Friday 5 Baishak, 2071 |
Menu

कला

नक्कलीमा नवीन

  • शुक्रबार ११ श्रावण, २०७०
  • स्मृति ढुंगाना
  • DISQUS_COMMENTS
(0 votes)
नक्कलीमा नवीन
काठमाडौं - गायक नविन के भट्टराई बिनाक्यापमा बिरलै देखिन्छन्। उनी जहाँ पनि क्यापमै हुन्छन्। बिनाक्याप कस्ता देखिएलान्् नविन? धेरैलाई यो जिज्ञासा हुनसक्छ। 
तर यो कौलुहलता उनले मेट्ने भएका छन्। एक म्युजिक भिडियोमा उनी क्यापबिनै देखिएका छन्। 'यदि मैले गिटार नसमातेको भए' नामक म्युजिक भिडियोमा उनी क्याप छाडेर कृत्रिम कपालको सहारा लिएका छन्।
पवन पौडेलद्वारा निर्देशित म्युजिक भिडियोमा उनले कृत्रिम कपाल लगाएका छन्। बिहीबार लाजिम्पाटमा सुटिङ भइरहँदा उनले असजिलो महसुस गरिरहेको अनुमान जो सुकैले लगाउन सक्थ्यो। सुटिङ क्रममा उनी घरीघरी हात टाउकोमा पुर्यासइहाल्थे। निर्देशक पौडेलले एक्सन भनिसक्दा पनि उनी झुक्किएर हात कपालमा पुर्यातउँदै। दर्शकहरू हाँसेर त्यसको प्रतिक्रिया दिइरहेका थिए। 
'कृत्रिम कपाल हालेपछि इन्डोर सुटिङमा गर्मी धेरै हुने रहेछ,' सुटिङमा सहभागी श्रीधर पौडेलले सुनाए, 'नेपाली संगीत क्षेत्रमा २५ वर्ष बिताए पनि पहिलोपटक १६ वर्षअघि फर्किएको अनुभव भएको उनले सुनाइरहेका थिए।' लामो कपाल पाल्ने नवीनले १६ वर्षअघि प्रहरीको डरले कपाल काटेका थिए। 
एसियन म्युजिक कम्पनीले बजारमा ल्याएको नवीनको नयाँ एल्बम 'काठमाडौं' को प्रवर्द्धन गर्न भिडियो तयार गरिएको हो। यो एक साताभित्र रिलिज हुने निर्देशक बताउँछन्। 
'यो गीतले मेरो प्रतिनिधित्व गरेको छ। गिटार समातेपछि मैले संगीतमा लाग्ने सोच बनाएको भाव गीतले बोकेको छ,' गायक नवीनले भने। 
उनले एल्बममा काठमाडौंको जीवनशैलीलाई प्रस्तुत गरेका छन्। 'राजधानीको जीवनशैलीबाट प्रभावित भएर एल्बमको नाम जुराएको हुँ। यो गीतले सबैलाई सुरुवाती दिनमा संगीतप्रति हुने मोहको झझल्को दिन्छ,' उनले दाबी गरे। 
एल्बमको शीर्ष गीत भएकाले केही नयाँ गर्न खोजेको उनले सुनाए। 'मैले गिटार नसमातेको भए इन्जिनियर हुन्थे होला,' उनी भन्दै थिए, 'नयाँ टिमसँगको काम रमाइलो भयो। म फिल्मको हिरो नभएकाले कपालको अनुभव त्यस्तो गरिएन्।' 
एल्बमका सबै गीत सन्देशमूलक छन्। 'एल्बम रिलिज गरेको तीन दिनमा तीनसय सिडीको अर्डर राजधानीबाट मात्र आएको छ,' संगीतको माहोल नबिग्रएको उल्लेख गर्दै एनले भने, 'अहिले राम्रा एल्बम नआएकाले श्रोताले गीत सुन्न छाडेका हुन्।'
उनको नयाँ एल्बम सबभन्दा पहिला अस्ट्रेलियामा रिलिज भएको थियो। म्युजिक कम्पनीले राम्रो सहयोग गरेकाले एल्बम सुन्ने श्रोता बढेको उनको बुझाइ छ। एल्बमको प्रवर्द्धनकै लागि लन्डन र राजधानीमा कन्सर्ट गर्ने तयारीमा नवीन छन्। 
उनको यो ११ औं एल्बम हो। ९ गीत रहेको एल्बममा सुरेशकुमार श्रेत्री, नविना भट्टराई, सबित भट्टराई र विजय सिवाकोटीले गीत तयार गरेका छन्। सबै गीतमा संगीत उनी आफैं, सुरेशकुमार र राजनराज सिवाकोटीले दिएका छन्। 'स्मृति', 'सम्झना', 'समर्पण', 'द ब्लु', 'नक्षत्र' लगायत एल्बम निकालेका उनी झन्डै ६ वर्षपछि नयाँ एल्बमसहित आएका हुन्। यसबीच उनले 'च्यालेन्ज' नामक फिल्ममा समेत संगीत दिएका थिए। 
'हामी संगीततिर लागेका मानिसलाई गीतको चिन्ता हुन्छ। त्यसैले एल्बमको तयारीमा रहँदा 'राजधानी'को थिम सोचेर गीत तयार गरेको थिएँ,' उनले भने। यो एल्बमको तयारीमा चार वर्ष खर्चिएर गीतहरू छानेको नवीनले बताए।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।