17 Shrawn, 2071 |
Menu

लाखौं राहदानी एकैपटक अवैध हुने

  • मङ्गलबार १८ असार, २०७०
  • सुरेन्द्र पौडेल
  • DISQUS_COMMENTS
(0 votes)
लाखौं राहदानी एकैपटक अवैध हुने
काठमाडौ - पर्याप्त राहदानी जारी गर्न नसक्ने परराष्ट्र मन्त्रालयको अवस्थाका कारण डेढ वर्षभित्र एकैपटक लाखौं नेपालीको राहदानी अवैध हुने भएको छ। विदेशमा रहेका नेपालीहरू राहदानीकै कारण अवैध हुनेछन् भने नेपालीहरू विदेश जान नपाउने स्थिति आउनेछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधान अनुसार २०१५ नोभेम्बर २४ पछि पुरानो हस्तलिखित राहदानी संसारभर अवैध हुनेछ। त्यसबेलासम्म विदेशमा बस्ने नेपालीले हस्तलिखित राहदानी फेर्न सकेनन् भने उनीहरूसँग स्वदेश फर्कनु वा विदेशमै अवैध बसोबास गर्नुको विकल्प हुँदैन। देशभित्र पनि राहदानी लिन महिनौं कुर्नुपर्ने हुनेछ।
अहिले राहदानी विभागले मुस्किलले प्रतिमहिना करिब ५२ हजार राहदानी वितरण गर्दै आएको छ। एमआरपी जारी भएयता अढाइ वर्षमा विभागले करिब १० लाख राहदानी मात्रै जारी गर्न सकेको छ। तर २०१५ मे महिनामा दैनिक मागसहित त्यसबेला काम नलाग्ने हुने थप करिब २५ लाख हस्तलिखित राहदानीलाई एमआरपीमा बदल्नुपर्ने हुन्छ। 
६ महिना समय बाँकी छँदै नयाँ भिसा लिनुपर्ने भएकाले मे देखिनै त्यस्ता राहदानी म्याद सकिए बराबर हुनेछन्। थप राहदानीको तयारी गर्न नै करिब ६ महिना लाग्ने भएकाले सरकारले अहिल्यै काम थाले पनि त्यसपछिको १७ महिनामा राहदानी विभागले कम्तिमा ३२ लाख राहदानी वितरण गर्नुपर्नेछ। अहिले औसत ३३ हजार ३ सय राहदानी बाँड्दै आएको विभागले मासिक एक लाख ७६ हजार राहदानी वितरण गर्नुपर्ने अवस्था छ।
विभागमा रहेको जनशक्तिले पूर्ण क्षमतामा काम गरे १७ महिनामा बढीमा १५ लाख ३० हजार राहदानी जारी गर्न सक्नेछ। राहदानी विभाग यसबारे जानकार छ। अहिलेको तयारीले कुनै पनि हालतमा महिनाको करिब २ लाख राहदानी बनाउन नसक्ने स्वीकार गर्छन् विभागका महानिर्देशक रमेश खनाल। 
'एकैपटक माग भए अहिलेकै अवस्थामा जारी गर्न सम्भव छैन,' खनालले भने, 'छिट्टै ठूलो तयारी गरी कार्यान्वयनमा नल्याए राहदानी वितरणमा भयावह स्थिति आउँछ।' 
वैदेशिक रोजगारमा गएका अधिकांशलाई उनीहरूको हस्तलिखित राहदानी सन् २०१५ नोभेम्बर २४ बाट काम नलाग्ने हुन्छ भन्ने पत्तो छैन। सरकारले हस्तलिखित राहदानी विस्थापित गर्न कुनै प्रयास नगरेकाले उनीहरूसम्म यो सूचना नपुगेको हो। 'नेपालभित्र त राहदानी वितरण गर्न सकिएला तर विदेशमा भएकालाई दिन गाह्रो छ,' महानिर्देशक खनालले भने, 'विदेशमा रहेकालाई आइकाओको नियमबारे केही थाहा छैन। विशेष अभियान चलाएर हस्तलिखित राहदानी विस्थापित नगरे धेरै नेपाली अवैध बन्नेछन्।' 
हाल विभागमा एक सहसचिव, तीन उपसचिव, १६ अधिकृत, २० नासु, २८ कम्प्युटर अपरेटर, ५ कार्यालय सहयोगी, ४ सवारी चालक र ८ सुरक्षा सहयोगीको दरबन्दी छ। यो जनशक्तिले बढीमा दैनिक तीन हजारभन्दा बढी राहदानी जारी गर्न नसक्ने विभाग जनाउँछ। जबकि नयाँ राहदानीको माग धान्ने र हस्तलिखित राहदानी विस्थापित गर्ने हो भने दैनिक कम्तीमा ६ हजार जारी गर्नुपर्ने हुन्छ। 
फ्रान्सेली कम्पनी ओबर्थरसँगको सम्झौता अनुसार दैनिक चार हजार राहदानी जारी गर्नुपर्थ्यो। उक्त कम्पनीसँग सन् २०१५ नोभेम्बर २४ सम्ममा ४० लाख एमआरपी छपाई सक्नुपर्नेछ। साढे दुई वर्षको अवधिमा विभागले १० लाख एमआरपी जारी गरिसकेको छ। अब विभागसँग मात्र ३० लाख खाली एमआरपी छन्। सम्झौता गरेको मितिसम्म बाँकी ३० लाख एमआरपी जारी नगरे छपाईका लागि नयाँ टेन्डर प्रक्रिया थाल्नु पर्ने हुन्छ।
सम्भावित संकटलाई बेलैमा सम्बोधन गर्न विभागले एउटा प्रस्ताव परराष्ट्रमार्फत अर्थ मन्त्रालयमा पठाएको थियो। प्रस्ताव पठाएको एक वर्ष बित्न लाग्यो, सुनुवाइ कतैबाट भएको छैन। 
विभागले छिटोछरितो राहदानी वितरण गर्न देशभित्र ३५ ठाउँमा र विदेशमा रहेका नेपाली नियोगमा 'लाइभ इनरोलमेन्ट सेन्टर' राख्ने योजना प्रस्ताव गरेको थियो। यसका लागि अर्थ मन्त्रालयसँग एक अर्ब रुपैयाँ माग गरिएको थियो। सेन्टर सञ्चालनमा आए सेवाप्रदायकले यस्ता सेन्टरबाट प्रत्यक्ष अनलाइन फारम भर्न सक्ने थिए। 
'अब विदेशमा जहाँ–जहाँ नेपालीको ठूलो संख्या छ, त्यहाँ–त्यहाँ निश्चित समयका लागि विशेष टोली खटाई हस्तलिखित राहदानी विस्तापित गर्नुको विकल्प छैन,' महानिर्देशक खनालले भने, 'खाडी राष्ट्र, युरोप, अमेरिका, मलेसियालगायत ठाउँमा यस्तो विशेष अभियान चलाउनु पर्छ। अन्यथा संकट टार्न सकिँदैन।'
आवरणकथा, आसमा अडेको जिन्दगी

आवरणकथा, आसमा अडेको जिन्दगी

काठमाडौं– रोल्पा घर बताउने रामबहादुर बुढाको देब्रे हात चल्दैन। केही वर्षअघि अचानक हातले काम गर्न छाडेपछि उनी उपचार गराउन काठमाडौं छिरे। थुप्रै अस्पताल धाए। उपचार गराउन पैसा थिएन। न नगद,...

मोदीका लागि 'एड्भान्स टिम'सहित बुलेटप्रुफ गाडी

मोदीका लागि 'एड्भान्स टिम'सहित बुलेटप्रुफ गाडी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुईदिने नेपाल भ्रमण क्रममा ६ तहको सुरक्षा दिइने भएको छ। पहिलो घेरामा भारतबाटै आउने मोदीका व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) सँगै नेपाली सेना र नेपाल प्रहरीका...

आत्महत्या प्रभाव : बाँच्‍नेलाई कलंकको टीका

आत्महत्या प्रभाव : बाँच्‍नेलाई कलंकको टीका

इलाम- छोरीको बाहिरी रूप र भित्री ज्ञान (पढाइ) दुवै अब्बल। अनुशासन र अभिभावकप्रति आदर, सद्भाव राख्ने स्वभाव। 'पढेर केही गर्ने' हिम्मत बोकेकी छोरीको चाहना पूरा गर्न परिवारले कुनै कन्जुस्याईं गरेको...

मधेसका विस्थापित धमाधम थातथलो

मधेसका विस्थापित धमाधम थातथलो

सिरहा-सात वर्षअघि (भदौ २४, ०६४) तुलसी सत्यभामा डोटेल उमावि, विष्णुपुरकट्टीका प्रधानाध्यापक अरुण श्रेष्ठको सशस्त्र समूहका आपराधिक कार्यकर्ताले हत्या गरे। बाबुको जीवनहरणबाट विक्षिप्त छोरा अशोकसँग पनि मोटो रकम माग्दै आपराधिक संगठनले...

वीरमा फेरि झमेला

वीरमा फेरि झमेला

काठमाडौं- देशभरबाट रेफर भएर आउने बिरामीको घुइँचो लाग्ने वीर अस्पतालमा सोमबार साबिकझैं भीडभाड थिएन। अरू दिन प्रशस्त डाक्टर हुने ओपिडीमा केही वरिष्ठ चिकित्सक मात्र थिए। शल्यक्रियाका लागि महिनौंअघि पालो लिएका...

अञ्जानमा बम घर ल्याउँदा

अञ्जानमा बम घर ल्याउँदा

सिरहा-घाँस काट्न गएकी गोविन्दपुर–७ की ललिता महतोले कहिल्यै नदेखेको 'नौलो' चिज फेला पारिन्। के होला भन्ने उत्सुकतासाथ बोकेर घर ल्याइन्। पतिलाई देखाइन्। छिमेकका अरू पनि जम्मा भए।

सन्धि–सम्झौता विवादमा अध्ययन दल

सन्धि–सम्झौता विवादमा अध्ययन दल

काठमाडौं-नेपाल र भारत सन् १९५० को ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि' संशोधन गर्न सहमत भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुवै देश सन् १९५० को...

काठमाडौं सारिए बिपीका सरजाम

काठमाडौं सारिए बिपीका सरजाम

विराटनगर-विराटनगरको दुईतले कोइराला निवासको तल्लो तलामा एउटा कोठा यस्तो छ, जहाँ पुराना सामान धुलो जमेर बसेको छ। कति किताब छन्, कीराले पत्रपत्र खाइसकेका। कति पुराना बाकस छन्, ठाउँठाउँमा धमिरा लाग्दै...