Wednesday 14 Magh, 2071 |
Menu

HUB

एकै दिन डेढ सय आरोही सगरमाथा शिखरमा

  • सोमबार ६ जेष्ठ, २०७०
  • सुशील भट्टराई
  • DISQUS_COMMENTS
(0 votes)
एकै दिन डेढ सय आरोही सगरमाथा शिखरमा
काठमाडौं - विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा आइतबार एकै दिन करिब डेढ सय आरोहीले विजयी झन्डा फहराएका छन्। झन्डै दुई महिनादेखि शिखर पुग्न आधारशिविरमा बसिरहेका संसारका ६ सय ७० आरोही शनिबार मौसमले साथ दिएपछि चुचुरोतिर लागेका थिए। सगरमाथा शिखर पुग्नै बाँकी अझै पनि करिब ४ सय आरोही छन्। तीमध्ये कोही आधारशिविर, कोही पहिलो, दोस्रो, तेस्रो क्याम्प, साउथ कोलमा छन्। उनीहरू सोमबार शिखर पुग्ने तयारीमा छन्।
सगरमाथा आरोहणका लागि यसपालि स्वदेश तथा विदेशका गरी ३१ दल गएका छन्। 'आइतबार १ सय ४१ आरोही सगरमाथा शिखर पुगेका छन्,' सगरमाथा आधारशिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत तथा सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठले आइतबार टेलिफोनमा नागरिकसँग भने, 'तीमध्ये कति नेपाली र कति विदेशी हुन् भन्ने विस्तृत विवरण आइपुगेको छैन।'

उनले २९ विदेशी र ३५ नेपाली गरी ६४ आरोही शनिबार शिखर पुगेको जानकारी दिए। 'मौसमले साथ दिएका शनिबार मध्यरातबाट आरोहीहरू शिखरतिर लागेका थिए,' सन् २०११ मा निजामती कर्मचारी टोलीबाट सगरमाथाको सफल आरोहण गरेका श्रेष्ठले भने, 'अब एक साताभित्र अधिकांश शिखर पुग्नेछन्। आइतबार १ सय ४१ जना शिखर पुगे पनि एकै दिन धेरैजना पुगेको कीर्तिमान भने होइन।'

उनका अनुसार आइतबार बिहान ७ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका थिए। सबैले दक्षिण–पूर्वी मोहोडा (नेपाली भेग) बाट आरोहण गरेका हुन्। शनिबारसम्ममा १ सय १३ जना चुचुरो पुगेका थिए। मौसम, प्राविधिक वा स्वास्थ्यका कारण केही आरोहीले आरोहण परित्याग गरिसकेका छन्। 

बाटो बनाएको दिन वैशाख २७ मा १२ शेर्पा र दुई आरोही शिखर पुगेका थिए। त्यस दिनबाट आरोही शिखर पुग्ने क्रम सुरु भएको हो। यसपालि वसन्त ऋतुमा जेठ ४ देखि ११ सम्मको दिनलाई चुचुरो पुग्ने उपयुक्त समय मानिएको छ। यही एक साताभित्र अधिकांश आरोही शिखर पुग्ने गरी तयारीमा लागेको श्रेष्ठले जानकारी दिए। 'सोमबार एक सयजति आरोही शिखर पुग्ने सम्भावना छ,' उनले भने।

त्यसैगरी नेपाली मूलका क्यानडेली सुदर्शन गौतम सम्भवतः सोमबार शिखर पुग्ने श्रेष्ठले बताए। गौतमको दुवै हात छैनन्। उनी १४ वर्षको हुँदा दुर्घटनामा परेर दुइटै हात गुमाएका थिए। शनिबार शिखर पुगेकी साउदी अरबकी २५ वर्षीया राहा मोहर्रक उनको देशकै पहिलो महिला सगरमाथा आरोही बनेकी छन्।

पर्यटन मन्त्रालयका अधिकृत तिलक पाण्डेले यसपालि सगरमाथा आरोहण सलामी दस्तुर (रोयल्टी) तिरेर गएका ३ सय ४० मध्ये २५ आरोहीको रोयल्टी सरकारले मिनाहा गरिदिएको जानकारी दिए। नेपाल तथा भारतका सेना सम्मिलित संयुक्त दलका २५ आरोहीलाई मन्त्रिपरिषदले हालै रोयल्टी मिनाहा गर्ने निर्णय गरेको थियो। यो दलका ११ जना आइतबार सफल भएको उनले बताए। उनका अनुसार आइतबार भारतका जुम्ल्याहा दिदीबहिनी २१ वर्षका नन्सी र तासी मलिक पनि चुचुरो पुगेका छन्। 

सरकारले सगरमाथा जाने एकजनालाई २५ हजार अमेरिकी डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर रोयल्टी लिन्छ।

सातजना बराबर एक दल हुने र त्यसलाई ७० हजार डलर शुल्क लाग्छ। यसअघि बढीमा १० जनाको एक दल हुन्थ्यो। प्रत्येक थप आरोहीलाई १०–१० हजार डलर थप शुल्क लाग्छ। हाल एक दलमा बढीमा १५ जनासम्म बस्न मिल्छ। 

साधारण रुटबाहेक अन्य मार्गबाट सगरमाथा चढ्न सातजना बराबर ५० हजार डलर र प्रत्येक थप सदस्यलाई १० हजार डलर लाग्छ। अनुमति पाएको ७५ दिनभित्र आरोहण गरिसक्नुपर्छ। हिमालपिच्छे आरोहण अनुमति शुल्क फरक छ।

फूर्वातासी २१ पटकको तयारीमा
यसपालि नेपाली आरोही फूर्वातासी शेर्पा २१औं पटक शिखर पुग्ने तयारीमा रहेका छन्। उनी शिखरसम्म बाटो बनाउन जानेक्रममा गत वैशाख २७ गते २०औं पटक चुचुरो पुगेको सगरमाथा आधारशिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार फूर्वा फेरि शिखरतिर लागेका छन्। उनले एक साताभित्र शिखर पुगेर २१औं पटकको लक्ष्य पूरा गर्ने बताएका छन्। संसारमै सबैभन्दा धेरै २१ पटक सगरमाथा शिखर पुगेको कीर्तिमान नेपालकै आप्पा शेर्पाको नाममा छ। फूर्वाले यसपालि आप्पालाई भेट्ने सम्भावना छ। 

नेपाली अभिनेता सफल
यसैबीच नेपाली चलचित्रका अभिनेता अर्जुन कार्की पनि आइतबार सगरमाथा शिखर पुगेका छन्। कार्की सेभेन समिट्स आरोहण दलको सहयोगीका रूपमा गएका थिए। एउटै दलमा सहयोगीकै रूपमा रहेकी अभिनेतृ निशा अधिकारी भने आइतबारसम्म तेस्रो क्याम्पमा पुगेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। निशा सोमबारसम्म शिखर पुग्ने श्रेष्ठले बताए। पहिले आरोही भनेर प्रचार गरेका अर्जुन र निशाले रोयल्टी नतिरेको सार्वजनिक भएपछि मात्र सहयोगीका रूपमा जान लागेको बताएका थिए। 

शिखरबाट लाइभ!
सगरमाथा शिखरबाट बेलायती आरोही डेनियल ह्युग्सले आइतबार बिबिसी टेलिभिजनका लागि प्रत्यक्ष प्रसारण गरेका छन्। सगरमाथाबाट यस्ता गतिविधि गर्न नेपाल सरकारको अनुमति लिनुपर्छ। तर उनले बिनाअनुमति बिबिसीसँग प्रत्यक्ष कुराकानी गरेका थिए। 
यसबारेमा पर्यटन मन्त्रालयका अधिकारीहरू बेखबर भए पनि बिबिसी आफैंले डेनियलसँग प्रत्यक्ष कुराकानी गरेको भिडियो अनलाइन संस्करणमा राखेको छ। 

'डेनियलले शिखरबाट प्रत्यक्ष प्रसारण गरेको अपुष्ट खबर आएको छ,' पर्यटन मन्त्रालयका अधिकृत तीलक पाण्डेले भने, 'खासमा के भएको हो, अझै पुष्टि हुन बाँकी छ। शिखर पुगेको खबरमात्र भनेको भए सामान्य हो, अन्यथा गैरकानुनी काम हो।' सगरमाथामा छायांकन गर्न, वृत्तचित्र खिच्न, कुनै टिभी वा रेडियोमा प्रत्यक्ष प्रसारण गर्नुअघि अनुमति लिनुपर्ने उनले बताए।
‘निकम्मा सरकार!'

‘निकम्मा सरकार!'

काठमाडौं-‘एकातिर तेलचोरी र ग्यासमा कालोबजारी गर्नेलाई उन्मुक्ति दिने, अर्कातिर नयाँ सिलिन्डर बेच्न ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई उल्टै कोटा थपिदिएर सहयोग गर्ने?' मंगलबार संसदीय समितिमा सभासदहरूले मन्त्रीहरूलाई सिधै आरोप लगाए,...

ज्यानभन्दा ज्ञानै प्यारो

ज्यानभन्दा ज्ञानै प्यारो

धादिङ-बिहानै उठ्यो, घरधन्दा सक्यो, अनि किताबको झोला र ट्युब च्यापेर लाग्यो स्कुलतिर।ज्यानभन्दा ज्ञान प्यारो लागेरै होला, उनीहरू ज्यानको आसै मारेर दिनहुँ त्रिशुलीमा हेलिन्छन्।स्कुल नगई धरै छैन, सहारा भने केही छैन,...

तीन चौथाइले बढ्यो प्रक्रिया, को कता?

तीन चौथाइले बढ्यो प्रक्रिया, को कता?

काठमाडौं-संविधानसभाले संविधान निर्माण प्रक्रियालाई एक कदम अघि बढाउँदै विवादित विषयमा वस्तुगत प्रश्नसहितको प्रतिवेदन तयार पार्ने प्रश्नावली प्रस्ताव समिति गठनलाई तीन चौथाइ मतका आधारमा पारित गरेको छ। एकीकृत माओवादी र मधेसवादीसहित १९...

जोखिममै छन् सुत्केरी

जोखिममै छन् सुत्केरी

काठमाडौं- साउन अन्तिम साता दाङ, घोराहीस्थित राप्ति उपक्षेत्रीय अस्पतालमा दुई सुत्केरीको ज्यान गयो। बिजौरी–४, थानागाउँकी १७ वर्षे पुष्पा चौधरी र तुलसीपुर नगरपालिकाकी ३२ वर्षे यमकुमारी थापाको सुत्केरी ब्यथाका क्रममा अत्यधिक रक्तश्रावले...

नेपाल–भारत सीमा विवाद: सीमामा चहर्‍याइरहने घाउ

नेपाल–भारत सीमा विवाद: सीमामा चहर्‍याइरहने घाउ

काठमाडौं-पाँच वर्षअघि सीमाविद् बुद्धिनारायण श्रेष्ठसहितको सीमा अवलोकन टोली कञ्चनपुरको परासन गाविसअन्तर्गत प्याराताल क्षेत्र पुग्नासाथ स्थानीयबाट घेरियो।हराइरहेको १ सय ९४ नम्बरको जंगे–पिलर धुइँधुइँती खोज्न भनेर त्यहाँ पुगेको टोलीलाई उनीहरुले र्यायख्र्यााख्ती पारे।...

दुःखले बेरेको बाल्यकाल

दुःखले बेरेको बाल्यकाल

भोजपुरको याङपाङ–६ प्युठ गाउँका मनोज गोले उमेरले १३ वर्ष पुग्दैछन्। उनका लागि यो उमेर भनेको आफ्ना अभिभावकबाट माया र हेरचाहको हो। बिडम्बना! अभिभावकबाट पाउने माया र हेरचाह उनि आफ्ना दुई...

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन-‘जनताको आशामा लागेको चोटले मर्माहत छु’

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन-‘जनताको आशामा लागेको चोटले मर्माहत छु’

काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधन गर्दै लोकतन्त्रका सहयात्री दलले मिलेर हाँसिल गरेका उपलब्धीलाई मिलेरनै संस्थागत गरौं भन्ने भावनालाई केही दलले कमजोरीको रुपमा लिएको बताए। उनले...

‘अफ्रिकी विद्रोहीसँग' सेनाका हतियार

‘अफ्रिकी विद्रोहीसँग' सेनाका हतियार

काठमाडौं-तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा नेपाली सेनाले चीनबाट मगाएको सैन्य हतियार अफ्रिकी मुलुकका विद्रोहीको हातमा फेला परेको खुलासा भएको छ। हातहतियार सुरक्षा क्षेत्रमा काम गर्ने एक बेलायती संस्थाले गरेको...