Friday 7 Kartik, 2071 |
Menu

कला

नीतालाई के मन पर्छ ?

(0 votes)
नीतालाई के मन पर्छ ? नीता ढुंगाना, अभिनेत्री

खान

नेपालीको प्रिय खाना दाल, भात र तरकारी नै मेरो प्रमुख रोजाइ हो। खसीको मासु पनि मलाई मनपर्छ। खाजाहरूमा मःमः रुचाउँछु। विदेशी खाजामा इन्डियन खाजा दही कडी मनपर्छ। यसको अमिलो चट्का स्वादले मेरो जिब्रो नै रसाइदिन्छ। मलाई मनपर्ने फलफूल आँप, स्ट्रबेरी र सुन्तला हुन्। अनार छ भने फ्रेस जुस बनाएर खान्छु। अरू फलफूल छ भने साना टुक्रा पारेर खान्छु।

घुम्न
घुम्ने क्रममा शान्त वातावरणले ध्यान तान्छ। वरिपरि हिमाल भएको ठाउँ घुम्न मन पराउँछु। सुटिङका क्रममा धेरै ठाउँमा गइरहनुपर्छ। घुमेका ठाउँमध्ये जोमसोम, ओखलढुंगा र पोखरा मलाई मन परेका ठाउँ हुन्। पोखराको बाराही मन्दिर पनि मलाई मनपर्ने ठाउँ हो। कार्य सिलसिलामा मलेसिया, कतारजस्ता बाहिरी मुलुक पनि गएकी छु। विदेशी वातावरणले मलाई उत्ति तान्दैनन्। मलाई नेपाली हावा–पानी नै मनपर्छ। 

सुन्न
म प्रायः मेलोडी गीत सुन्न मन पराउँछु। बेला–बेला ट्रेजेडी गीत–संगीत पनि सुन्छु। कस्तो गीत सुन्ने, मुडमा भर पर्छ। अभिनयसँगै नाच्नुपर्ने भएकाले रक गीत पनि सुन्छु। मुड चलेमा जिउ नै उचाल्ने किसिमका रक गीत पनि सुन्दै आनन्द लिन्छु। यस्ता गीतले माइन्ड रिफ्रेस गर्छन्। 'गहिरो गहिरो' बोलको पुरानो गीत मलाई एकदमै मन परेको गीत हो। अहिलेसम्मकै गीतमा यो मेरो उत्कृष्ट गीत हो। मैले धेरैपटक यो गीत गुनगुनाएकी पनि छु। हिन्दी, इङ्लिस भाषाका गीत सुने पनि मलाई नेपाली गीत नै बढी मनपर्छ।
हेर्न 
कलाकारको नाताले धेरै फिल्म हेर्नुपर्ने हुन्छ। आफ्नो उमेरसँग मिलेर हो कि, म प्रायः लभस्टोरी फिल्म हेर्छु। कुनै पनि सन्देशमूलक फिल्मले मेरो ध्यान खिच्छन्। अन्य भाषाका फिल्मभन्दा नेपाली फिल्म नै बढी रुचाउँछु। आफ्नो क्षेत्र नै नेपाल भएकाले समकालीन नेपाली फिल्मको टे्रन्ड बुझ्नु आवश्यक हुन्छ। राम्रा फिल्महरू हेर्न छुटाउँदिनँ। पछिल्लो समयका फिल्म 'सायद' र 'साँघुरो' मलाई मन परेका फिल्म हुन्। आफैंले अभिनय गरेको फिल्म 'मसान' पनि राम्रो छ। म प्रायः हल गएर नै फिल्म हेर्छु। सुटिङका क्रममा कुनै फिल्म छुट्यो भने घरमै ल्याएर हेर्छु। हलमा जाँदा प्रायः साथीहरू र परिवारसँग जान्छु। फुर्सद छ भने म भाइसँग पनि हल पुग्छु। 
पढ्न 
मलाई उपन्यास पढ्न मनपर्छ। आफ्नो उमेर मिल्दो लभ स्टोरी पढिरहन्छु। पुस्तकमा मोरालिटी भयो भने झन् रमाइलो हुन्छ। पछिल्लो समयमा हरिवंश दाइको आत्मकथा 'चिना हराएको मान्छे’ पढ्दै छु। पढेका पुस्तकमध्ये तसलिमा नसरिनको 'आइमाईको कुनै देश छैन’ मलाई मन परेको किताब हो। मैले महात्मा गान्धीबारे लेखिएका थुप्रै पुस्तक पनि पढेकी छु। नेपाली साहित्यमा मलाई विज्ञान कथा पढ्न मन लागिरहेको छ।
प्रस्तुति : क्रान्ति पाण्डे

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

काठमाडौं-भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’मा गाडीसँगै उभिएका मोडलहरुले प्रदर्शनीलाई अझ निखार दिइरहेका छन्। गाडी मेलामा नयाँ गाडीसँगै विभिन्न पोजमा रहेका मोडलहरुलाई नागरिकन्युजकर्मी विजय गजमेरले क्यामेरामा कैद गरेका छन्।

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।