Thursday 5 Bhadra, 2071 |
Menu

३७ वर्षसम्म अस्थायी

  • आइतबार १२ जेष्ठ, २०७०
  • नरहरि सापकोटा
  • DISQUS_COMMENTS
(0 votes)
३७ वर्षसम्म अस्थायी
गोरखा- केश सेताम्मै भइसके। आफूले पढाएका विद्यार्थीले पेन्सन पकाइसके। कति डाक्टर, इन्जिनियर, उद्यमी पनि भए, स्थायी त कति–कति! ३७ वर्षदेखि प्राथमिक तहका पढाइरहेकी गोरखा सदरमुकामकी भजराम जोशी (५६) अझै अस्थायी नै छन्। उनले शनिबार शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी पदका लागि परीक्षा दिइन्। 'मेरो यो रहर होइन, बाध्यता हो, वर्षौंदेखि काम गरिरहेका अस्थायी शिक्षकको हालत मेरैजस्तो छ।'

गोरखाका १८ केन्द्रमध्ये रत्नलक्ष्मी निमावि डुमीडाँडाबाट उनले परीक्षा दिइन्।
परीक्षाकेन्द्रमा धेरैजसो नयाँ अनुहार, भजराम पाको शिक्षिका। उनका एकेक छोराछोरी छन्। छोरो स्नातक तेस्रो, छोरी दोस्रो वर्षमा पढ्दै।

भजरामका श्रीमान छैनन्। आफ्नै पाखुरीले छोराछोरी हुर्काइन्, पढाइन्। स्थायी शिक्षक बन्ने धोको अझै मरेको छैन। भन्छिन्, 'आम्दानीको बाटो छैन, अस्थायी भए पनि मासिक १३ हजार कमाउँछु, स्थायी हुने धोकोले आयोग दिएकी।' उनले कखरा सिकाएको मीनादेवी श्रेष्ठले त्यही स्कुलमा पढाएर पेन्सन खाइसकेको उनी सुनाउँछिन्।

भजरामले २०३३ देखि २०५० सम्म तत्कालीन समयमा बालसंगठनका रूपमा रहेको (हाल बालमन्दिर निमावि) मा अस्थायी रूपमा पढाइन्। २०४८ सालमा दरबन्दीका अस्थायी शिक्षक सबै स्वतः स्थायी बनाइए, उनले संगठनको छुट्टै व्यवस्थापनअन्तर्गत रहेकाले त्यो अवसर पाइनन्। २०५४ मा बालमन्दिर निमावि (अहिले पढाइरहेको विद्यालय) मा जोशीले दरबन्दीमा पढाउन थालेकी हुन्।

त्यसो त आयोग परीक्षामा यो पहिलो अनुभव होइन। भजरामले २०५२ मा पनि आयोग परीक्षा दिएकी थिइन्। लिखित परीक्षा पास गरे पनि अन्तर्वार्तामा फालिइन्। नाम निस्केला र स्थायी भइएला भन्ने उनलाई त्यत्ति आशा भने छैन। '२०५२ मा त लिखित पास भएको थिएँ, अहिले त पहिलेको भन्दा नयाँ कुरा, नयाँ पुस्तासँग मैले के सकूँला!'

अस्थायी जागिर छाडेर अरू काम गर्न नसक्ने बताउँदै जोशी भन्छिन्, 'सकुन्जेल र पाउन्जेल अस्थायी नै भए पनि पढाउँछु।' १८ वर्षपछि खुला प्रतिस्पर्धा गर्न पाउने गरी खुलेको शिक्षा सेवा आयोगको परीक्षामा गोरखाबाट मावि, निमावि र प्रावि सबै तहमा गरी १० हजारभन्दा बढीले परीक्षा दिएका छन्।
कहिले आउला राहत!

कहिले आउला राहत!

नेपालगन्ज-बाढीमा परेर बाँच्ने आधार गुमेपछि होलिया–३, चौफेरीकी अनितादेवी यादवले गाँसबास खोज्दै घर छाडिन्। उनी राप्ती नदीबाट करिब ५ किलोमिटर वारि बेतहनीको सामुदायिक वनमा आश्रय लिन आइपुगेकी छन्। शरीर ढाक्ने कपडाबाहेक अनितासँग...

सुनकोसी विपत्तिः केटाकेटी टोलाइरहे, शिक्षक हेरिरहे

सुनकोसी विपत्तिः केटाकेटी टोलाइरहे, शिक्षक हेरिरहे

सिन्धुपाल्चोक- ४२ दिन लामो बर्खे बिदा सकिएको सातापछि सोमबार वनसाँघु मावि खुल्दा पहिलेजस्तो उत्साह थिएन। शिक्षक मलिन थिए, विद्यार्थी टोलाई मात्र रहे। पुनर्मिलनको कुनै भाव थिएन न त खुसीको गुन्जायस।...

माइतीघर–तीनकुने सडक,पहिलो बर्खा'नि थेगेन

माइतीघर–तीनकुने सडक,पहिलो बर्खा'नि थेगेन

काठमाडौं-करिब ५० करोड रुपैयाँ लागतमा निर्माण भएको देशकै चौडा माइतीघर–तीनकुने सडकले पहिलो बर्खा पनि थेग्न सकेन। मनसुन सकिएको छैन तर सरकारलाई हस्तान्तरण गरिएको पाँच महिना नबित्दै २.६ किलोमिटर लामो यो...

'सुख खोज्दा सर्वश्व गुम्यो'

'सुख खोज्दा सर्वश्व गुम्यो'

सुर्खेत- डेढ वर्षअघि जाजरकोटबाट सुर्खेत झर्दा जैसरा सुनारले भविष्यको मीठो कल्पना गरेकी थिइन्। बालबच्चा पढाउने, व्यापार व्यवसाय गर्ने र पैसा कमाउन सकियो भने राम्रो ठाउँमा जग्गा किन्ने उनको योजना थियो।...

मधेशमा मिलजुल

मधेशमा मिलजुल

विराटनगर -  'हामी हतियार बुझाउन तयार भयौं, अब शान्तिपूर्ण राजनीति गर्छौं,' मधेशको भूमिगत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका संरक्षक 'कौटिल्य' भनिने संजयुकमार गुप्ताले घोषणा गरेका छन्, 'भएका सात थान हतियार...

बाढीले विस्थापितको बेहाल, थप २८ को मृत्यु

बाढीले विस्थापितको बेहाल, थप २८ को मृत्यु

सुर्खेत-तीनदिने झरीका कारण आएको बाढीपहिरो विपत्तिमा थप २९ को मृत्यु भएको छ। प्रकोपमा २२ हजारभन्दा बढी विस्थापित भएका छन् भने अझै सयभन्दा बढी बेपत्ता छन्। शनिबार बिहानबाट वर्षा थामिएपछि विभिन्न जिल्लामा...

एप्समा चल्छ जिन्दगी

एप्समा चल्छ जिन्दगी

काठमाडौं– कुलेश्वरका रवि सिंघलको दिनको सुरुवात स्मार्ट फोनको ‘अर्लाम' सँगै हुन्छ। ब्युँझनासाथ उनी खाटैमा बसीबसी विभिन्न ‘न्युज एप्स' खोल्छन्। देश–विदेशका खबर पढ्छन्। चियाको चुस्कीसँगै ‘वाट्स वैदर' बाट मौसमी गतिविधि बुझ्छन्।...

प्रचण्डलाई भनें- इन्द्रको आसन पनि चाहिएन

प्रचण्डलाई भनें- इन्द्रको आसन पनि चाहिएन

काठमाडौं- अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा भाग लिन पुगेका श्रीमान र श्रीमती कार्यक्रमस्थलसम्म पुग्दा थकित र असिनपसिन भए। श्रीमानले खुइऒ्ढय गर्दै पसिना पुछे। श्रीमतीले भनिन्, 'त्यसबेला तीन महिना बाँकी भएको जागिर...