Thursday 8 Shrawn, 2071 |
Menu

कला

रेजिनालाई कारबाही गर्न निवेदन दर्ता

(0 votes)
रेजिनालाई कारबाही गर्न निवेदन दर्ता
काठमाडौं, असार १३ (नागरिक)– केही महिनाअघि पार्टनरका रूपमा मिलिजुली हिँड्ने कविता श्रेष्ठ र रेजिना उप्रेतीबीच फाटो आएको छ। दुवैले मिलेर बनाएको फिल्म 'वरदान' घाटामा गएपछि यस्ता अवस्था आइपुगेको हो। घाटाको हिस्सेदार बन्न अस्वीकार गरेको भन्दै कविताले रेजिनाविरुद्ध मुद्दा दायर गरेकी छन्। कविताले ललितपुर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रेजिनालाई कारवाही गरी पाउँ भनी निवेदन दर्ता गरेको जनाएकी छिन्। उता जावलाखेल प्रहरी कार्यालयका प्रवक्ता रामदत्त जोशीले भने लेनदेनको मुद्दा प्रहरीले नहेर्ने भन्दै उजुरी दर्ता नगरेको जनाएका छन्।

निर्मात्री कविता भने रेजिना विदेश जाने ताकमा रहेकीले उनलाई रोकीमाग्न गृह मन्त्रालयलाई समेत आइतबार पत्राचार गर्ने योजनामा छिन्।

रेजिना फिल्मस्को ब्यानरमा कविता निर्मात्री रहेको 'वरदान'मा ५० लाख रुपैयाँ खर्च भएको थियो। तर फिल्मले अहिलेसम्म जम्मा ९ लाख मात्र उठाएको छ।

अभिनेत्री रेजिना भने फिल्ममा ५० लाख खर्च नभएको दाबी गर्छिन् । तर कवितासँग रेजिनाले ५० लाख खर्च भएको बेहोरामा हस्ताक्षर गरेको कागज छ। 'उनलाई पटकपटक हिसाबकिताब गर्न खबर गर्दा नआएपछि मुद्दा लिएर प्रहरीसामु पुगेकी हुँ,' कविताले भनिन्। आफूले 'वरदान' बनाउन रेजिनालाई ऋणसहित ३५ लाख रुपैयाँ लगानी गरेको दाबी कविताको छ। उनले त्यसैको सावाँ–ब्याज दाबी गरेकी हुन्।

कविताले यसअघि चलचित्र निर्माता संघमा पनि मुद्दा हालेकी थिइन्। निर्माता संघको पहलमा दुई पक्ष बीच वार्ता भए पनि रकममा कुरा नमिलेकाले कविता प्रहरीकहाँ पुगेकी हुन्। 
'मैले हालका लागि १० लाख रुपैयाँ मात्र दिए पनि हुन्छ भनेकी थिएँ, रेजिनाले त्यति पनि तिर्न चाहिनन्। बाध्य भएर कानुनको सहारा लिएकी हुँ,' कविताले भनिन्। 

रेजिना भने ३०–४० वटा हलमा फिल्म रिलिज हुन बाँकी रहेकोले बेलै नभई हिसाबकिताब गर्नु मुर्खता रहेको बताउँछिन्। 'अझै पनि ४० भन्दा बढी हलमा फिल्म चलेको छैन। भिसिडी–डिभिडी पनि बिक्री भइसकेको छैन। मैले कसरी तत्काल पैसा बुझाउने?' फिल्मकी हिरोइन समेत रहेकी रेजिनाले प्रश्न गरिन्। आफ्नो पारिश्रमिक, निर्देशक र कलाकारलाई दिएको पारिश्रमिकबाहेक आफूले फिल्ममा ५ लाख रुपैयाँ हालेको रेजिनाको हिसाब छ। 

कविताका अनुसार प्रहरीले रेजिनालाई सोधपुछका लागि आइतबार बोलाउने जानकारी दिएको छ।

कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।

बन्ने भो 'नभ्य'

बन्ने भो 'नभ्य'

काठमाडौं– नयाँ फिल्म 'नभ्य'को निर्माण घोषणा भएको छ। विप्लब आर पोखरेलको निर्देशन रहने फिल्मबारे निर्माण टोलीले मंगलबार जानकारी गराएको हो।

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

काठमाडौं- प्रकाश गुरूङले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए। उनकी छोरी रिमा त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्। शुक्रबार पलेँटी दसौं वर्षमा पुग्दाको दोश्रो...

तेरियाको प्रतीक्षा

तेरियाको प्रतीक्षा

बुटवल– सानैदेखि नाच्न भनेपछि हुरुक्क हुने। टिभीमा गीत बज्यो कि नाचिहाल्ने। गाउँमा केही कार्यक्रम भयो कि नाच्न भनेपछि अघि सरिहाल्ने। रुपन्देहीको रुद्रपुर सुनागाभा चोककी १२ वर्षीया तेरिया फौजा मगरको नाच्ने...

यो कथा हो सबैको!

यो कथा हो सबैको!

काठमाडौं– पारिवारिक कथामा निर्माण गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को गीतिएल्बम विमोचन गरिएको छ। मंगलबार बागबजारस्थित सिटीम्याक्स हलमा फिल्मका कलाकारहरुले संयुक्त रुपमा एल्बम विमोचन गरे।

सय करोड कमायो 'होलिडे'ले

सय करोड कमायो 'होलिडे'ले

मुम्बई, असार– लगभग दुई वर्षपछि अक्षय कुमारको फिल्मले सय करोड भारु कमाएको छ। सन् २०१२ मा अक्षयको फिल्म 'राउडी राठोर'ले सय करोड कमाएको थियो। त्यसयता अक्षयका फिल्म केही फिल्म हिट...