Monday 17 Jestha, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना (साथमा फोटो फिचर)

(1 Vote)
मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना (साथमा फोटो फिचर)

पोखराबाट जोमसोमको लागि उडेको नेपाल वायु सेवा निगमको नाइन एन एबिओ ट्विनअटर जहाज आज बिहान दुर्घटना भएको छ । विमानस्थलमा ल्यान्ड गरिसकेको जहाज नरोकिएपछि सोझै काली गण्डकी बगरमा खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले जानकारी दिएका छन्। नागरिकन्युजकर्मी सन्तोष पोखरेलले शर्मालाई उदृत गर्दै जनाएअनुसार १८ जना रहेको विमान दुर्घटनामा ५ जना घाइते भएका छन् । 

nepali-patro-may

घटनास्थलबाट आएको भन्दै सामाजिक सञ्जालमा राखिएका फोटोमा विमान टुक्रा भएको देखिएको छ। 

घटनाबारे जानकारी लिन पोखरा विमानस्थल पुगेका पत्रकारलाई विमानस्थल छिर्न दिइएको छैन। विमानमा ८ जापानीसहित नेपाली यात्रु थिए। यो जहाज ४ दशक भन्दा पुरानो हो।

वाग्लुङबाट नागरिकन्युजकर्मी दिलिप पौडेलले जनाएअनुसार बिहान सवा ८ बजे दुर्घटना भएको हो।

यस्तै नागरिकन्युजकर्मी शुशील भट्टराईले नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले घटनाको पुष्टि गरेको बताएका छन् । चन्दका अनुसार जहाज जोमसोम विमानस्थतलमा अवतरण गर्नै लाग्दा दुर्घटना भएको थियो।

यो निगमको दोस्रो फ्लाइट हो। दर्घटनामा कोही हताहती नभएको प्रवक्ता चन्दले जानकारी दिएका छन्  जहाजलाई क्याप्टेन डी. प्रधान र को-पाइलट सुरेश केसीले उडाएका थिए । एयरहोस्टेज एसएम तामाङ थिइन् ।

३ जना चालकदल सहित जहाजमा १८ जना यात्रु थिए । ती मध्ये ८ जना जापानिज र १० जना नेपाली  नागरिक रहेको प्रवक्ता चन्दले बताएका छन् । उनले भने, 'जहाजमा कुनै गडबडी आएको छैन। आगलागी पनि भएको छैन। गम्भीर घाइते भएका ५ जनालाई पोखराबाट गएको तारा एयरको जहाजबाट पोखरा ल्याइँदै छ।'

दुर्घटनामा पा सहित सात जना गम्भीर घाइते भएका छन्। चालक दलका क्याप्टेन दीपेन्द्र प्रधान, को-पालट सुरे के.सी, एयरहोसटेज शान्तमाया तामाङ, जापानी नागरिक खाओदेश साचियो, फिरता एचआवा, नेपाली गोविन्द पहाडीको अवस्था गम्भीर रहेको मुस्ताङका प्रहरी नाय उपरीक्षक बसन्त रन्जितकारले बताए।
'उनीहरुको अवस्था होसमा छैन,' रन्जितकारले भने । जहाज धावनमार्गबाट २० मिटर नजिकैबाट तल खसेको डिएसपीले बताए। ल्याण्ड गर्ने क्रममा गति कम भइसकेकोले दुर्घटनामा मानवीय क्षती हुन पाए। दुर्घटनामा जहाजका पखेँटा भाँचिएको प्रहरीले जनाएको छ । जहाजको अघिल्लो भाग क्षती पुगेको छ। जहाजको बायाँ पखेँटा खोलामा छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सबै तस्बिरहरु सौजन्यः सुमन पुन

प्रतिक्रिया

ओली बजेटका १० विशेषता, वृद्ध भत्तादेखि पानी जहाजसम्म

ओली बजेटका १० विशेषता, वृद्ध भत्तादेखि पानी जहाजसम्म

काठमाडौं– संविधानसभाबाट घाेषणा भएकाे नयाँ संविधानपछिकाे पहिलाे सरकारले १० खर्ब ४८ अर्ब ९२ कराेड रूपैयाँकाे पहिलाे बजेट ल्याएकाे छ। केहीले बजेटकाे अाकार ठूलाे भयाे भनिरहेका छन् भने केहीले 'कनिका छराइ'...

३२ अर्ब चाहिने बुढीगण्डकीलाई ५ अर्ब ३५ कराेड

३२ अर्ब चाहिने बुढीगण्डकीलाई ५ अर्ब ३५ कराेड

काठमाडौं– सरकारले आफैँले विकास समितिमार्फत् निर्माण गर्न लागेको १२ सय मेगावाटको बुढी गण्डकी जलविद्युत् आयोजनालाई अागामी अार्थिक वर्षकाे बजेटमा ५ अर्ब ३५ कराेड रुपैयाँ बजेट छुट्याएको छ।

गणतन्त्र दिवस : चुनौतिका पाइला

गणतन्त्र दिवस : चुनौतिका पाइला

काठमाडौं- जेठ १५, २०६५ मध्यरात।'नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ बमोजिम गणतन्त्र कार्यान्वयनको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,' संविधानसभामा ज्येष्ठ जनप्रतिनिधिका रुपमा सभाध्यक्षता गरिरहेका कुलबहादुर गुरुङले जब देश...

उद्योगी केडियाको अपहरण

उद्योगी केडियाको अपहरण

वीरगन्ज- वीरगन्जको प्रतिष्ठित औद्योगिक घराना केडिया समूहका उद्योगी सुरेश केडिया बिहीबार साँझ अपहरणमा परेका छन्। अपहरणकारीको गोलीले केडियाका सवारीचालक सख्त छन्। प्रहरीका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे बारा,...

मनिषाका प्रेमी भन्छन्ः बियर खाएको थिएँ, राती ११ बजे पासो लगाएको देखेँ

मनिषाका प्रेमी भन्छन्ः बियर खाएको थिएँ, राती ११ बजे पासो लगाएको देखेँ

काठमाडौं–मनिषा घर्ती मगरको शव पोष्टमार्टमका लागि नवलपरासीबाट काठमाडौं तर्फ ल्याइदैछ। टिचिङ अस्पतालमा शवको पोष्टमार्टम हुने नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र चौधरीले जानकारी दिए।'काठमाडौंमा एक्सपर्ट बाट पोष्टमार्टम र फरेन्सिक टेस्ट गर्ने...

कोकिन तस्करीमा दाउद सञ्जाल

कोकिन तस्करीमा दाउद सञ्जाल

काठमाडौं- जाली नोट, सेतो र खैरो हेरोइनको कारोबारपछि पहिलोपटक पाकिस्तानी माफियाको संलग्नता कोकिन कारोबारमासमेत देखिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले पहिलोपटक कोकिन कारोबारमा पाकिस्तानी माफियाको प्रत्यक्ष संलग्नता पुष्टि गरेको हो। ब्युरोका...

चुरेमा फेरि विनाशलीला

चुरेमा फेरि विनाशलीला

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण प्रभाव मूल्यांकन (इआइए) व्यवस्था खारेज गरेलगत्तै चुरे क्षेत्रमा फेरि विनाशलीला सुरु भएको छ। जिल्ला विकास समितिकै अनुमतिमा चुरेका संवेदनशील क्षेत्रमा अत्यधिक परिमाणमा उत्खनन भइरहेको तथ्य...

बलात्कृतलाई निरन्तर 'पीडा'

बलात्कृतलाई निरन्तर 'पीडा'

दोलखा- मेलुङकी १४ वर्षीया किशोरी गत माघको एक साँझ गाउँकै एउटा विवाह भोजबाट घर फर्कदै थिइन्। पाँचजना केटाले उनलाई घेरा हाली कुलोछेउको गहुँबारीमा लगेर जबर्जस्ती गरे। अर्धचेत उनलाई त्यहीँ छाडेर...