Wednesday 7 Shrawn, 2071 |
Menu

स्वतन्त्रताका महानायक मृत्यु शैय्यामा

  • १५ असार, २०७०
  • स्वरूप आचार्य
  • DISQUS_COMMENTS
(0 votes)
स्वतन्त्रताका महानायक मृत्यु शैय्यामा
संसारमा असम्भव केही छैन– स्वतन्त्रता र जनअधिकारका विश्वनायक नेल्सन मन्डेला स्वयंको जीवनले सिद्ध गरेको यो विचारबाट अहिले विश्व जग्मगाइरहेको छ। अहिले उनी दक्षिण अफ्रिकाको राजधानी जोहनासबर्गबाट केही दक्षिण कुनुगाउँको एउटा कुनोमा भेन्टिलेटरबाट जीवनका अन्तिम–अन्तिम सास लिइरहेका छन्।

मन्डेलाको स्वास्थ्यलाभ र चिरायुको कामना गर्दै सिंगो विश्व उनको विचारमा एकाकार हुन खोजिरहेको छ। जुलाई १८ मा उनले ९५ वर्ष टेक्नु छ, नियतिको खेल, मन्डेलाको कहिल्यै अवशान नहोस् भन्ने उत्कट चाहना राख्नेहरु नै अहिले कुनुनजिकैको एक सुन्दर पहाडमा उनको समाधिस्थल खोप्न विवश छन्। ९५ औं जन्मोत्सव आँसुमा डुब्ने त्रास सबैमा छ।
केही दिनयता नेल्सन मन्डेलाको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक छ। विश्वभरका मानिस उनको यथाशीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। कहिले उनलाई 'लाइफ सपोर्ट सिस्टम' (भेन्टिलेटर) मा राखिएको कुरा बाहिर आउँछ त कहिले उनको स्वस्थ्य स्थितिमा सुधार आएको, उनीबारेका खबर पनि भयले धर्मराइरहेको भान हुन्छ। भ्रामक समाचारबाट उनको परिवार झन् आहत छ। छोरी मकाजिवीले मिडियालाई 'गिद्द' भनेकी छन्।
मन्डेलाकी भाउजू नोथेम्बा हरेक बिहीबार अन्य महिलासाथ प्रार्थना गर्न नजिकैको चर्च जान्छिन्। मन्डेलाको पारिवारिक नाम लिँदै उनी भन्छिन्, 'हामी माडिबालाई भगवानसँग जोड्न चाहन्छौं। हामीलाई विश्वास छ, यसो गर्दा भगवानले उनलाई चाँडै निको पार्नेछन्।'
बाराक ओबामा सन् २००५ मा जब अमेरिकाको सिनेटर निर्वाचित भए, मन्डेलाको कार्यक्रममा सहभागी हुन जान लागेका सहयोगीले उनलाई मन्डेलाका लागि सन्देश लेख्न सुझाए। आफ्ना आदर्श नेतालाई सन्देश पठाउने अवसर पाएकोमा रोमान्चित हुँदै उनी लेख्न त बसे, तर लामो समय सिध्याउन सकेनन्। स्टुडियोको ब्याकरुम छिरेर हेरिरहेका प्रवक्ता रोबर्ट गिब्सलाई ओबामाले कलम उचाल्दै भने, 'म मन्डेलालाई सन्देश लेख्दैछु, त्यसैले थप केही समय चाहिन्छ।'
सन् २००५ मा ओबामा र मन्डेलाको पहिलो भेट भयो। ओबामा अमेरिकी राष्ट्रपति भएपछि पनि मन्डेलासँग भेट्न निकै उत्सुक थिए। शुक्रबारबाट उनको दक्षिण अफ्रिका भ्रमण सुरु भएको छ। पत्नी मिसेलले शुक्रबारै मन्डेलालाई भेटिसकिन्, ओबामा कुनु जानेछन्/छैनन्, यसै भनिएको छैन।
मन्डेलाको स्वास्थ्य स्थितिबाट भने उनी निकै दुःखी छन्। ओबामा र मन्डेला दुवै आफ्नो पुस्ताका काला जातिका पहिलो राष्ट्रपति हुन्। दुवै देशमा गहिरो रंगभेद थियो।
ओबामाझैँ संसारका धेरै नेता मन्डेलाको व्यक्तित्वबाट प्रभावित छन्। उनले दक्षिण अफ्रिकामा रंगभेद अन्त्यका लागि गरेको राजनीतिक संघर्ष सबैका लागि प्रेरणा बनेको छ। उनले संघर्षका क्रममा २७ वर्ष जेलजीवन बिताए, कहिल्यै सिद्धान्तसँग सम्झौता गरेनन्। सबैभन्दा बढी जेल बसेका नेता मन्डेलालाई दक्षिण अफ्रिकाभर शान्ति स्थापनाको श्रेय दिइन्छ। रंगभेदका लागि अफ्रिकी कंग्रेसमा हतियारसहितको दस्ता पनि उनैले खडा गरेका थिए।
उनले प्रजातन्त्र र रंगभेदविरुद्ध गरेको संघर्षलाई संसारभर सराहना गरिन्छ। संघर्ष र सिद्धान्तप्रतिको निष्ठाका कारण उनी केवल व्यक्ति नभएर विचारका रुपमा स्थापित छन्।

मन्डेलाको जीवन
रोल्हिलाला मन्डेलाको जन्म सन् १९१८, १८ जुलाईका दिन दक्षिण अफ्रिकाको मेभेज्जोको तार्नस्कि भन्ने ठाउँमा भएको हो। उनका पिता नकोस्की मन्डेला उतिबेलाका थेम्बु समुदायका राजा जोन्गिन्तबा डालिनडाइबुका काउन्सुलर थिए। उनका पिता आफ्नो समुदायको नेता हुने पक्का थियो। तर, त्यहाँको स्थानीय म्याजिस्ट्रेटसँगको मनमुटावपछि उनले सबै पद र प्रतिष्ठा गुमाउनुपर्‍यो। लगत्तै मन्डेला परिवार कुनु बसाइँ सर्‍यो। सानो गाउँ कुनु पुग्ने बाटोसमेत थिएन।
मन्डेलाको जीवन गाउँका सामान्य गरिब परिवारको भन्दा भिन्न थिएन। पिताका एक साथीको सुझावमा स्थानीय चर्चमा उनलाई क्रिस्चियन बनाइयो। मन्डेला आफ्नो परिवारका स्कुल जाने पहिलो बच्चा थिए। त्यतिबेला रंगभेद र ब्रिटिस राजका कारण काला जातिका मान्छेले पढ्नु त्यति सहज थिएन। स्कुलका शिक्षकले उनको पहिलो नाम परिवर्तन गरेर 'नेल्सन' राखिदिएका थिए।
मन्डेला नौ वर्ष हुँदा बाबुको फोक्सो रोगले निधन भयो। त्यसपछि उनको जीवनमा नसोचेको परिवर्तन आयो। उनलाई थेम्बुका राजा जोन्गिन्तबाले धर्मपुत्र बनाए। उनी राजा बन्नुमा मन्डेलाका बाबुको ठूलो योगदान थियो। मन्डेलाको जीवन अब कुनुको सानो गाउँबाट थेम्बुको राजधानी म्याख्खिक्विजिनीस्थित दरबारमा सर्‍यो। मन्डेलालाई राजाले उनका अन्य सन्तानझैँ समान अवसर र स्थान दिए। उनको जीवन सहज हुन थाल्यो र पढाइ सुचारु।
जुन दिन उनी राजदरबार प्रवेश गरे, उनलाई थेम्बुको ठूलो अधिकृत बन्न योग्य बनाउने हिसाबले विशेष रेखदेख गर्न थालियो। उनी वेस्लिन मिसन स्कुल, क्लार्कबुरी बोर्डिङ इन्स्टिट्युट हुँदै वेस्लिन कलेज पुगे। विद्यार्थी जीवनमा उनको रुचि बक्सिङ र एथ्लेटिक्समा पनि थियो। स्कुलमा धेरैले गाउँले बच्चा भनेर हेप्थे, तर, उनी छिट्टै घुलमिल हुने स्वभावका थिए।
सन् १९३९ मा उनी फोर्ट हेयर विश्वविद्यालय भर्ना भए। त्यसबेला फोर्ट हेयरलाई अफ्रिकाको अक्सफोर्ड वा हार्वड विश्वविद्यालयसँग तुलना गरिन्थ्यो। उनी त्यहाँ कानुन अध्ययन गर्न थाले। सरकारी कार्यालयमा अनुवादक वा कारिन्दा बन्ने उनको इच्छा थियो। त्यसबेला काला जातिका मान्छेले पाउने सबैभन्दा ठूलो अवसर नै त्यही थियो। फोर्ट हेयरको दोस्रो वर्षमा उनी त्यहाँको विद्यार्थी प्रतिनिधि परिषद नेतामा निर्वाचित भए। तर, अधिकांश विद्यार्थीले उक्त निर्वाचन बहिस्कार गरेका थिए। निर्वाचित भए पनि अन्य विद्यार्थीको दबाबमा उनले राजीनामा दिए। त्यस कदमले विश्वविद्यालय प्रशासन उनीसँग रुष्ट भयो र एक वर्ष निलम्बन गरिदियो। त्यो खबरले राजा पनि उनीसँगै रिसाए।
मन्डेला ऐनमौकामा घर फर्किए। जोन्गिन्तबाले उनको बिहे छिनिदिए। बिहे गर्ने मन नभएकाले उनी त्यहाँबाट भागे र जोहानसबर्ग छिरे। मन्डेलाले त्यहाँ गार्डदेखि कारिन्दासम्मको काम गरे र सँगै स्नातक सके। स्नातकोत्तर पढ्न उनी विटवाटरस्य्रान्ड विश्वविद्यालय भर्ना भए।
सँगसँगै उनी सन् १९४२ मा अफ्रिकी राष्ट्रिय कांग्रेसको सदस्य बनेर रंगभेदी आन्दोलनमा सहभागी हुन थाले। कांग्रेसभित्रकै केही युवा मिलेर अफ्रिकी राष्ट्रिय कांग्रेस युवा संगठनको पनि गठन गरे। उनीहरूको पहिलो उद्देश्य भनेको कांग्रेसको व्यापक संगठन विस्तार गर्नु थियो। संगठन विस्तारसँगै गरिब र पिछडिएकाको साथ पाइन्छ भन्ने उनीहरूको विश्वास थियो। सुरुमा कांग्रेसको शान्तिपूर्ण आन्दोलनकै समर्थन गरे उनीहरूले। तर, सन् १९४९ मा उनीहरूले अन्य प्रकारको सरकारविरोधी आन्दोलन पनि गर्न थाले। त्यसअन्तर्गत उनीहरूले अवज्ञा, बन्द र सरकारलाई असहयोग गर्ने आन्दोलनको पनि सुरु गर्न थाले। उनीहरूको मुख्य माग थियो– काला जातिलाई पनि पूर्ण नागरिकता, भूमि पुनर्वितरण, टे्रड युनियनको अधिकार र सबैका लागि निशुल्क शिक्षा।
मन्डेलाले लगातार २० वर्ष दक्षिण अप्रिकी सरकारविरुद्ध रंगभेदविरोधी शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरे। सन् १९५६ मा उनीसहित १ सय ५० अभियन्ता पक्राउ परे। लगत्तै कांग्रेसको अर्को खेमाको पनि उत्पत्ति भयो जसको शान्तिपूर्ण आन्दोलनप्रति कुनै विश्वास थिएन। कांग्रेस कमजोर हुँदै जान थालेपछि मन्डेलाले पनि सशस्त्र आन्दोलन नै गर्नुपर्ने ठाने र सरकारविरुद्ध सन् १९६१ मा गुरिल्ला युद्ध सुरु गरे। तीनदिने मजदुर हडताल भयो उनकै नेतृत्वमा। उनी त्यहीँ पक्राउ परे र पाँच वर्ष कैदसजाय सुनाइयो। उनीलगायत १० जनालाई राज्यविरुद्ध अपराधमा आजीवन कारावास पठाइयो।
मन्डेलालाई दक्षिण अफ्रिकाको रोब्बेन टापुस्थित जेलमा राखिएको थियो। उनले त्यहाँ धेरै कष्ट झेल्नुपर्‍यो। त्यहीँ उनमा क्षयरोगले भेट्यो। २७ वर्षे लामो जेलजीवनमा उनले १८ वर्ष त्यही जेलमा बिताएका थिए।
सन् १९८१ मा ब्रिटिस सरकारको गुप्तचर विभागले मन्डेलालाई सरकारले विभिन्न बहानामा मार्न खोजेको कुरा बाहिर आएपछि एकाएक अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान उनीतर्फ आकर्षित भयो। उनले त्यसको भरपुर फाइदा उठाए र दक्षिण अफ्रिकी सरकारलाई दबाब दिने काम गरिरहे। उनलाई जति नै यातना दिए पनि उनले कहिल्यै कुनै कुरामा पनि सम्झौता गरेनन्। तत्कालीन राष्ट्रपति पी. डब्लु बोथाले मन्डेलासँग वार्ता गर्न रोब्बेनबाट पोल्समुर जेलमा स्थानान्तरण गरे। तर, उनीहरूबीचको वार्ता कहिल्यै निष्कर्षमा पुग्न भने सकेन। पछि, बोथाको स्वास्थ्य स्थिति खराब भएकाले फेडरिक विलियल डे क्लार्क राष्ट्रपति बने। क्लार्कले उनीसँग सम्बन्ध सुधार गर्न सन् १९९० मा जेलमुक्त गरे। कांग्रेसमाथि लागेको प्रतिबन्ध पनि फुकुवा गरे।
सन् १९९१ मा मन्डेला कांग्रेस सभापति बने। अन्तर्राष्ट्रिय समुदायको साथ उनलाई थियो। त्यसैको फाइदा उठाउँदै उनले सरकारलाई दबाब दिने काम जारी राखे।  सन् १९९३ मा सरकार र कांग्रेसबीच सम्झौता भयो र सम्पूर्ण आन्दोलन स्थगित गरियो। सोही वर्ष राष्ट्रपति क्लार्क र मन्डेलालाई संयुक्त रुपमा नोबल शान्ति पुरस्कार प्रदान गरियो। सन् १९९४ अप्रिल २७ का दिन पहिलो प्रजातान्त्रिक निर्वाचन अफ्रिकामा सम्पन्न भयो। ७७ वर्षको उमेरमा मन्डेला दक्षिण अफ्रिकाको पहिलो काला जातिका राष्ट्रपति निर्वाचित भए।
त्यसपछि उनले देशको आर्थिक तथा सामाजिक परिवर्तनका लागि धेरै महत्त्वपूर्ण काम गरे। उनले देशमा भत्किएको राष्ट्रियता जोड्न खेलकुदलाई हतियार बनाए। सन् १९९६ मा अफ्रिकाको नयाँ संविधान बनाए। अत्यन्तै सक्रिय जीवन बिताएका उनले सन् १९९९ को आमनिर्वाचन अगाडि राजनीतिक जीवनबाट संन्यासको घोषणा गरे र सन् २००४ मा सम्पूर्ण सार्वजनिक जीवनबाट समेत संन्यास घोषणा गरे र आफूले बाल्यकाल बिताएको गाउँ कुनु फर्किए।
सबै काम छाडेर संन्यास लिए पनि मानवअधिकार, महिलाअधिकार, प्रजातन्त्रको लडाइँमा लागेका सबै आन्दोलन र अभियानको निरन्तर समर्थन गरिरहे। उनले प्रजातन्त्र र रंगभेद हटाउन गरेको संघर्ष र योगदानको कदर गर्दै सन् २००९ देखि उनको जन्मोत्सवलाई 'मन्डेला डे' का रुपमा संसारभर मनाउने गरिएको छ।
(एजेन्सीको सहयोगमा)
खुम्बुका सरकार!

खुम्बुका सरकार!

सोलुखुम्बु-बिनास्वार्थ, एकोहोरो काम गरिरहे के हुँदैन?सोलुखुम्बु, काँकुका पासाङ शेर्पाको मिहिनेत र समर्पणपूर्ण जीवनसँग यसको सहज उत्तर छ– जे पनि सम्भव छ। हुन पनि, सिंगो जीवन बाटो निर्माणमा समर्पित गरेका उनी...

खुलमखुला प्रतिबन्धित विषादी

खुलमखुला प्रतिबन्धित विषादी

काठमाडौं- सरकारले १५ थरी घातक विषादी प्रयोगमा प्रतिबन्ध लगाए पनि खुला सीमाको फाइदा उठाउँदै एग्रोभेटहरूले भारतबाट तिनै विषादी भित्र्याएर किसानलाई बेचिरहेका छन्। जनस्वास्थ्यमा गम्भीर असर पार्ने क्लोरडेन, डाइलड्रिन, अलड्रिन, मिरेक्स,...

'विषादी हाले कीरा मर्छ, नहाले किसान'

'विषादी हाले कीरा मर्छ, नहाले किसान'

काभ्रे- पाँचखाल–३ का द्वारिका श्रेष्ठ तरकारी खेती गर्नकै लागि दस वर्षअघि यहाँ आएका हुन्। यही पेसाबाट थोरबहुत प्रगति पनि गरे। केही समययता आएर भने कीरा र रोगको प्रकोपले उनलाई आफ्नो...

सेवाग्राहीलाई थाहै छैन सित्तै उपचार सेवा

सेवाग्राहीलाई थाहै छैन सित्तै उपचार सेवा

काठमाडौं- धुम्बाराहीमा बसोबास गर्दै आइरहेका नुवाकोटका रामहरि न्यौपाने गत सोमबार ६ वर्षे छोरा निशानको ज्वरोको उपचार गर्न चाबहिलस्थित ओम अस्पताल पुगे। सामान्य ज्वरो आएका निशानको उपचार तथा औषधि खरिदका लागि...

बिपी हिँडेको बाटो

बिपी हिँडेको बाटो

काठमाडौं- यो २००३ फागुन २१ को घटना हो।विराटनगर जुल मिलमा ट्रेड युनियन अधिकार माग गर्दै मजदुर आन्दोलन भएको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक रूप लियो। तत्कालीन राणा सरकार...

'बुद्धचित्त' किन्न हेलिकोप्टर

'बुद्धचित्त' किन्न हेलिकोप्टर

बनेपा- झट्ट हेर्दा स–साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने कुफलजस्तो। मूल्यले भने सुनझैं महत्ववान। तामाङ समुदाय र विशेषगरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बोधिचित्त (बोलीचालीमा...

स्वभाव र स्वास्थ्य मुख्य चुनौती

स्वभाव र स्वास्थ्य मुख्य चुनौती

काठमाडौं-पहिलो संविधानसभामा सदस्य र आठौं पार्टी महाधिवेशनमा पार्टी अध्यक्षमा पराजय भएपछिको प्रतिकूल राजनीतिक र स्वास्थ्य अवस्थाका बाबजुद केपी शर्मा ओलीले आफूलाई राजनीतिक मूलधारमा स्थापित गरेका छन्। एमाओवादीसँग निरन्तर संघर्षमा जोड दिँदै...

'कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने?'

'कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने?'

चैनपुर (बझाङ)/दार्चुला- आँखा कमजोर भएपछि काँडा गाविस–७, बाझका ५२ वर्षीय असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे। श्रीमती र ६ छोराछोरीले टिपेर ल्याएका यार्सा बेचेरै अहिले उनको घरखर्च...