Friday 14 Kartik, 2071 |
Menu

भ्वाइस मेलमा मौसमी सन्देश

(0 votes)
भ्वाइस मेलमा मौसमी सन्देश
काठमाडौं - घर या कार्यालयबाट कतै निस्कँदै हुनुहुन्छ? पानी परिहाल्ने पो हो कि? चिन्ता नलिनुस्, आउँदो २४ घन्टा मौसमले कस्तो रूप लिनेछ, अब फोनबाटै सन्देश पाउनुहुनेछ। मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सबैको चासो मौसमी अदलीबदलीलाई भ्वाइस मेलमार्फत सूचित गर्ने व्यवस्था गरेको हो।
'नमस्कार! जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको दैनिक साँझको बुलेटिनमा यहाँलाई स्वागत छ, आज २०७० जेठ २० गते बुधबार गत २४ घन्टाको मौसमी विवरण ...,' तीन दिनअघि सुरु यो सेवामा अघिल्लो २४ घन्टाको मौसमी विवरण र पछिल्लो २४ घन्टाको पूर्वानुमानको सन्देश प्रदान गरिन्छ।
'भ्वाइस मेलका लागि तपाईंले १६१८०७०७३३३३३ नम्बर डायल गर्नुपर्नेछ', महाशाखाका प्रमुख सुमनकुमार रेग्मीले नागरिकसँग भने। 
उनले मौसमको अवस्था सर्वसाधारणको दिनचर्यासँग जोडिएकाले भ्वाइस मेल सेवा प्राथमिकतासाथ सुरु गरिएको जानकारी दिए। 'पछिल्लो समय झन् चासो बढेको पाएर हामीले यो सेवा सुरु गरेका हौं,' रेग्मीले भने। 
मौसम विवरणका लागि उल्लिखित नम्बर डायल गर्दा उपभोक्ताको प्रतिसन्देश एक रुपैयाँ खर्च हुन्छ।
भ्वाइस मेलमा पाँच प्रकारका मौसमी विवरण समेटिएका छन। बितेको २४ घन्टामा देशभर कहाँ, के भयो? दिनभरको अवस्था कस्तो रह्यो? अबको २४ घन्टाभित्र कहाँ, के हुँदैछजस्ता। 
'यो मनसुन भित्रिने समय पनि हो,' रेग्मीले जानकारी दिए, 'यसमा मनसुन के हो, कसरी भित्रिन्छ, यसको अवस्था कस्तो छ भन्ने जिज्ञासा पनि मेट्ने प्रयास गरेका छौं।' मौसमविद रेग्मीका अनुसार देशका कुन–कुन ठाउँमा वर्षा हुँदैछ, कहा–कहाँ बादल लागिरहेको छ? कहा खडेरी पर्ने सम्भावना छ, मौसमको विकास कसरी भइरहेको छ भन्नेजस्ता विवरण फोनमै सुन्न सकिन्छ।
'यस्तो भयो भन्ने विवरण त आउँछ नै, किन र कसरी भन्ने कौतुहल पनि मेट्ने प्रयास हो यो,' उनले भने, 'कारणसहितको विवरण दिनुपर्छ भन्ने हाम्रो मान्यता हो। साधनस्रोतले भ्याएसम्म मौसमको सम्भावना भरपर्दो बनाउने प्रयास गरिरहेका छौं।'
सेवा भर्खरै सुरु गरिएकाले सर्वसाधारणबाट सुझावको अपेक्षा गरेको जनाउँदै उनले प्राप्त सुझाव विवरणमा समेटिने प्रतिबद्धता जनाए। 
भ्वाइस मेलको मौसमी विवरण हरेक दिन साँझ ६ः३० बजे आद्यवधिक गरिन्छ। तर मौसम तत्काल वा एक्कासि कुनै फेरबदल भए कुनै पनि बेला विवरण अपडेट गर्न सकिने रेग्मीले बताए। यो विवरण महाशाखाले आफ्नो वेभसाइट डब्लुडब्लुडब्लु डटएमएफडी डटजीओभी डटएनपीमा पनि राख्दै आएको छ।
यी सबै काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको महाशाखामा कार्यरत मौसमविद समूहले गर्छ। 
कार्यालयका अनुसार उक्त समूहले भू–उपग्रहबाट प्राप्त तस्बिर, नेपालका विभिन्न स्थानमा भएका १५ वटा मौसमकेन्द्रबाट ३/३ घन्टामा प्राप्त तथ्यांक, विश्व जलवायु संगठनको सञ्जालबाट प्राप्त तथ्यांकसमेत विश्लेषण गरेर त्यसको निचोड भ्वाइस मेल र वेभसाइटमा राख्छ।
'पृथ्वीको सतहदेखि १६ किलोमिटर माथिसम्मका विभिन्न स्ट्यान्डर्सका तथ्यांक लिने गरेका छौं,' रेग्मीले भने। उनका अनुसार युरोपेली र चिनियाँ भू–उपग्रहबाट प्राप्त तस्बिर पनि हेरिन्छ। महाशाखासँग यस्ता तस्बिर सिधै लिन सक्ने प्रविधिसमेत छ।
नेपाल फेरि डिभिजिन ३ च्याम्पियन, विश्व वरीयतामा २१ ‌औं

नेपाल फेरि डिभिजिन ३ च्याम्पियन, विश्व वरीयतामा २१ ‌औं

काठमाडौं-‘हामीले जस्तो चाहेका थियौं, अन्त्यमा त्यस्तै नतिजा पायौं।' पुरानो प्रतिद्वन्द्वी युगान्डालाई बिहीबार पराजित गरी विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि रक्षा गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले...

चुरे संरक्षणको बजेट फिर्ता, ‘खाने ठाउँ' नदेखे खर्चै गर्दैनन्

चुरे संरक्षणको बजेट फिर्ता, ‘खाने ठाउँ' नदेखे खर्चै गर्दैनन्

लहान-चुरेक्षेत्रको सामाजिक, आर्थिक एवं पर्यावरणीय संरक्षण गर्न सरकारले राष्ट्रपतिकै नाम जोडेर कार्यक्रम त बनायो तर प्रभावकारी हुन सकेन। चुरे संरक्षणको सट्टा झन्झन् दोहन बढ्दै गयो।कार्यक्रम सीमित टाठाबाठाको कमाइखाने भाँडोमा सीमित...

निको भइन् रिहाना

निको भइन् रिहाना

काठमाडौं-छ महिना उपचारपछि वीर अस्पतालको बर्न वार्डबाट मंगलबार बिदा हुँदा रिहाना शेख ढपालीको एउटा हातमा उही गुडिया थियो, जसलाई उनले गर्भमै तुहिएको सन्तान सरह काखी च्याप्दै आएकी छन्। अनि अर्को हातमा...

बाढीपीडितको आक्रोश-‘झुटो आसभन्दा बरु गोली देऊ'

बाढीपीडितको आक्रोश-‘झुटो आसभन्दा बरु गोली देऊ'

छिन्चु (सुर्खेत)-‘हामीलाई ठेगानको बोली दिनुहोस्, नभए गोली दिनुहोस्।’लेखपराजुलकी दीलसरा घर्ती प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरासामु भक्कानिँदा वातावरण सुनसान भयो। भरपेट खाना र सामान्य कम्बलसमेत नपाउँदाको पीडा पोखिरहँदा अन्य विस्थापित पनि...

आइसिसी क्रिकेट लिग : वर्षाले नेपाललाई जीवनदान (फोटोफिचर)

आइसिसी क्रिकेट लिग : वर्षाले नेपाललाई जीवनदान (फोटोफिचर)

काठमाडौं– अमेरिकासँगको खेल वर्षाले अनिर्णित भएपछि विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले अर्को जीवनदान पाएको छ। मलेसियामा भइरहेको यी दुई टोलीबीचको खेल मंगलबार टसबाटै सुरु हुनेछ। किनरारा एकेडेमी ओभलमा...

अस्ट्रेलियामा नेपाली डाक्टरको नेतृत्वमा 'अद्भुत' शल्यक्रिया

अस्ट्रेलियामा नेपाली डाक्टरको नेतृत्वमा 'अद्भुत' शल्यक्रिया

काठमाडौं-अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत नेपाली मूलका चिकित्सक डा. कुमुद धितालले मृत्यु भइसकेका व्यक्तिको 'मृत' (चल्न छाडिसकेको) मुटु झिकेर त्यसमा प्राण भरी पुनः अर्का बिरामीको शरीरमा सफल प्रत्यारोपण गरेका...

सराँय नाचलाई १ लाख (फोटोफिचर)

सराँय नाचलाई १ लाख (फोटोफिचर)

प्यूठान– परम्परागत रुपमा खेलिँदै आएको सराँय नाँचको यो वर्ष बृहत् प्रदर्शन गरिएको छ। स्वतःस्फूर्त खेलिने सराँयको प्रवर्द्धन गर्न यस वर्ष प्रतियोगितात्मक रूपमा सञ्चालन गरिएको हो। ऐतिहासिक महत्व राख्ने डल्ले सराँय...

बिरामी भएपछि जागिरबाट निकालिन्छन् नेपाली कामदार

बिरामी भएपछि जागिरबाट निकालिन्छन् नेपाली कामदार

क्वालालम्पुर (मलेसिया)-मलेसियाको नेम नामक सुरक्षा कम्पनीमा कामदार रहेका कास्कीका कृष्णप्रसाद ढकाललाई गर्धनमा पिलो आयो। उनलाई शल्यचिकित्सा गर्नुपर्ने भयो। साहुले उपचार खर्च दिएर आराम गराउने त कहाँ कहाँ उनलाई जागिरबाट हटाइयो।...