Thursday 15 Shrawn, 2071 |
Menu

कला

थुन्से बोकेर बाग्मतीमा राजेश

(0 votes)
थुन्से बोकेर बाग्मतीमा राजेश
काठमाडौं – अभिनेता राजेश हमाल आइतबार बिहानै गुहेश्वरी मन्दिर क्षेत्रको बाग्मती नदी सरसफाइ गर्न व्यस्त देखिए। सेतो पन्जा र कालो गमबुट लगाएर उनी बाग्मतीको फोहोर संकलन गरिरहेका थिए। संकलित फोहोर आफैं बोकेर उनी डस्टबिनमा फ्याँकिरहेका थिए। आइतबार कलाकार संघ र विज्ञापन एजेन्सीले गरेको 'बाग्मती सरसफाइ' अभियानमा उनी सहभागी भए।
'बाग्मती दुषित हामीले नै बनाएको हुनाले सफा गर्नु पनि हाम्रै जिम्मेवारी हो, त्यसैले बिहानदेखि लागिपरेको हुँ। यसमा साथ दिनेहरुप्रति आभार छु,' उनले भने। 
अरु सहभागी माक्स लगाएर आए पनि राजेशले लगाएका थिएनन्। 'दुर्गन्ध फैलाउने काम गर्दा कहिल्यै सोचेनौं। सफा गर्दा माक्स लगाउनुपर्छ भन्ने छैन। सफा हुनुचाहिँ पर्योन,' उनले भने। बिहान ८ बजे सुरु भएको सरसफाइ अभियान मध्यान्हसम्म चलेको थियो। अभियानकै क्रममा विभिन्न कलाकार र विज्ञापन एजेन्सीका प्रतिनिधिहरुले जनचेतनामूलक घरदैलो कार्यक्रम समेत गरेका थिए। 
'अभिनेता राजेश हमालले बाग्मतीमा आउने भएपछि म पनि भाग लिन आएको हुँ,' मित्रपार्कका अभिषेक आचार्यले भने। कलाकारहरुसँग सहभागी हुन पाउँदा उनी खुसी देखिए। 
अभियानको सुरुवात मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले गरेका थिए। 'कलाकारहरुको सहभागितामा आयोजित कार्यक्रममा दर्शकको उपस्थिति धेरै हुने हुनाले यसलाई सकारात्मक रुपमा लिएका छौं। यस्तो कार्यक्रमले निरन्तरता पाउनुपर्छ। सरकारले सक्ने सहयोग गर्न हामी तयार छौं,' उनले भने। 
गृहेश्वरीदेखि सिनामंगलसम्म सरसफाइ गरिएको थियो। सरकारका मूख्यसचिव लीलामणि पौडेलले आगामी दिनमा बाग्मती सरसफाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। 'विभिन्न संस्थाले बाग्मतीको नाममा अनावश्यक पैसा लिए पनि बाग्मती सफा हुनसकेको छैन। कलाकारको सहकार्यमा बाग्मती सफाइ गर्न सजिलो भयो,' उनले भने। 
कलाकार, विज्ञापन एजेन्सीबाहेक नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय संस्थाहरुले अभियानमा भाग लिएका थिए। 'आगामी दिनमा पनि कलाकारहरुसँग सहकार्य गरेर सामाजिक अभियान सुरु गर्नेछौं,' आयोजकका रामकुमार भट्टराईले भने। अभियानमा अभिनेत्री सुमिना घिमिरे, गरिमा पन्त, अशिष्मा नकर्मी, लक्ष्मी गिरी र नवल खड्का लगायत संलग्न थिए।
कस्तो छ श्रीकृष्णलाई?

कस्तो छ श्रीकृष्णलाई?

काठमाडौं– हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको लक्षण देखिएको छ। आइतबार नयाँ बानेश्वरमा आयोजित 'कोहिनूर' फिल्मको पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले श्रीकृष्णलाई मिस गर्दै...

अब्बाको सम्झना

अब्बाको सम्झना

मेरो अब्बा (बुवा) अरूका अब्बाभन्दा फरक हुनुहुन्थ्यो। मेरो कलिलो दिमागले सधैं सोध्थ्यो– उहाँ किन फरक हुनुहुन्छ?मेरा सबै साथीका अब्बा अफिस जान्छन्। उहाँ किन जानुहुन्न?मेरा धेरै साथीका अब्बा सर्ट–पाइन्ट लगाउँछन्। उहाँ...

यस कारण छोडेका थिए कपिलले यसराजको फिल्म

यस कारण छोडेका थिए कपिलले यसराजको फिल्म

मुम्वई-केही महिना पहिला एउटा घोषणा भयो बलिउडमा। कमेडियन कपिल शर्मा यसराज ब्यानरको फिल्म 'बैंक चोर' को मूख्य भूमिकामा देखिने छन्। यसराज ब्यानरले फेरि केही समय पछि अर्को घोषणा गर्योै कपिल...

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

काठमाडौं– इजरायलले प्यालेस्टानको गाजा क्षेत्रमा गरेको आक्रमणको विरोध गर्दै नेपाली कलाकर्मी तथा साहित्यकारहरुले बिहीबार संयुक्त राष्ट्रसंघको नेपाल मूख्यालय अगाडि धर्ना दिएका छन्। धर्नामा लेखक श्याम श्रेष्ठ, हरिगोविन्द लुइटेल, राजेन्द्र महर्जन,...

गायिका रेखा समाजसेवामा

गायिका रेखा समाजसेवामा

काठमाडौं– गायिका रेखा शाहले समाजसेवामा हात बढाएकी छिन्। बिहीबार आफ्नै नाममा स्थापित 'रेखा शाह फाउन्डेसन'मार्फत् उनले एक लाख चौध हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिन्। अनामनगरको युनियन हाउसमा उनले सहयोग...

कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।