Wednesday 27 Magh, 2072 |
Menu

republica-headerdiscount-subscribe1

istl

मानवतस्करीको नयाँ स्वर्ग

(0 votes)
मानवतस्करीको नयाँ स्वर्ग
काठमाडौं- जब क्रिकेट प्रतियोगिता हुन्न्थ्यो, प्रशान्त महासागरको एउटा टापु देश पपुवा न्युगिनी (पिएनजी) को नाम सुनिन्थ्यो, आक्कलझुक्कल। अचेल पिएनजीको नाम प्रचारमा आइरहन्छ जसले बिस्तारै यस टापुको परिचय नै बदल्दैछ। प्रचुर खनिज उत्खनन्ले यस देशलाई दिनप्रतिदिन वैभवी मात्र बनाइरहेको छैन, उत्तिकै बद्नाम पनि। विश्वकै ठूला कम्पनीको उपस्थिति र औद्योगिकीकरणले जनशक्तिको माग पनि चुलिँदो छ। मानव तस्करहरूले यसैलाई आफ्नो कमाउधन्दा बनाइरहेका छन्। 
nepalipatro-nagarik
नक्कली भिसामा दिल्ली हुँदै विभिन्न रुटबाट पिएनजी पुर्‍याइएका नेपाली पक्राउ गरी धमाधम फर्काइँदै
पछिल्लो समय नेपाली कामदार पनि त्यहाँ पुर्‍याइने र अलपत्र पारिने क्रम बढेको छ जसले पिएनजीको परिचय मानव तस्करीको 'हबमा परिणत गर्दैछ।

सन् २०११ मा विश्वको द्रुत आर्थिक विकास गर्ने राष्ट्रको सूचीमा छैठौं नम्बरमा परेको यो टापु अहिले ठगी र तस्करीको 'भर्जिन मुलुकबन्न थालेको छ।

तीन महिनायता मात्र ३१ नेपाली पिएनजीमा अलपत्र परेर स्वदेश फर्के। १३ जनालाई वैशाख ५ गते आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले उद्वार गरी नेपाल फर्काइदियो।

आइओएमले उनीहरुलाई पिएनजीसिंगापुरमलेसिया हुँदै नेपालसम्मको हवाइटिकट र काठमाडौंबाट आआफ्नो घरसम्म पुग्न प्रत्येकलाई दुई/दुई सय अमेरिकी डलर उपलब्ध गराएको थियो।

'अवैध तरिकाले पपुवा न्युगिनीमा ल्याइएका नेपाली अलपत्र पर्ने क्रम बढ्दो छ। नक्कली भिसामा आएकाले उनीहरु पक्राउ पर्छन्जेल बस्छन् र फर्कन्छन्,' मानवीयताका आधारमा अलपत्र नेपालीको उद्धारमा लाग्दै आएका पिएनजीको स्वास्थ्य विभागअन्तर्गत एक परियोजनामा कार्यरत नन्द महर्जनले टेलिफोनबाट भने। साढे तीन वर्षअघि वैध तरिकाले पिएनजी पुगेका महर्जनले जेलमा नेपालीले कष्टकर जीवन बिताउनुपरेको सुनाए।

तस्करहरुले भारत हुँदै पिएनजी पुर्‍याउँदा प्रत्येकसँग ८ लाख रुपैयाँ उठाउने गरेका छन्। मासिक कम्तीमा २ लाख रुपैयाँ तलब पाइने प्रलोभन देखाउँदै उनीहरु त्यहाँका विभिन्न खानीग्यासतेल उद्योगलगायत कम्पनीमा रोजगार लगाइदिने आश्वासन दिने गरेको गुनासो पीडितको छ। तस्करहरुले आधा रकम (४ लाख रुपैयाँ) काठमाडौं वा दिल्लीमध्ये एक ठाउँ र बाँकी आधा रकम पिएनजी पुगेपछि पीडितसँग उठाउँदै आएका छन्।

'जेलमा परेकाहरूले जनाएअनुसार नक्कली भिसामा पिएनजी ल्याउन तस्करहरुले फिलिपिन्सको राजधानी मनिलामा २० र फिलिपिन्स ल्याउन ५० जना नेपाली तयारी अवस्थामा राखेका छन्,' महर्जनले भने।  

तस्करको प्रलोभनमा पिएनजी आउने प्राय नेपाली राजधानी पोर्ट मोर्सबाईस्थित ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परिरहेका छन्। पक्राउ परेका सबैमाथि पिएनजी अध्यागमनले एउटै आरोप लगाउने गरेको छ– नक्कली भिसामा आगमन। नेपालीले भने पक्राउ परेपछि मात्र थाहा पाउने गरेका छन्आफ्नो राहदानीमा लागेको भिसा सक्कली होइन। त्यसपछि उनीहरुलाई हिरासतमा लिएर मुद्दा चलाइन्छ र अन्त्यमा प्राय सबैलाई आइओएमले उद्धार गरी नेपाल पठाउने गरेको छ।

'पपुवा न्युगिनीको अध्यागमन कर्मचारीले भनेपछि मात्र थाहा भयोहामी त नक्कली भिसामा पो पुगेका रहेछौं,' वैशाख ५ मा काठमाडौं आइपुगेका कटुवाचौपारी– २ पर्वतका दलबहादुर नेपालीले नागरिकसँग भने।

यसरी पुर्‍याइन्छ पिएनजी
तस्करले नेपालीलाई पिएनजी पुर्‍याउन भारतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमुख नाका बनाउँदै आएका छन्। त्यसमा पनि बढी प्रयोगमा आउने विमानस्थल दिल्लीको इन्दिरागान्धी हो। दिल्लीपिएनजीका पनि अनेक रुट छन्। कोही थाइल्याड हुँदै त कोही सिंगापुरअनि कोही फिलिपिन्सइन्डोनेसिया र भियतनाम हुँदै पिएनजी पुर्‍याइन्छन्।

'दिल्ली पुर्‍याएर तीन महिना राखेपछि हामीलाई सिंगापुर हुँदै पपुवा न्युगिनी पठाएका थिए,' स्वदेश फर्केका अर्का पीडित उपल्लोचौर– ११ बाग्लुङका डिपबहादुर केसीले भने, 'कतिलाई फिलिपिन्सथाइल्यान्डभियतनामइन्डोनेसियाबंगलादेश हुँदै पनि लगेका रहेछन्।

नेपालीलाई दिल्लीमा प्राय ग्रिन पार्क र मयुर बिहारवरपरका होटलमा राख्ने गरेका छन्तस्करले। दिल्लीमै उनीहरुको राहदानीमा भिसा हानिन्छ– एक वर्षको नक्कली 'वर्किङभिसा। विमानस्थलसम्म छाड्न तस्कर आफैं पुग्छन्। कतिलाई सिधै पिएनजी पुर्‍याइन्छ त कति थाइल्यान्डबंगलादेशभियतनामइन्डोनेसियामा महिनौं राखेपछि मात्र लगिन्छ। केहीलाई भने पिएनजीबाट अस्ट्रेलिया छिराइदिने आश्वासनसमेत दिइएको पीडित सुनाउँछन्।

'कतिलाई त पानीजहाजमा समेत पठाउने रहेछन्। हामीलाई जहाजमै पठाएका थिए,' केसीले सुनाए। 

कोको छन् सक्रिय 
पीडितका अनुसार नेपालीलाई नक्कली भिसामा पिएनजी पुर्‍याई अलपत्र पार्ने प्रमुख चार नेपाली छन्– माधव पण्डितउत्तम गिरीबद्री पराजुली र राजाराम लामिछाने। पिएनजीबाट नक्कली भिसा उपलब्ध गराउन सघाइरहेका छन्बेन निकिन्जले। पण्डित नेपालथाइल्यान्डपिएनजी आवतजावत गरिरहन्छन्। गिरी फिलिपिनो केटी बिहे गरेर फिलिपिन्समै काम गरेर बसेको पीडितको भनाइ छ। पराजुली र लामिछाने दिल्ली बसेर पिएनजी पठाउने काम गरिहेका छन्।

'पिएनजी ल्याई नेपालीलाई अलपत्र पार्ने प्रमुख व्यक्ति माधव पण्डितउत्तम गिरी र राजाराम हुन्,' महर्जनले भने, 'मैले पाएको जानकारीअनुसार गिरीको राहदानीमा अब भिसा लाग्न एक पेज मात्र बाँकी छ। उनी नयाँ राहदानी बनाउने प्रक्रियामा छन्।

पीडितका अनुसार थप्रेक– ९ नुवाकोटका पण्डित नौ नेपाली एकैपटक विमानस्थलमा पक्राउ परेपछि उनीहरुलाई छुटाउन र व्यापारिक सम्बन्ध कायम गर्न भन्दै डेढ महिनाअघि पिएनजी पुगेका थिए। त्यहाँ पुगेको एक साताजतिमा उनलाई पनि स्थानीय प्रहरीले पत्राउ गर्‍यो। राहदानीमा सक्कली भिसा भेटिएपछि उनी छुटेका थिए।

छुट्नुअघि पिएनजी अध्यागमनलाई बुझाएको कागजातमा पण्डितले आफ्नो राहदानी नम्बर ०६२९७२८० लेखेका छन्। पण्डितले आफू काठमाडौंस्थित प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिसेज नेपाल प्रालिको बजार प्रबन्धकलाइट अफ एसिया ट्राभल्स एन्ड टुर्स प्रालिको प्रबन्ध निर्देशक तथा सामाजिक तथा ग्रामीण विकास केन्द्र नेपालको बोर्ड सदस्यका रुपमा एकसाथ काम गरिरहेको दाबी गरेका छन्।

पण्डितले अध्यागमनलाई दिएको सम्बन्धित संस्थामा फोन गर्दा एउटाको मात्र उठेका थियो। उक्त संस्थाका कर्मचारीले पण्डित नामका व्यक्ति आफ्नो संस्थामा नरहेको जानकारी दिए। 'लाइट अफ एसिया होइनयो त शुभबिहानी ट्राभल्स एन्ड टुर हो। पण्डितजीले सात महिनाअघि नै हाम्रो संस्था छाड्नुभएको हो,' शुभबिहानी ट्राभल्स एन्ड टुरका अध्यक्ष दिलीप आचार्यले भने। 

पण्डितले पिएनजीमा बुझाएको कागजातमा प्रोग्रेसिभ प्लेसमेन्टले २०१३ फेब्रुअरी १५ देखि मे २९ सम्मलाइट अफ एसियाले २०१३ जनवरी २७ देखि जुन १२ सम्म र सामाजिक तथा ग्रामीण विकास केन्द्र नेपालबाट सन् २०१३ फेब्रुअरी २० बाट मार्च १० सम्म बिदा स्वीकृत गरेको उल्लेख छ। ती संस्थाको लेटरप्याडमा पण्डित प्रोग्रेसिभमा सन् २०१३ जुन १लाइट अफ एसियामा जुन १५ र सामाजिक तथा ग्रामीण विकासमा अप्रिल १ मा काममा फर्कने उल्लेख छ।

पिएनजीमा रहेका बेनलाई नक्कली भिसाका लागि पैसा पठाउने काम प्राय गिरी र राजारामले गर्छन्। पैसा वेस्टर्न युनियनमार्फत दिल्लीबाट फिलिपिन्स हुँदै पिएनजी पुग्ने गर्छ। सन् २०१२ अक्टुबरदेखि २०१३ को जनवरीसम्म उनीहरुले बेनलाई फिलिपिन्सबाट करिब ९ हजार अमेरिकी डलर पठाएका थिए। फिलिपिन्समा घरजम गरी बसेका गिरीको घर चितवन बताइएको छ।

श्रम बजार छ 

क्षेत्रफलका हिसाबले नेपालभन्दा तीन गुना ठूलो पिएनजीको जनसंख्या ७० लाख हाराहारी छ। प्राकृतिक स्रोत बढी भएकाले विश्वका ठूला कम्पनी पछिल्ला वर्ष पिएनजीमा आकर्षित भएका छन्। जनसंख्या थोरै भएकाले यहाँ सञ्चालनमा रहेका खानी उद्योगलाई बढी नै आप्रवासी कामदार आवश्यक छ। यसकारण वैध तरिकाले पिएनजी पुग्नेले राम्रो कमाइ गर्न सक्ने महर्जन बताउँछन्।

महर्जनका अनुसार वैध तरिकाले पिएनजी पुगी काम गर्ने नेपालीको संख्या ९० हाराहारी छ। आठजनाजतिको पूरै परिवार पिएनजी पुगेको छ। राजधानी पोर्ट मोर्सबाईमा ३० जना नेपाली कार्यरत छन्।

'वैधानिक रुपमा आउँदा राम्रो छ। नेपालीलाई यहाँ सम्मान गर्छन्। यहाँका कम्पनीले खाडी र मलेसियामा भन्दा बढी सुविधा दिन्छन्,' महर्जनले भने। 

सुनतेल प्रचुर मात्रामा भएकाले अहिले विश्वका नामी कम्पनी पिएनजी पुगेका छन्। यसैकारण पनि त्यहाँ दक्ष कामदार माग तीव्रतर छ। 'जहाँ खन्योत्यहीँ तेलसुनग्यास भेटिने ठाउँ रहेछ पिएनजी। खानी सञ्चालन गर्न विश्वका ठूला कम्पनीले यहाँ कार्यालय खोलेका छन्। सरकारी तहबाटै सहमति गरी वैध तरिकाले कामदार पठाउन सके यहाँ आउनेले राम्रो कमाइ गर्न सक्छन्,' उनले स्पष्ट पारे। 

प्रतिक्रिया

अथक योद्धाको अवसान

अथक योद्धाको अवसान

काठमाडौं-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ। लामो समयदेखि फोक्सो र जिब्रोको क्यान्सर एवं निमोनियाले पीडित निष्ठावान राजनीतिज्ञ कोइरालाको मंगलबार बिहान...

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन

काठमाडौं-पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गए राति १२:५० बजे निधन भएको छ। महाराजगन्जस्थित कोइरालाको निवासमै उनको निधन भएको कोइराला निकट पारिवारिक श्रोतले जानकारी दियो।

योरुना हत्या प्रकरणः रातभर सँगै बस्न नमान्दा हत्या

योरुना हत्या प्रकरणः रातभर सँगै बस्न नमान्दा हत्या

पोखरा— नयाँगाउँकी युवती योरुना (नेहा) पुन, १८, को हत्यामा संलग्न युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पोखरा–९ नयाँबजारका कृतन खड्की (सतिश),२१, लाई प्रहरीले पक्राउ गरेको...

'मुन्नाभाइ' संख्या १३ मै रोकिँदैन : प्रहरी

'मुन्नाभाइ' संख्या १३ मै रोकिँदैन : प्रहरी

काठमाडौं- 'जचाउने हो?'प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त मल्ल ठकुरीले आइतबार उनकै कार्यकक्षमा व्यंग्यात्मक प्रस्ताव राखे, 'अहिले त हाम्रो हिरासतमा ठग, चोर मात्रै हैनन्, कहलिएका डाक्टरको समूह नै छ, भन्नुस्...

जीवनदियोमा तेल थप्दै बस्नेत

जीवनदियोमा तेल थप्दै बस्नेत

काठमाडौं—  – जब उनी सडकमा बेसहारा बिरामी भेट्छन्, झटपट उठाएर अस्पताल पुर्यारउँछन् र उपचार व्यवस्था मिलाएर नयाँ जीवन दिलाउँछन् ।– जब उनी मदिराले सकिनै लागेका दुव्र्यसनी भेट्छन्, उसलाई जीवनको महत्व बुझाउँछन्...

अख्तियारको 'ब्ल्याकमेलिङ'पछि डिनको राजीनामा

अख्तियारको 'ब्ल्याकमेलिङ'पछि डिनको राजीनामा

काठमाडौं— मेरिट प्रणालीमा आधारित भई ३५ लाख रुपैयाँसम्म शुल्क लिएर मात्र एमबिबिएसमा विद्यार्थी भर्ना गर्नुपर्ने नियम कार्यान्वयन नगराउन आफूमाथि परेको दबाब थेग्न नसकेपछि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा....

भारतीयले खुलाए वीरगन्ज नाका

भारतीयले खुलाए वीरगन्ज नाका

वीरगन्ज- भारतीय नाकाबन्दीले अवरुद्ध वीरगन्ज नाका १ सय ३४ दिनपछि शुक्रबारबाट सञ्चालनमा आएको छ। संविधानमा असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले असोज ७ देखि जारी राखेको धर्ना केही दिनयता खुकुलो भएसँगै शुक्रबार...

राष्ट्रपति भ्रमण : मठमन्दिरदेखि गजल गोष्ठीसम्म

राष्ट्रपति भ्रमण : मठमन्दिरदेखि गजल गोष्ठीसम्म

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी एक कार्यक्रममा सहभागी हुन बुधबार काठमाडौंबाट पोखरा पुगिन्। कार्यक्रम थियो– विश्व शान्ति पूजा तथा सालिक अनावरण। कार्यक्रम उद्घाटन १ बजे तय भए पनि एक घन्टाअघिबाटै पोखराका...