Sunday 18 Magh, 2071 |
Menu

कला

HUB

फेसबुकमा निशाको खण्डन - मेरो गाइडको निधन भएको छैन

(0 votes)
फेसबुकमा निशाको खण्डन - मेरो गाइडको निधन भएको छैन
काठमाडौ – अभिनेत्री निशा अधिकारीले आफूलार्ई सगरमाथा आरोहण गराउने गाइडको निधन भएको भन्ने खबर खण्डन गरेकी छिन्। सगरमाथाको तेस्रो शिविरमा पुगेकी निशाले सामाजिक सञ्जाल फेसबुकमार्फत समाचारको खण्डन गरेकी हुन्।
बिहीबार न्युज एजेन्सीले उनको गाइड भनिने २५ वर्षिय फुलोप्साङ शेर्पाको मंगलबार सगरमाथाको दोस्रो र तेस्रो शिविरको विचमा निधन भएको समाचार प्रकाशन गरेको थियो। 'यो समाचारले मलाई स्तब्ध बनाएको छ। मेरो गाइडको नाम जाग्मु हो। उनको स्वास्थ्य अवस्था राम्रो छ र सगरमाथामा कमरमाथिको लुगाबिनै ४५ सेकेन्ड बिताउने रेकर्ड राखेका छन्।'

सगरमाथामा शेर्पाहरुले गर्ने दुःखप्रति उनले आभार समेत व्यक्त गरेकी छिन्। 'अर्जुन दाईको पनि शेर्पा गाइड छन्। उनको स्वास्थ्य अवस्थापनि राम्रो छ। कुनै व्यक्तिको मृत्युको खबरलाई गसिप बनाउने शैली जायज होइन। हिमालमा शेर्पाहरुको जीवन डरलाग्दो हुन्छ। उनीहरुले बिहान बेलुका हाम्रो सुरक्षाको लागि काम गर्छन्। हाई अल्टिच्युटमा सामान बोक्नेदेखि खाना, टेन्डदेखि बाटो देखाउने कामसम्मको जिम्मेवारी उनीहरुमा हुन्छ। उनीहरु बिना यहाँ केही सम्भव छैन,' उनले लेखेकी छिन्।

राजधानी आएलगत्तै यस समाचारबारे प्रकाशन गृहसँग खण्डनको अपेक्षा गरेकी छिन्। 'यस समाचारले मेरो र अर्जुन दाईको परिवार र शुभचिन्तकलाई कस्तो असर गर्छ? यसवर्ष हाम्रो चार साथीहरुले सगरमाथामा ज्यान घुमाइसकेका छन्। हामी मौसम सुधारिने प्रतिक्षामा छांै। यस्तो समाचार प्रकाशन गर्ने पत्रकार र प्रकाशन गृहप्रति मेरो गुनासो छ। समाचार प्रकाशन गर्नुअघि सत्य कुराबारे जानकारी किन राखिदैन्?' उनले प्रश्न गरेकी छिन्।
मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...