Thursday 8 Shrawn, 2071 |
Menu

कला

राजवल्लभको रोजाइमा मुस्ताङ, धम्पुस र कन्याम

(0 votes)
राजवल्लभको रोजाइमा मुस्ताङ, धम्पुस र कन्याम

नेपाली फिल्मका हिरो राजवल्लभ कोइराला के पढ्न मन पराउँछन् ? खानपान र घुम्ने स्थान बारे उनको रुचि के छ ? पढ्नुहोस् उनकै शब्दमा :


खाना

दाल, भात र तरकारी मेरो मनपर्ने खाना हो। हरेक नेपालीको प्रिय खानाबाट म कसरी टाढिन सक्थें र! सुटिङका क्रममा धेरै ठाउँ गइरहनुपर्छ। नेपालमै हुँदा दाल, भात, तरकारी र अचार सेट नै हो मैले खाने। अझ त्यसमा साग भयो भने झनै स्वादिलो हुन्छ। ठाउँले पनि खाना र त्यसको स्वादमा असर गर्दो रहेछ। जे खाए पनि स्वस्थ र सफा खाना खाऔं भन्ने मेरो विचार छ। विदेशी आइटममा मलाई इटालियन खाना मनपर्छ। पास्ता खान खुब रुचाउँछु। नेपाली परिकारसँग स्वाद मिल्ने भएर होला इन्डियन खानाका परिकारले पनि मलाई लोभ्याउँछन्। मसालेदार इन्डियन आइटम पनि मलाई खुब रुच्छन्। समयअनुसार कन्टिनेन्टल खाना मनपर्छ। फास्टफुडमा मलाई मःमः औधी मिठो लाग्छ। कुनै पनि खानेकुरा सफा र स्वस्थ्यकर छ भने खाइहाल्छु। फलफूलमा आँप देख्नेबित्तिकै जिब्रो रसाएर आइहाल्छ। स्याउ, केरा र अंगुर पनि मलाई मनपर्ने फलफूल हुन्। फलफूललाई दहीमा राखेर लस्सी बनाएर खाँदा मिठो लाग्छ।

कलाकर्मी भएकाले सुटिङका लागि विभिन्न ठाउँ जाँदा स्वास्थ्यको ख्याल गर्नुपर्छ, त्यसका लागि खाना कस्तो छ भन्ने महत्वपूर्ण हुन्छ। कहिलेकाहीँ खाना र खाजाको तालिका नै मिलाउन सकिन्न।

घुम्न

कामको सिलसिलामा धेरै ठाउँमा घुम्न पाइन्छ। घुमेका ठाउँमध्ये पोखरा मलाई मनपर्ने ठाउँ हो। त्यहाँको फेवातालको सुन्दर दृश्यले मलाई सधैं पुलकित बनाउँछ। पोखराबाट मनोरम ताल, हिमाल र पहाडी हिमशृंखला देख्न सकिन्छ। त्यहाँको वातावरण खुला र शान्त पनि छ। मलाई एकान्त ठाउँ मनपर्नै हुनाले सधैं पोखरा जाने हुटहुटी चलिरहन्छ।

कुनै ठाउँको भ्रमणमा जाँदा साथीहरू भए अझ रमाइलो। आफ्नो मुडअनुसार पनि कुन ठाउँ मनपर्ने-मन नपर्ने भन्ने हुँदो रहेछ। मुड ठिक छ र साथीहरू छन् भने नजिकको कुनै डाँडामा पुग्दा पनि रमाइलो नै हुन्छ। विशेषगरी प्राकृतिक दृश्यले भरिपूर्ण शान्त ठाउँ मेरो रोजाइका ठाउँ हुन्।

हरेक स्थानका आ–आफ्नै विशेषता हुन्छन्। मुस्ताङ, इलामको कन्याम र कास्कीको धम्पुस मलाई मन परेका ठाउँ हुन्। यी फरक ठाउँका फरक आकर्षण छन्। त्यहाँका सुन्दरताले मन बहलाउन सहयोग गर्छन्। विदेशमा अस्ट्रेलियाको सिड्नी सुन्दर सहर लाग्यो। त्यहाँका बिच र कोस्टल एरियाले मलाई लोभ्याएको छ। अमेरिकामा ओसन सिटी र क्यालिफोर्नियाको फ्यान्टम पनि मलाई मनपर्ने ठाउँ हुन्। अमेरिकाको न्युयोर्क पनि मलाई मन परेको अर्को ठाउँ हो। विदेशतिर घुमफिर गर्दा समुद्री क्षेत्र र मानिसका गतिविधिले मेरो ध्यान तान्ने गरेका छन्।


पढ्न

साहित्यप्रति मेरो विशेष रुचि छ। म कविता पनि लेख्ने गर्छु। यो वर्ष त्यति पुस्तक पढ्ने मौका पाएको छैन। दार्शनिक र आध्यात्मिक पुस्तक पढ्न रुचाउँछु। काममा व्यस्त भएकाले आजभोलि त्यति मजाले पढ्न पाएको छैन। यो वर्ष मैले धेरै ठाउँ घुमें, त्यसले पनि पढाइमा समय पुग्न सकेन। समय मिलेसम्म पुस्तकमै घोत्लिने बानी छ। झमक घिमिरेको 'जीवन काँडा कि फूल', जगदिश घिमिरेको 'अन्तर्मनको यात्रा' र बुद्धिसागरको 'कर्नाली ब्लुज' मैले पछिल्लो समय पढेका नेपाली पुस्तक हुन्।

मलाई आत्मवृतान्तले पनि मन छुन्छन्। कुनै पनि पुस्तक पढ्नु नयाँ कुरासँग घुलमिल हुनु र केही न केही ज्ञान हासिल गर्नु हो जस्तो लाग्छ। अध्ययनपछि कुनै विषयप्रतिको दृष्टिकोण र विचारमा प्रभाव पर्छ। दार्शनिक र अर्थपूर्ण कल्पनाका पुस्तक मेरो पहिलो रोजाइमा पर्छन्। 'जीवन काँडा कि फूल' मलाई औधी मन परेको पुस्तक हो। यो पुस्तकले आत्मबल र प्रेरणा दिन्छ। यो प्रेरक पुस्तक हो। पुरानाभन्दा पनि समकालीन नेपाली पुस्तक अध्ययन गर्न मन लाग्छ। समकालीन पुस्तकबाट अपडेट भइरहन सजिलो पर्दो रहेछ। पछिल्लो समय हरिवंश आचार्यको 'चिना हराएको मान्छे' पढ्न मन लागिरहेको छ।

पाउलो कोएलो, खालिद हुसेन, मर्खेज र फ्रेडिक नित्से मलाई मनपर्ने विदेशी लेखक हुन्। हिजोआज चेतन भगत र हारुकी मुराकामीका पुस्तकहरू पढ्दै छु।

प्रस्तुति : क्रान्ति पाण्डे
कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।

बन्ने भो 'नभ्य'

बन्ने भो 'नभ्य'

काठमाडौं– नयाँ फिल्म 'नभ्य'को निर्माण घोषणा भएको छ। विप्लब आर पोखरेलको निर्देशन रहने फिल्मबारे निर्माण टोलीले मंगलबार जानकारी गराएको हो।

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

काठमाडौं- प्रकाश गुरूङले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए। उनकी छोरी रिमा त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्। शुक्रबार पलेँटी दसौं वर्षमा पुग्दाको दोश्रो...

तेरियाको प्रतीक्षा

तेरियाको प्रतीक्षा

बुटवल– सानैदेखि नाच्न भनेपछि हुरुक्क हुने। टिभीमा गीत बज्यो कि नाचिहाल्ने। गाउँमा केही कार्यक्रम भयो कि नाच्न भनेपछि अघि सरिहाल्ने। रुपन्देहीको रुद्रपुर सुनागाभा चोककी १२ वर्षीया तेरिया फौजा मगरको नाच्ने...

यो कथा हो सबैको!

यो कथा हो सबैको!

काठमाडौं– पारिवारिक कथामा निर्माण गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को गीतिएल्बम विमोचन गरिएको छ। मंगलबार बागबजारस्थित सिटीम्याक्स हलमा फिल्मका कलाकारहरुले संयुक्त रुपमा एल्बम विमोचन गरे।

सय करोड कमायो 'होलिडे'ले

सय करोड कमायो 'होलिडे'ले

मुम्बई, असार– लगभग दुई वर्षपछि अक्षय कुमारको फिल्मले सय करोड भारु कमाएको छ। सन् २०१२ मा अक्षयको फिल्म 'राउडी राठोर'ले सय करोड कमाएको थियो। त्यसयता अक्षयका फिल्म केही फिल्म हिट...