Tuesday 6 Shrawn, 2071 |
Menu

आइसियू सेवामा चर्को दलाली

(0 votes)
आइसियू सेवामा चर्को दलाली
काठमाडौंफोक्सोमा पानी जमेको आशंकामा तनहुँबाट वीर अस्पताल रेफर भएका नरेन्द्र पौडललाई आकस्मिक कक्षमा पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले आइसियू खाली छैन बाहिर लानुपर्छ भने। सहयोगीले जस्तै ती स्वास्थ्यकर्मीले आफैं फोन गरेर अरु अस्पतालमा आइसियू खाली भए/नभएको सोधीखोजी गरे। 'म बिरामी पठाइदिन्छु सहयोग गरिदिनुस्' भन्दै फोन राखेपछि उनले बिरामीका आफन्तसँग भने, 'सुन्धारामा छ, लाइफकेयर अस्पतालमा मैले भनिदिएको छु, वीरबाट आएको भन्नुस्।'
निजीतर्फ लाइफकेयर अस्पतालमा सबैभन्दा बढी ३६ आइसियूमा २० वटा भेन्टिलेटर छ। तर उक्त अस्पतालमा अन्य सेवा छैन। 'आइसियूको मापदण्डअनुसार २४ सै घन्टा एनेस्थेसियोलोजिस्टलगायत सम्पूर्ण विशेषज्ञ हुनुपर्ने हो,' स्रोतले भन्यो, 'अस्पतालले राउन्डमा आउने अधिकांश एमबिबिएस डाक्टर र नर्सको भरमा सेवा दिएको छ।'
अस्पताल पुर्‍याएपछि परिवारलाई बिरामी भेट्न दिइएन। एक दिन बिराएर ५० हजार रुपैयाँ जम्मा गर्ने निर्देशनमात्रै आउन थाल्यो। पाँचौं दिन पौडेल परिवारले अस्पतालमा कार्यरत एक चिकित्सकलाई चिन्ने आफन्तमार्फत् बिरामीको अवस्था बुझ्न लगाए। ती आफन्तले बिरामीको आर्थिक अवस्था कमजोर भएको बताएपछि लाइफकेयरका चिकित्सकले सुझाए, 'आइसियूमा राख्नै नपर्ने बिरामी हो, मैले भनेको नभनीकन जसरी भए पनि वीरमै लानुस्।' ती चिकित्सककै सल्लाहअनुसार पौडेल परिवारले पैसा छैन भन्दै वीर लान्छु भने। अस्पताल प्रशासनले मानेन। अबको पैसा तिर्दैनौं भनेपछि अस्पतालले आइसियूबाट डिस्चार्ज गर्‍यो। 'आइसियूमै राख्न नपर्ने अवस्था रहेछ तर प्रत्येक दिन विभिन्न शुल्कको नाममा ४० देखि ५० हजार रुपैयाँको बिल दिएको छ,' पौडेल पत्नी सरिताले भनिन्।

लाइफकेयरबाट फिर्ता भएपछि वीरको जनरल वार्डमा बसेर केही दिन उपचार गराएका पौडेल घर फर्किने तयारीमा छन्। अस्पतालमा केही दिन बस्दा भेटघाटमा आउनेका अनुभव सुनेपछि पौडेल परिवारले थाहा पाएनिजी अस्पतालले पैसा कमाउन राख्नै नपर्नेलाई पनि आइसियूमा राख्दा रहेछन्। यतिसम्म कि त्यस्ता निजी अस्पतालले वीरलगायत ठूला अस्पतालमा सहयोगीका रुपमा दलाल खटाएका हुँदा रहेछन्। 'सुरूमा वीरमा आइसियूमा राख्नुपर्छ भन्ने मान्छेलाई बीचमा लाइफकेयरमै भेटेको थिएँ, घुम्न आएको भन्थ्यो,' पौडेलपत्नी सरिताले भनिन्, 'लाइफकेयरकै दलाल रहेछ पैसा लिन गएको होला।'

वीर अस्पतालको आकस्मिक कक्षबाट मात्रै दैनिक ३ देखि ६ जना गम्भीर अवस्थाका बिरामीलाई सघन उपचार कक्ष (आइसियू) र कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) छैन भन्दै यसरी नै विभिन्न अस्पतालमा रेफर गरिन्छ। रेफरको कारण खुलाउनुपर्ने नियम लागेपछि अनावश्यक बहाना गरेर बिरामी रेफर गर्ने प्रवृत्ति केही घटे पनि आइसियू नै नपाएर फर्काउनुपर्ने बिरामी संख्या झन्डै त्यत्ति नै हुन्छ।

वीरमा आकस्मिक कक्षमा काम गर्ने अधिकांश स्वास्थ्यकर्मी र केही चिकित्सकले आइसियूको बहानामा निजी अस्पतालमा बिरामी पठाएर 'दलाली दस्तुर' लिने गरेको भन्दै अस्पताल प्रशासनमा धेरैपटक उजुरी परेको छ। 'आइसियूको बहानामा जथाभावी बिरामी पठाएको र आइसियू खोज्दाखोज्दै ज्यान जाने अवस्था आएको पनि प्रसस्त सुनिन्छ।' नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर (एएससिसिएम) का अध्यक्ष एवं शिक्षण अस्पताल एनेस्थेसिया विभाग प्रमुख डा. मोदनाथ महरठ्ठाले भने, 'यसमा विस्तृत अध्ययन नभएकोले ठोस रुपमा भन्न कठिन छ।'

मरहठ्ठाले आइसियूमा बेड संख्या र जनशक्तिको कमी तथा भएका बेड पनि मापदण्डअनुरुप नहुँदा गम्भीर अवस्थाका बिरामी बचाउन गरिने सघन उपचार सेवाको अवस्था नाजुक रहेको बताए। 'हामीकहाँ आइसियू उपचारसम्बन्धी प्रोटोकल नै छैन, त्यसैले कस्तालाई आइसियूमा राख्ने, कतिबेला निकाल्ने भन्ने समस्या छ,' उनले भने।

वीर अस्पतालका आइसियू विशेषज्ञ (इन्टेन्सिभिस्ट) डा. रविमान श्रेष्ठले सरकारी भएकै कारण राजनीतिक दबाबले समेत आइसियूमा राख्नुपर्ने बाध्यता रहेको बताए। 'पहिले आउने बेड नपाएर जान्छन्, खाली भएको बेला निजीमा उपचार गराइरहेकालाई पनि खर्च गर्न नसकेपछि लिनुपर्छ,' श्रेष्ठले भने।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्पतालमा कूल शऒ्ढयाको १० प्रतिशत सघन उपचार शऒ्ढया हुनुपर्छ। वीरमा ६ सयभन्दा बढी बेड छन्। मापदण्डअनुसार वीर एक्लैमा ६० वटा आइसियू बेड हुनुपर्छ। तर, यहाँ १५ शऒ्ढयाको आइसियू कक्ष छ जसमा ५ वटामा मात्रै भेन्टिलेटर छ। अस्पतालले १५ वटैमा भेन्टिलेटर जडान गर्ने योजना रहेको जनाएको छ। शिक्षण अस्पतालमा हालै कार्डियाक केयर युनिट (सिसियू) सँग मर्ज गरेर ११ शऒ्ढयाको आइसियू बनाइएको छ। शिक्षणमा पनि ६० बेडकै आइसियू हुनुपर्ने हो। ठूला अस्पताल पाटन र कान्तिमा ५/५ बेडका आइसियू कक्ष छन्।

'खर्च धान्नसक्ने अवस्थामा बिरामीको वैज्ञानिक अनुगमनका लागि आधाभन्दा बढी आइसियू भए राम्रो भन्ने अवधारणा आइसकेको छ,' डा. महठ्ठाले थपे, 'सरकारी अस्पतालले नै १० प्रतिशत पुर्‍याउन सकेका छैनन्।'

डा. श्रेष्ठका अनुसार मिर्गौला, दम, मुटु, मस्तिष्कसम्बन्धी जटिल प्रकृतिका रोग, दुर्घटना, प्रदूषण, धूमपानका कारण उत्पन्न हुने रोगको उपचार गर्न आइसियू र भेन्टिलेटरको माग छ। त्यसबाहेक अधिकांश जटिल शल्यक्रियाका लागि पनि आइसियू चाहिन्छ। 'माग धेरै छ, तर वास्तविक गुणस्तरका आइसियू कम छ,' डा. श्रेष्ठले भने।

माग बढी भए पनि आइसियू कक्ष स्थापना बढी खर्चिलो भएकोले धेरै अस्पतालले यस्तो सेवा थप्न सक्दैनन्। गुणस्तरीय सामान राखेर भेन्टिलेटरसहितको एउटा आइसियू शऒ्ढया बनाउन एक करोड रुपैयाँसम्म खर्च लाग्छ। त्यही बहानामा निजीमा चर्को शुल्क असुल्ने गरिन्छ। सरकारी अस्पतालमा पैसा नभएको बहानामा सेवा विस्तार नगर्ने र सरकारीको सेवा बिगारेर निजीलाई पोस्ने प्रवृत्ति उत्तिकै रहेको चिकित्सक नै बताउँछन्।

निजीतर्फ लाइफकेयर अस्पतालमा सबैभन्दा बढी ३६ आइसियूमा २० वटा भेन्टिलेटर छ। तर उक्त अस्पतालमा अन्य सेवा छैन। 'आइसियूको मापदण्डअनुसार २४ सै घन्टा एनेस्थेसियोलोजिस्टलगायत सम्पूर्ण विशेषज्ञ हुनुपर्ने हो,' स्रोतले भन्यो, 'अस्पतालले राउन्डमा आउने अधिकांश एमबिबिएस डाक्टर र नर्सको भरमा सेवा दिएको छ।'

वीर र त्रिवि शिक्षणका आइसियूमा औषधीबाहेक दैनिक शुल्क बढीमा ३ हजार रुपैयाँ लाग्छ। तुलनात्मक रुपमा विशेषज्ञ सेवा नै नभएका अधिकांश निजीमा कम्तिमा एक दिनको १० हजारदेखि ३० हजार रुपैयाँसम्म शुल्क छ। अनावश्यक रुपमा गराइने चिकित्सकको भेट, औषधी र जाँचसमेत जोड्दा बिरामीको अवस्था हेरी निजीमा यो शुल्क ७० हजार रुपैयाँसम्म पुग्छ।

नेपालभरका करिब ८० अस्पतालमा आइसियू संरचनाका पाँच सय हाराहारी शऒ्ढया भएको अनुमान छ। तीमध्ये अधिकांश काठमाडौंमा छन्। उपत्यकामा दैनिक तीन सय आइसियू शऒ्ढयाको माग भए पनि कम मात्रै उपलब्ध छन्। 'भएकामा पनि राख्नै नपर्नेलाई राखेर पैसा कमाउने माध्यम बनाइएका छन्,' वीरका एकजना वरिष्ठ चिकित्सकले भने। आइसियूको आपूर्तिभन्दा माग बढी भएकोले निजी अस्पतालले बार्गेनिङ गरिरहेको जानकार बताउँछन्। 'राम्रो ठाउँमा खोजेको बेड नपाएपछि ज्यान बचाउनकै लागि जस्तो अस्पतालमा भए पनि भेन्टिलेटर छ भनेपछि राख्नैपर्ने बाध्यता बिरामीलाई छ।' डा. श्रेष्ठले थपे, 'मन्त्रालयले नै विस्तृत अध्ययन गरेर गम्भीर अवस्थाका बिरामीको उपचारमा लापरबाही हुने अवस्था अन्त्य गर्नुपर्छ।'
दीपक दाहाल

२०५८ सालदेखि पत्रकारितामा सक्रिय दीपक दाहाल 'नागरिक' दैनिकको स्थापना कालदेखि नै संलग्न छन्। उनी स्वास्थ्य, शिक्षा, वातावरणसहित सामाजिक मुद्दामा दख्खल राख्छन्। 

फेसबुकः https://www.facebook.com/deepak.dahal.798

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
खुलमखुला प्रतिबन्धित विषादी

खुलमखुला प्रतिबन्धित विषादी

काठमाडौं- सरकारले १५ थरी घातक विषादी प्रयोगमा प्रतिबन्ध लगाए पनि खुला सीमाको फाइदा उठाउँदै एग्रोभेटहरूले भारतबाट तिनै विषादी भित्र्याएर किसानलाई बेचिरहेका छन्। जनस्वास्थ्यमा गम्भीर असर पार्ने क्लोरडेन, डाइलड्रिन, अलड्रिन, मिरेक्स,...

'विषादी हाले कीरा मर्छ, नहाले किसान'

'विषादी हाले कीरा मर्छ, नहाले किसान'

काभ्रे- पाँचखाल–३ का द्वारिका श्रेष्ठ तरकारी खेती गर्नकै लागि दस वर्षअघि यहाँ आएका हुन्। यही पेसाबाट थोरबहुत प्रगति पनि गरे। केही समययता आएर भने कीरा र रोगको प्रकोपले उनलाई आफ्नो...

सेवाग्राहीलाई थाहै छैन सित्तै उपचार सेवा

सेवाग्राहीलाई थाहै छैन सित्तै उपचार सेवा

काठमाडौं- धुम्बाराहीमा बसोबास गर्दै आइरहेका नुवाकोटका रामहरि न्यौपाने गत सोमबार ६ वर्षे छोरा निशानको ज्वरोको उपचार गर्न चाबहिलस्थित ओम अस्पताल पुगे। सामान्य ज्वरो आएका निशानको उपचार तथा औषधि खरिदका लागि...

बिपी हिँडेको बाटो

बिपी हिँडेको बाटो

काठमाडौं- यो २००३ फागुन २१ को घटना हो।विराटनगर जुल मिलमा ट्रेड युनियन अधिकार माग गर्दै मजदुर आन्दोलन भएको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक रूप लियो। तत्कालीन राणा सरकार...

'बुद्धचित्त' किन्न हेलिकोप्टर

'बुद्धचित्त' किन्न हेलिकोप्टर

बनेपा- झट्ट हेर्दा स–साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने कुफलजस्तो। मूल्यले भने सुनझैं महत्ववान। तामाङ समुदाय र विशेषगरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बोधिचित्त (बोलीचालीमा...

स्वभाव र स्वास्थ्य मुख्य चुनौती

स्वभाव र स्वास्थ्य मुख्य चुनौती

काठमाडौं-पहिलो संविधानसभामा सदस्य र आठौं पार्टी महाधिवेशनमा पार्टी अध्यक्षमा पराजय भएपछिको प्रतिकूल राजनीतिक र स्वास्थ्य अवस्थाका बाबजुद केपी शर्मा ओलीले आफूलाई राजनीतिक मूलधारमा स्थापित गरेका छन्। एमाओवादीसँग निरन्तर संघर्षमा जोड दिँदै...

'कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने?'

'कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने?'

चैनपुर (बझाङ)/दार्चुला- आँखा कमजोर भएपछि काँडा गाविस–७, बाझका ५२ वर्षीय असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे। श्रीमती र ६ छोराछोरीले टिपेर ल्याएका यार्सा बेचेरै अहिले उनको घरखर्च...

समाजवादी धारको बजेट

समाजवादी धारको बजेट

काठमाडौं– अर्थमन्त्री रामशरण महतले कृषि अनुदान शून्यमा झारिएको पहिलो आर्थिक सुधार कार्यक्रमको गल्ती सुधार गर्दै समाजवादी धारतिर ढल्किएको बजेट ल्याएका छन्।