19 Bhadra, 2072 |
Menu

कला

republica-header

ist-cc

आशावादी अशिष्मा

  • सोमबार २७ जेष्ठ, २०७०
  • स्मृति ढुंगाना
  • DISQUS_COMMENTS
(0 votes)
आशावादी अशिष्मा
नेपाल भाषाको फिल्मले उनलाई 'तिमिला' नामले चिनाएको छ। 'अन्तराल'ले आम दर्शकमाझ उनलाई घरबेटीकी एक्ली छोरीको रूपमा देखायो, जो लुकीलुकी भाडामा बस्नेसँग पिरती गाँस्छिन्।
अशिष्मा नकर्मी 'रियल लाइफ'मा पनि घरबेटीकी छोरी हुन् तर फिल्ममा जस्तो डेरामा बस्नेसँग चक्कर छैन भन्छिन्। 'म त एरेन्ज म्यारिजको पक्षमा छु,' उनले भनिन्। 

पाँच वर्ष अमेरिका बसे पनि उनी त्यहाँ रत्तिन सकिनन्। हस्पिटालिटी म्यानेजेमन्टमा स्नातक गरे पनि उनलाई स्वदेशले नै तान्यो। 'फिल्म खेल्न पाउने भएपछि फर्किएँ,' फर्किएको एक वर्षभित्रै उनले तीन नेपाली फिल्म र १८ म्युजिक भिडियोमा खेलेकी छिन्। 'अन्तराल' पछि उनको 'सिक्स फिट लाइफ' र 'तोरी लाहुरे' नामक फिल्म आउँदै छन्। 

त्रिकोणात्मक लभस्टोरीमा आधारित 'सिक्स फिट लाइफ'को केही अंश आफ्नो जीवनसँग मिल्ने उनले खुलाइन्। अमेरिकी भोगाइको झलक पनि यसमा भेटिने उनको भनाइ छ। 

१६ वर्षकै उमेरमा उनी नेवारी फिल्म 'न्याल्पां'को अभिनेत्री भइन्। पहिलो परिश्रामिक सम्झँदै भन्छिन्, 'कोरसमा काम गरेर पाँच सय कमाएको थिएँ। नेवारी फिल्मबाट चार हजार पाएँ।'
Ashismaकंलकीस्थित रिचमण्ड कलेजबाट प्लस टु सकेर उनी अमेरिका उडेकी थिइन्। आठ वटा नेवारी फिल्ममा काम गरिसकेपछि नेपाली फिल्ममा स्थापित हुन आफ्नै देश फर्किइन्। 'अमेरिका बसाइमा आर्थिक समस्या धेरै भोग्नुपर्‍यो। अरू नेपाली विद्यार्थीको हालत पनि उस्तै थियो,' अमेरिकी दुःख सम्भि्कइन्। 

अमेरिकाको पढाइका आधारमा करिअर बनाउन उनले आफन्तको सुझाव पाएकी छिन्। तर, अभिनयमै जम्ने उनको चाहना छ। जीवनमा आएका प्रेम प्रस्ताव सम्झेर उनी रोमाञ्चित हुन्छिन् तर बिहेको हतार छैन। 'एक जनासँग राम्रै अफेयर चल्यो, बे्रकअप भएको पनि तीन वर्ष भयो,' अब उनी जीवनसाथीको प्रबन्ध परिवारबाटै होस् भन्ने चाहन्छिन्। 

'परिवारलाई माया र सहयोग गर्ने, पढेलेखेको, राम्रो लुक्स भएको व्यक्ति मेरो ड्रिमब्वाई हो,' यो कुरा उनले परिवारलाई पनि बताएकी छिन्। 

सात कक्षामा पढ्दा 'नानु' नामक एल्बम निकाले पनि उनलाई गायनमा रुचि छैन।  बहिनीको संगीतिक करिअरलाई सघाउन भने उनी तत्पर छिन्। 

आशिष्मा आफूलाई सजिलै घुलमिल हुन सक्ने र सकारात्मक सोच्ने सामान्य व्यक्तिका रूपमा दाबी गर्छिन्। मोबाइल, कम्प्याक पाउडर र पर्समा तीन हजार रुपियाँ सकभर नछुटाउने उनको बानी छ। नेवारी खाना मन पराउँछिन्, तर वजन बढ्ला भनेर भोजनमा हेक्का पुर्‍याउँछिन्। गत वर्ष मिस साउथ एसियाको प्रतिनिधित्व गरेकी उनको चाहना र्‍याम्प मोडलिङ पनि हो। 

बागबजारस्थित नाट्यस्वर कलाकेन्द्रबाट औपचारिक स्टेज शोहरूमा सहभागी भइसकेकी उनी राम्रो नृत्यांगना पनि हुन्। दुई दर्जनभन्दा बढी स्टेज शोमा सहभागिता जनाइसकेकी उनका लागि कल्चर र मोडर्न नृत्य मनपर्ने स्टेप हुन्। 

आफूलाई 'हट' भन्न नरुचाउने यी सुन्दरी भन्छिन्, 'म साधारण व्यक्ति हुँ। कसैले हट भनेका पनि छैनन्। केलाई 'हट' भन्ने?' अनामनगरमा कस्मेटिक पसल चलाइरहेकी उनी घरमै परिवारको साथमात्र ड्रिंक्स गर्न रुचाउँछिन्।

प्रतिक्रिया

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...