Tuesday 19 Shrawn, 2072 |
Menu

कला

ist-cc

आर्मी हेलिकप्टरमा हिरोइन!

(0 votes)
आर्मी हेलिकप्टरमा हिरोइन!
काठमाडौं – अभिनेत्री निशा अधिकारीले हेलिकप्टरको ककपिटमा खिचिएको फोटो शनिबार फेसबुकमा सार्वजनिक गरिन्। फोटोलाई १२ सय भन्दा बढीले लाइक गरे, तर सेनाको हेलिकप्टरमा बसेर उनले फोटो कसरी खिच्न पाइन्? कसैले पनि प्रश्न उठाएका छैनन्। नेपाली फिल्म 'भीमदत्त' सुटिङको क्रममा निशा १९ दिनदेखि डढेलधुरामा थिइन्। 'डढेलधुरादेखि कोहलपुरसम्म' शीर्षकका फोटोहरुमा फिल्मका निर्माता तथा अभिनेता नवल खड्का, अभिनेत्री सुमिना घिमिरे र निर्देशक हिमग्याप टासी पनि देखिन्छन्।

फोटोहरु हेर्दा उक्त हेलिकप्टर सुटिङकै लागि भाडामा लिइएकोजस्तै देखिन्छ। तर निर्माता खड्काले हेलिकप्टर भाडामा नलिइएको र सुटिङमा पनि प्रयोग नगरिएको बताए। बरु कामको सिलसिलामा डडेलधुरामा रहेका चिनजानका कर्नेल प्रकाश थापा लगायतको टोली सुटिङ हेर्न आएको खड्काको दावी छ।
सेनाको हेलिकप्टरमा बसेर फोटो खिच्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न गर्दा सेना प्रवक्ता सुरेश शर्मा निर्देशिका हेर्नुपर्ने भन्दै पन्छिए। अभिनेत्री अधिकारीको फेसबुक स्ट्याटसले फिल्म टोली डडेलधुरादेखि कोहलपुरसम्म हेलिकप्टरमै उडेर आएको अर्थ लाग्छ। निशाले आफ्नो स्ट्याटसमा हेलिकप्टरको मोडल 'एएस ३५० बि थ्री' समेत उल्लेख गरेकी छन्।

उक्त विषयमा सेना प्रवक्ता शर्माले फोटो खिचाएको सत्य भए पनि हेलिकप्टरबाट फिल्म टोलीलाई यात्रा नगराइएको दावी गरे। 'सेनाको हेलिकप्टरमा फोटो खिचाएको भन्ने जानकारी पाएको छु। तर डडेलधुराबाट कोहलपुर आएको भन्ने चाहिँ पुष्टि भएको छैन। हामी अनुसन्धानको क्रममा छौं। सम्बन्धित ठाउँमा सत्यतथ्य जानकारीका लागि ध्यानाकर्षण गराएको छु,' शर्माले भने।

सोही बुझ्न विषयमा नेपाली सेना उडड्यन प्राधिकरण महानिर्देशनालयका एक उच्च अधिकृतसँग सम्पर्क राख्दा बोल्न मानेनन्।

सैनिक ऐन २०६३ को दफा ४९ उपदफा 'क'मा उल्लेख भए अनुसार सरकारी वा सार्वजनिक सम्पत्ति बदनियत राखी निजी काममा उपयोग गरेमा सम्पत्ति सम्बन्धी कसुर गरेको मानिने उल्लेख छ। त्यस्तै सोही ऐनको दफा ५२ को उपदफा 'छ'ले सुव्यवस्था तथा सैनिक अनुशासन कायम राख्न गर्नुपर्ने कुनै काम नगरेमा वा सुव्यवस्था तथा सैनिक अनुशासनविरुद्ध कुनै काम गरेमा अनुशासन तथा आचरण सम्बन्धी कसुर लाग्ने उल्लेख गरेको छ ।

केही समयअघि 'बधशाला' फिल्ममा अनुमति बिना सेनाको युनिफर्म प्रयोग गरिएको भन्दै सेनाले आपत्ति जनाएको थियो।

प्रतिक्रिया

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...