Tuesday 4 Kartik, 2071 |
Menu

निदाए नेता डटकममा

  • १ असार, २०७०
  • कृष्ण ढुंगाना/प्रशान्त लामिछाने
  • DISQUS_COMMENTS
(0 votes)
निदाए नेता डटकममा
काठमाडौं - 'सीएमप्रचण्ड डटकम' वेबसाइटको अन्तिम पोस्टिङ चैत ९, २०६९ का अनुसार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल मधेसबाट चुनाव लड्दैछनन्। वेबसाइटले भिजिटरलाई उनको चीन र भारत भ्रमणका विषयमा केही जानकारी दिँदैन, न उनले भर्खरै जारी गरेको पार्टीको सार्वजनिक उत्पादन नीतिबारे कुनै सूचना।

एमाले अध्यक्ष झलनाथ खनालको वेबसाइट जेएनखनाल डटकम अपडेट नभएको करिब एक वर्ष भयो। वेबसाइट हेर्नेले उनी ०६८ फागुन ७ गते संवैधानिक उपसमितिको बैठकमा भाग लिन जाँदै गरेको सूचना पाउँछन्। जब कि संविधानसभा भंग भएकै एक वर्ष नाघिसक्यो।
बाबुराम भट्टराईलाई जति प्रविधिप्रिय भनिए पनि उनको पनि वेबसाइट चार महिनादेखि अपडेट छैन। भट्टराईको टि्वटर प्रेम भने हालका दिनमा पनि कायमै छ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको वेबसाइट नै छैन, उपसभापति रामचन्द्र पौडेलको वेबसाइट दर्तामात्र छ, चालु भएकै छैन। माधवनेपाल डटकम पनि धेरैअघिदेखि डाउन छ।
अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ता ५० लाखभन्दा बढी भइसकेको र त्यो संख्यामा निरन्तर वृद्धि भइरहेको छ तथापि वेबसाइटबाट आफ्ना कार्यकर्ता तथा मतदातासमक्ष पुग्न नेताहरुले कुनै चाख देखाएका छैनन्। अधिकांश नेतामा सत्तामा हुँदा वेबसाइट चलाउने र सत्ताबाट ओर्लेपश्चात वास्ता नगर्ने मनस्थिति देखिएको छ।
कतिपय नेताको समयमै वेबसाइट नवीकरण नगर्नाले अब पुनः चलाउनसमेत नसकिने अवस्थामा पुगेको छ। तर नेताका सहयोगी भने आफ्ना नेताको वेबसाइट केही समयका लागि मात्र प्रयोगमा नआएको, तर अब चाँडै चल्ने कुरा बताउँछन्।
आफ्नो वेबसाइटमात्र होइइ, फेसबुक र टि्वटरजस्ता सामाजिक सञ्जालमा पनि नेताहरुको खासै संलग्नता देखिन्न। दाहालपुत्र प्रकाशको फेसबुक र पूर्वप्रधानमन्त्री भट्टराईको टि्वटर पेज भने धेरैले हेर्ने वा पछ्याउने गरेको देखिन्छ। टि्वटरमा भट्टराईलाई पछ्याउनेहरू ३१ हजार ७ सय ३४ छन्।
फेसबुक, टि्वटरमा दलका नेताप्रति आक्रोश पोख्ने जमात पनि ठूलै छ। त्यो जमात  नेताहरूको एकोहोरो आलोचना गर्छ, तर स्वयं नेताका सहयोगी नेता–कार्यकर्ताले कुनै प्रकारले प्रतिक्रिया दिएको देखिन्न।

मंसिर ४ गते दोस्रो संविधानसभा चुनाव घोषणा भइसकेकाले नेताहरु चुनावी मैदानमा उत्रँदा आफ्नो वेबसाइटलाई बेवास्ता गर्न सक्दैनन् जो सूचनाप्रविधिको जमानामा चुनाव लड्दैछन्।
एकीकृत माओवादी अध्यक्ष दाहालका सहयोगी तथा प्राविधिक पक्ष अपडेटकर्ता शिव खकुरेल भन्छन्, 'केही समयभित्रै नयाँपनका साथ अध्यक्षको वेबसाइट ल्याउँदैछौं।' खनालको वेबसाइट प्राविधिक कारणले अपडेट हुन नसकेको उनका सहयोगी रामबाबु अधिकारी बताउँछन्।
भट्टराईको पनि निर्वाचनको तयारीसाथ नयाँ रुपमा आउने पुर्व प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले बताए। 'वेबसाइटलाई अझ सुधार गरेर ल्याउने तयारी गर्दैछौं,' उनी भन्छन्, 'संविधानसभा चुनावलाई लक्षित गर्दै वेबसाइटको काम गर्दैछौं।'
भट्टराईको नयाँ साइट नेपाली तथा अंग्रेजी दुवै भाषामा आउन लागेको पाण्डेले जानकारी दिए।
माधव नेपालको वेबसाइट डाउन भएको कुरा अस्वीकार गर्छन्, नेपालका सहयोगी रितेश पौडेल। नेपाली कांग्रेसका उपसभापतिको वेबसाइटमा काम भइरहेको उनका सहयोगी चिरञ्जीवी अधिकारी बताउँछन्। अधिकारीका अनुसार 'वेबसाइट दर्ता भइसकेको छ, त्यसलाई पूर्णता दिने काम गरिरहेका छौं, सबै काम सिध्याउन केही समय लाग्छ।'
नेता र तिनका सहयोगीले जस्तो बहाना बनाए पनि वास्तवमा सबैको वेबसाइट चल्न नसक्नुमा प्राविधिक जनशक्ति अभाव र आर्थिक कारण नै हो। आफू सरकारमा हुँदा सरकारी जनशक्ति लगाएर वेबसाइट चलाउने र बाहिर आउनेबित्तिकै वास्ता नगर्ने प्रवृत्ति नै भएको छ।
वेबसाइट निरन्तर अपडेट गर्नेमा एमालेका नेता रवीन्द्र अधिकारी अपवाद हुन्। उनले आफ्नो साइटमा पत्रपत्रिकामा लेखेका लेख तथा टेलिभिजनलाई दिएका अन्तर्वार्ताको भिडियोलिंकसमेत राख्ने गरेका छन्। यसका लागि उनलाई कृष्ण अधिकारीले सघाइरहेका छन्। 'म आफैंले पनि गर्ने गरेको छु, तर यसको जिम्मेवारी कृष्णजीलाई दिएको छु,' अधिकारी भन्छन्, 'इन्टरनेट स्पिड राम्रो नहुँदा भिडियो अपलोड गर्न भने गाह्रो छ।' उनी आगामी चुनावका लागि वेबसाइट क्याम्पिङको तयारीमा छन्।
कामचोर प्रवृत्ति, जताततै बेथिति

कामचोर प्रवृत्ति, जताततै बेथिति

काठमाडौं– अध्ययन बिदा लिएर दुई वर्षअघि विदेश गएका एक कर्मचारीले बीच–बीचमा कार्यालयमा हाजिर गरेको देखियो। त्यो पनि औंठाछाप लगाउनुपर्ने विद्युतीय हाजिरी (फिंगर प्रिन्ट)। सामान्य प्रशासन मन्त्रालयको छानबिनबाट पत्ता लाग्यो, उनको...

इबोला भाइरस सन्त्रास : भरपर्दो छैन रोक्ने तयारी

इबोला भाइरस सन्त्रास : भरपर्दो छैन रोक्ने तयारी

काठमाडौं- 'विश्वव्यापी महामारी' घोषित इबोला रोग बढी संक्रमण भएका चारमध्ये एक लाइबेरियाबाट १ सय ३१ जना सशस्त्र प्रहरी बिहीबार नेपाल आए। यही देशबाट १ सय ६० जना दस दिनपछि स्वदेश...

फेसबुक चलाउँदा होसियार

फेसबुक चलाउँदा होसियार

काठमाडौं-घटना १ 'याहु' म घरमा आज एक्लै छु। बुबा–ममी सबै बाहिर। आज घरमै मस्ती गरिने भइयो।'केही दिनअघि राजधानीको एक उच्च माविमा प्लस–टु पढिरहेकी एक किशोरीले आफ्नो फेसबुक पृष्ठमा यस्तो 'स्टाटस'...

आवरण कथा, कारागारमा कैदी शासन

आवरण कथा, कारागारमा कैदी शासन

काठमाडौं– अवैध हतियार र लागुऔषध अभियोगमा पक्राउ परेका सुजन पौडेल (रमेश बाहुन) लाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। लगत्तै डिल्लीबजार कारागार चलान गरिएका उनी त्यहाँ दुई...

हिमपातमा २९ ले ज्यान गुमाए

हिमपातमा २९ ले ज्यान गुमाए

पोखरा/बाग्लुङ/ म्याग्दी- ‘हुडहुड' आँधी प्रभावले सोमबारदेखि हावाहुरीसहित भएको भारी हिमपात र हिमपहिरोमा पश्चिमका तीन जिल्लामा २९ जनाको ज्यान गएको पुष्टि भएको छ। बिहीबारसम्म १७ को मात्र शव फेला परेको छ। हिमपातले...

भारी हिमपात, ठूलो हताहती

भारी हिमपात, ठूलो हताहती

पोखरा /बागलुङ /म्याग्दी-सोमबारदेखि उच्च हिमाली क्षेत्रमा भएको भारी हिमपात र हिमपहिरोमा कम्तीमा ११ को ज्यान गएको छ। ८७ विदेशी पर्यटक हराइरहेका छन् भने बेपत्ता नेपालीको संख्या यकिन हुन सकेको छैन। उद्धार...

अस्ताए हरियो डाँडामाथि

अस्ताए हरियो डाँडामाथि

धुरुधुरु नरोऊ आमातिम्रो आँसु पुछेर छाडौंला...चालिसको दशकमा जनकविकेशरी धर्मराज थापाले गाएको यो गीत निकै रुचाइएको हो। त्यसताका यो गीत नगुन्गुनाउने सायदै कोही थिए। खण्डित, विभाजित एवं दुखेको देशमा एकताको मलम...

बेरोजगार युवा भजाउँदै धन्दा

बेरोजगार युवा भजाउँदै धन्दा

सुर्खेत- युवा तथा साना व्यवसायी स्वरोजगार कोषको वीरेन्द्रनगरस्थित सचिवालयमा राखिएको अभिलेखमा पदमखर जैसीको नाममा २ लाख रुपैयाँ ऋण लिएको उल्लेख छ। कर्जा माग फारममा ऋण लिनुको कारण लेखिएको छ– दुइटा...