Sunday 5 Ashwin, 2071 |
Menu

कला

आज चेतन आउँदै

(0 votes)
आज चेतन आउँदै
काठमाडौं – भारतीय साहित्यकार चेतन भगत करियर कार्यशालामा सहभागी हुन आज दिउँसो राजधानी आउँदैछन्। कार्यशालामा सहभागीका साथै दुई दिने राजधानी बसाइमा केही पर्यटकस्थल समेत भ्रमण गर्ने कार्यक्रम उनको छ। 'शुक्रबार दिउँसो उनी दिल्लीबाट काठमाडौं आउँदैछन्। सुरक्षाको कारण उनले भम्रण गर्ने स्थान गोप्य राखिएको छ। शनिबार साँझ ६ बजे उनी फर्कनेछन्,' आयोजकका निशान्त श्रेष्ठले भने। एसआर गुप एन्ड इन्स्टि्च्युसन्सले करियर कार्यशालामा चेतनलाई वक्ताको रुपमा नेपाल बोलाएको हो।
शनिबार राजधानीको एभरेस्ट होटलमा उनले करियर कार्यशालामा आफ्ना भनाइ राख्नेछन्। 'म उत्साहित छु किनकि शनिबार हुने कार्यशालामा काठमाडौं आउँदैछु। जीवनमा ठूलो सफलता पाउन युवाहरुलाई प्रोत्साहन दिन आउन लागेको हुँ। आशा गर्छु, मेरो सेसनमा सबैजनाको रचनात्मक सहभागिता रहनेछ,' युट्युब भिडियोमार्फत उनले बताए। 
आयोजकका अनुसार प्लस टु, स्नातक, स्नातकोत्तर र कर्पोरेट क्षेत्रका झन्डै चार सय दर्शकले उनलाई प्रत्यक्ष सुन्नेछन्। रिपब्लिका दैनिक मिडिया पार्टनर रहेको कार्यक्रमको तयारी एभिड इन्भेस्टमेन्ट एन्ड सर्भिसेसले गर्दैछ। यसअघि चेतनले विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग मिलेर विश्वका ५० भन्दा बढी स्थानमा प्रेरणात्मक मन्तव्य दिइसकेका छन्। विकासका विषयलाई प्रोत्साहन गर्न स्तम्भकारको रुपमा विभिन्न पत्रपत्रिकामा उनले लेख रचना पनि प्रकाशित गर्ने गरेका छन्। 
कार्यक्रममा उनले नेतृत्व विकास, आत्मविश्वास र सफलताका विधिसम्बन्धी प्रवचन दिनेछन्। उनी 'फाइभ पोइन्ट समवन', 'वान नाइट एट द कल सेन्टर', 'द थ्री मिस्टेक अफ माई लाइफ' लगायत पुस्तकका लेखक हुन्। 
उनका पुस्तक 'वान नाइट एट द कल सेन्टर'माथि 'हेलो', 'फाइभ पोइन्ट समवान'माथि 'थ्री इडियट्स' र 'द थ्री मिस्टेक अफ माई लाईफ'माथि 'काई पो चे' फिल्म निर्माण भइसकेको छ। २००९ मा बैकिङ करियरलाई छाडेर उनले लेखन पेशालाई निरन्तरता दिएका हुन्।

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

काठमाडौं-भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’मा गाडीसँगै उभिएका मोडलहरुले प्रदर्शनीलाई अझ निखार दिइरहेका छन्। गाडी मेलामा नयाँ गाडीसँगै विभिन्न पोजमा रहेका मोडलहरुलाई नागरिकन्युजकर्मी विजय गजमेरले क्यामेरामा कैद गरेका छन्।

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।