Thursday 5 Bhadra, 2071 |
Menu

गुन्डाको गङ्नम स्टाइल

(1 Vote)
गुन्डाको गङ्नम स्टाइल
'म के को गुन्डा, मैले कहिले गुन्डागर्दी गरेँ?' आँखाको भावले जनाउँथ्यो उनको पारो तात्यो, 'चक्रपथमा सबलाई सोधे हुन्छ, म समाजसेवी हुँ। अनि एमालेको खाँटी कार्यकर्ता। हावातालमा गुन्डा भन्ने?'
संगठित अपराधको जालो चिर्न प्रहरी संगठनमा केन्द्रीय अनुसन्धान ब्युरोको अवधारणा आयो। ब्युरोको अवधारणासँगै पक्राउ परेका ग्याङस्टरको सम्पत्ति विवरण संकलन सुरु भयो। तत्काल त्यसको कुनै प्रयोजन थिएन। तर, प्रहरीले विवरण संकलनको काम छाडेन। अपराध महाशाखा र अन्य प्रहरी इकाईले पनि त्यसलाई साथ दिए। संकलन गरेको सम्पत्ति विवरणको आधारमा ब्युरोले राजस्व अनुसन्धान विभागबाट कारबाही बढाउने प्रयास गर्यो। विभागका अधिकारीको बदनियतका कारण पहिलो प्रयास प्रभावहीन बन्यो। ब्युरोले गणेश लामामाथि अनुसन्धान गरेर कारबाही गर्न विभाग पठाएको फाइललाई क्लिनचिट दिएर प्रहरीलाई विभागले लोप्पा ख्वायो।
अपराध र सुरक्षा रिपोर्टिङमा सिकारु भए पनि चल्तीका गुन्डासँग साक्षात्कारको रहर थियो। त्यही रहर पूरा गर्न एक महिनाको मेहनतपछि महाराजगन्ज चोक पश्चिमतिरको घरभित्र पुगेको थिएँ ०६५ असारतिर। मेरो सामुन्ने चक्रे मिलन जंगिदा हल्का मेरो मुटुले गति समात्यो। 
पहिलो प्रश्नले नै उनलाई बिझाएछ। 'पहिला मिठा मिठा प्रश्न सोध्ने, वातावरण सहज बनाउने अनि बल्ल क्रिटिकल प्रश्नमा प्रवेश गर्ने' पत्रकारिताको कक्षामा सिकाएको अन्तर्वार्ता लिने सूत्र ब्रेक भएछ मबाट। 
'क्या यार, यो भाइलाई इन्टरभ्यु लिन आउँदैन कि क्या हो? मेरो बारेमा हल्का बुझेर आउनु त पर्छ नि, ठाडै गुन्डा रे,' उनी कड्किए। 
'खतरा इन्टरभ्यु आउँदैछ भनेर सम्पादकलाई जानकारी गराइसकेको थिएँ। असफल भइन्छ कि क्या हो?' उनको पारोसँगै मेरो तनाव बढ्यो। अब के सोध्ने? उनीसँगको साक्षात्कारका लागि राम्रै तयारी गरेको थिएँ। उनका सब इतिवृत्ति पल्टाउँदा निकालेको निचोडमा उनी गुन्डा नै थिए। तर त्यही भन्दा बिच्किए।
चक्रेसँग भेटाउन मध्यस्थता गरेको मित्र तिर हेरेँ। उनले हातैले इशारा गरे 'वि कुल!'

...

उनका अपराधबारे प्रहरी कार्यालयमा रिपोर्टका चाङ नै भए पनि सार्वजनिक रुपमा उनले स्वीकारेनन् 'गुन्डा हुँ' भनेर। विलासी जीवनशैलीका सौखिन उनको आम्दानीको निश्चित स्रोत थिएन। कहिले स्नुकर व्यवसाय देखाउँथे त कहिले बालुवाखानीको आम्दानी। अझै नपत्याउनेलाई भनिदिन्थे, 'अरे यार म मनाङे हो। राम्रो खान्दानको केटा पो हुँ। बाउबाजेको सम्पत्तिले नै यत्तिको मोज गर्ने क्षमता छ क्या।'
दीपक मनाङे, गणेश लामा, पर्शुराम बस्नेत अनि अभिशेक गिरी लगायतकाहरुको पहिचान पनि उही चक्रे झैं हो– गुन्डागर्दी। मनाङे चक्रेका समकालीन हुन्। अन्य तीनजना भने जुनियर। तर, अहिले मनाङे र चक्रेलाई उनीहरुका जुनियरले नै माथ खुवाइदिएका छन्। हालै सार्वजनिक भएको उनीहरुको सम्पत्तिको व्यहोराले त्यही भन्छ। 
दीपक मनाङेको औंला समातेर आपराधिक यात्रा सुरु गरेका गणेशले सम्पत्ति थुपार्न उनैलाई पनि माथ गरे। मनाङेको खुलेको अवैध सम्पत्ति भन्दा गणेशको झन्डै दोब्बर देखा पर्योल। समकालीन भए पनि चक्रे अभिषेक गिरीभन्दा मात्र माथि देखिए। आखिर के थियो उनीहरुको यति धेरै सम्पत्ति थुपार्ने कला?
अपराध! हो, अपराध नै हो उनीहरुको सम्पत्तिको स्रोत।
...
२० वर्ष अगाडि फर्केर जाउँ, जुन बेला गणेश, पर्शुराम र अभिषेकको कुनै अस्तित्व थिएन। चक्रे र मनाङेको परिचय थियो टोले गुन्डा। ठमेलको धोबीचौरमा बस्ने मनाङे राजीव गुरुङका रुपमा त्यतातिरै हल्लिँदै थिए। गोरखाबाट चक्रपथमा आएर बसेका मिलन गुरुङको परिचय पनि त्यतै समेटिएको थियो। 
भारतमा जन्मिएर उतै हुर्किएपछि नेपाल आएका मनाङे ठमेल क्षेत्रमा हल्लिने क्रममा विस्तारै अपराधमा प्रवेश गरे। पर्यटकको बाक्लो आउजाउ हुने ठमेलमा डिस्को खोलेर व्यापारमा प्रवेश गरेलगत्तै उनी आपराधिक गतिविधिमा पनि संलग्न हुन थाले। केटाहरु भेला पारेर लिडर बन्ने सौखले विस्तारै ग्याङस्टर बन्दै गए। र राजीव गुरुङ बने दीपक मनाङे। चक्रपथतिर हक्की स्वभावका अर्का युवा पनि चर्चामा थिए। पूर्व बेलायती सेनाका छोरा अनि राजपरिवारका सदस्यसँग बाक्लो उठबसले उनको आवारागिरी बढ्दै गयो। मिलन गुरुङले चक्रे मिलनको रुपमा कुख्याति कमाउन थाले। 
धोबिचौरका मनाङेले ठमेललाई आधार क्षेत्र बनाए। उता महाराजगन्ज चक्रपथ चक्रेको आधार क्षेत्र बन्यो। उपत्यकामा प्रभाव विस्तार गर्ने होडबाजीमा दुवै प्रतिस्पर्धी समूहमा बदलिए। 
रात्रिकालीन मनोरञ्जन व्यवसायमा छिरेका मनाङेको ठमेलमा राज सुरु भयो। ठमेलमा खुलेका प्रायःडान्सबार र क्लबमा उनको हिस्सेदारी अनिवार्य बन्न थाल्यो। लगानीबिनाको हिस्सा अर्थात सलामी सेयरबाट मनग्गे आम्दानी गर्न थाले। विस्तारै जिल्ला–जिल्लामा सञ्जाल फैलाए। संयोजक चुनेर जिम्मेवारी बाँड्न थाले। 
रात्रीकालीन व्यवसायकै आवरणमा झिटीगुन्टा, ढुंगारोडा हुँदै उनी असुलीमा पनि सक्रिय भए। फँसेको रकम उठाउन निश्चित कमिसन लिएर केटा खटाउन सक्रिय उनले ठेक्कापट्टामा भाग खोज्नु त सामान्य भयो। 
डेढ दुई सय केटा जम्मा पार्न सक्ने खुबी भएका उनी नेताको नजरबाट के लुक्थे? दलका नेतालाई चुनाव जिताउने सूत्र बने मनाङे। प्रारम्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय उनी पशुपतिशमशेर राणालाई जिताउन सिन्धुपाल्चोकसम्म पुग्थे। सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ मा लामो समय राणाको वर्चश्व हुनुमा मतदाताभन्दा पनि मनाङेको मेहनत बढी थियो।
राप्रपा सरकारमा भएका बेला आफूले भनेको नमानेको भन्दै उनी राणासँग बिच्किएर कांग्रेसतिर लागे। पार्टीका नेताले आफ्नो कुरा नसुनेको भन्दै संघीय राष्ट्रिय लोकतान्त्रिक पार्टीको उपाध्यक्ष बने। 
चक्रपथमा चक्रेले पनि समानान्तर राज जमासकेका थिए। उपत्यकामा ठमेल बाहिर रात्रिकालीन मनोरञ्जन व्यापार विस्तार नभएकाले उनी दादागिरीको बलमा बालुवा कारोबारमा लागे। उपत्यकाका चाबहिल, गौशाला, सामाखुसी र सुन्धारा चक्रेको आधार क्षेत्र थियो। ठेक्कापट्टामा हिस्सेदारी छँदै थियो, वैदेशिक रोजगार व्यवसाय चम्किएपछि उनको नयाँ असुलीको स्रोत यो पनि बन्यो। असुलीको धन्दासँगै मनोरञ्जन व्यापारमा पनि हात हाले। 
मनाङेसँगै ठमेलमा फाट्टफुट्ट गणेश लामाको नाम सुनिन थालिसकेको थियो। दरबारमार्गको एक डिस्कोको बाउन्सर हुँदा उनी मनाङेको नजरमा परे। लामा ट्वान्टी आवर रेस्टुरेन्टको हिस्सेदार बनेर व्यापारमा छिरे। काभ्रेका हट्टाकठ्ठा गणेश मनाङेको छोटो समयमै विश्वासिला भए। 
ठमेलका रेस्टुरेन्टमा काभेली युवाको बाक्लो उपस्थितिसँगै ०६२/६३ पछि एकाएक गणेश लामाको प्रभाव बढ्यो। ०६१ मा मनाङे दुई वर्षका लागि जेल परे। त्यसपछि ठमेलमा गणेशको राज सुरु भयो। 
यही बेला नेपाल रक्तचन्दनको ट्रान्जिट बन्न थालिसकेको थियो। मनाङेको आडमा ठमेलको व्यापारमा पकड, आफ्नै गृह जिल्ला काभ्रे हुँदै रक्तचन्दनको तस्करी। दुवै फाप्यो उनलाई। प्रभावका हिसाबले चक्रे र मनाङेको बराबरी नभए पनि आर्थिक हैसियतमा दुवैलाई उछिन्दै उनी नयाँ शक्तिका रुपमा उदाए।
आर्थिक हैसियत बढ्दो थियो। तर, बलियो राजनीतिक संरक्षणको भने अभाव। उनले आर्थिक पहुँच उपयोग गर्दै चक्रे र मनाङेलाई राजनीतिक यात्रामा पनि माथ खुवाए। र, राजनीतिमा जमेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य बने। गह्रुंगो आर्थिक सहयोग खर्चिएर पद पाएको केही समयमै उनको दलका नेता विजयकुमार गच्छदार मुलुकको गृहमन्त्री भएपछि हिजो उनलाई पक्राउ गर्न तम्सिनेहरु नै उनको समर्थन जुटाउन लामबद्ध हुन थाले।

...

भारतीय गुन्डाहरुको बर्चश्व तोड्दै उदाएका तराईका गुन्डाको छत्रछायाँमा हुर्किएका थिए अभिषेक गिरी। काठमाडौंमा चल्तापुर्जा गुन्डासँगकोे संगतबाट सिकेको ज्ञान विराटनगरमा पुगेर कार्यान्वयन गर्ने क्रममा उनी प्रभावशाली बने। पर्शुराम उनकै समूहका एक सहयोगी थिए। 
सधैं अभिषेकको सहयोगीमै सीमित हुन पर्शुरामले रुचाएनन्। विस्तारै विराटनगरमा दुई समूहको प्रभाव देखिन थाल्यो। गिरी कांग्रेस नेताको संरक्षणमा थिए, पर्शुराम एमालेतिर लागे। यी दुवैको आम्दानीको स्रोत थियो, रकम असुली र ठेक्कापट्टा। 
पर्शुरामको पहिचान ०५० सम्म खलासीमा सीमित थियो। २० वर्षमा खतरनाक गुन्डा बनेर उदाए। प्रारम्भमा अभिषेकको चेला बनेका उनी ०६४ तिर आइपुग्दा गुरुलाई नै पछार्ने हैसियतमा पुगिसकेका थिए। त्यति बेलासम्म एमालेका खाँटी युवा नेता बन्न भ्याए। 

...

सुरुमा चक्रे र मनाङेबीच दुश्मनी थिएन। प्रभाव क्षेत्र विस्तारको अभ्यासमा दुवैबीच दुश्मनीको बिउ रोपिँदै गयो। चक्रे एमाले नेता प्रदीप नेपालको छत्रछायाँमा खाँटी कार्यकर्ता बने। नेपालसँगै कहिले वामदेव गौतम त कहिले ईश्वर पोखरेल उनका संरक्षक भए। 
झोक्की चक्रे संगठन विस्तारमा कमजोर थिए। हाट्टहुट्टमा अगाडि भए पनि मनाङेको बठ्याइँका सामु कमजोर देखिए। मनाङेले उपत्यकाका साथै जिल्ला–जिल्लासम्म संगठन पुर्याठए। पूर्वाञ्चल प्रमुखमा अभिषेक गिरी, धादिङमा दिनेश अधिकारी 'चरी', हेटौंडामा विश्वक्रान्ति थिए। काठमाडौंमा बलियो सहयोगीका रुपमा गणेश लामा। यता चक्रेसित जोडिएका कुमार घैंटे लगायतले भने उनलाई छाडेर आफ्नै संगठन विस्तार गर्न थाले। 
राजनीतिमा मनाङेभन्दा चक्रे एक कदम पछाडि थिए। राप्रपामा हुँदा युवक संगठनको केन्द्रीय सदस्य बनेका मनाङे कांग्रेस प्रवेश गरेपछि तरुण दलको मनाङ जिल्ला अध्यक्ष भए। 
चक्रेले एमाले भन्दा एमालेले चक्रेको प्रयोग बढी गर्योल। एमालेमा प्रदीप नेपालसँग परिवारिक साइनो जोड्ने र युवा नेतालाई चन्दा सहयोग गर्नेबाहेक चक्रेले केही गर्न सकेनन्। दुश्मनी बढ्दै जाँदा पानीपोखरीमा मनाङे समूहले चक्रेमाथि सांघातिक आक्रमण गर्यो। जसमा चक्रेको दाहिने हात नै काटियो। 
ग्याङवार बढ्दै जान थालेपछि प्रहरी केही सर्तक भयो। दुवै पक्राउ पर्न थाले। चक्रे ०६४ मा हत्या अभियोगमा डेढ वर्ष जेल गए। सजाय कटाएर स्वतन्त्र भएपछि युथफोर्सतिर छिरेर जोगिने प्रयास गरे। तर, उनी बुटवलमा हतियार र लागुऔषधसहित पुनः पक्राउ परेर फेरि जेल पुगे। मनाङे पनि करिब दुई वर्ष जेल परे। जेल यात्रासँगै उनीहरुको दुश्मनीको घाउमा खाटा बस्दै गयो।

...

अभिषेक र पर्शुरामको दुश्मनीको कथा पनि उस्तै छ। सँगै अपराधयात्रा सुरु गरेका अभिषेक र पर्शुरामबीचको दोस्ती दुश्मनीमा परिणत हुँदै गयो। ०६४ भदौमा पर्शुराममाथि गोली हानियो। पाखुरामा गोली लागेर उनी बाँचे। हत्याको योजना गिरी समूहतिर तेर्सिएपछि दुश्मनी चर्कियो। 
पर्शुरामले त्यसको बदला ०६५ मा लिए। गिरी र पर्शुराम समूहबीच ग्याङवार हुँदा करण यादव मारिए। त्यही अभियोगमा गिरी काठमाडौंमा पक्राउ परे। विराटनगरमा पर्शुरामको एकल राज चल्न थाल्यो। पर्शुरामको तान्डव चर्को भए पनि कुख्याति मोफसलमै खुम्चिएको थियो। मोरङ कारागार झडपमा नाम मुछिएपछी मात्रै उनको अपराधको जालो खुल्यो।

...

आपसी टकरावले समूह छिन्नभिन्न हुन थाले। नाइकेहरु कमजोर बन्दै गए। आपराधिक पृष्ठभूमि पखाल्न कोही खाँटी व्यापारी हुँ भन्न थाले, कोही नेता बन्ने कसरतमा लागे। उनीहरु अलमलमा परेपछि सुरक्षा अंग सक्रिय हुन थाल्यो।
संगठित अपराधको जालो चिर्न प्रहरी संगठनमा केन्द्रीय अनुसन्धान ब्युरोको अवधारणा आयो। ब्युरोको अवधारणासँगै पक्राउ परेका ग्याङस्टरको सम्पत्ति विवरण संकलन सुरु भयो। तत्काल त्यसको कुनै प्रयोजन थिएन। तर, प्रहरीले विवरण संकलनको काम छाडेन। अपराध महाशाखा र अन्य प्रहरी इकाईले पनि त्यसलाई साथ दिए। 
संकलन गरेको सम्पत्ति विवरणको आधारमा ब्युरोले राजस्व अनुसन्धान विभागबाट कारबाही बढाउने प्रयास गर्यो। विभागका अधिकारीको बदनियतका कारण पहिलो प्रयास प्रभावहीन बन्यो। ब्युरोले गणेश लामामाथि अनुसन्धान गरेर कारबाही गर्न विभाग पठाएको फाइललाई क्लिनचिट दिएर प्रहरीलाई विभागले लोप्पा ख्वायो। 
त्यसपछि प्रहरी केही निस्क्रिय देखियो । कालो धनको अनुसन्धानका लागि सरकारी इकाई गठन गर्न बढ्दो अन्तर्राष्ट्रिय दबाबका कारण नयाँ कानुन बन्यो। अनि सम्पत्ति शुद्धीकरण विभाग पनि। विभागसँग मिलेर ब्युरोले गरेको अनुसन्धानको परिमाणस्वरुप जेठ ५ गते चक्रे मिलन, दीपक मनाङे, गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीको अकुत धन उधिन्ने अभियान अन्ततः विशेष अदालतसम्म पुग्यो। 
उनीहरुको नाममा प्रहरी कार्यालयमा आपराधिक घटनाको फाइलको चाङ भए पनि उनीहरुले दाबी गरेको, 'युवा व्यवसायी, उद्यमी , पार्टीको इमान्दार कार्यकर्ता' जस्ता नक्कली आवरणमा प्वाल पर्यो। 
राज्यले गणेशको २७ , मनाङेको १४ , बस्नेतको ११, चक्रेको सात र गिरीको दुई करोड सम्पत्ति जफतको प्रयास सुरु गरेको छ। तर, के यो प्रयास सफल होला त
केपी ढुंगाना

२०५८ बाट पत्रकारिता सुरु गरेका ढुंगाना सुरक्षा र संगठित अपराधको विषयमा दख्खल राख्छन्। २०६९ मा प्रकाशित उनको पुस्तक ओपन सेक्रेट 'बेस्ट सेलर' बनेको छ। 

ट्विटरः @hamroblog

फेसबुकः facebook.com/kpdhungana

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
पाँच दिनदेखि भोको, अनिँदो

पाँच दिनदेखि भोको, अनिँदो

तातापानी (सुर्खेत)-दुईजनासम्म सुत्न मिल्ने सानो कोठा। बर्खाको पानीले रसाएको चिसो भुइँ। अलिकति पानी पर्योि कि चुहिन थालिहाल्छ। तातापानीकी गंगा बिक आफ्नो परिवारका सातजनासँग त्यही कोठामा सुत्छिन्। गत बिहीबार राति उर्लेको...

बगायो परिवारै बबईले

बगायो परिवारै बबईले

दाङ-डुरुवा–२ की १२ वर्षीया घना खत्रीले गत वर्ष बाबु गुमाइन्। भदौ १२ गते बुबाको वार्षिकीको चाँजोपाँचो मिलाइँदै थियो, १५ दिनअघि नै विपत्ति बनेर बबई नदी घर छिर्‍यो। तीन दिनको वर्षापछि उर्लेको...

कहिले आउला राहत!

कहिले आउला राहत!

नेपालगन्ज-बाढीमा परेर बाँच्ने आधार गुमेपछि होलिया–३, चौफेरीकी अनितादेवी यादवले गाँसबास खोज्दै घर छाडिन्। उनी राप्ती नदीबाट करिब ५ किलोमिटर वारि बेतहनीको सामुदायिक वनमा आश्रय लिन आइपुगेकी छन्। शरीर ढाक्ने कपडाबाहेक अनितासँग...

सुनकोसी विपत्तिः केटाकेटी टोलाइरहे, शिक्षक हेरिरहे

सुनकोसी विपत्तिः केटाकेटी टोलाइरहे, शिक्षक हेरिरहे

सिन्धुपाल्चोक- ४२ दिन लामो बर्खे बिदा सकिएको सातापछि सोमबार वनसाँघु मावि खुल्दा पहिलेजस्तो उत्साह थिएन। शिक्षक मलिन थिए, विद्यार्थी टोलाई मात्र रहे। पुनर्मिलनको कुनै भाव थिएन न त खुसीको गुन्जायस।...

माइतीघर–तीनकुने सडक,पहिलो बर्खा'नि थेगेन

माइतीघर–तीनकुने सडक,पहिलो बर्खा'नि थेगेन

काठमाडौं-करिब ५० करोड रुपैयाँ लागतमा निर्माण भएको देशकै चौडा माइतीघर–तीनकुने सडकले पहिलो बर्खा पनि थेग्न सकेन। मनसुन सकिएको छैन तर सरकारलाई हस्तान्तरण गरिएको पाँच महिना नबित्दै २.६ किलोमिटर लामो यो...

'सुख खोज्दा सर्वश्व गुम्यो'

'सुख खोज्दा सर्वश्व गुम्यो'

सुर्खेत- डेढ वर्षअघि जाजरकोटबाट सुर्खेत झर्दा जैसरा सुनारले भविष्यको मीठो कल्पना गरेकी थिइन्। बालबच्चा पढाउने, व्यापार व्यवसाय गर्ने र पैसा कमाउन सकियो भने राम्रो ठाउँमा जग्गा किन्ने उनको योजना थियो।...

मधेशमा मिलजुल

मधेशमा मिलजुल

विराटनगर -  'हामी हतियार बुझाउन तयार भयौं, अब शान्तिपूर्ण राजनीति गर्छौं,' मधेशको भूमिगत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका संरक्षक 'कौटिल्य' भनिने संजयुकमार गुप्ताले घोषणा गरेका छन्, 'भएका सात थान हतियार...

बाढीले विस्थापितको बेहाल, थप २८ को मृत्यु

बाढीले विस्थापितको बेहाल, थप २८ को मृत्यु

सुर्खेत-तीनदिने झरीका कारण आएको बाढीपहिरो विपत्तिमा थप २९ को मृत्यु भएको छ। प्रकोपमा २२ हजारभन्दा बढी विस्थापित भएका छन् भने अझै सयभन्दा बढी बेपत्ता छन्। शनिबार बिहानबाट वर्षा थामिएपछि विभिन्न जिल्लामा...