19 Bhadra, 2072 |
Menu

कला

republica-header

ist-cc

'आशय'मा दीपक खरेलको गायन

(0 votes)
'आशय'मा दीपक खरेलको गायन
काठमाडौं – चर्चित गायक दीपक खरेलले आफ्नो एकल गायन रहेको चौथो एल्बम 'आशय' सार्वजनिक गरेका छन्। गीतकार विजय शिवाकोटीका शब्द र संगीतकार दीपक जंगमको संगीत रहेको एल्बम मंगलबार विमोचन गरियो। एल्बमको विमोचन तीनै स्रष्टाका पत्नीहरु सितु शर्मा शिवाकोटी, बेनी जंगम र शिला खरेलले संयुक्त रुपमा गरे।
'नेपाली संगीतका ऐतिहासिक धरोहरहरुसँग सहकार्य गर्न पाउँदा गर्वानुभूति भइरहेको छ। उहाँहरुसँग 'आशय–२' मा समेत काम गर्ने सोच छ। नेपाली संगीतको नशालाई छाड्न नसकेपछि गीत लेखनलाई निरन्तरता दिइरहेको छु,' गीतकार सिवाकोटीले भने। 
दुई दशकदेखि गीत लेखनमा सक्रिय शिवाकोटीका झन्डै डेढ सय गीत रेकर्ड भइसकेका छन्। शिवाकोटीले एकल रचनामा ८ वर्षअघि 'मोड मोडमा' नामक एल्बम सार्वजनिक गरेका थिए। 
२६ वर्षअघि गायक सुनील उप्रेतीले गाएको गीत 'बिहानी शीत बनी'बाट औपचारिक गीत लेखन थालेका गीतकार विजयले अघिल्लो पुस्ताका प्रेमध्वज प्रधान, फत्तेमान राजभण्डारी, दिव्य खालिङदेखि लिएर पछिल्लो पुस्ताका नवीन के.भट्टराई, मोहन भुषाल, दुर्गा खरेलसम्मका गायकगायिकाका लागि गीत रचना गरेका छन्। 
'आशय' एल्बममा उनले प्रकृतिप्रेमका गीतलाई स्थान दिएका छन्। 'प्रकृतिको परिवर्तनमाथि गीत लेख्दा आनन्द महसुस गर्छु। त्यसैले यसपटक सम्पूर्ण गीतहरुमा प्रकृति प्रेम भेट्न पाइन्छ। त्यसबाहेक प्रेम र राष्ट्रप्रेमका गीत पनि छन्,' उनले भने। एल्बममा आठ वटा गीत समावेश छन्। 
'राम्रा गीत दिने अभिप्रायले एल्बममा काम गरियो। शब्द छनोटमा भेटिएको मिठासले गर्दा 'आशय'ले श्रोतालाई सन्तुष्ट पार्छ भन्नेमा ढुक्क छु,' संगीतकार जंगमले भने। कार्यक्रममा खरेलले गीत सुनाएका थिए। 
कार्यक्रममा प्रदीप कसपाल र रञ्जित आचार्यले बनाएका म्युजिक भिडियो पनि देखाइएको थियो। विज्ञापन व्यवसायी आचार्यले 'सँगै हुँदा' बोलको गीतबाट भिडियो निर्देशन यात्रा सुरु गरेका हुन्। सान्तना रेकर्डस्ले एल्बमलाई बजारमा ल्याएको छ।

प्रतिक्रिया

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...