Sunday 7 Baishak, 2071 |
Menu

कला

रातो कार्पेटमा कम्मर मर्काउँदै

(0 votes)
रातो कार्पेटमा कम्मर मर्काउँदै
चितवन — चितवनका सुन्दरीहरु को भन्दा को कम। रुपमा उस्तै सुन्दरी। बिरालोको चालमा रातो कार्पेटमा कम्मर मर्काउदाँ झनै सुन्दरी। अचेल उनीहरु आफ्नो तनसँगै मनको सुन्दरता बढाइरहेका छन्। भदौ १० मा हुने चितवन सुन्दरीको उपाधि जित्ने दाउमा दिनहुँ उनीहरु भरतपुरको ओरालोको तालिम हलमा नयाँ नयाँ कुरा सिकिरहेका छन्।
काजोल प्रधान पेशाले स्टाफ नर्स हुन्। तर उनी समाजमा चिनिन र भित्र लुकेको प्रतिभा देखाउन सुन्दरी बन्ने होडमा आएको बताउछिन्। ट्यालेन्ट सोमा उनले मौलिक नेपाली कलाले भरिएको गीतमा नृत्य प्रस्तुत गरिन्। उनीजस्तै पेशाले भिजे रहेकी इशा प्रधान पनि आफूलाई सबैले चिनोस र समाजका लागि केही गरौं भन्ने उदेश्यले सुन्दरीको ताज जित्न प्रयासरत रहेको उल्लेख गरिन्। बोल्ने कलामा पारंगत उनले बोलीकै शैलीमा आमा शीर्षकमा नेपाली महिलाका पीडा र मर्म दर्शकसामु पोखिन्। सुमधुर स्वरकी धनी मेनिसा सेन्चुरीले'कहाँ हो कहाँ जिवनको किनारा' दर्शकसामु राख्दा वान्स मोरको ध्वनीले नारायणी कलामन्दिर रन्किएको थियो। विभिन्न प्रतियोगितात्मक सांगीतिक सहभागिता जनाइसकेकी उनको लक्ष्य भविष्यमा गायिका बन्नेछ।

सुन्दरीहरु आकृति ढुंगाना,सन्जु लामा,सुजाता लामा,सुजाता श्रेष्ठ,सजिसा पौडेल, गंगा सुवेदी, मेलिना थापा मगर, सुमना गुरुङ, सूजा श्रेष्ठ, निश्चल अधिकारी, रन्जना दाहाल सहित २७ जनाले ट्यालेन्ट सो मार्फत कला प्रस्तुत गरे।

सौन्दर्य प्रतियोगिताले युवतीको प्रतिभा र आत्मविश्वासलाई सरल माध्यमबाट प्रस्तुत गर्ने र पुरुषसँग आमने सामने गरेर अघि बढाउन मद्दत गर्ने आयोजक मञ्जरी ग्रुपका सदस्यहरु बताउँछन्। मिस एरोमा चितवन २०१३ को उपाधीमा लागि जारी प्रतिस्पर्धाले महिलाप्रति समुदायमा रहेको संकोचको भावना हटाउन सहयोग गर्ने ग्रुपका निर्देशक दिपेन्द्र कुमार श्रेष्ठ बताउँछन्। सकरात्मक सोचका साथ समुदायमा महिलाका लागि स्थान बनाउन मिस एरोमा चितवनले पहल थालेको उनले सुनाए।

भाद्र १० गते भरतपुरमा अन्तिम प्रतियोगिता हुने यस मिस एरोमा चितवन २०१३को कला र सस्कृति झल्कने खालका विभिन्न जातजाति भेषभुषा समेत प्रस्तुत गरिने कार्यक्रम संयोजक श्याम गाहा मगरले जानकारी दिए। एक सय ६० जना युवतीबाट छनौटमा परेका अन्तिम ३२ जना प्रतियोगीहरु अन्तिम प्रतिस्पर्धाका लागि यतिबेला प्रशिक्षणमै छन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।