8 Kartik, 2071 |
Menu

कला

बक्सअफिसको छलफल सुरु

(0 votes)
बक्सअफिसको छलफल सुरु
काठमाडौं – गत असार ३१ मा भएको त्रिपक्षीय सम्झौता अनुसार बक्स अफिसको संरचनाका सम्बन्धमा नेपाल चलचित्र संघले छलफल थालेको छ। हलवालाहरुको संगठन चलचित्र संघ परिसरमा मंगलबार गरिएको छलफलमा चलचित्र विकास बोर्डले बक्सअफिस सफ्टवेयर निर्माणका सम्बन्धमा तयार गरेको संरचनामा निर्माता संघ र चलचित्र संघका प्रतिनिधिले छलफल गरेका हुन्।
चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलले बक्स अफिस सर्भर जडान गरेपछि हलवालाले पाउने अधिकारको बारेमा निर्माता संघ र चलचित्र संघबीच मौखिक सहमति भएको पुष्टि गरे। 
'बक्स अफिस सफ्टवेयरमा हलले फिल्मको नाम, टिकट दर र सो समय हेरफेर गर्न पाउने अधिकार रहनेछ। त्यसबाहेक फिल्मको कलेक्सन अथवा बिक्री भएको टिकट संख्या आदि चाहिँ सम्बन्धित फिल्मका वितरक र निर्माताले मात्र हेर्न पाउनेछन्,' पोखरेलले भने।
सहमति भएका बुँदालाई उल्लेख गर्दै बक्स अफिस कार्यदलका सदस्य आकाश अधिकारीले पनि बक्स अफिस सफ्टवेयर निर्माण गर्दा देशभरका हलको कोडवर्ड बनाउने र निर्माता तथा वितरकलाई पासवर्ड दिने कुरामा सहमति भएको बताए। 
'देशभरिका हलको रिपोर्ट काठमाडौंबाट नै हेर्न मिल्ने गरी सफ्टवेयर निर्माण गर्ने र तिनको पहुँच सम्बन्धित फिल्मकालाई दिइने कुरामासहमति गरेका छौं। यसले निर्माताहरुले काठमाडौंमै बसेर आफ्नो फिल्मको व्यापार हेर्न सक्नेछन्,' अधिकारीले भने।
अधिकारीले नेपालमा लोडसेडिङ धेरै हुने भएकोले बत्ती गएको बेलामा पनि समस्या नहुने गरी सफ्टवेयर निर्माण गरिन लागेको बताए। अधिकारीले भने, 'बत्ती गयो भने पनि सफ्टवेयरले डाटा जम्मा गरिराख्छ र बत्ती आएपछि पहिलेको डाटासमेत जोडेर देखाउँछ।'
चलचित्र निर्माता संघका महासचिव केशव भट्टराईले मंगलबार संघले बक्स अफिस सम्बन्धी प्रेजेन्टेसन भनेर बोलाएको भए पनि सफ्टवेयर कस्तो बनाउने भन्ने सम्बन्धमा हल्का छलफल मात्र गरेको बताए। 'विकास बोर्डले बक्स अफिस सफ्टवेयरको मोडल सुझाएको थियो। चलचित्र संघका उपाध्यक्ष नकिम उद्दिनहरुले पनि आफ्नै सफ्टवेयर बनाइसक्नु भएको रहेछ, दुइटालाई मिलाएर नयाँखाले सफ्टवेयर बनाउने विषयमा छलफल भयो। केही कुरामा पनि सहमति भएको छैन,' उनले प्रष्ट पारे।
विकास बोर्डका प्रवक्ता अनुपम निरौलाले चलचित्र संघले प्रेजेन्टेसन गरेको समाचार सुनेको भए पनि औपचारिक रुपमा केही पनि जानकारी नआएको बताए। गत असार ३१ मा निर्माता संघ, चलचित्र संघ र विकास बोर्डबीच भएको सहमति अनुसार चलचित्र संघले सम्झौता भएको १० दिनभित्र प्रेजेन्टेसन गर्नुपर्ने प्रावधान उल्लेख थियो।

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

काठमाडौं-भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’मा गाडीसँगै उभिएका मोडलहरुले प्रदर्शनीलाई अझ निखार दिइरहेका छन्। गाडी मेलामा नयाँ गाडीसँगै विभिन्न पोजमा रहेका मोडलहरुलाई नागरिकन्युजकर्मी विजय गजमेरले क्यामेरामा कैद गरेका छन्।

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।