्व स्वीकार्न सकिने बारेमा गर्नुको आग्रहका साक्षी डा. प्रकाशचन्द्र लोहनी, दमननाथ ढुंगाना, पद्यरत्न तुलाधर, कृष्णबहादुर महरा र कर्णध्वज अधिकारी अझै जीवित हुनु हुन्छ। निश्चय नै बाबुरामजीले हाम्रो परिभाषा अनुरुपको संबैधानिक राजसंस्थाको कुरा गर्नु भएको होइन । त्यो वार्ता राजा वा राजसंस्थाकाबारे केन्द्रित पनि थिएन। वार्ताको एजेण्डामा राजसंस्था थिएन पनि। माओवादीकै माग अनुसार गोलमेच सम्मेलन, अन्तरिम सरकार र संबिधानसभाको चुनाव नै वार्ताको मुख्य एजेण्डा थियो । प्रसंगवश राजसंस्थाका बारेमा कुरा गर्दा उहाँले श्री ५ पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै राजालाई प्रथम राष्ट्रपति वा आवश्यक पर्छ भने राजा कै पदविमा पनि कायम राख्न सकिने, राजालाई दिईने भत्ताका बारेमा कुनै विवाद नगर्ने र नारायणहिटी मै बस्न सक्ने जस्ता धारणा समेत राख्नु भएको थियो ।

ज‍हाँ सम्म धार्मिक सांस्कृतिक अधिकार सहितको सांस्कृतिक राजतन्त्रको कुरा छ त्यो अवधारणा मैले पहिलो पटक संबिधानसभाको चुनाव अगाडि बाबुराम जी कै मुखबाट सुनेको हुँ। त्यस भन्दा अगाडि त्यस्तो पदावलीको मलाई जानकारि समेत थिएन। यो अवधारणा प्रस्तुत गर्दा माओवादी अध्यक्ष प्रचण्ड पनि संगै हुनु हुन्थ्यो । यसबारे बाबुरामजी ले पछि सार्वजनिक रुपमा समेत चर्चा गुर्न भएको छ ।

राजासँग सहकार्यको कुरा उठदा चिन्तित र आतंकित हुनुको कुनै औचित्य नै छैन । देशका सबै राजनैतिक शक्तिहरुबीचको एकता र सहकार्यबाट मात्र देशमा शान्ति र स्थायित्व कायम हुन सक्दछ । कुनै बेला राजासँग सहकार्यको कुरा गरेको आधारमा माओवादीहरुले अहिले हिनताबोध गर्नु पर्ने जरुरी छैन। प्रचण्ड स्वयंले कम्बोडिया मोडेलको राजसंस्थाको हामीले परिकल्पना गरेका थियौं भनि सार्वजनिक रुपमा नै भन्नु भएको अभिलेख छ । राजा वीरेन्द्रसँग अघोषित सहकार्य गरेको, २०६२ माघ सम्म राजा ज्ञानेन्द्रसँग भेटको प्रतिक्षा गरेको तथा नोकर होइन मालिकसँगै कुरा गर्छौ भनि माओवादी नेताहरुले व्यक्त गरेका थुप्रा धारणाहरु नेपाली जनताले सुनेकै छन् ।

अमृत साइन्स कलेजका मेरा सहपाठी बाबुरामजीसँग अरु पनि रोचक कुराकानी भएका छन् । अब थप विवाद नगरौं भन्ने मेरो आग्रह छ। प्राविधिक रुप मै भए पनि अहिले देशमा गणतन्त्र कायम भएको छ । गणतन्त्रले राष्ट्रियता बलियो भयो भने, गणतन्त्रले प्रजातन्त्र बलियो भयो भने, गणतन्त्रले शान्ति र स्थायित्वक कायम गर्न सक्यो भने तथा गणतन्त्रले नेपाली जनताको अनुहारमा हाँसो र उज्यालो ल्याउन सक्यो भने बाबुरामजीको जीत हुनेछ । तर, त्यो स्थिति आउन सक्दैन भन्ने मेरो दावी हो । त्यस अवस्थामा राजासहितको प्रजातन्त्र वाहेक देश जोगाउने अर्को विकल्प रहँदैन । यो तितो सत्य स्विकार्न बाबुरामजी पनि तयार हुनु पर्दछ।

रातभर 'बुद्धचित्त' को बोटमुनि

रातभर 'बुद्धचित्त' को बोटमुनि

बनेपा- बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) को खेती गर्ने किसान प्रहरी र लुटेराको दोहोरो मारमा परेका छन्। प्रतिमाला ५ हजारदेखि ५ लाखसम्म बिक्री हुने बोधिचित्त जोगाउन उनीहरू रातभरि बोटमुनि नै सुत्ने गरेका...

यस्ता छन् पुरस्कार विजेता फोटोहरु

यस्ता छन् पुरस्कार विजेता फोटोहरु

काठमाडौं– फोटो पत्रकार क्लबले वर्सेनि गर्ने फोटो प्रतियोगितामा यस वर्ष फोटो अफ द इयरको अवार्ड नागरिककर्मी विजय गजमेरले जितेका छन्। विभिन्न सात विधामा प्रथम, द्वितीय र तृतीय गरी तीन तीन...

खुम्बुका सरकार!

खुम्बुका सरकार!

सोलुखुम्बु-बिनास्वार्थ, एकोहोरो काम गरिरहे के हुँदैन?सोलुखुम्बु, काँकुका पासाङ शेर्पाको मिहिनेत र समर्पणपूर्ण जीवनसँग यसको सहज उत्तर छ– जे पनि सम्भव छ। हुन पनि, सिंगो जीवन बाटो निर्माणमा समर्पित गरेका उनी...

खुलमखुला प्रतिबन्धित विषादी

खुलमखुला प्रतिबन्धित विषादी

काठमाडौं- सरकारले १५ थरी घातक विषादी प्रयोगमा प्रतिबन्ध लगाए पनि खुला सीमाको फाइदा उठाउँदै एग्रोभेटहरूले भारतबाट तिनै विषादी भित्र्याएर किसानलाई बेचिरहेका छन्। जनस्वास्थ्यमा गम्भीर असर पार्ने क्लोरडेन, डाइलड्रिन, अलड्रिन, मिरेक्स,...

'विषादी हाले कीरा मर्छ, नहाले किसान'

'विषादी हाले कीरा मर्छ, नहाले किसान'

काभ्रे- पाँचखाल–३ का द्वारिका श्रेष्ठ तरकारी खेती गर्नकै लागि दस वर्षअघि यहाँ आएका हुन्। यही पेसाबाट थोरबहुत प्रगति पनि गरे। केही समययता आएर भने कीरा र रोगको प्रकोपले उनलाई आफ्नो...

सेवाग्राहीलाई थाहै छैन सित्तै उपचार सेवा

सेवाग्राहीलाई थाहै छैन सित्तै उपचार सेवा

काठमाडौं- धुम्बाराहीमा बसोबास गर्दै आइरहेका नुवाकोटका रामहरि न्यौपाने गत सोमबार ६ वर्षे छोरा निशानको ज्वरोको उपचार गर्न चाबहिलस्थित ओम अस्पताल पुगे। सामान्य ज्वरो आएका निशानको उपचार तथा औषधि खरिदका लागि...

बिपी हिँडेको बाटो

बिपी हिँडेको बाटो

काठमाडौं- यो २००३ फागुन २१ को घटना हो।विराटनगर जुल मिलमा ट्रेड युनियन अधिकार माग गर्दै मजदुर आन्दोलन भएको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक रूप लियो। तत्कालीन राणा सरकार...

'बुद्धचित्त' किन्न हेलिकोप्टर

'बुद्धचित्त' किन्न हेलिकोप्टर

बनेपा- झट्ट हेर्दा स–साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने कुफलजस्तो। मूल्यले भने सुनझैं महत्ववान। तामाङ समुदाय र विशेषगरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बोधिचित्त (बोलीचालीमा...