18 Baishak, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

विदेशीसँग माग्ने सामानको लिस्ट तयार

  • सोमबार २७ जेष्ठ, २०७०
  • सुरेन्द्र पौडेल
  • Be the first to comment!
(0 votes)
विदेशीसँग माग्ने सामानको लिस्ट तयार
काठमाडौं - निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि भारतसँग पाँच सयभन्दा बढी गाडी अनुदान माग्ने भएको छ। निर्वाचनमा चाहिने सम्पूर्ण मतपेटिका र विद्युतीय मतदानमा आवश्यक पर्ने उपकरण र सफ्टवेयरसमेत भारतसँग मागिने छ।
nepalipatr-april

निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सामग्री मित्रराष्ट्रहरूसँग अनुदानमा माग्नेसम्बन्धी आइतबार निर्वाचन आयोग, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका पदाधिकारीबीच भएको बैठकमा चीनसँग ४० किसिमका निर्वाचन सामग्री अनुदान माग्ने सहमति भएको छ।  
'निर्वाचनमा के–के सामग्री कुन देशसँग सहयोग माग्ने भन्ने छलफल भयो,' आयोग प्रवक्ता वीरबहादुर राईले भने, 'सामग्री पहिचान गरी सहयोगी राष्ट्रसँग प्रस्तुत हुने कुरा भएको छ। एउटा देशसँग मागिएको कुरा अर्कोसँग मागिने छैन।'
बैठकले चुनावलाई आवश्यक पर्ने ६७ सामग्री पहिचान गरेको थियो। २०६४ को चुनावमा जुन देशसँग जे सामग्री सहयोग मागिएको थियो, ती देशसँग तिनै सामग्री माग्ने सहमति भएको छ।
अघिल्लो संविधानसभा निर्वाचनमा भारतले पाँचसय थान गाडी सहयोग गरेको थियो। मतपेटिका पनि भारतले नै दिएको थियो। त्यतिबेला दिइएका सबै गाडी सरकारी निकायमा प्रयोगमा भएकाले अहिले पनि त्यति नै माग्ने निचोडमा आयोग पुगेको छ। भारतसँग मागिने गाडी निर्वाचन कर्मचारी आउजाउ र मतपेटिका ओसारपसारमा प्रयोग गरिनेछ।
आयोगले पुस दोस्रो साता भारतीय दूतावासलाई पत्राचार गरी विद्युतीय भोटिङ मेसिन अनुदानमा उपलब्ध गराइदिन आग्रह गरेको थियो। संविधानसभा निर्वाचनमा हुन सक्ने सहयोग आदानप्रदानबारे छलफल गर्न गत सोमबार भारतीय राजदूत जयन्तप्रसाद प्रमुख निर्वाचन आयुक्तको कार्यकक्ष पुगेका थिए। 'ग्रिनसिग्नल' मिलेपछि विद्युतीय मतदान उपकरण, सफ्टवेयर, मतपेटिका र गाडी भारतसँग माग्ने निर्णयमा आयोग पुगेको हो।
'आवश्यक पर्ने सम्पूर्ण मतपेटिका, विद्युतीय मतदान उपकरण र सफ्टवेयर भारतसँग सहयोग माग्ने सहमति भएको छ,' बैठकमा सहभागी एक सदस्यले भने, 'मुख्य सहरका नगरपालिका जहाँ शिक्षित जनसंख्या उच्च छ, त्यहाँमात्र विद्युतीय मतदान हुनेछ।'
ती सदस्यका अनुसार औंलामा लगाउने मसीदेखि टोपीसम्म र बुथमा राखिने घडीदेखि मतदान सकिएपछि मतपेटिकामा लगाउने लाहाछापसम्म विदेशीसँग मागिने छ। जुटको बोरा, सिलाउने धागो, सलाई, सेफ्टी पिनलगायत सामग्री भने किन्ने तयारी छ।
मतपत्रमा लगाउने छाप, निर्वाचनमा संलग्न कर्मचारीले लगाउने टिसर्ट र टोपी, टेबुल घडी पनि सहयोग मागिने छ। विगतको निर्वाचनमा विभिन्न सहयोग गरेको जापानसँग सुरक्षा छापलगायत सामग्री मागिनेछ। निर्वाचन सामग्री नर्वे, डेनमार्क, स्विट्जरल्यान्ड, बेलायत, अमेरिकासँग पनि मागिने छ।
निर्वाचन सामग्री माग्न यसअघि आयोगको विदेशी सहायता समन्वय समितिले दाताहरूसँग छलफल गरेको थियो। एक महिनाअघिको छलफलमा दाताले उपलब्ध गराउन सक्ने निर्वाचन सामग्रीबारे जानकारी गराएका थिए। सोही बैठकमा विदेशीले जनाएको प्रतिबद्धताअनुसार सामग्रीको सूची तयार पारिएको हो।  
आयोगले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पत्राचार गरी निर्वाचन सामग्री सहयोग गर्न आग्रह गर्नेछ। त्यसपछि मात्र सहयोग लिन सुरु हुनेछ।

प्रतिक्रिया

निजीको छात्रवृत्तिमा नेताका फोन

निजीको छात्रवृत्तिमा नेताका फोन

काठमाडौं-'हेलो सर, म नेपाली कांग्रेस महासमिति सदस्य बोलेको, मेरा आफन्तको छोराका लागि पूर्ण निःशुल्क छात्रवृत्ति सिफारिस गरिदिनुपर्यो ।'मंगलबार काठमाडौं जिल्ला शिक्षा कार्यालय, ताहाचल पुग्दा सहायक जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछवालाई...

अर्बाैं बेहिसाबः चरम अपारदर्शी बने एनजिओ/आइएनजिओ

अर्बाैं बेहिसाबः चरम अपारदर्शी बने एनजिओ/आइएनजिओ

वैशाख-शुक्रबार सिन्धपाल्चोक, नवलपुर पुगेका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडी भूकम्पपीडितका गुनासाले घेरिए ।उनीहरूले सरकारभन्दा पनि एनजिओ-आइएनजिओमाथि चर्को आक्रोश पोखे । 'संघसंस्था मनोमानी ढंगले चले । कबोल गरेका कुनै काम गरेनन्,'...

कोरिया जान सयौं मिटर लामो लाइन, युवालाई सास्ती (फोटो फिचर)

कोरिया जान सयौं मिटर लामो लाइन, युवालाई सास्ती (फोटो फिचर)

काठमाडौं– 'भोलि त बिहान सबेरै उठेर परीक्षा फारम भर्न जानु छ,' गोरखा बुंकोट–६ घर भई डल्लु बस्ने टीकाराम श्रेष्ठ राती राम्ररी निदाउनै सकेनन्। बुधबार बिहान तीनै बजे उठे। हतारहतार नित्यकर्म...

क्रिकेट संकट टार्न विवादित पक्ष लचिलो

क्रिकेट संकट टार्न विवादित पक्ष लचिलो

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ । १९८८ मा एफिलिएट सदस्य हुँदै आइसिसीसँग आवद्ध भएको नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको...

क्रिकेट संघ (क्यान) निलम्बित

क्रिकेट संघ (क्यान) निलम्बित

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आसिसी) ले सोमबार नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनलाई औपचारिकता दिएको छ ।आइसिसी मुख्यालय दुबईमा बिहीबारदेखि बसेको बैठकबाट विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाली क्रिकेटलाई निलम्बन गर्ने निर्णय...

पूर्व धकेलियो उत्तरी ध्रुव

पूर्व धकेलियो उत्तरी ध्रुव

काठमाडौं- दक्षिण एसियामा गहिरिँदो खडेरीका कारण पृथ्वीको ध्रुवीय प्रणाली प्रभावित भएको अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले जनाएको छ। खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै गएको वैज्ञानिकको ठहर...

आठौं वर्षमा रिपब्लिक मिडिया

आठौं वर्षमा रिपब्लिक मिडिया

काठमाडौं- नेपाल रिपब्लिक मिडिया शनिबारबाट सात वर्ष पूरा गरी आठौं वर्ष प्रवेश गरेको छ। नेपालको अग्रणी प्रकाशनगृहका रुपमा स्थापित मिडियाले राजधानीमा शनिबार सातौं वार्षिकोत्सव मनायो। सात वर्षअघि लोकतन्त्र स्थापनाकै दिन...

अबको बाटो [प्रकाशकीय]

अबको बाटो [प्रकाशकीय]

नेपाल रिपब्लिक मिडिया आज छैटौं वर्ष पूरा गरी सातौं वर्ष प्रवेश गरेको छ। यो पुनीत घडीमा म समस्त पाठक, विज्ञापनदाता, वितरक, सहकर्मी तथा पत्रकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईंहरूको सक्रिय...