Thursday 3 Poush, 2071 |
Menu

५ दिनमा २० हजारले घर फर्किन निवेदन दिए

(0 votes)
५ दिनमा २० हजारले घर फर्किन निवेदन दिए
काठमाडौं - साउदी अरबस्थित नेपाली दूतावासमा २० हजार अवैध नेपाली कामदारले स्वदेश फर्कन यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) का लागि निवेदन दिएका छन्। साउदीले त्यहाँ रहेका अवैध आप्रवासी कामदारलाई वैध वा स्वदेश फर्कन ५५ दिने एमनेस्टी (आममाफी) घोषणा गरेपछि पछिल्लो पाँच दिनमा २० हजारको निवेदन परेको हो। 'पाँच दिनमा २० हजार अवैध कामदारले घर फर्किन राहदानी माग गरी दूतावासमा निवेदन दिएका छन्,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनबाट भने, 'स्वदेश फर्कन निवेदन दिनेमा महिलाको संख्या नगन्य छ।'
अवैध आप्रवासी कामदारलाई साउदीले असार १९ सम्म वैध वा स्वदेश फर्कने अवसर दिएको छ। यो अवधिमा त्यहीं वैध भई बस्ने वा आआफ्ना दूतावासबाट राहदानी लिई स्वदेश फर्कने कामदारमाथि कुनै कारबाही तथा सजाय हुनेछैन। ७० हजार पुरुष र गैरकानुनी तरिकाले घरेलु कामदारका रुपमा प्रवेश गरेका ५० हजार महिला गरी करिब एक लाख २० हजार हाराहारीमा साउदीमा नेपाली अवैध कामदार रहेको अनुमान छ। 

वैध तथा अवैध गरी ६ लाख भन्दा बढी नेपाली कामदार रहेको साउदीका विभिन्न प्रमुख सहरबाट दूतावासले अवैध कामदारको निवेदन संकलन गरेको छ। रियाद, जेद्दा र दमाम गरी तीन ठाउँमा कर्मचारी खटाई स्वदेश फर्कन चाहने अवैध कामदारको निवेदन संकलन गरीरहेको दूतावासले ताबुक र सकाकाबाट पनि निवेदन संकलन गर्ने निर्णय लिएको छ। ताबुक र सकाकामा नेपाली समुदायले अवैध कामदारको निवेदन संकलन गरी दूतावासलाई सघाएको राजदूत पाण्डेले जनाए। 

'लामो समयदेखि अवैध तरिकाले साउदीमा बस्दै आएको ठूलो संख्या स्वदेश फर्कन चाहेको छ। हालसम्म अवैध रहेका तर एम्नेस्टीको अवसर छोपी वैध बनी यहीं कामलाई निरन्तरता दिन चाहने कामदारको संख्या न्युन छ,' राजदूत पाण्डेले स्पष्ट पारे। राजदूत पाण्डेका अनुसार वैध बन्न खोज्ने कामदार दैनिक एक/दुई सय मात्र दूतावास राहदानीको लागि निवेदन दिन आउने गरेका छन्। 

साउदीले १५ वर्षपछि अवैध आप्रवासी कामदारलाई बिनाकारबाही तथा सजाय स्वदेश फर्कने अवसर दिएको हो। यसअघि सन् १९९८ मा साउदीले एमनेस्टी दिने घोषणा गरेको थियो। १५ वर्षअघि आह्वान गरेको ६ महिने (अप्रिल–सेप्टेम्बर) आममाफी कार्यक्रममा ९ लाख २० हजार ३ सय ७५ अवैध आप्रवासी कामदार स्वदेश फर्केका थिए। अहिले साउदीमा आप्रवासी कामदारको संख्या ६८ लाखभन्दा बढी छ। 

रियादस्थित दूतावासमा मात्र दैनिक १ हजार २ सयले निवेदन दिएको उनले जनाए। थोरै निवेदन परेको दिनमा पनि ८ सयले घर फर्कनका लागि राहदानी माग गरेका थिए। 
अवैध १३ हजार कामदारका राहदानी दूतावासमा

साउदी अरबका विभिन्न निकायबाट प्राप्त भएका करिब १३ हजार अवैध नेपाली कामदारका राहदानी दूतावासमा जम्मा हुन आएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। रोजगारदाता कम्पनीबाट भागी अन्यत्र काम गरीरहेका अवैध कामदारका ती राहदानीलाई दूतावासले सूचीबद्ध गरी आफ्नो वेबसाइट डब्ल्यू डब्ल्यू डब्ल्यू डट एनइकेएसए डट ओराजीमा राखेको छ।

हुरुव लागि रोजगारदाता कम्पनीले विभिन्न समयमा बुझाएका राहदानी दूतावासले सार्वजनिक गरेको हो। साउदीमा कामदार पुग्नेबित्तिकै उसको राहदानी रोजगारदाता कम्पनीले लिने गर्छ। करार अवधि नसकिँदै कामदार उक्त कम्पनी छोडी अर्कोमा गएमा राहदानीबिना जानुपर्ने हुन्छ। यसरी कामदार गएपछि रोजगारदाता कम्पनीले उसको राहदानी त्यहाँको राहदानी विभागमा बुझाउने गर्छ। यसैलाई हुरुव भन्ने गरिन्छ। राहदानी विभागले विदेश मन्त्रालयमार्फत् सम्बन्धित देशको दूतावास पठाउने गर्छ। 

'विभिन्न निकायबाट हुरुव लागि संकलन भएका १२ हजार ८ सय १८ जना कामदारको राहदानी नम्बर, वाहकको नाम र ठेगाना सूचीबद्ध गरी हामीले वेबसाइटमा राखेका छौं,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'अवैध कामदारले यो सूचिमा आफ्नो नामको राहदानी भेटे वैध बन्न तथा स्वदेश फर्कन नयाँ राहदानी लिइरहनु पर्दैन।' 

साउदी सरकारले अवैध आप्रवासी कामदारलाई बिना सजाय र जरिवाना वैध बन्ने तथा स्वदेश फर्कने अवसर (एम्नेस्ट) दिएपछि दूतावासले हुरुव लागेका राहदानी वेबसाइटमा राखेको हो। कामदारले असार १९ सम्म यस्ता राहदानी लिई स्वदेश फर्कन पाउनेछन्। 

'हुरुव लागि संकलनमा आएका करिव १३ हजार राहदानी वाहक मध्ये धेरै यसअघि नै दूतावासबाट यात्रा अनुमति पत्र लिई स्वदेश फर्किसकेको पनि हुनसक्छन्। तर, यहाँ हुनेले वेबसाइट हेरी आफ्नो नम्बर टिपेर दूतावास आई राहदानी लग्न सक्नेछन्। यसको लागि कुनै सुल्क तिर्नुपर्ने छैन,' उनले भने।
सुरेन्द्र पौडेल

२०५९ सालदेखि पत्रकारिता सुरु गरेका सुरेन्द्र पौडेल विदेश मामिला, रक्षा र वैदेशिक रोजगारमा दक्खल राख्छन्। अनुसन्धानमूलक रिपोर्टिङ र फिचर लेखन उनको रुचिका विषय हुन्।

ट्विटरः @SurendraPaudel

फेसबुकः facebook.com/surendra.paudel

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
स्कुलमा आतंकवादी हमला: एक–एक गरी कोपिला चुँडे

स्कुलमा आतंकवादी हमला: एक–एक गरी कोपिला चुँडे

पेसावर (पाकिस्तान)-हतियारधारी तालिबान आतंककारीहरूले मंगलबार सैनिक पब्लिक स्कुलमा आक्रमण गर्दा १३ वर्षीय सइद सभाकक्षमा थिए। अन्धाधुन्ध गोली चल्न थालेपछि उनी कुर्सीमुनि छिरे। स्वचालित हतियारबाट गोलीको पर्रा छुटेझैं उनको मुटु धड्किरहेको थियो।...

स्कुलमा तालिबानी हमला : १३२ विद्यार्थी, ९ शिक्षकसहित कम्तीमा १५० जना मारिए

स्कुलमा तालिबानी हमला : १३२ विद्यार्थी, ९ शिक्षकसहित कम्तीमा १५० जना मारिए

पेसाबर- पाकिस्तानको उत्तरपश्चिमी सहर पेसाबरस्थित एक सैनिक स्कुलमा मंगलबार बन्दुकधारी तालिबान लडाकुले गरेको आतंकवादी हमलामा सयभन्दा बढी बालबालिकासहित कम्तीमा १ सय ५० जना मारिएका छन्। तालिबानी हमलामा स्कुलमा अध्ययरत १...

महानगरको दुर्दशा: सिनामंगल सडक अझै ७ महिना यस्तै

महानगरको दुर्दशा: सिनामंगल सडक अझै ७ महिना यस्तै

काठमाडौं-सडक निर्माणमा भएको ढिलाइका कारण डेढ वर्षदेखि धुलो र हिलोको सास्ती पुरानो बानेश्वर–सिनामंगल खण्डका स्थानीय बासिन्दाले अझै ७ महिना खानुपर्ने देखिएको छ।विस्तारका लागि डेढ वर्षअघि भत्काइएको सडकमा खानेपानी, ढल, भूमिगत...

सिड्नी घटनाबारे नेपाली प्रत्यक्षदर्शी,‘काम छाडेर भागाभाग भयो' (केही दृष्यसहित)

सिड्नी घटनाबारे नेपाली प्रत्यक्षदर्शी,‘काम छाडेर भागाभाग भयो' (केही दृष्यसहित)

काठमाडौं-‘तपाईंहरू अझै यहाँ काम गर्दै हुनुहुन्छ, तल लिन्ड्ट क्याफे आतंकवादीहरूले कब्जामा लिइसके, प्रहरीले यो भवन पूरै खाली गराउँदैछ।'एक जना अपरिचित व्यक्तिले हड्बडाउँदै यस्तो खबर ल्याएपछि अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नीको जिलिया...

धर्म परिवर्तनको वकालत गर्ने वेलायती राजदूतलाई स्पष्टिकरण सोधिने

धर्म परिवर्तनको वकालत गर्ने वेलायती राजदूतलाई स्पष्टिकरण सोधिने

काठमाडौं– वेलायती राजदूत एन्डी स्पार्कले संविधानमा सभा सदस्यहरुलाई धर्म परिवर्तन गर्न पाउनुपर्ने अधिकार नयाँ संविधानमा स्थापित गर्न दिएको सल्लाहको आलोचना भइरहेको बेला सरकारले उनीसँग स्पष्टिकरण सोध्ने भएको छ।

कार्यक्रम रद्द हुँदा दु:ख लागेको छ : कपिल शर्मा

कार्यक्रम रद्द हुँदा दु:ख लागेको छ : कपिल शर्मा

काठमाडौं- भारतीय कमेडियन कपिल शर्माले नेपाली दर्शकमाझ कार्यक्रम प्रस्तुत गर्न नपाएकोमा दुःख व्यक्त गरेका छन्। 'सुरक्षा' कारण देखाउँदै शनिबार पूर्वनिर्धारित 'पर्पल फेस्ट' रद्द भए पनि नेपाल आएका कपिलले शनिबार साँझ...

शीतलहर : 'यी जाड मे ना मरेम् तो एक साल और जियम्'

शीतलहर : 'यी जाड मे ना मरेम् तो एक साल और जियम्'

काठमाडौं- पर्सा, चोर्नी गाविसकी भगजोगनी माझीलाई आफ्नो उमेर हेक्का छैन। अन्दाजी ६०–६५ वर्षका देखिने मुसहर समुदायकी उनी केही वर्षअघिसम्म अर्काको खेतमा मजदुरी गर्थिन्, अहिले काम गर्न सक्दिनन्। गर्मी याम अधिकांश समय...

चालकलाई कस्न नयाँ नियम

चालकलाई कस्न नयाँ नियम

काठमाडौं- सार्वजनिक यातायातको बेथिति र मनमानीका कारण शृंखलाबद्ध सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेपछि सरकारले सार्वजनिक सवारीचालकलाई जिम्मेवार बनाउन नयाँ नियमावली ल्याएको छ।