Wednesday 18 Chaitra, 2071 |
Menu

ग्यास ढुवानीमा मिलेमतो, टेन्डरमा सबैको एउटै भाउ

(0 votes)
ग्यास ढुवानीमा मिलेमतो, टेन्डरमा सबैको एउटै भाउ
काठमाडौं - ग्यास उद्योगी र ढुवानी व्यवसायीले 'मिलेमतो' मा ढुवानी टेन्डरमा एउटै भाडा दर प्रस्ताव गरेका छन्। आयल निगमले आह्वान गरेको टेन्डरमा छानिएका १३ कम्पनीले अहिलेको भन्दा बढी तोकेर एउटै भाडा दर हालेका हुन्। टेन्डर हाल्ने अन्तिम दिन बुधबार सबै कम्पनीले एकैपटक गएर निगममा प्रस्ताव हालेका थिए।
निगमले बुधबार टेन्डर खोल्दा सबै कम्पनीले एउटै दर प्रस्ताव गरेको खुलेको हो। एउटै दर परेपछि वाणिज्य मन्त्रालयले टेन्डर रद्द गर्ने भएको छ। 'मिलेमतोमा टेन्डर हालेको पाइएको छ। यो रद्द हुन्छ,' वाणिज्य मन्त्रालयका सचिव लालमणि जोशीले नागरिकसँग भने, 'हामी फेरि प्रक्रिया मिलाएर टेन्डर आह्वान गर्छांै।' ग्यास टेन्डरमा सहभागी सबै भारतीय ढुवानी व्यवसायी हुन्। स्रोतका अनुसार नेपाल एलपी ग्यास संघका अध्यक्ष शिवप्रसाद घिमिरेलगायत उद्योगीले ढुवानी प्रतिस्पर्धा असफल बनाउन सबै कम्पनीलाई एउटै मूल्य हाल्न दबाब दिएका थिए। सबै व्यवसायीलाई होटल सोल्टीमा बोलाएर फरक/फरक भाडा दर प्रस्ताव गरे असहयोग गर्ने धम्की उद्योगीहरुले दिएको स्रोतको दाबी छ। 'तपार्इंहरुले वर्षौदेखि ग्यास ढुवानी गरिरहनुभएको छ। यहाँ व्यापार गर्ने हो भने सबैले एउटै प्रस्ताव हालेर जानुस्,' उद्योगीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'होइन भने व्यवसाय गर्न नदिने वातावरण बनाइने छ। अहिलेसम्म ढुवानी गरेको बक्यौता पनि पाउनुहुने छैन।' ग्यास ढुवानी गर्दै आएका भारतीय कम्पनीले बोटलिङ प्लान्टबाट १ करोडभन्दा बढी उधारो लिन बाँकी छ। स्रोतका अनुसार सबै कम्पनीलाई डर/धम्की देखाएर महँगो मूल्य प्रस्ताव गर्न दबाब दिइएको थियो। ग्यास क्षेत्रलाई सुधार गर्न नदिने उद्योगी समूहको अहिले संघमा पकड छ। ढुवानी कम्पनीले अहिलेभन्दा दोब्बर भाडा दर प्रस्ताव गरेका छन्। निगमले टेन्डरका लागि तराई, धादिङ/पोखरा र काठमाडौं गरी तीन क्षेत्रमा वर्गीकरण गरेर ढुवानी भाडा प्रस्ताव गरेको थियो। हाल निगमले काठमाडौंसम्मको भाडा दर ग्यास उद्योगीलाई दिइरहेको छ। ढुवानी व्यवसायीले बरौनीदेखि तराईसम्म ग्यास ल्याउँदा प्रतिकिलोमिटर/प्रतिटन ६ रुपैयाँ ५२ पैसा भाडा प्रस्ताव गरेका छन्। बरौनीदेखि धादिङ/पोखरासम्म ६ रुपैयाँ ६३ पैसा र बरौनी–काठमाडौंसम्म ६ रुपैयाँ ५६ पैसा प्रस्ताव गरेका छन्। निगमले उद्योगीलाई बरौनीबाट काठमाडौंसम्म ग्यास ढुवानी गर्दा प्रतिकिलोमिटर/प्रतिटन ५ रुपैयाँ ३९ पैसामात्रै दिएको छ। यो भाडामा समेत उद्योगीले राम्रो नाफा गर्दै आएका छन्। 'यो सबै ग्यास उद्योगीको दबाबमा भएको हो। ग्यास क्षेत्रलाई सुधार गर्न नचाहनेको गलत मनसाय देखिएको छ,' वाणिज्य सचिव जोशीले भने, 'ग्यास उद्योगमा प्रवेश गरेका गलत व्यक्तिले यो क्षेत्र सुधार गर्न दिएका छैनन्। हामी यसलाई तोड्ने प्रयासमा छांै।' टेन्डरमा खत्री रोडलाइन, एमके परिवाल, इन्डिया क्यारियर, सीमा रोडलाइन, एमआर साह लजिस्टिक, अग्रवाल रोडलाइन, शक्ति रोडवेज, जगित ट्यांकर, चन्दन रोडलाइन, मनकामना ह्विल्स, जसवन्त एन्ड एसोसिएट, कृष्णवल क्यारियर, आइपी रोडलाइन र अक्षय रोडलाइनले टेन्डर हालेका थिए। यता एलपी ग्यास संघका अध्यक्ष घिमिरेले भने ढुवानी व्यवसायीलाई एउटै मूल्य हाल्न दबाब नदिएको दाबी गरे। 'मैले कुनै पनि व्यवसायीलाई दबाब दिएको छैन। निगमका हुने जुनसुकै निर्णयमा मलाई नै किन मुछिन्छ? आश्चर्यचकित छु,' उनले भने, 'यासमा सत्यता छैन।' ग्यास उद्योगी टेन्डर कम्पनीकै प्रतिनिधि ग्यास बोटलिङ प्लान्टका मालिकहरु ग्यास ढुवानी व्यवसायी कम्पनीको प्रतिनिधिका रुपमा आयल निगममा प्रस्तुत भएका थिए। संघका अध्यक्ष घिमिरेले आइपी रोडलाइनका प्रतिनिधि भएर टेन्डर हालेका थिए। उनी टेन्डर खुलेपछि मात्रै निगमबाट बाहिरिएका थिए। मनोज ग्यासका सञ्चालक मनोज दासले अक्षय रोडलाइनको प्रतिनिधि भएर टेन्डर हालेका थिए। 'टेन्डर कम्पनीको प्रतिनिधिको हैसियतमा मैले प्रतिस्पर्धामा भाग लिएको हुँ,' घिमिरेले भने, 'प्रतिनिधिका रुपमा सहभागी हुन पाउनु मेरो अधिकार हो।'
केसी सत्याग्रह निष्कर्षतर्फ, आज अनशन तोड्न सक्ने

केसी सत्याग्रह निष्कर्षतर्फ, आज अनशन तोड्न सक्ने

काठमाडौं-वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको आमरण अनशनमा उर्लिएको जनसमर्थन र देशभरका चिकित्सक तर्फबाट आएको दबाबपछि सरकार अधिकांश माग पूरा गर्न तयार भएको छ।मंगलबार दिनभरि विभिन्न चरणमा भएको वार्तामा चिकित्सा शिक्षा...

सरकार लचिलो, आन्दोलन आक्रामक

सरकार लचिलो, आन्दोलन आक्रामक

काठमाडौं-आमरण अनशनको नवौं दिन सोमबार सरकार डा. गोविन्द केसीले उठाएका मेडिकल कलेजहरूको सम्बन्धन रोक्कालगायत मागमा लचिलो बने पनि त्रिभुवन विश्वविद्यालय पदाधिकारीलाई बर्खास्त गर्न तयार नभएपछि वार्ता निष्कर्षमा पुग्न सकेन। अनशनमा...

डा. केसीको स्वास्थ्य 'जोखिमपूर्ण'

डा. केसीको स्वास्थ्य 'जोखिमपूर्ण'

काठमाडौं- स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा देखिएका विकृतिविरुद्ध दसबुँदे मागसहित आठ दिनदेखि आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य 'जोखिमपूर्ण' अवस्थामा पुगेको छ।

चीनमा राष्ट्रपतिकी छोरीलाई 'त्यो अवसर'

चीनमा राष्ट्रपतिकी छोरीलाई 'त्यो अवसर'

हङकङ- राष्ट्रपति रामवरण यादव र चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको प्रतिनिधि मण्डलबीच शनिबार बोआओ शहरमा भएको नेपाल–चीन द्विपक्षीय वार्तामा नेपाली भ्रमण दलका अधिकांश सदस्य सहभागी भए। तर नेपाली प्रमण्डलकी एक्ली...

बालापन स्याहार्दै सत्यार्थी

बालापन स्याहार्दै सत्यार्थी

काठमाडौं-भारत, मध्यप्रदेशको विदिशास्थित सरकारी स्कुलमा पढ्दा उनले खासै अप्ठ्यारो परिस्थिति बेहोर्नुपरेन। मध्यमवर्गीय परिवारले उनको पढाइको चाँजोपाँजो राम्रैसँग मिलाइदिएको थियो। स्कुल ड्रेस, किताबलगायत सामग्रीको कुनै फिक्री थिएन। बेलाबेला ‘पकेटमनी' पनि मिल्थ्यो।...

मेडिकल कलेजको शल्यक्रिया, न शिक्षा न सेवा

मेडिकल कलेजको शल्यक्रिया, न शिक्षा न सेवा

काठमाडौं-राजधानीको भिडमभिड मध्यसहरमा ११ तले भव्य भवन ठडिएको छ। भवनको विशाल प्रवेशद्वार खुलै छ। तीन सुरक्षा गार्ड छेउमै उभिएका छन्। घरी बाहिर निस्कन्छन्, घरी भित्र छिर्छन्।बिहीबार बिहान १० बजेदेखि १...

यसर्थ सही छन् डा. केसी, पैसावाल मात्र पढ्न सक्छन्

यसर्थ सही छन् डा. केसी, पैसावाल मात्र पढ्न सक्छन्

काठमाडौं-• पोखरास्थित गण्डकी मेडिकल कलेजले यस वर्ष एमबिबिएसतर्फ ७५ जना विद्यार्थीको कोटा पाएको थियो। कम शुल्कमै पढाउन खोज्दा पनि त्यहाँ कोटाभन्दा ३१ विद्यार्थी कम आए।• काठमाडौं विश्वविद्यालय अन्तर्गतका सात मेडिकल...

यसर्थ सही छन् डा. केसी

यसर्थ सही छन् डा. केसी

काठमाडौं-‘तीन करोड नेपालीलाई एउटै प्रश्न :  सभासदको लगानी ठूलो कि जनताको स्वास्थ्य?'‘राजनीतिक दलको एउटै मिसन :  सिटामोलमा नि कमिसन।'‘आइओएम हाम्रो घर हो, माफिया छिर्न दिइन्न।'चार दिनदेखि अस्पतालमै अनशनरत डा. गोविन्द...