Friday 14 Kartik, 2071 |
Menu

कला

'झोले'को झलक देखाइयो

(0 votes)
'झोले'को झलक देखाइयो
काठमाडौ– दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म 'झोले'को पहिलो झलक र गीत सार्वजनिक गरिएको छ। राजधानीमा बिहीबार आयोजित कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले संयुक्त रुपमा 'पहिलो झलक' देखाऐ ।
'डार्क कमेडी भनिएको फिल्म 'झोले'को सुटिङ रमाइलो शैलीमा सकिएको थियो। फिल्ममा गेटअप बदलेको छु। राम्रो फिल्म बनेको हुँदा आशावादी छु,' अभिनेता दयाहाङ राईले भने। यसकी मुख्य अभिनेत्री प्रियंका कार्की हाल बन्दीपुरमा 'सुन्तली' फिल्मको सुटिङमा व्यस्त छिन्।

'स्त्रि्कप्ट राम्रो भएकोले दर्शकले फिल्मलाई मन पराउनुहुनेछ भन्ने आशा छ। दयालाई नयाँ शैलीमा प्रस्तुत गर्दैछु। पोस्ट प्रोडक्सन सकेपछि फिल्म भदौमा रिलिज गर्ने योजना छ,' निर्देशक खनालले भने। उनले यसअघि 'द युगदेखि युगसम्म', 'धर्मा', 'चपली हाइट' र 'भिजिलान्ते' फिल्म निर्देशन गरिसकेका छन्।

'फिल्मलाई रेड वान एमएक्स सेन्सर क्यामेराले खिचेका हौं। सिनेम्याट्रोग्राफीमा राम्ररी काम गर्ने अवसर मिलेकोले केही दृश्यबाट प्रभावित भएको छु,' सिनेम्याट्रोग्राफर पुरुषोतम प्रधानले भने। हाल उनी फिल्म 'कबड्डी'को सुटिङको तयारीमा व्यस्त छन्। कार्यक्रममा टेकेन खड्का, राजकुमार राई र दिनेश डिसी लगायतले बोलेका थिए।

हरि लम्सालको संगीत रहेको फिल्मलाई शान बस्नेतको लेखेका हुन् । गत मंसिरमा राजधानी र धादिङमा २४ दिन लगाएर फिल्मको सुटिङ सिध्याइएको हो।

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

काठमाडौं-भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’मा गाडीसँगै उभिएका मोडलहरुले प्रदर्शनीलाई अझ निखार दिइरहेका छन्। गाडी मेलामा नयाँ गाडीसँगै विभिन्न पोजमा रहेका मोडलहरुलाई नागरिकन्युजकर्मी विजय गजमेरले क्यामेरामा कैद गरेका छन्।

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।