Monday 21 Ashad, 2072 |
Menu

कला

ist-cc

'चेन्नई एक्सप्रेस'मा 'सिन्डिकेट'

(0 votes)
'चेन्नई एक्सप्रेस'मा 'सिन्डिकेट'
काठमाडौं– शाहरुख खानको बहुप्रतीक्षित फिल्म 'चेन्नई एक्सप्रेस' नेपालका मल्टिप्लेक्समा रिलिज नहुने सम्भावना बढेको छ। फिल्म वितरणमा देखिएको 'सिन्डिकेट'ले दर्शकको रुचिमात्र होइन यसका वितरक पनि जोखिममा पर्न लागेका हुन्।
यसअघि नेपालमा एप्पल र गोपीकृष्ण समूहले हिन्दी फिल्म भित्र्याउने गर्थे। दुवै समूहसँग नेपालमा आफ्नै हल नेटवर्क छ। तर, 'चेन्नई एक्सप्रेस'को नेपाल प्रदर्शन अधिकार दुई हप्ताअघि मात्र मैदानमा आएको दर्शन आर्टस् प्रालिले खरिद गरेको छ, जुन कम्पनीसँग आफ्नै हल नेटवर्क छैन।
आफ्नो कम्पनीलाई असफल बनाउन एप्पल र गोपीकृष्ण दुवैले नेटवर्कका हलहरुमा 'चेन्नई एक्सप्रेस' चल्न नदिने षड्यन्त्र चलाएको आरोप दर्शन आर्टस्का सुनिल मानन्धर लगाउँछन्।
बिहीबार रिलिज हुने 'चेन्नई एक्सप्रेस' काठमाडौं र मुख्य सहरहरुका कुन हल वा मल्टिप्लेक्समा रिलिज हुने हो, आइतबारसम्म टुंगो लागेको छैन। दुई हप्ताअघि दर्शन आर्टस्ले वितरण गरेको हिन्दी फिल्म 'रमैया वस्ताभैया'लाई पनि गोपीकृष्ण र एप्पलसँग नजिक कम्पनी क्युएफएक्सले चलाएका थिएनन्। रोहित शेट्टीद्वारा निर्देशित 'चेन्नई एक्सप्रेस'लाई दर्शन आर्टस् प्रालिले ४८ लाख भारु तिरेर नेपाल वितरण अधिकार हात पारेको हो।
सुनिलले गोपीकृष्ण र क्युएफएक्सले अरु हललाई समेत आफूले वितरण गरेको फिल्म नचलाउन दबाब दिएको गुनासो गरे। 'आफ्नो हलमा फिल्म नचलाउने अधिकार सबैलाई छ, तर उहाँहरुले अरु हललाई पनि नचलाउन दबाब दिईरहनु भएको छ, यो अन्याय भयो,' उनले भने।
क्युएफएक्स र गोपीकृष्णले फिल्म नलागाए पनि आफूलाई केही फरक नपर्ने उनको हिसाब छ। 'नेपालभरिका ५० भन्दा हलमा फिल्म एक साथ लाग्दैछ। दुई तीनवटा हलले नलगाए केही फरक पर्दैन,' सुनिलले भने। सुनिलले दुवै हलले घुर्की देखाएको पनि दाबी गरे।
तर क्युएफएक्स हलका नकिम उद्दिनले सुनिलको आरोप अस्वीकार गरे । 'डिटेलमा जान नमिल्ने' भन्दै नकिमले आफूहरुले सिन्डिगेट नगरेको दाबी गरे। 'चलचित्र संघको मान्यता अनुसार कुनै पनि हलले फिल्म प्रदर्शन गर्ने हो। तर कुन फिल्म प्रदर्शन गर्ने र नगर्ने सम्बन्धित हलले नै निर्णय गर्छ। हामीले पनि त्यही विवेक प्रयोग गरेका हौं। हामीले कुनै पनि हललाई प्रभावमा पार्ने प्रयत्न गरेका छैनौं,' नकिमले भने।
उनले 'चेन्नई एक्सप्रेस' क्युएफएक्समा प्रदर्शन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा पनि स्पष्ट उत्तर दिन मानेनन्। 'दर्शन आर्टस् प्रालिले कस्तो प्रस्ताव ल्याउँछ, फिल्मको प्रदर्शन त्यसैमा निर्भर रहन्छ। एक दुई दिनमै सबैकुरा स्पष्ट हुन्छ,' नकिमले भने।
नकिमले दुई पक्षबीच कमिसनको कुरा नमिलेकोजस्तो संकेत गरे पनि सुनिल भने क्युएफएक्स र गोपीकृष्णले कमिसनको कुरै नउठाएको प्रष्ट पारे। 'उहाँहरु कमिसन भन्दा पनि हामीलाई असफल बनाउने खेलमा लाग्नु भएको छ। उहाँहरुले फिल्म नचलाउने निर्णय नै गरिसकेको खबर पाएको छु,' सुनिलले भने।
क्युएफएक्स र गोपीकृष्णबाट आएको सन्देश बाहिरका हलवालाले आफूलाई बारम्बार सुनाउने गरेको पनि सुनिलको दावी छ। 'यिनीहरुको उपस्थितिले हिन्दी  फिल्मको भाउ बढ्छ। उनीहरुलाई सहयोग गर्‍यो भने हामी तिमीहरुलाई हाम्रो फिल्म दिन्नौं भन्ने जस्ता धम्की दिइरहेको खबर पाउने गरेको छु। तर म हार मान्ने वाला छैन,' सुनिलले भने।
पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...