Thursday 8 Shrawn, 2071 |
Menu

कला

'ध्यानी' झरना

  • शुक्रबार २१ असार, २०७०
  • स्मृति ढुंगाना
  • DISQUS_COMMENTS
(0 votes)
'ध्यानी' झरना
काठमाडौं - ग्ल्यामर दुनियाँमा व्यस्त रहने पूर्व मिस नेपाल झरना ब्रजाचार्य आजभोलि ध्यानी बनेकी छिन्। 'जेस् मेडिटेसन सेन्टर' नामक ध्यान केन्द्र खोलेर झरनाले ध्यानी हुने अभिलाषालाई मूर्त रुप दिएकी हुन्। स्वयम्भुस्थित बज्र होटलमा स्थापना भएको ध्यानकेन्द्रमा उनी स्वयं त ध्यान गर्छिन् नै अरुलाई पनि सिकाउँछिन्। दुई महिनादेखि सञ्चालनमा आएको ध्यानकेन्द्रले एक सय २५ जनालाई प्रशिक्षण दिइसकेको छ।
ध्यानलाई विधिवत रुपमा विकसित गर्ने उद्देश्यले स्थापित 'जेस् मेडिटेसन सेन्टर'मार्फत् उनले ध्यानसम्बन्धी कार्यशाला समेत दिइरहेकी छिन्। 'ध्यानलाई बुझ्ने कुरामा मानिसबीच थुप्रै भ्रमहरु छन्। कार्याशालामार्फत् त्यस्ता भ्रमहरु हटाउन र ध्यानलाई गम्भीरतापूर्वक लिन प्रेरित गरिरहेका छांै,' झरना भन्छिन्। 
विचार र शरीर दुवैलाई सन्तुलनमा राख्न मद्दत गर्ने हुनाले ध्यानमा उनको खास रुचि रहेको हो। 'जेस् मेडिटेसन सेन्टर'मा उनी स्वयं पनि ध्यान सिकाउँछिन्। 'मैले आनापाना सूत्र सिकाउने गरेकी छु,' उनी भन्छिन्, 'श्वासप्रश्वाससम्बन्धी ध्यान भएकाले धेरै उपयोगी पनि हुन्छ।' 
उनीसँग यसरी प्रशिक्षण लिन आउनेहरुमा पाका उमेरका मानिसको बाहुल्य छ। ध्यान सिक्नलाई उमेरको कुनै हदबन्दी नभएको बताउने झरना ध्यानको कुरा गर्दा कुनै धर्म गुरुभन्दा कम देखिन्नन्। 
'बच्चादेखि वृद्धसम्म सबैले ध्यान गर्न सक्छन्। यो बहुउपयोगी हुन्छ। तनावबाट मुक्त हुनदेखि उर्जा प्राप्त गर्नसम्ममा ध्यानले सघाउँछ। दिनमा एक घन्टा ध्यान गरे धेरै फाइदा हुन्छ,' उनले भनिन्। ध्यान केन्द्र स्थापनामा सुशील श्रेष्ठ र बज्र होटलले उनलाई साथ दिएका छन्। 
यतिबेला ध्यानकेन्द्र खोलेर पर्दाअगाडि आए पनि झरना पुराना ध्यानी हुन्। मिस नेपालमा भाग लिनुअघि देखिनै झरना आफूले ध्यान गर्ने गरेको बताउँछिन्। परिवारमा अरु सदस्यको देखासिकीमा ध्यानको दुनियाँमा प्रवेश गरे पनि समयक्रममा यसलाई जीवनको अभिन्न अंंग बनाएको झरनाको भनाइ छ। १६ वर्षअघि उनले पहिलोपटक १० दिने विपश्यना कोर्स गरेकी हुन्। 
'जेस् मेडिटेसन सेन्टर'मा प्रति घन्टा ध्यान गरेको शुल्क पाँच सय रहेको छ। 'सहभागीबाट आएको शुल्कको ३० प्रतिशत रकम अन्तरदृष्टि नामक संस्थालाई जान्छ।' अन्तर्राष्ट्रिय नियमअनुसार उनी ध्यान सिकाउन योग्य व्यक्ति होइनन्, किनकि ध्यान प्रशिक्षक बन्न अन्तर्राष्ट्रिय गुरुहरुसँग १० दिने प्रशिक्षण लिनुपर्छ, जुन उनले लिन पाएकी छैनन्। 
व्यावहारिक रुपमा लामो समयदेखि ध्यानमा आवद्ध भएको हुनाले प्रशिक्षणको काम पनि गरिरहेकी हुन्। 'दुई वर्षअघि बेलायतमा पाँच महिनाको ध्यान प्रशिक्षण सिध्याएर फर्केकी हुँ। जानेको कुरा सिकाउन सक्छु भनेर ध्यानकेन्द्र स्थापना गरेको हुँ,' झरनाले भनिन्।
एक घन्टाको प्रशिक्षणमा उनले आँखा चिम्लिने, शारीरिक हाउभाउ मिलाउनेदेखि दिमागलाई नियन्त्रणमा राखेर मनमा आउने कुराहरुलाई साक्षात्कार गराउने र बिस्तारै फ्रेस बनाउने गर्छिन्। कामबाट तनाव लिनेहरुलाई उनले दिनमा एक घन्टा ध्यान गर्न उनको आग्रह छ। 
'ध्यानबारे ज्ञान नभएसम्म नौलो लाग्छ। ध्यान सुरु भएपछि सोच्ने दृष्टिकोणमा परिवर्तन आउँछ। बिस्तारै परिवर्तन ल्याउन ६ महिना आफूलाई समय दिनुपर्छ,' उनी भन्छिन्। 
'ध्यान सिकाउने नियमहरु छन्। ध्यान सिक्ने र सिकाउनेले नियममा बस्न सक्नुपर्छ,' उनले भनिन्। अनुसार अधिकंाश सहभागीहरु मानसिक तनाव बढेपछिमात्र ध्यान केन्द्रमा आउने गरेको उनले पाएकी छन्। 
पाका मान्छेहरुलाई सुरुमा ध्यान सिकाउँदा उनले केही असजिलो महसुस गरेकी थिइन्। हाल म्युजिक भिडियोमा व्यस्त उनीद्वारा अभिनित फिल्म 'सेफल्यान्डिङ' रिलिजको तयारीमा छ।
कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।

बन्ने भो 'नभ्य'

बन्ने भो 'नभ्य'

काठमाडौं– नयाँ फिल्म 'नभ्य'को निर्माण घोषणा भएको छ। विप्लब आर पोखरेलको निर्देशन रहने फिल्मबारे निर्माण टोलीले मंगलबार जानकारी गराएको हो।

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

काठमाडौं- प्रकाश गुरूङले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए। उनकी छोरी रिमा त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्। शुक्रबार पलेँटी दसौं वर्षमा पुग्दाको दोश्रो...

तेरियाको प्रतीक्षा

तेरियाको प्रतीक्षा

बुटवल– सानैदेखि नाच्न भनेपछि हुरुक्क हुने। टिभीमा गीत बज्यो कि नाचिहाल्ने। गाउँमा केही कार्यक्रम भयो कि नाच्न भनेपछि अघि सरिहाल्ने। रुपन्देहीको रुद्रपुर सुनागाभा चोककी १२ वर्षीया तेरिया फौजा मगरको नाच्ने...

यो कथा हो सबैको!

यो कथा हो सबैको!

काठमाडौं– पारिवारिक कथामा निर्माण गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को गीतिएल्बम विमोचन गरिएको छ। मंगलबार बागबजारस्थित सिटीम्याक्स हलमा फिल्मका कलाकारहरुले संयुक्त रुपमा एल्बम विमोचन गरे।

सय करोड कमायो 'होलिडे'ले

सय करोड कमायो 'होलिडे'ले

मुम्बई, असार– लगभग दुई वर्षपछि अक्षय कुमारको फिल्मले सय करोड भारु कमाएको छ। सन् २०१२ मा अक्षयको फिल्म 'राउडी राठोर'ले सय करोड कमाएको थियो। त्यसयता अक्षयका फिल्म केही फिल्म हिट...