Thursday 13 Kartik, 2071 |
Menu

जहाजको निहुँमा दर्जनौंको विदेश शयर

(0 votes)
जहाजको निहुँमा दर्जनौंको विदेश शयर
काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सिंगापुरमा मर्मत भइरहेको एउटा जहाज लिन जाने 'निहुँ' मा ५० जनाजति कर्मचारीले विदेश शयर गरेका छन्।

ती कर्मचारीको विदेश शयरका लागि निगम व्यवस्थापनले झन्डै ५० लाख रुपैयाँ बेहोर्नुपरेको छ। जहाज लिन जाने भनेर काठमाडौं–सिंगापुर ओहोरदोहोर गर्ने ती कर्मचारीले अहिलेसम्म जहाज भने ल्याउन सकेका छैनन्।
'यसरी गएका कर्मचारीको काम मजाले विदेश घुम्ने र भत्ता पचाउनेमात्र हो,' निगमका एक अधिकारीले बुधबार नागरिकसँग भने, 'नत्र एउटा जहाज लान र ल्याउन त्यत्रो लावालश्कर किन जानुपर्‍यो? यो पनि अनियमितताको गतिलो उदाहरण हो।'
जहाज अभावमा पर्याप्त आम्दानी गर्न नसकेको निगमका लागि यस्तै 'अनियमितता' र फजुल खर्चले पनि थिलथिलो पार्दै आएको सम्बद्ध अधिकारी नै बताउँछन्। मर्मत गरेपछि जहाज लिन चालक दल र इन्जिनियरमात्र गए पुग्ने भए पनि वर्षौंदेखि हुलका हुल कर्मचारी जाने गरेको ती अधिकारीले बताए।
उनका अनुसार गत जेठ ३१ मा नियमित मर्मत (सि–चेक) का लागि सिंगापुरको 'सिंगापुर टेक्नोलोजिज एरोस्पेस' कम्पनी गएको निगमको बोइङ ७५७ ९एन एसिए जहाज लिन ती ५० कर्मचारी पुगिसकेका छन्। जहाज लिएर गएका निगमका इन्जिनियर राजेश श्रेष्ठ अहिलेसम्म फर्केका छैनन्, ४१ दिनदेखि सिंगापुरमै छन्।
असार २६ मा मर्मत सकेर जहाज काठमाडौं आउनुपर्ने तालिका भए पनि समयमै मर्मत खर्च नपठाएको र अन्य प्राविधिक कारण साउन ६ मा मात्र जहाज आउने जानकारी गराइएको थियो। सिंगापुरमै रहेका इन्जिनियर श्रेष्ठले साउन ६ मा जहाज उड्छ भन्ने खबर गरेपछि त्यो जहाज लिन चालक दलसहित एक हुल कर्मचारी असार २८ मै त्यता लागेका थिए।
निगमका इन्जिनियरिङ, अपरेसन र क्वालिटी एस्योरेन्स विभाग तथा उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी उक्त टोलीमा सहभागी थिए। उनीहरू एक साताभन्दा बढी सिंगापुर बसे पनि जहाज तोकिएको मितिमा नआउने भनेपछि फर्किएको सम्बद्ध स्रोतले जानकारी दियो।
स्रोतका अनुसार साउन ६ मा जहाज नआउने निश्चित भएको थियो। त्यसपछि उक्त टोली फिर्ता भएलगत्तै अर्को टोली साउन ११ मा जहाज आउने भनेर लिन गयो। यो टोली भने अझै फर्र्किएको छैन। जहाज लिनजाने यो टोलीमा क्याप्टेनहरू श्यामकृष्ण धेवाजु, रवीन्द्रपुरुष ढकाल र श्रवण रिजाल पनि छन्। उनीहरूले त्यो जहाज उडाएर ल्याउन गएका हुन्। 'तर, अहिले फेरि साउन ११ मा जहाज नआउने खबर आएको छ,' स्रोतले भन्यो, 'अब अर्को टोली पनि जान बेर छैन। मर्मत गरिएको एउटा जहाज लिन जाने निहुँमा दर्जनौं कर्मचारीलाई विदेश भ्रमण गराउनु भनेको व्यवस्थापनले नै अनियमितता गर्न छुट दिनु हो।'
सम्बद्ध अधिकारीका अनुसार त्यसरी जाने टोलीका सदस्यलाई होटलमा बास, खाना, भत्ताको व्यवस्था निगमले गर्नुपर्छ। जहाज ल्याउने पाइलट र इन्जिनियरलाई भने पाँचतारे होटलमा बास र खाना सुविधा दिनुपर्छ। क्याप्टेनले दैनिक १ सय २५ अमेरिकी डलर (११ हजार ८ सय ७५ रुपैयाँ)भत्ता पाउँछन्। खाना भत्ताबापत थप ४५ डलर (४ जहार २ सय ७५ रुपैयाँ) पनि पाउँछन्। 'उडान भएका बेला चालक दलले भत्ता पाउनु स्वाभाविक हो,' ती अधिकारीले भने, 'तर जहाज नआउने भएपछि जति दिन बस्यो, त्यति नै दिनको भत्ता नैतिकताका आधारमा नलिनुपर्ने हो।'
स्रोतका अनुसार निगमका इन्जिनियर सिंगापुर गए पनि जहाज छुन पाउँदैनन्, परैबाट हेर्नेमात्र हो। इन्जिनियरको काम सम्बद्ध मर्मत कम्पनीले जे कागजपत्र दिन्छ, त्यसैमा हस्ताक्षर गरी प्रमाणित गर्नेमात्रै हो। 'सिंगापुरे कम्पनीले जहाजमा कुन कम्पनीको कति मूल्यको सामान जडान गर्‍यो, मर्मत खर्च, मजदुर ज्याला कसरी लियो भन्ने नै हेर्न पाउँदैनन्,' स्रोतले दाबीका साथ भन्यो, 'अन्य वायुसेवाको भन्दा मर्मत खर्च बढी लाग्नुको कारण यो पनि हो। अरू वायुसेवाले एक–एक बुँदा हेर्ने गरेका छन्।'
केही पनि हेर्न नपाउने भएपछि सवा महिनादेखि इन्जिनियर श्रेष्ठ सिंगापुर बस्नुको तुक नभएको स्रोतले बतायो। उनको भत्ता पनि लगभग क्याप्टेन सरह नै हुन्छ। उनले त्यति लामो अवधिमा त्यहाँ के गरे भन्ने व्यवस्थापनलाई कुनै जानकारी नभएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार सिंगापुरमा रहेको जहाजका लागि निगमले मर्मत खर्चवापत २६ लाख डलर (२४ करोड ७० लाख रुपैयाँ) तिर्नुपर्ने भएको छ। सुरुमा १९ लाख डलर र त्यसपछि थप ७ लाख डलर खर्च लागेको निगमले जनाएको छ।
'मर्मत गर्न जाँदा र काम भएपछि फिर्ता ल्याउन कर्मचारी जानु नियमित प्रक्रिया हो,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता गणेशबहादुर चन्दले भने, 'ठूलो कुरा होइन।' प्राविधिक कारण साउन १७ गतेमात्र जहाज सिंगापुरबाट काठमाडौं आउने जानकारी आएको उनले बताए।
चुरे संरक्षणको बजेट फिर्ता, ‘खाने ठाउँ' नदेखे खर्चै गर्दैनन्

चुरे संरक्षणको बजेट फिर्ता, ‘खाने ठाउँ' नदेखे खर्चै गर्दैनन्

लहान-चुरेक्षेत्रको सामाजिक, आर्थिक एवं पर्यावरणीय संरक्षण गर्न सरकारले राष्ट्रपतिकै नाम जोडेर कार्यक्रम त बनायो तर प्रभावकारी हुन सकेन। चुरे संरक्षणको सट्टा झन्झन् दोहन बढ्दै गयो।कार्यक्रम सीमित टाठाबाठाको कमाइखाने भाँडोमा सीमित...

निको भइन् रिहाना

निको भइन् रिहाना

काठमाडौं-छ महिना उपचारपछि वीर अस्पतालको बर्न वार्डबाट मंगलबार बिदा हुँदा रिहाना शेख ढपालीको एउटा हातमा उही गुडिया थियो, जसलाई उनले गर्भमै तुहिएको सन्तान सरह काखी च्याप्दै आएकी छन्। अनि अर्को हातमा...

बाढीपीडितको आक्रोश-‘झुटो आसभन्दा बरु गोली देऊ'

बाढीपीडितको आक्रोश-‘झुटो आसभन्दा बरु गोली देऊ'

छिन्चु (सुर्खेत)-‘हामीलाई ठेगानको बोली दिनुहोस्, नभए गोली दिनुहोस्।’लेखपराजुलकी दीलसरा घर्ती प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरासामु भक्कानिँदा वातावरण सुनसान भयो। भरपेट खाना र सामान्य कम्बलसमेत नपाउँदाको पीडा पोखिरहँदा अन्य विस्थापित पनि...

आइसिसी क्रिकेट लिग : वर्षाले नेपाललाई जीवनदान (फोटोफिचर)

आइसिसी क्रिकेट लिग : वर्षाले नेपाललाई जीवनदान (फोटोफिचर)

काठमाडौं– अमेरिकासँगको खेल वर्षाले अनिर्णित भएपछि विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले अर्को जीवनदान पाएको छ। मलेसियामा भइरहेको यी दुई टोलीबीचको खेल मंगलबार टसबाटै सुरु हुनेछ। किनरारा एकेडेमी ओभलमा...

अस्ट्रेलियामा नेपाली डाक्टरको नेतृत्वमा 'अद्भुत' शल्यक्रिया

अस्ट्रेलियामा नेपाली डाक्टरको नेतृत्वमा 'अद्भुत' शल्यक्रिया

काठमाडौं-अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत नेपाली मूलका चिकित्सक डा. कुमुद धितालले मृत्यु भइसकेका व्यक्तिको 'मृत' (चल्न छाडिसकेको) मुटु झिकेर त्यसमा प्राण भरी पुनः अर्का बिरामीको शरीरमा सफल प्रत्यारोपण गरेका...

सराँय नाचलाई १ लाख (फोटोफिचर)

सराँय नाचलाई १ लाख (फोटोफिचर)

प्यूठान– परम्परागत रुपमा खेलिँदै आएको सराँय नाँचको यो वर्ष बृहत् प्रदर्शन गरिएको छ। स्वतःस्फूर्त खेलिने सराँयको प्रवर्द्धन गर्न यस वर्ष प्रतियोगितात्मक रूपमा सञ्चालन गरिएको हो। ऐतिहासिक महत्व राख्ने डल्ले सराँय...

बिरामी भएपछि जागिरबाट निकालिन्छन् नेपाली कामदार

बिरामी भएपछि जागिरबाट निकालिन्छन् नेपाली कामदार

क्वालालम्पुर (मलेसिया)-मलेसियाको नेम नामक सुरक्षा कम्पनीमा कामदार रहेका कास्कीका कृष्णप्रसाद ढकाललाई गर्धनमा पिलो आयो। उनलाई शल्यचिकित्सा गर्नुपर्ने भयो। साहुले उपचार खर्च दिएर आराम गराउने त कहाँ कहाँ उनलाई जागिरबाट हटाइयो।...

संविधान बनाउने र अवरुद्ध पार्ने दुवैथरी संयन्त्रमा दाहाल नेतृत्वकर्ता

संविधान बनाउने र अवरुद्ध पार्ने दुवैथरी संयन्त्रमा दाहाल नेतृत्वकर्ता

काठमाडौं— एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भिन्न–भिन्न उद्देश्य भएका फरक–फरक संयन्त्रका आधा दर्जन राजनीतिक भूमिकामा छन्। शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने गरी गठित राजनीतिक समितिको संयोजक रहेका दाहालले...