Sunday 16 Jestha, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

दीक्षित हुने समयमा ११ असई बेहोस

(0 votes)
बेहस असईलाई स्ट्रेचरमा राखिँदै। तस्विरः चाँदनी हमाल बेहस असईलाई स्ट्रेचरमा राखिँदै। तस्विरः चाँदनी हमाल

चितवन —  करिब एक वर्ष लामो कडा प्रहरी तालिम भन्दा दीक्षान्तको अन्तिम दिन नयाँ असइहरुका लागि महँगो सावित भयो। बिहानदेखिको खालीपेट अनि चर्को घाममा दीक्षित हुन लाम लागेका उनीहरु कयौं दिनदेखि खानापनी नपाए झै भकाभक चउरमै ढलेपछि समारोहमा हल्ली खल्लि मच्चियो। भरतपुरस्थित मध्यक्षेत्र प्रहरीतालिमकेन्द्रबाट तालिम सकेका १ सय ४० जना प्रहरी सहायक निरीक्षक दीक्षान्तका दौरान एघार जना चउरामै बेहोस भएर ढले।

nepali-patro-may
सातबजेदेखि उपस्थित हुने उर्दी पाएकाले बिहानैदेखि चउरमा लामवद्ध थिए। बिहानको समय भए पनि चर्को घाम थियो। दीक्षान्त समारोह ढिला गरी नौ बजेमात्र शुरु भयो। एक घण्टा अघिदेखि चर्को घाममा सकिइरहेका उनीहरु अतिथिहरुको शुभकामना राम्ररी सुन्न नपाई बेहोस भए।

तीन लाइनमध्ये पहिलो लाइनका एक असई पहिले पटक ढले। बाहिर रहेको उपचारको टोली स्ट्रेचर लिएर दौडदै आयो। कमजोरीले होला भन्ने अड्कल समारोहमा रहेकाहरुले काटे। तर एकैछिनमा अर्को असई नाक ठोक्किने गरि चउरमा लडे। अभिभावक दीर्घाबाट एक महिलाको आवाज सुनियो- 'लौन लड्यो त्यो बाबु मेरै छोरा पो हो कि ! छिटो लैजाओ न ।'

उसलाई उता पुर्‍याउँदै  दोस्रो लाइनबाट अर्को असई लल्याक लुलुक भइढले। फेरि त्योसँगै तेस्रो लाइनबाट ढले। पालैसँग तालिम नयाँ अधिकृत ढल्न थालेपछि शितलमा बसेका केन्द्रका समादेशक राजेन्द्रप्रसाद श्रेष्ठको निधारमा चिटचिट पसिना आयो। 'ए आभुषण जा न जा, सबै ढल्न थाले ,'सहसमादेशक आभुषण तिमिल्सिनालाई अह्राए। उता अतिथीहरुको शुभकामना मन्तब्य जारी थियो।

तिमिल्सिना भने लाम बसेका असईहरुको नाडी छाम्दै, शरिर हल्लउदै हिँडे । कतिपय उनले छुँदै पुक्लुक्क ढले। हेर्दा हेर्दै थप ६ जना चउरमा बेहोस भए। एक वर्षको कठिन तालिमपछिको भोको पेटमा चर्को घाम सहन नसकेकाले उनीहरु बेहोस भएको अनुमान उच्च अधिकारीहरुले लगाएका छन् । तिमिल्सीना उभिरहेकाहरुलाई चलाउन,खुट्टा चलाउन र श्वास राम्रोसँग लिन भन्दैथिए। त्यही सिकाई तालिमका क्रममा चाहिँ सिकाइएको थिएन्।

भकाभक तालिमेहरु ढल्न थालेपछि दीक्षान्तको कार्यक्रम  छोट्याइयो । प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर रेग्मीले पनि त्यो दृष्यका कारण आफ्ना भाषण कम गरे। उनले राष्ट्र र नागरिकको सेवामा बफादार, उत्तरदायी र कर्तब्यनिष्ट बन्न आग्रह गरे। कार्यक्षेत्रमा खटिदा जनहितका लागि काम गर्दै प्रहरी कार्यालयमा न्यायको याचना लिएर आएकालाई सहयोग गर्न उनले निर्देशन दिए। तर कार्यक्षेत्रमा चर्को घाम, हुरीहुण्डरी, जाडो पानी आदिमा खटिनुपर्दा के गर्ने भन्ने ज्ञान भने उनले पनि दिन सकेनन्।

प्रतिक्रिया

ओली बजेटका १० विशेषता, वृद्ध भत्तादेखि पानी जहाजसम्म

ओली बजेटका १० विशेषता, वृद्ध भत्तादेखि पानी जहाजसम्म

काठमाडौं– संविधानसभाबाट घाेषणा भएकाे नयाँ संविधानपछिकाे पहिलाे सरकारले १० खर्ब ४८ अर्ब ९२ कराेड रूपैयाँकाे पहिलाे बजेट ल्याएकाे छ। केहीले बजेटकाे अाकार ठूलाे भयाे भनिरहेका छन् भने केहीले 'कनिका छराइ'...

३२ अर्ब चाहिने बुढीगण्डकीलाई ५ अर्ब ३५ कराेड

३२ अर्ब चाहिने बुढीगण्डकीलाई ५ अर्ब ३५ कराेड

काठमाडौं– सरकारले आफैँले विकास समितिमार्फत् निर्माण गर्न लागेको १२ सय मेगावाटको बुढी गण्डकी जलविद्युत् आयोजनालाई अागामी अार्थिक वर्षकाे बजेटमा ५ अर्ब ३५ कराेड रुपैयाँ बजेट छुट्याएको छ।

गणतन्त्र दिवस : चुनौतिका पाइला

गणतन्त्र दिवस : चुनौतिका पाइला

काठमाडौं- जेठ १५, २०६५ मध्यरात।'नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ बमोजिम गणतन्त्र कार्यान्वयनको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,' संविधानसभामा ज्येष्ठ जनप्रतिनिधिका रुपमा सभाध्यक्षता गरिरहेका कुलबहादुर गुरुङले जब देश...

उद्योगी केडियाको अपहरण

उद्योगी केडियाको अपहरण

वीरगन्ज- वीरगन्जको प्रतिष्ठित औद्योगिक घराना केडिया समूहका उद्योगी सुरेश केडिया बिहीबार साँझ अपहरणमा परेका छन्। अपहरणकारीको गोलीले केडियाका सवारीचालक सख्त छन्। प्रहरीका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे बारा,...

मनिषाका प्रेमी भन्छन्ः बियर खाएको थिएँ, राती ११ बजे पासो लगाएको देखेँ

मनिषाका प्रेमी भन्छन्ः बियर खाएको थिएँ, राती ११ बजे पासो लगाएको देखेँ

काठमाडौं–मनिषा घर्ती मगरको शव पोष्टमार्टमका लागि नवलपरासीबाट काठमाडौं तर्फ ल्याइदैछ। टिचिङ अस्पतालमा शवको पोष्टमार्टम हुने नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र चौधरीले जानकारी दिए।'काठमाडौंमा एक्सपर्ट बाट पोष्टमार्टम र फरेन्सिक टेस्ट गर्ने...

कोकिन तस्करीमा दाउद सञ्जाल

कोकिन तस्करीमा दाउद सञ्जाल

काठमाडौं- जाली नोट, सेतो र खैरो हेरोइनको कारोबारपछि पहिलोपटक पाकिस्तानी माफियाको संलग्नता कोकिन कारोबारमासमेत देखिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले पहिलोपटक कोकिन कारोबारमा पाकिस्तानी माफियाको प्रत्यक्ष संलग्नता पुष्टि गरेको हो। ब्युरोका...

चुरेमा फेरि विनाशलीला

चुरेमा फेरि विनाशलीला

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण प्रभाव मूल्यांकन (इआइए) व्यवस्था खारेज गरेलगत्तै चुरे क्षेत्रमा फेरि विनाशलीला सुरु भएको छ। जिल्ला विकास समितिकै अनुमतिमा चुरेका संवेदनशील क्षेत्रमा अत्यधिक परिमाणमा उत्खनन भइरहेको तथ्य...

बलात्कृतलाई निरन्तर 'पीडा'

बलात्कृतलाई निरन्तर 'पीडा'

दोलखा- मेलुङकी १४ वर्षीया किशोरी गत माघको एक साँझ गाउँकै एउटा विवाह भोजबाट घर फर्कदै थिइन्। पाँचजना केटाले उनलाई घेरा हाली कुलोछेउको गहुँबारीमा लगेर जबर्जस्ती गरे। अर्धचेत उनलाई त्यहीँ छाडेर...