Friday 15 Falgun, 2071 |
Menu

कला

HUB

चेतन भगत शुक्रबार राजधानी आउँदै

  • बिहीबार २० असार, २०७०
  • स्मृति ढुंगाना
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- भारतीय साहित्यकार चेतन भगत करियर कार्यशालामा सहभागी हुन शुक्रबार राजधानी आउँदैछन्। दुई दिने राजधानी बसाइमा उनी राजधानीभित्रका केही पर्यटकस्थल भ्रमण गर्नेछन्। 

'शुक्रबार दिउँसो उनी दिल्लीबाट राजधानी आउँदैछन्। सुरक्षाको कारणले उनले भम्रण गर्ने स्थानहरु गोप्य राखिएको छ,' आयोजकका निशान्त श्रेष्ठले भने, 'शनिबार साँझ ६ बजे उनी फर्कनेछन्।' एसआर गुप एन्ड इन्टिट्युसन्सले कार्यक्रमको आयोजना गर्दैछन्। शनिबार राजधानीको एभरेष्ट होटलमा उनले करियर कार्यशाला दिँदैछन्। दिउँसो दुई बजे सुरु हुने कार्यशालामा उनले युवा पुस्तालाई करियर सुरुवातको लागि चाहिने आधारभूत कुराहरु बताउँनेछन्। 
'म उत्साहित छु किनकि शनिबार हुने करियर कार्यशालामा सहभागी हुन काठमाडौं आउँदैछु,' स्काइपमार्फत उनले नागरिकन्युजसँग भने, 'जीवनमा ठूलो सफलता पाउन युवापुस्ताहरुलाई प्रोत्साहन गर्न म आउन लागेको हुँ। आशा गर्छु, मेरो सेसनमा सबैजना सहभागी हुनुहुन्छ। 
आयोजकका अनुसार प्ल्स टु, स्नातक, स्नातकोत्तर र कर्पोरेट क्षेत्रका झण्डै चार सय दर्शकले प्रत्यक्ष उनको कार्यक्रममा सहभागी हुन सक्नेछन्। रिपब्लिका दैनिक मिडिया पार्टनर रहेको कार्यक्रमको तयारी एभिड इन्भेस्टमेन्ट एन्ड सर्भिसेस्ले गर्दैछ। यसअघि भगतले विभिन्न अन्तर्राष्र्ट्रिय संस्थासँग मिलेर विश्वभरका ५० भन्दा बढी स्थानमा प्रेरणात्मक मन्तव्य दिइसकेका छन्। विकासका विषयलाई प्रोत्साहन गर्न स्तम्भकारको रुपमा विभिन्न पत्रपत्रिकामा उनले लेख रचना लेख्‍ने गरेका छन्। 
 
कार्यक्रममा उनले नेतृत्व विकास, आत्मविश्वास, प्रेरणात्मक मन्तव्य र सफलताका विधिसम्बन्धी विषयमा कार्यशाला दिनेछन्। उनी 'फाइभ पोइन्ट समवान', 'वान नाइट एट द कल सेन्टर', 'द थ्री मिस्टेक अफ माइ लाइफ', ' टु स्टेट्सः द स्टोरी अफ माई म्यारिज', 'रिभोलुसन २०२०' र ' वाट योङ इन्डिया वान्टस्' नामक पुस्तकका लेखक हुन्। 
उनको पुस्तकहरु 'वान नाइट एट द कल सेन्टर' माथि 'हेलो', 'फाइभ पोइन्ट समवान' माथि 'थ्री इडियट' र 'द थ्री मिस्टेक अफ माइ लाइफ' माथि 'काइ पो चे' फिल्म निर्माण भइसकेको छ। 
२००९ मा बैंकिङ करियरलाई छाडेर उनले लेखन पेसालाई निरन्तरता दिएका हुन्। विभिन्न कार्यशालामा उनले युवाहरुलाई सफलताको लागि दुःख गर्न प्रोत्साहनसमेत गरेका छन्। 'मानिसहरु तिम्रो सफलतालाई माया गर्छन्। एकपटक तिमी रोकियौं भने उनीहरुले सम्पर्क गर्न छाड्नेछन्। त्यसैले सफलतालाई माया गर्न सिक,' एक कार्यशालामा उनले भने।
‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।