Friday 5 Baishak, 2071 |
Menu

कला

सन्न्यासी प्रचण्ड कस्ता देखिएलान्?

(0 votes)
सन्न्यासी प्रचण्ड कस्ता देखिएलान्?
काठमाडौं – सन्न्यासी भएका प्रचण्ड कस्ता देखिएलान्? हिमालय पर्वतबाट महादेव भोट माग्न पृथ्वी लोकमा झर्दा कस्ता देखिएलान्? मुस्कान पासाको लिंग फेर्ने थाइल्याण्ड यात्रा कस्तो रहला? कान्छी एयरहोस्टेजको रुपमा फतौरी बुढी अर्थात् कुञ्जना घिमिरले यात्रुलाई कसरी सुरक्षित गन्तव्यमा पुर्या्उँलिन्? वर्षभर नै नेताहरुको गाईजात्राले मोनोटोनस हुनु भएको छ भने राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा जानुस्, यस्ता हरेक प्रश्नको उत्तर पाउनुहुनेछ।
मुस्कान पासा बनेका सीताराम कट्टेल, प्रचण्ड बनेका मनोज गजुरेल र महादेव बनेका जितु नेपाल मात्र होइन सानो पर्दाका एकसे एक हास्य कलाकार सम्मिलित 'तीतेजिरे मेरी बास्सै गाईजात्रा' कार्यक्रम दर्शकलाई हास्य र व्यंग्यको स्वाद चखाउन तयार छन्। 
टेलिभिजनका पर्दामा फरक समयमा देखिने तीतोसत्य, जिरे खुर्सानी र मेरी बास्सैका कलाकार गाईजात्राको छेको पारेर एक ठाउँमा भेला भएका हुन्। बिहीबार औपचारिक रुपमा गाईजात्रा सुरु हुने भए पनि यी तीन समूहका कलाकार भने बुधबारदेखि नै दर्शकलाई मनोरञ्जन दिने अभियानमा जुटिसकेका छन्। 
हिजो उनीहरुले हास्यव्यंग्यका प्रस्तुतिमार्फत् गाईजात्रा उत्सवको थालनी गरे। यमन श्रेष्ठको देश बिगारौं प्यारोडीबाट सुरु भएको हास्यव्यंग्य यात्रा तीतोसत्य जोडीको संविधानसभाको अवसानसम्मको घोचपेचमा आएर टुगिंएको थियो। बुधबारको प्रस्तुतिमा 'जिरे खुर्सानी'का कलाकार शिवहरि पौडेल, किरण केसी, सबिता गुरुङ र मनोज आचार्यले सरकारी खस्पताल शीर्षकमा प्रहसन प्रस्तुत गरे भने मनोज गजुरेलले लोकमान सिंहको सपथ र सन्न्यासी प्रचण्डको नक्कल गरेर मनोरञ्जन गराए। 
त्यस्तै 'मेरी बास्सै' समूहले खायुसेवा विमान शीर्षकमा दर्शकलाई पेट मिचिमिची हँसायो। चोटिला व्यंग्य कविताका लागि चर्चित शैलेन्द्र सिम्खडाका व्यंग्य कविताले पनि दर्शकको ओठलाई चुप लागेर बस्न दिएनन्। सिम्खडाले चाउचाउ र मकै, पानी र नारी तथा माइक्रोवस यात्रा जस्ता चुट्के व्यंग्यले दर्शकलाई हाँसोको भेल फुटाउन बाध्य बनाए। महोत्सवमा टिका भण्डारीको प्यारोडी र सुष्मा कार्कीको नृत्य पनि मनोरञ्जन खुराकको रुपमा प्रस्तुतिमा अटाएका थिए।
कारोबार मिडियाको प्रस्तुतिमा बुधवारबाट सुरु भएको गाईजात्रा महोत्सव भदौ १८ सम्म चल्नेछ। बिदाको दिन र शुक्रबार साढे १ बजे चल्ने महोत्सव अन्य दिनमा भने बेलुकी साढे ५ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।