12 Bhadra, 2072 |
Menu

republica-header

ist-cc

भरिया समातिन्छन्, चिनिए पनि कारोबारी जोगाइन्छन्

  • शुक्रबार ३ जेष्ठ, २०७०
  • केपी ढुंगाना
  • DISQUS_COMMENTS
(0 votes)
भरिया समातिन्छन्, चिनिए पनि कारोबारी जोगाइन्छन्
काठमाडौं - जुत्ताको सोलमा लुकाएर तिब्बतबाट स्थलमार्ग हुँदै काठमाडौं भित्रिएको १६ किलो सुनसहित बिहीबार जोरपाटीबाट चार भरिया र एक व्यापारी पक्राउ परे। पक्राउ परेका चार नेपाली, एक भारतीय छन्। बरामद सुनको मूल्य नेपाली बजारमा करिब ७ करोड पर्छ। सुन तस्करीको सूचना पाएर छापा हान्न खटिएको काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार बिहान जोरपाटीस्थित डेराबाट नाम्ग्याल शेर्पा, सोनु शेर्पा, ज्ञानु शेर्पा र सोनम शेर्पा र उनीहरुसँग सुन लिन आएका भारत दार्जिलिङका गाम्पो भोटियालाई लाई पक्राउ गरेको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी उत्तम सुवेदीका अनुसार जुत्ताको सोलमा सुन लुकाएर बिहान सातै बजे काठमाडौं आउन गाडी चढेका तस्करबारे प्रहरीसँग पूर्वसूचना थियो। टोली उनीहरुलाई ढुकेर सिनामंगलमा बसेको थियो। पछ्याइरहेको प्रहरीले सिनामंगलबाट जोरपाटीको खैवाटोलको डेरा छिर्नासाथ उनीहरुलाई सुनसहित नियन्त्रणमा लिएको थियो।
अहिले नेपाली बजारमा मागभन्दा निकै न्यून परिमाण सुन मात्र वैध रुपमा भित्रिरहेको छ। यही मौकाको फाइदा उठाउँदै सुन तस्करहरुले स्थल र हवाइमार्गबाट कारोबार तीव्र पारेको घटनाले पुष्टि गरेको छ। नेपाल भित्रिएको सुन भारतमा समेत तस्करी गर्न गिरोह सक्रिय छ। यस्तो तस्करीमा सुन कारोबारीको वैध आवरणमा रहेकाकै संलग्नता खुल्ने गरे पनि हालसम्म उनीहरु पक्राउ परेका छैनन्।
प्रारम्भिक अनुसन्धानमा बिहीबार सुनसहित पक्राउ परेका मध्ये नेपाली नागरिक खासाबाट काठमाडौंसम्म सुन ल्याउने भरियामात्रै रहेको देखिएको छ। सुन लुकाउन मिल्ने कम्मरपेटी लिएर सुन लिन जाँदा पक्राउ परेका भोटिया दोस्रो तहका कारोबारी भएको एसपी सुवेदीको दाबी छ। 
सुन तस्करको समूह नै पक्राउ परेको यो पहिलो घटना होइन, तरि भरियाको मात्रै। यसअगाडि पनि बारम्बार तस्करीका सुन काठमाडौंमा फेला परेको थियो। पहिलो तहका कारोबारीको पहिचान खुले पनि उनीहरुले उन्मुक्ति पाउँदै आएका छन्।
०७० मा तस्करीको सुन फेला परेको यो पहिलो घटना हो। २०६९ मा भने आधा दर्जन हाराहारीका घटना सार्वजनिक भएका थिए। जति घटना सार्वजनिक भए, तिनका मुख्य कारोबारीको जालोसमेत खुलेको थियो।
पक्राउ परेका अभियुक्तको बयान र प्रहरीको आन्तरिक स्रोतबाट सुनको वैध कारोबारीको आवरणमा रहेकाहरु नै तिब्बतबाट सुन तस्करी गराएर भारत पुर्यारउन सक्रिय रहेको देखिएको थियो।
प्रहरी अनुसन्धानमा वैध सुन कारोबारीको आवरणमा सुन तस्करीमा सक्रिय आधा दर्जन व्यापारीको नाम खुलेको छ, तर अहिलेसम्म एकजना पनि पक्राउ परेका छैनन्। सबै घटनामा सहयोगीमात्रै कानुनी कारबाही दायरामा तानिने गरेका छन्। अनुसन्धानस्रोतका अनुसार दरबारमार्गस्थित इबिसु ज्वेलर्स, मुरारीलाल गोयल, पवन अग्रवाल, विशालबजारस्थित सिल्भर क्विनका सञ्चालक बालकृष्ण अग्रवाल र वीरगञ्जका प्रभु सर्राफ सुन तस्करीका मुख्य कारोबारी रहेको खुलेको छ।
साउन २५ गते एक किलो सुन लिएर भारत हिँडेका पिताम्बर पासवान केन्द्रीय अनुसन्धान ब्युरोको फन्दामा परे। बसमा वीरगन्ज जान लागेका उनी कलंकीमा पक्राउ परेका थिए। पत्रिकामा पोको पारेर कम्मरमा सुन बाँधेका पासवानले वीरगन्जका प्रभु सर्राफलाई दिन विशालबजारका एक व्यापारीले पठाएको बयान दिएका थिए। तर, सुन पठाउने कारोबारीको खोजी नै गरिएन। प्रहरीको भाषामा उनी फेला परेनन्।
पुस २६ गते महाबौद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेर पाँच किलो सुनसहित समीर बराकोटी र दीर्घबहादुर थापालाई पक्राउ गरेपछि महाबौद्धमा बसेर सुन तस्करीमा सक्रिय व्यापारी बालकृष्ण अग्रवाल भएको खुलेको थियो।
पक्राउ परेका बराकोटी विशालबजारस्थित सिल्भर क्विनका सञ्चालक अग्रवालका कर्मचारी थिए। अर्का सवारीचालक। यसको अनुसन्धान पनि पक्राउ अभियुक्त र सुन भन्सार पठाएर टुंग्यायो ब्युरोले। अग्रवाल प्रहरीको फरार सूचीमा छन्, तर कुनै प्रहरी निकायले खोजी गरेको छैन।
मंसिर १९ गते धुलिखेलमा फेला परेको ९ किलो सुनको सम्पर्क महाबौद्धमा सक्रिय सुन व्यापारीसँग रहेको खुलेको थियो। खासाबाट काठमाडांैतर्फ आउ“दै गरेको बा२ख २८२५ नम्बरको आइचर भ्यानमा चालक बस्ने सिटमाथि सेल्फ बटम बनाएर लुकाएको सुन काभ्रे प्रहरीले बरामद गरेको थियो। 
प्रहरीले सुनसहित पक्राउ गरेको सिन्धुपाल्चोकका सवारीचालक सेते तामाङले बयानमा आफूले पटकपटक तस्करीको सुन काठमाडौं ल्याउने गरेको र महाबौद्धका व्यापारीलाई दिने गरेको बताएका थिए। प्रहरीले सुन र पक्राउ परेका अभियुक्तलाई भन्सार कार्यालय पठाएर अनुसन्धान बिट मार्योबेे। सुन कसको हो, खोज्न प्रहरीले जाँगर चलाएन।
गत १९ असोजमा दुबईबाट सुन ल्याउन विदेशी मुद्रा बोकेर विमानस्थलको सुरक्षा घेरा कटाएपछि भारतीय नागरिक विनोदकुमार सोनी पक्राउ परे। घटनाले तस्करीमा प्रहरीको संलग्नतासँगै विभिन्न आवरणमा काठमाडौंमा सक्रिय रहेका सुन तस्करको समेत पोल खोलेको थियो। 
तस्करलाई सघाउन एसएसपी रविराज श्रेष्ठले नै विमानस्थलका तल्लो तहका प्रहरी कर्मचारी खटाएर नेपालबाट विदेशी मुद्रा तस्करी गराएको र त्यही मुद्राले दुबईबाट सुन किनेर ल्याई भन्सार छलेर विमानस्थलबाट बाहिर निकाल्ने गरेको समेत खुलेको थियो। एसएसपी तहका प्रहरीको संलग्नता खुलेको घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले गठन गरेको अनुसन्धान समितिले मुद्रा र सुन तस्करीमा दरबारमार्गस्थित इबिसु ज्वेलर्सका सञ्चालक मीनबहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, गोपाल कुकरा, घनश्याम कुकरा, राधाकृष्ण कुकरा, कृष्णप्रसाद खड्का र सुमन अग्रवाल, पवन अग्रवाल, विमल पोद्दार, सत्यनारायण कुकरा र राजेश अग्रवालको संलग्नता खुलाएको थियो।
अनुसन्धानबाट उनीहरु महाबौद्ध र न्युरोड क्षेत्रमा कारोबार गरिरहेको खुल्यो। खासामा फेला परेको सुन पनि यही टोलीको रहेको अनुसन्धानले देखायो। तर, यीमध्ये कुनै व्यापारी पक्राउ परेनन्। 
प्रहरी हवल्दार शोभित कार्की धरौटी बुझाउन नसकेर कारागार पुगे। तस्करसँग गठजोड पुष्टि भएका रविराजलाई 'भविष्यमा सरकारी सेवामा अयोग्य नठहराई' बर्खास्त गरियो। व्यापारीलाई फरार सूचीमा राखेर टारियो।
बिहीबार पक्राउ परेका दोस्रो तहका भोटियाले आफूलाई खासामा रहेका एक परिचितले फोन गरेर 'सामान पठाएको छु, लिन जा' भनेकाले आफू सामान लिन आएको दाबी गरे। उनले खासाबाट सामान्य सामान होला भनेर लिन गएको, तर सुन भएको आफूलाई जानकारी नभएको दाबी गरे पनि उनी सुन लुकाउन मिल्ने पेटीसहित गएकाले उनको दाबी विश्वस्त देखिएन। 
एसपी सुवेदीले भोटिया दोस्रो तहका कारोबारी देखिएको जानकारी दिँदै बिहीबार पक्राउ परेकाका आधारमा पहिलो तहका कारोबारीसम्म पुग्ने दाबी गरे। 'अनुसन्धान यहीँ टुंगिँदैन,' उनले बिहीबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा भने, 'पहिलो तहसम्म पुगेर तस्करीको सञ्जाल भत्काउन अनुसन्धान तीव्र बनाउँछु।'

प्रतिक्रिया

संघारमा संविधान

संघारमा संविधान

काठमाडौं–संविधानका लागि हामीले नौ वर्ष छलफल गरिसक्यौं, अब पनि यसैमा अल्भि्कयौं भने यति ठूलो अभियान पूरा हुन सक्दैन। प्रक्रिया लम्ब्याएर संविधान आउन नदिने षड्यन्त्र भयो भन्नु नै भ्रम हो, समयमै...

सद्‍भाव जोगाउँदै जनजाति नेत्री

सद्‍भाव जोगाउँदै जनजाति नेत्री

काठमाडौं- 'देशलाई माया गर्न कुनै ठूलो काम गर्नै पर्दैन। नकारात्मक र घृणाको कुरा नलेखौं, यतिबेला योभन्दा ठूलो देश सेवा अरू हुन सक्दैन।' भूमिअधिकार मञ्चकी महासचिव सरस्वती सुब्बाले बिहीबार बिहान लेखेको...

भिभिआइपीसँगको तस्बिर ठगीको अस्त्र

भिभिआइपीसँगको तस्बिर ठगीको अस्त्र

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म उनी सँगै छन्। कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, शिक्षामन्त्री चित्रलेखा यादव अनि नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य सबैसँग...

'यस्तो क्रूर मरण कसैको नहोस्'

'यस्तो क्रूर मरण कसैको नहोस्'

काठमाडौं-'स्वर्गको बास होस्, बिदाइ सबैको यस्तै होस् तर मरण त्यस्तो –क्रूर) कसैको नहोस्!' निकैबेरदेखि आर्यघाटतिर तन्किरहेका उनका आँखा एकाएक भरिएर आए र तरक्क तर्किए। आफैंसित यत्ति बोलिन् र भक्कानिएको मन...

सेना फेरि ब्यारेक बाहिर

सेना फेरि ब्यारेक बाहिर

धनगढी– स्थानीय प्रशासनले कैलाली जिल्लाका ६ गाविसलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको जिल्ला शान्ति सुरक्षा समितिको बैठकले टीकापुर आसपासको सम्भावित प्रदर्शन हिंसात्मक...

विशेष सम्पादकीय : आततायी घटना

कैलाली, टीकापुरमा थरुहट–थारुवान संयुक्त संघर्ष समितिले सोमबार आह्वान गरेको बन्द र प्रदर्शनलाई हिंसात्मक बिन्दुमा पुर्याैएर मुलुकमा अनिष्ट सिर्जना गर्न खोजिएको छ। सोमबारको क्रूर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित पाँच...

दाहालको करेसाबारीमा चिनियाँ मन्त्री (फोटो फिचर)

दाहालको करेसाबारीमा चिनियाँ मन्त्री (फोटो फिचर)

काठमाडौ- चिनियाँ विदेश सहायक मन्त्री तथा कम्युनिष्ट पार्टीका नेता डोउ इनयोङ सोमबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास लाजिम्पाट पुगे। विहान ८: १५ मा दाहाल निवास पुगेका डोउले...

सुरुङ्गाले देखायो बन्दमुक्त बाटो

सुरुङ्गाले देखायो बन्दमुक्त बाटो

झापा- सामान्य हल्लाकै भरमा बजार, यातायात सबै ठप्प भइहाल्ने चलन हाबी भएका बेला झापाको सुरुङ्गा बजारचाहिँ पूरै फरक छ। बन्दको हल्ला सुरु भएपछि छिमेकी सहरहरू पसलका सटर झारेर निदाउँछन्, सुरुङ्गा...