Tuesday 13 Shrawn, 2071 |
Menu

कला

निशाले फेसबुक स्ट्याटस डिलिट गरिन्

  • सोमबार २४ असार, २०७०
  • नागरिक
  • DISQUS_COMMENTS
(1 Vote)
निशाले फेसबुक स्ट्याटस डिलिट गरिन्
काठमाडौं — हिरोइन निशा अधिकारीले नेपाली सेनाको हेलिकोप्टर चढ्दा रमाउँदै लेखेको फेसबुक स्ट्याट्स सहितको फोटो एल्बम सोमबार डिलिट गरेकी छन्। सेनाको हेलिकोप्टरमा खिचेका पाँच वटा तस्विर पनि फेसबुकबाट हटाएकी छन्। डडेलधुरास्थित आर्मी क्याम्पदेखि कोहलपुरसम्मको यात्रा रोमाञ्चक रहेको स्ट्याट्स निशाले लेखेकी थिइन्। तस्विर र स्ट्याट्स डिलिट गरेसँगै निशाले आफ्नो फेसबुकमा पोष्ट गरिएका फोटो प्रयोग गर्नुअघि अनुमती लिनुपर्ने बताएकी छन्।

सार्वजनिक रुपमा हेर्न मिल्ने गरी बनाइएको निशाको फेसबुक अकाउन्टमा राखिएका तस्विर प्रयोग गरी नागरिकले यससम्बन्धी समाचार लेखेको थियो। 'प्रिय पत्रकार साथी यहाँहरुलाई फ्रेण्ड लिष्टमा एड गरेर विश्वास गरेपछि फोटो प्रयोग गर्नुअघि एक पटक सोध्नु यहाँहरुको जिम्मेवारी हैन र?', फेसबुकमा नयाँ स्ट्याटस लेख्दै उनले भनेकी छिन्- 'ती पत्रकारले यस विषयमा मलाई फोन गरेका थिए तर नेटवर्क कभरेज झुर हुँदा कुरा हुन पाएन।'

फिल्म भीमदत्तको सुटिङका लागि निशा अधिकारी सहितको टोली डडेलधुरा पुगेको थियो। निर्माता नवल खड्काले कर्नेल प्रकाश थापाले निशा अधिकारी सहितको टोलीलाई हेलिकोप्टर चढाएको बारे केही बताउन चाहेनन्। 'उहाँहरु सुटिङ हेर्न आउनु भएको थियो', खड्काले भने- 'हेलिकोप्टर भाडामा लिएको पनि हैन र सुटिङमा प्रयोग गरिएको पनि हैन।'

निशाले डिलिट गरेको स्ट्यायस जस्ताको तस्तै

nisha1

कस्तो छ श्रीकृष्णलाई?

कस्तो छ श्रीकृष्णलाई?

काठमाडौं– हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको लक्षण देखिएको छ। आइतबार नयाँ बानेश्वरमा आयोजित 'कोहिनूर' फिल्मको पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले श्रीकृष्णलाई मिस गर्दै...

अब्बाको सम्झना

अब्बाको सम्झना

मेरो अब्बा (बुवा) अरूका अब्बाभन्दा फरक हुनुहुन्थ्यो। मेरो कलिलो दिमागले सधैं सोध्थ्यो– उहाँ किन फरक हुनुहुन्छ?मेरा सबै साथीका अब्बा अफिस जान्छन्। उहाँ किन जानुहुन्न?मेरा धेरै साथीका अब्बा सर्ट–पाइन्ट लगाउँछन्। उहाँ...

यस कारण छोडेका थिए कपिलले यसराजको फिल्म

यस कारण छोडेका थिए कपिलले यसराजको फिल्म

मुम्वई-केही महिना पहिला एउटा घोषणा भयो बलिउडमा। कमेडियन कपिल शर्मा यसराज ब्यानरको फिल्म 'बैंक चोर' को मूख्य भूमिकामा देखिने छन्। यसराज ब्यानरले फेरि केही समय पछि अर्को घोषणा गर्योै कपिल...

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

काठमाडौं– इजरायलले प्यालेस्टानको गाजा क्षेत्रमा गरेको आक्रमणको विरोध गर्दै नेपाली कलाकर्मी तथा साहित्यकारहरुले बिहीबार संयुक्त राष्ट्रसंघको नेपाल मूख्यालय अगाडि धर्ना दिएका छन्। धर्नामा लेखक श्याम श्रेष्ठ, हरिगोविन्द लुइटेल, राजेन्द्र महर्जन,...

गायिका रेखा समाजसेवामा

गायिका रेखा समाजसेवामा

काठमाडौं– गायिका रेखा शाहले समाजसेवामा हात बढाएकी छिन्। बिहीबार आफ्नै नाममा स्थापित 'रेखा शाह फाउन्डेसन'मार्फत् उनले एक लाख चौध हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिन्। अनामनगरको युनियन हाउसमा उनले सहयोग...

कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।