Monday 12 Shrawn, 2071 |
Menu

६८ गोली हानिएको ध्रुवे अझै भेटिएन

(0 votes)
६८ गोली हानिएको ध्रुवे अझै भेटिएन
काठमाडौं - १५ मानिस मारेको धुव्रे हात्ती नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले एकैपटक ६८ वटा गोली प्रहार गरेको खुलेको छ। स्थानीय प्रशासनको आदेशपछि सेनाले दोस्रो फायरका क्रममा गोली हानेका थिए। 

६ महिनाअघिको यो कारबाहीपछि ध्रुवे हात्ती कतै देखिएको छैन। मृत शरीर पनि भेटिएको छैन। 'एकैपटक ६८ गोली प्रहार हानिएको थियो, तर पनि त्यो ढलेन,' स्रोतले भन्यो, 'मार्नेभन्दा पनि क्षति पुर्‍याउने उद्देश्यले हानिएकाले कति गोली उछिट्टिए।' हिस्रंक वन्यजन्तुलाई गरिएको यो सबैभन्दा ठूलो कारबाही हो।
निकुञ्जका सुरक्षाकर्मीले भिम्लेपोस्टनजिकै ०६९ पुस १२ गते बेलुकी ५ः३३ मा ती गोली हानेका थिए। फायर गर्नुअघि १२ गते बिहान उक्त क्षेत्रमा सेना र 'डार्ट' गर्ने अर्को टोलीले दुई ठाँउमा एम्बुस थापेको थियो। राप्ती र रिउ खोलाको दोभान र भिम्लेपोस्टनजिकै एम्बुस बनाइएको थियो। तत्कालीन प्रमुख जिल्ला अधिकारी  हिमनाथ दवाडीले ०६९ पुस ४ गते ध्रुवेलाई मार्ने आदेश दिएका थिए।
'त्यो मर्‍यो कि जिउँदै छ केही भन्न सक्दैनौं,' निकुञ्जका तत्कालीन वार्डेल तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता महेश्वर ढकालले भने, 'दोस्रो फायर गरेको हो। तर यति नै गोली भनेर भन्न सक्दैनौं।' धु्रवेलाई २०–२२ वटा गोली लागेको उनको अनुमान छ।
उनका अनुमानमा धुव्रे हात्ती गोली लागेेपछि थला परेको वा चौतर्फी आक्रमण भएपछि 'बचेर बस्नुपर्छ' भनेर सुधि्रएको हुनुपर्छ। 'गोलीले विस्तारै शरीरका अंगहरूलाई निस्त्रि्कय पारेको हुनुपर्छ,' उनी भन्छन्, 'आन्द्राहरू कुहिएर कतै खाल्डोमा थला परेको हुनसक्छ।' ध्रुवे गोली लागेको भोलिपल्टदेखि देखिएको छैन।
प्रतिशोध भावनाले ग्रसित ध्रुवेले बानीबेहोरामा एकाएक परिवर्तन ल्यायो भन्ने अनुमानमा अन्य विज्ञ भने सहमत छैनन्। 'लखेटिएको र घाइते भएको हात्तीमा जहिले पनि बदलाको भावना हुन्छ, ऊ रिसाहा हुन्छ,' हात्ती अनुसन्धानकर्ता बाबुराम यादव भन्छन्, 'त्यो हिँड्न नसक्ने गरी घाइते भएकाले फेरि बाहिर नआएको हुनसक्छ। बानीबेहोरा परिवर्तन भएर होइन।'
उनका अनुसार यस्ता हात्तीको कुनै पनि अंग काट्नु हँुदैन। त्यसले झन् बढी दुःख दिन्छ। ध्रवेलाई मंसिर ६ गते जाइलाजिन र एम–९९ औषधी प्रयोग गरेर तीनपटक 'डार्ट' गरी बेहास बनाइएको थियो। त्यही दिन हात्तीका दुइटै दाह्रा काटेर र त्यसको विचरण पत्ता लगाउन घाँटीमा जिपिएस प्रविधिसहितको 'रेडियोकलर' लगाइएको थियो।
तत्कालीन प्रजिअ दवाडीले आदेश दिएकै दिन सुरक्षार्थ तैनाथ सेनाले पुस ४ साँझ ५ः४५ बजे पनि पहिलोपटक गोली हानेको थियो। बेलुका टाइगर टप्स क्षेत्रमै पोथी हात्ती पवनकलीलाई बोलाउन लगाएर सेनाको रेन्जभित्र ल्याएर फायर गर्दा हात्ती भागेको थियो। यो प्रयास असफल भएपछि सेनाका स्थानीय र काठमाडौंबाट गएका अधिकारीबीच छलफल भएको स्रोत बताउँछ। त्यही छलफलपछि दोस्रो फायर भएको थियो।
'ध्रुवे ३५ वर्षको मस्त हात्ती हो। त्यो पोथी हात्ती खोज्दै निकुञ्जभित्रका रिसोर्टमा आउँथ्यो। त्यहाँ त्यसले आफ्नो इच्छा पनि पूरा गर्थ्यो। त्यति समस्या थिएन,' ध्रुवेलाई नियन्त्रण गर्न काजमा पठाइएका दोस्रा तत्कालीन वार्डेन फणिन्द्र खरेलले भने, '०६७ साउन १ गतेदेखि रिसोर्ट बाहिर सारिएपछि उसले आफ्नो इच्छा पूरा गर्न पाएन।' उनका अनुसार निकुञ्जभित्रका ७ रिसोर्टमा झन्डै ६० वटा पोथी हात्ती थिए। अहिले ती सबै निकुञ्ज यत्रतत्र छरिएका छन्। ती जंगली भाले हात्तीको पहुँचभन्दा बाहिर छन्।
खरेलका अनुसार हात्ती मस्त भएका बेला आफ्नो शरीरबाट एक किसिमको हर्मोन निकाल्छ। तेलीय हर्मोन कन्चटबाट तल झर्न थालेपछि त्यो हात्ती होशमा छैन भन्ने बु‰नुपर्छ। हर्मोन नष्ट गर्न हात्तीलाई पानीमा डुबाएर घाममा सुकाउनुपर्छ। त्यो पनि भएन भने एन्टिहर्मोन रसायन प्रयोग गर्नुपर्छ। 'अघिल्ला उपाय ध्रुवेको हकमा प्रयोग गर्न सकिएन, पछिल्लो प्रविधि नेपालमा छैन,' उनले भने, 'त्यसैले समस्या ठूलो भो।'
निकुञ्जका वार्डेन कमलजंग कुँवर शव नेभेटिएसम्म धु्रवे हात्तीलाई मृत घोषणा गर्न नमिल्ने बताउँछन्। ध्रुवेको घाँटीमा लगाइएको 'रेडियोकलर' भने पुस २४ गते निकुञ्जको पूर्वदक्षिणमा पर्ने निर्मलवस्तीमा भेटिएको थियो।  
ध्रुवेले पन्ध्र जनालाई मारिसकेको छ। सबभन्दा बढी ०६९ सालमा १० जना मार्‍यो। ०६६ मा १, ०६७ मा ३ र ०६८ मा १ मारेको थियो। यीमध्ये ६ जना माडीमा, ४ जना बाराको सपही र कोवीमा, २ जना मेघौलीमा, १ जना कसरा र दुईलाई भारतमा मारेको थियो। यसमाथि ५० भन्दा बढी घरमा क्षति पुर्‍याएको र टाइगर टप्स होटेलको 'शमशेरगन्ज' नामक हात्ती मारेको अभियोग पनि छ।
ध्रुवेजस्तै वनजंगलबाहिर गएर मानवीय क्षति पुर्‍याउने अरु जंगली हात्ती निकुञ्ज र आसपास क्षेत्रमा देखिँदैनन्। नाना पाटेकर, गोविन्देजस्ता जंगली हात्तीले बेलाबेला दुःख दिएर क्षति पुर्‍याइरहेका छन्। केही वर्षअघि रोमियो नामको हात्ती चर्चामा थियो। खोरसोरमा घरपालुवा पोथी हात्तीमा पल्केको रोमियो ०६४ हिउँदमा विद्युतीय तारबारको करेन्ट लागेर मरेको थियो।
नेपालमा अहिलेसम्म जंगली हात्तीको गणना भएको छैन। विज्ञहरू १४१ देखि १७१ को बीचमा रहेको अनुमान गर्छन्। 'मेचीदेखि महाकालीसम्म जंगली हात्तीले धेरै क्षति गरिरहेको छ। तर हामीले अहिलेसम्म यसको गणना गरेका छैनौं,' अनुसन्धानकर्ता यादवले भने।   
...............


लगातार तीन वार्डेन
विभागका प्रवक्ता ढकालका अनुसार मानविय र भौतिक क्षति बढन थालेपछि ध्रुवे प्रभावित जनसमुदायले तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईलाई हात्ती नियन्त्रणका लागि व्यापक दवाव दिएका थिए। ०६९ भदौदेखि ध्रुवेेले माडी क्षेत्रका वस्तीमा पसेर धनजनको क्षति गर्न थालेपछि सरकारलाई दवाव बढ्दै गएकेा थियो। त्यतिबेला चितवन निकुञ्जमा झमकबहादुर कार्की वार्डेन थिए। उनी तालिमका सिलसिलामा काठमाडौ आए। त्यतिबेलै ध्रुवेले मान्छे मार्‍र्यो। उनी फर्किए।
तर दोस्रो पटक पनि त्यस्तै भयो। त्यतिबेला प्रभावित समुदायले निकुञ्ज प्रशासन तोडफोड र आगजनी गर्ने अवस्था आयो। कार्की समयमै निकुञ्ज उपस्थित हुन सकेनन। उनलाई काठमाडौमा संचालित तालिममा भागलिन विभागले नै लिखित अनुमति दिएको थियो। पुस १० गते उनी काजमा विभाग तानिए।
तत्काल उनको ठाँउमा वन मन्त्रालयले विभागमा कार्यरत महेश्वर ढकाललाई तीन महिने काजमा चितवन पठायो। 'तिम्रो लागि यो राम्रो अवसर हो, जाउँ ध्रुवेलाई नियन्त्रण गर', ढकालले तत्कालिन वन सचिव कृष्णचन्द्र पौडेलले आफुर्ला दिएकेा निर्देशन उदि्रत गर्दै भने। उनी चितवनमा ९ दिन मात्र बसे र ध्रुवे माथि दोस्रो फायर (पुस १२ गते) उनीकै कार्यअवधिमा भएको थियो। त्यो फायर पछि उनी एकाएक विभागमा फिर्ता बोलाईए।
'ढकाललाई पठाएपछि विभागका धेरै काम रोकिए। लथालिङ्ग भएपछि बोलाएको हुँ', विभागका महानिर्देशक मेघबहादुर पाण्डेले भने, 'ध्रुवे कुनै समस्या नै थिएन, तर माथिल्लो निकायले यसलाई ठूलो मुद्दा बनायो।' ढकाललाई फिर्ता बोलाएपछि फणिन्द्र खरेललाई काजमा पठाइयो, उनलाई त्यही सरुवा गर्ने आश्वासन दिएर पठाइएको थियो। उनी पुग्दा ध्रुवेको आतंक लगभग मन्थर भइसकेको थियो।
तत्कालिन सचिव पौडेल र महानिर्देशक पाण्डेबीचको द्धन्दले गर्दा खरेल चैत २६ सम्म मात्र चितवन बस्न पाए। तत्कालिन वार्डेन कार्कीलाई पुनः चितवन फिर्ता पठाइयो। तर उनी गएनन र राजीनामा दिए।
त्यसपछि वन मन्त्रालयमा कार्यरत कमल जंग कुँवरलाई चितवन सरुवा गरियो। 'ध्रुवेको आतंक मच्चिरहँदा वन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको दवाव सही नसक्नु थियो', मन्त्रालय स्रोतले भन्यो, 'त्यही दवावले गर्दा वार्डेनको लगालग सरुवा भयो।' ध्रुवे नियन्त्रणका लागि कार्की र ढकालको कार्य अवधिमा करिब १६ लाख रुपैया खर्च भएको थियो।
अञ्जानमा बम घर ल्याउँदा

अञ्जानमा बम घर ल्याउँदा

सिरहा-घाँस काट्न गएकी गोविन्दपुर–७ की ललिता महतोले कहिल्यै नदेखेको 'नौलो' चिज फेला पारिन्। के होला भन्ने उत्सुकतासाथ बोकेर घर ल्याइन्। पतिलाई देखाइन्। छिमेकका अरू पनि जम्मा भए।

सन्धि–सम्झौता विवादमा अध्ययन दल

सन्धि–सम्झौता विवादमा अध्ययन दल

काठमाडौं-नेपाल र भारत सन् १९५० को ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि' संशोधन गर्न सहमत भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुवै देश सन् १९५० को...

काठमाडौं सारिए बिपीका सरजाम

काठमाडौं सारिए बिपीका सरजाम

विराटनगर-विराटनगरको दुईतले कोइराला निवासको तल्लो तलामा एउटा कोठा यस्तो छ, जहाँ पुराना सामान धुलो जमेर बसेको छ। कति किताब छन्, कीराले पत्रपत्र खाइसकेका। कति पुराना बाकस छन्, ठाउँठाउँमा धमिरा लाग्दै...

रातभर 'बुद्धचित्त' को बोटमुनि

रातभर 'बुद्धचित्त' को बोटमुनि

बनेपा- बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) को खेती गर्ने किसान प्रहरी र लुटेराको दोहोरो मारमा परेका छन्। प्रतिमाला ५ हजारदेखि ५ लाखसम्म बिक्री हुने बोधिचित्त जोगाउन उनीहरू रातभरि बोटमुनि नै सुत्ने गरेका...

यस्ता छन् पुरस्कार विजेता फोटोहरु

यस्ता छन् पुरस्कार विजेता फोटोहरु

काठमाडौं– फोटो पत्रकार क्लबले वर्सेनि गर्ने फोटो प्रतियोगितामा यस वर्ष फोटो अफ द इयरको अवार्ड नागरिककर्मी विजय गजमेरले जितेका छन्। विभिन्न सात विधामा प्रथम, द्वितीय र तृतीय गरी तीन तीन...

खुम्बुका सरकार!

खुम्बुका सरकार!

सोलुखुम्बु-बिनास्वार्थ, एकोहोरो काम गरिरहे के हुँदैन?सोलुखुम्बु, काँकुका पासाङ शेर्पाको मिहिनेत र समर्पणपूर्ण जीवनसँग यसको सहज उत्तर छ– जे पनि सम्भव छ। हुन पनि, सिंगो जीवन बाटो निर्माणमा समर्पित गरेका उनी...

खुलमखुला प्रतिबन्धित विषादी

खुलमखुला प्रतिबन्धित विषादी

काठमाडौं- सरकारले १५ थरी घातक विषादी प्रयोगमा प्रतिबन्ध लगाए पनि खुला सीमाको फाइदा उठाउँदै एग्रोभेटहरूले भारतबाट तिनै विषादी भित्र्याएर किसानलाई बेचिरहेका छन्। जनस्वास्थ्यमा गम्भीर असर पार्ने क्लोरडेन, डाइलड्रिन, अलड्रिन, मिरेक्स,...

'विषादी हाले कीरा मर्छ, नहाले किसान'

'विषादी हाले कीरा मर्छ, नहाले किसान'

काभ्रे- पाँचखाल–३ का द्वारिका श्रेष्ठ तरकारी खेती गर्नकै लागि दस वर्षअघि यहाँ आएका हुन्। यही पेसाबाट थोरबहुत प्रगति पनि गरे। केही समययता आएर भने कीरा र रोगको प्रकोपले उनलाई आफ्नो...